काठमाडौं । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँका ड्राइभरसँग तुलना गरे । गाडी फेरिरहने गाउँका चालकसँग दाँज्दै लिङ्देनले प्रधानमन्त्रीलाई भाग्यमानीसमेत रहेको बताए।’जुहारी चलाउने धेरै मन छैन। भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ। ‘गाउँघरमा कहिलेकही यस्तो ड्राइभर भेटिन्छ कहिले कसको गाडी चलाइरहेको हुन्छ कहिले कसको। गाडी फेरिरहन्छ… Continue reading लिङ्देनले गरे प्रचण्डलाई गाउँका ड्राइभरसँग तुलना
Category: फिचर
प्रतिनिधसभामा बोलेनन् ओली, विश्वासको मत नदिन सिंगो सदनलाई विष्णु पौडेलको आग्रह
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन सदनसमक्ष आग्रह गरेका छन्। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेपछि जारी छलफलमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले उक्त आग्रह गरेका हुन् । ‘प्रस्तावको विपक्षमा नेकपा एमाले छ। जस्तो परिस्थितिमा उहाँ पुगेर विश्वासको मत माग्नु भयो, उहाँलाई… Continue reading प्रतिनिधसभामा बोलेनन् ओली, विश्वासको मत नदिन सिंगो सदनलाई विष्णु पौडेलको आग्रह
‘देश र जनताको पक्षमा गठबन्धन हाम्रो बाध्यता हो, संस्कारमा अभ्यस्त हुनुको विकल्प छैन’
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको संस्कृतिको विकल्प नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथि बोल्दै उनले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने बताए । मुलुकको राजनीतिक सुनिश्चिता नै आवश्यक भएकाले कांग्रेसले यसअघि पनि विश्वासको मत दिएको बताए। उनले… Continue reading ‘देश र जनताको पक्षमा गठबन्धन हाम्रो बाध्यता हो, संस्कारमा अभ्यस्त हुनुको विकल्प छैन’
राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं, छिट्टै विश्वासको मत लिनुपर्ला भन्ने सोचेको थिइनँ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी विश्वासको मतका लागि यति छिटै आउन पर्ला जस्तो नलागेको बताएका छन्। उनले सोमबार प्रतिनिधिसभाको रोष्टमा उभिएर विश्वासको मत माग्ने क्रममा यस्तो बताएका हुन्। सरकार अर्थतन्त्रको सुधार, सेवा प्रवाहमा सवलीकरणमा क्रियाशिल रहेको अवस्थामा फेरि मत लिनुपर्ने अवस्था आएको बताए । “फेरि यति छिट्टै विश्वासको मतका लागि संसद्सँग अनुरोध गर्ने अवस्था… Continue reading राष्ट्रिय सहमतिको सरकार बनाएका थियौं, छिट्टै विश्वासको मत लिनुपर्ला भन्ने सोचेको थिइनँ
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । उनी जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका थिए । यादव चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
एमालेले प्रचण्डलाई विश्वासको मत नदिने
काठमाडौं । एमाले संसदीय दलको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको बताएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो। प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्।
मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत
काठमाडौं । सरकारले चैत्र ७ गते मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । घोडेजात्रा पर्वको राजपत्र मै प्रकाशन गरेर तय भएको सार्वजनिक विदा हो । प्रत्येक वर्ष चैत कृष्ण औंसीको दिन उपत्यकामा घोडे जात्रा मनाईने गरिएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा… Continue reading मलको अनुदान कटौतीबाट पछि हट्यो सरकार, अनुदान यथावत
एल क्लासिको भिडन्तः बार्सिलोना विजयी
काठमाडौं । फ्रान्क केसीले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल मद्दतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार रियल म्याड्रिडलाई २–१ ले हराएको छ । अल क्लासिकोमा प्राप्त यस जितसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाले १२ अंकको अग्रता बनाएको छ । लिगमा १२ चरणको खेल बाँकी छँदा बार्सिलोना निश्चित लिग उपाधितर्फ उन्मुख देखिएको छ । उसको २६… Continue reading एल क्लासिको भिडन्तः बार्सिलोना विजयी
एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली
काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा यस संख्यामा विदेशिएका हुन् । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । फागुनमा ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला कामको खोजीमा विदेशिएका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमाफर्त… Continue reading एक महिनामा कामको खोजिमा विदेशिए ६२ हजार नेपाली
उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने
काठमाडौं । उपराष्ट्रपति पदमा निर्वाचित रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ । बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।… Continue reading उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिने
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।… Continue reading प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा जानकारी गराएका हुन् । अहिले सम्म दलहरुको समर्थन हेर्दा उनले विश्वासको मत पाउने देखिन्छ । प्रचण्डले विश्वासको मत पाएपछि मात्र सरकारलाई पूर्णता दिने काम अघि बढाउने भनेका… Continue reading प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी
रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने
काठमाडौं । राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएको थियो। प्रहरीको रायमा सहमति जनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो। लामिछानेले… Continue reading रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन नपर्ने
एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल
काठमाडौं । एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले महासचिवमा घनश्याम भूसाललाई मनोनित गरेको छ । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । नेता भुसाल पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले प्रतिनिधि सभाको चुनावअघि नेकपा (एमाले) छोडेको घोषणा गरेका थिए।
रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो । पार्टी सरकारमा सहभागी हुने विषयमा पनि लचक देखिएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। रास्वपाले यसअघि पुस २६… Continue reading रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
कांग्रेसले आजैबाट प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदमा आजबाटै प्रतिपक्षी बेन्च नेकपा एमालेलाई छाड्ने निर्णय गरेको हो । सरकारमा जाने निर्णयसँगै प्रतिपक्षी छोड्न लागेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले बताए । । सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्ने बताए । गठबन्धन दलका बीच हुने निर्णयका आधारमा पार्टीले मन्त्रीहरू पठाउने महतले… Continue reading कांग्रेसले आजैबाट प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने
नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । आइतबार एकै दिनमा सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको छ । त्यस्तै तेजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको… Continue reading नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनायो
प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार आइतबार संसदभवनस्थित ल्होत्से हलमा बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ । बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थपा, नेताहरू डा.… Continue reading प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने कांग्रेसको निर्णय
के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?
काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसले आम मानिसमा जिज्ञासा पैदा भएको छ, के पुटिन साच्चिकै पक्राउ पर्न सक्छन् ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्राउ पूर्जी एउटा लामो प्रक्रिया अन्तर्गतको पहिलो कदम मात्रै हो। संयुक्त राष्ट्रसङ्घले स्पष्ट रूपमा के विश्वास गरेको छ भने रुसी नेतालाई… Continue reading के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?
गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक
काठमाडौं । इर्लिङ हाल्यान्ड गुपचुप स्टार बन्दै निरन्तर चम्किरहेका छन् । उनले पछिल्लो पाँच दिनमा दुई ह्याट्रिक पुरा गरेका छन् । उनको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराउन सफल भयो । सिटी सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए । यससँगै यो सिजन… Continue reading गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक
इक्वेडरमा भूकम्प, कम्तिमा १२ जनाको मृत्यु
काठमाडौं । इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । ११ जनाको एल ओरो र एक जनाको अजुए प्रान्तमा ज्यान गएको इक्वेडरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । मनाबी, मान्ता र राजधानी… Continue reading इक्वेडरमा भूकम्प, कम्तिमा १२ जनाको मृत्यु
कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बिहान १०स्३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। केन्द्रीय समिति बैठक तत्काल बोलाउन सम्भव नभएका बेला कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पनि महत्वपूर्ण निर्णय गर्दै आएको छ। कार्यसम्पादनमा पदाधिकारी, पूर्वपदाधिकारीलगायत सदस्य छन्। यो बैठकमा… Continue reading कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज
देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज देशैभरका क्याम्पसमा हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक… Continue reading देशैभरका क्याम्पसमा आज स्ववियु निर्वाचन
सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने
काठमाडौं । प्रतिनिधि सभामा आज बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने कार्यसूची छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण… Continue reading सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयक आज संसदमा पेश हुने
सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । शनिबार बालुवाटारमा बसेको बैठकले सोमबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति बनेको प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् । आइतबार संसदमा… Continue reading सत्ता गठबन्धनका १० दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला
काठमाडौं । नेपाललाई भारतको बिहारबाहेक अन्य राज्यमा समेत विद्युत निर्यात गर्ने बाटो खुलेको छ । नेपाल–भारतबीचको विद्युत आदानप्रदान समितिको पावर एक्सचेन्ज कमिटी बैठकले अन्य राज्यमा पनि विद्युत निर्यात गर्ने बाटो खोलेको हो । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा विद्युत् निर्यातका लागि मोडालिटी तय गर्ने बैठकको निर्णयसँगै विद्युत निर्यात बिस्तारको बाटो खुलेको हो ।… Continue reading भारतका सबै राज्यमा नेपालको विद्युत निर्यात गर्ने बाटो खुला
सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस
काठमाडौं । काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई तिब्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेकी छन् । शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न योग्य बनाउनुपर्ने बताएकी हुन् । प्रधानमन्त्री प्रचण्ड पनि मूलपानी क्रिकेट… Continue reading सांसद गौतमले प्रधानमन्त्रीसँग भनिन् : मुलपानी मैदानको निर्माणलाई तिब्रता दिनुहोस
सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सर्वसाधारणलाई दुखः नदिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् । उनको साथमा आज कारगेट थिएन । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका छन् । त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए । पैदलयात्रुलाई पनि रोकिएको थिएन ।… Continue reading सडक खाली नगराई कुमारी घरमा राष्ट्रपति पौडेल
ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक
काठमाडौं । आफ्नो यूट्यूब च्यानलबाट दुई वर्षसम्म गायब पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप पुनः एक पटक यूट्यूबमा देखिएका छन् । उनले आफ्नो यूट्यूब च्यानलमा ११ सेकेण्डको भिडियो अपलोड गर्दै लेखेका छन्, आई एम ब्याक । यो भिडियो उनको एक चुनावी र्यालीको हो । जसमा उनले भनेका छन्, ‘तपाईलाई कुराएकोमा माफी चाहन्छु, यो एक जटिल मामला हो… Continue reading ट्रम्प यूट्यूब च्यानलमा फर्किए, भने आइएम ब्याक
काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर जहाजमा आज पनि समस्या देखिएको छ । इन्डिकेसनमा समस्या देखिएपछि जहाजलाई काठमाडौं मै फिर्ता गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो जहाज अहिले ग्राउण्डेड गरिएको छ । यसको चेक जाँच गर्ने इन्जिनियरलाई समेत काममा रोक लगाएको छ । पछिल्लो केही समययता नेपालका… Continue reading काठमाडौं–सुर्खेत उडानको जहाजमा समस्या, काठमाडौं फिर्ता