बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का

बाजुरा । बाजुरामा गतराति भूकम्पको धक्का महसुस गरिएको छ । गतराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन । केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ ।… Continue reading बाजुरा केन्द्र बनाएर भूकम्पको धक्का

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी सुरु हुँदै टेलिमेडिसिन सेवा

आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो भ्रमणलाई ‘सवारी’ शब्द प्रयोग नगर्न आग्रह गरेका छन् । आइतबार गोरखा दरबारको अवलोकन र गोरखकालीमा पूजापाठपछि गोरखा संग्रहालय परिसरमा जिल्लाका सरोकारवालासँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘सवारी शब्दको रुढ मिनिङ हुन्छ, यसलाई सामन्तवादको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘त्यसैले अघिपछि गाडीको सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा… Continue reading आफ्नो भ्रमणलाई सवारी नभन्न राष्ट्रपतिको आग्रह

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३\४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि… Continue reading नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तीन जना पक्राउ

‘सांसदका स्वकीयको तलब काटेर खेलाडीको तलब बढाइयोस् रंगशाला बनाइयोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेका प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले मन्त्री तथा सांसदहरूको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाउनु पर्ने बताएका छन्। शाहीले आइतबार संसद बैठकको शून्य समयमा बोल्दै खेलाडीको तलब बढाउनु पर्ने र रंशगाला बनाउनु पर्ने बताए। कुल बजेटको ०.१३ प्रतिशतमात्रै खेलकूदका लागि छुट्याइएको र खेलाडीलाई सांसदका स्वकीय भन्दा… Continue reading ‘सांसदका स्वकीयको तलब काटेर खेलाडीको तलब बढाइयोस् रंगशाला बनाइयोस्’

विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ । विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि यो रकम सहुलियतपूर्ण ऋणका रूपमा दिन लागेको आइतबार प्रेस विज्ञप्ति मार्फत जनाएको छ। यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा… Continue reading विश्व बैंकले शिक्षा क्षेत्र सुधारका लागि नेपाललाई १२ करोड अमेरिकी डलर ऋण दिने

शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)२६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५९ कम्पनीको १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका… Continue reading शेयर बजारमा लगातार पहिरो,दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

लुम्बिनीबाट बाहिरियो ६ दल, सरकार अल्पमतमा

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी र जनमतका ४ मन्त्रीले राजीनामा दिएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी, कृष्णा केसीले मन्त्रीबाट राजीनामा दिएका छन् । यसैगरी जनमतका मन्त्री सीके गुप्ताले पनि राजीनामा दिएका छन् । माओवादी मन्त्रीहरूले समर्थन फिर्ता लिएमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरी अल्पमतमा पर्नेछन्। उनले एक महिनाभित्र… Continue reading लुम्बिनीबाट बाहिरियो ६ दल, सरकार अल्पमतमा

सरकारलाई रास्वपाका सांसदको प्रश्नै-प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सरकारलाई प्रश्नै प्रश्न गरेका छन् । सांसद सन्तोष परियारले विकासको कामको प्रगतिको यथार्थ विवरण पेश गर्न माग गरेका छन्। रास्वपाकै अर्की सांसद सोविता गौतमले तीनकुनेको जग्गा पार्क बनाउनका लागि सरकारले ४८ वर्ष अघि अधिग्रहण गरेको भए पनि मुआब्जा विवाद समाधान नभएको बताइन्। रास्वपाकै अर्की… Continue reading सरकारलाई रास्वपाका सांसदको प्रश्नै-प्रश्न

तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले मङ्सिर, पुस र माघ महिनामा उक्त परिमाणमा नक्कली नोट बरामद गरिएको जानकारी दिए । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार मङ्सिरपछि नेपाली नक्कली नोट कारोबारमा संलग्न २२ जना… Continue reading तीन महिनामा १० लाख भन्दा बढी नक्कली नोट बरामद

विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

File

काठमाडौं\बीबीसी । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आगामी नयाँ वर्षदेखि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने घोषणा गरेको छ। यस्तो योजनामा आबद्ध भएका नेपालीहरूले योगदानमा आधारित पेन्सन लगायत स्वास्थ्य उपचारबिमा सहितका सुविधा पाउने अधिकारीहरूले बताएका छन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कसरी यो योजनामा सहभागी हुन सक्छन् ? कोषका कार्यकारी निर्देशक कपिलमणि… Continue reading विदेशमा रहेका नेपाली कसरी जोडिन सक्छन् सामाजिक सुरक्षा योजनामा, के हो प्रक्रिया ?

सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

काठमाडौं । मन्त्रालय बाडफाँट सकाएर सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक प्रस्ताव तयार पारी गठबन्धनमा रहेका दलहरूसँग प्रस्तुत गर्ने भएका छन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका… Continue reading सरकारलाई पूर्णता दिनेबारे आज गठबन्धनमा छलफल हुने

मोरक्कोले ब्राजिललाई हरायो

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा ब्राजिललाई मोरक्कोले पराजित गरेको छ । विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो। मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए। खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै… Continue reading मोरक्कोले ब्राजिललाई हरायो

सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी भएको अवस्थामा अर्थ मन्त्रालयसहित कम्तीमा ८ मन्त्रालय पाउनु पर्ने दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा र गठबन्धन बैठकमा अहिलेसम्म भएका छलफलबारे शनिबार पदाधिकारी बैठकमा ब्रिफिङ भएको थियो। जसमा अर्थसहित ८ मन्त्रालयमा दाबी रहेको पदाधिकारीलाई जानकारी दिइएको छ । सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका छलफलका प्रगतिबारे ब्रिफिङ… Continue reading सरकारमा कांग्रेसको ८ मन्त्रालयमा दावि

राष्ट्रपति पौडेल आज गोरखा जाने

तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन्। उनी बिहान ९ः३० बजे गोरखा जाने र दरबार क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम… Continue reading राष्ट्रपति पौडेल आज गोरखा जाने

मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

Photo : spotlightnepal

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव… Continue reading मेलम्चीको पानी सूर्यविनायक नगरपालिकामा समेत वितरण हुने

गरिब र उत्पीडित वर्गले आफ्नो प्रतिनिधि चिन्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित विश्व नेवार दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने,… Continue reading गरिब र उत्पीडित वर्गले आफ्नो प्रतिनिधि चिन्न सक्नुपर्छ : प्रधानमन्त्री

सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

rss

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादीले संसदलाई गतिशील र प्रभावकारी… Continue reading सोमबारसम्म सरकारलाई पूर्णता दिने माओवादीको निर्णय

जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

नयाँ निल्ली । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने प्रतिक्रिया दिएका छन् ।लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन नसक्ने बताए । ‘उनीहरूले मलाई अयोग्य बनाएर वा जेल हालेर तर्साउन सक्दैनन्,’ उनले भने। अयोग्य बनाइए पनि आफूलाई त्यसको… Continue reading जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

काठमाडौं । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक आपसमा शनिबार बिहान ठोकिएको हो । दुर्घटनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका… Continue reading धनुषामा सवारी दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु

कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि एक समिति गठन गरेको छ । सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको भएको थियो… Continue reading कोशी प्रदेश नामकरणको विवादमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएपछि छानविन समिति गठन

कति नेपाली विदेशमा बस्छन् ?

काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो । यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी… Continue reading कति नेपाली विदेशमा बस्छन् ?

वसन्तबहादुर कुँवर आईजीपीमा नियुक्त

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए । धिरजप्रताप सिंह आजदेखि… Continue reading वसन्तबहादुर कुँवर आईजीपीमा नियुक्त

राहुल गान्धीको सांसद पद खारेज

एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो । गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।… Continue reading राहुल गान्धीको सांसद पद खारेज

मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ। ७ जना सांसद भने तटस्थ बसेका छन्। बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका… Continue reading मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

खाना पकाउन दाउरा प्रयोग गर्ने ५१ प्रतिशत, अझै २.९ प्रतिशत गुइँठाको भरमा

काठमाडौं । देशका आधाभन्दा बढीले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेको पाइएको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ । अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३… Continue reading खाना पकाउन दाउरा प्रयोग गर्ने ५१ प्रतिशत, अझै २.९ प्रतिशत गुइँठाको भरमा

लेख्न पढ्न जान्दैनन् साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। गएको एक दशकमा साक्षर हुने नेपालीको संख्या ७६ प्रतिशत पुगेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।… Continue reading लेख्न पढ्न जान्दैनन् साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले वि.सं २०७८ भएको जनगणनाको अन्तिम नतिजा सार्वजानिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् । जसअनुसार नेपालको जनसंख्या नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। नेपालमा एक करोड ४२ लाख ५३… Continue reading नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो ।… Continue reading जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष… Continue reading गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने