काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ । महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ । घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो ।… Continue reading काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना
Category: फिचर
गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग
काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो । एनआरएनएले बालुवाटारस्थित… Continue reading गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग
राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक… Continue reading राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत
काठमाडौं बीबीसी । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ। रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।… Continue reading युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत
नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
काठमाडौं\रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्। ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको… Continue reading नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने भएको छ । यी क्षेत्रमा मेघगर्जनसहित केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ। देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?
भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ
काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाको खालबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट तीन लाख बढी नगद बरामद भएको छ । मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ… Continue reading भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ
तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन
काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै निमार्ण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै उक्त निर्देशन दिएको हो । एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी… Continue reading तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन
यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर
काठमाडौं । यातायात कार्यालय इटहरीका ३ उपसचिव भ्रष्टाचारी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको हो । बुधबार… Continue reading यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर
प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० ले हराएको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत गोल गर्दै खाता खोलेका थिए । ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड… Continue reading प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात
वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । यो योजनाको काठमाडौंमा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरे । इजरायलमा रहेकी मञ्जु थपलियाको पहिलो इनरोल रजिस्ट्रार गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरे । वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू
एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ
काठमाडौं । बुधबार छापावाल सुनको मूल्य एक दिने २ हजार रुपैयाँले घटेको छ । मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ७ हजार ४… Continue reading एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ
ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, घटनास्थलमै तीन जनाको मृत्यु
काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका(४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय… Continue reading ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, घटनास्थलमै तीन जनाको मृत्यु
अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का
काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो विपद् व्यवस्थापन मन्त्री… Continue reading अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का
संचारमन्त्री शर्मा भारत भ्रमणमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् । मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय… Continue reading संचारमन्त्री शर्मा भारत भ्रमणमा
वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध
राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा… Continue reading राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार
प्रचण्डविरुद्ध काठमाडौंमा नाराबाजी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा… Continue reading प्रचण्डविरुद्ध काठमाडौंमा नाराबाजी
‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । कुराकानीको क्रममा भनेका छन्,‘मैले आइसिसी र जय भाई (बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले पनि इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति… Continue reading ‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’
उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता… Continue reading उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?
काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा जारी छ । यस्तो वर्षा आज पनि जारी छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मंगलबार दिउँसो सामान्यदेखि पूर्ण… Continue reading काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?
वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट ९बीआईआई०बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९०… Continue reading वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी
अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार… Continue reading अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने
अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने
काठमाडौं । सरकारले कार्यविधि बनाएर ‘अयोग्य’ लडाकूहरुलाई राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो । १० वर्षे सशस्त्र द्वन्द्वको अन्त्यसँगै नेपालमा स्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले माओवादीका १९ हजार ६०२ जना लडाकुहरुलाई प्रमाणीकरण गरेको थियो । त्यसबाहेक ४ हजार ९ जनाको मापदण्ड… Continue reading अयोग्य माओवादी लडाकुले सरकारबाट राहत पाउने
आज घोडे जात्रा, काठमाडौंमा बिदा
काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने… Continue reading आज घोडे जात्रा, काठमाडौंमा बिदा
प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् । विपक्षमा ८९ मत परेको छ । नेमकिपा तटस्थ बस्यो। नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिएका थिए । प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस,… Continue reading प्रधानमन्त्रीले पाए विश्वासको मत, विपक्षमा एमाले र राप्रपा
‘…त्यसपछि कांग्रेससँग लभ पर्यो’-प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामै दोस्रो पटक विश्वासको मत माग्दा केही असहज महसुस भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत मागेपछि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘केही न केही सहज महसुस भएको छैन । छलफलमा उनले भने ‘म अलिअलि सोझो सोझो छु क्या,’ प्रधानमन्त्री प्रचण्डले भने,’मैले संसद् विघटन गरेको ठिक छ… Continue reading ‘…त्यसपछि कांग्रेससँग लभ पर्यो’-प्रधानमन्त्री
तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने
काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा – २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् । ४ मंसिरमा भएको प्रतिनिधिसभाको… Continue reading तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन हुने
‘केही असन्तुष्टि छन्, तर संघीयता रक्षा गर्न विश्वासको मत दियौं’
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा सोमवार भाग लिँदै राउतले दाहालबाट लोकतन्त्र, संघीयता र गणतन्त्रलाई रक्षा हुने आशा गर्दै विश्वासको मत दिएको बताए । ‘हामीले उहाँलाई विश्वासको मत दिने निर्णय गरेका छौं ।… Continue reading ‘केही असन्तुष्टि छन्, तर संघीयता रक्षा गर्न विश्वासको मत दियौं’
ओली लक्षित माधवको प्रश्न -‘राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैसँग सहकार्य गर्न सकेको भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै नेता नेपालले आफ्नो कमजोरी सुधार नगर्ने नेताको कार्यशैलीका कारण अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको बताए । ‘प्रत्येक नेताले आफ्ना काम,… Continue reading ओली लक्षित माधवको प्रश्न -‘राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं’