भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

GETTY IMAGES\BBC

काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह ‘फरार’ भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपाली पक्षलाई पत्राचार गरेको बीबीसीले लेखेको छ । नेपालको अध्यागमन विभागका एक अधिकारीका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै… Continue reading भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु

काठमाडौं । सरकारले बुधवारबाट निःशुुल्क टेलिमेडिसिन सेवा सुरुवात गर्ने भएको छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्या सल्ट्याउने उद्देश्यले निःशुल्क टेलिमेडिसिन सेवा सुरु गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत… Continue reading श्रमिकलाई लक्षित गरी आजबाट टेलिमेडिसिन सेवा सुरु

सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड

काठमाडौं । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले जानकारी दिए । “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट निर्मातालाई आफ्नो काम प्रदर्शन गर्न र फराकिलो दर्शकसम्म पुग्न… Continue reading सिनेमा साइबर सेक्यूरिटी डेस्क सञ्चालन गर्दै बोर्ड

आज चैते दशैं, देशभर मनाईंदै

काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं… Continue reading आज चैते दशैं, देशभर मनाईंदै

सत्ता गठबन्धनको बैठक आज पनि

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ । हिजो बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ–आफ्ना राय… Continue reading सत्ता गठबन्धनको बैठक आज पनि

मध्यरातमा ताप्लेजुङमा भूकम्प

काठमाडौं । ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर मध्यरात िभूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ र त्यस आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको विवरण भने नआएको प्रहरीले जनाएको छ । दुई दिन अघि बाजुरालाई केन्द्रबिन्दु… Continue reading मध्यरातमा ताप्लेजुङमा भूकम्प

ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा दम्पत्तिको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए। बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४… Continue reading ललितपुरमा मोटरसाइकल दुर्घटना, दम्पत्तिको मृत्यु

महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको डीनबाट निलम्बनमा परेका जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन्। जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि संकायका डीन दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बताए।दत्तले जुम मिटिङ चलिरहेका बेला महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो। उपकुलपति रेग्मीले दत्तको राजीनामा… Continue reading महिला कर्मचारीमाथि अश्लील हर्कत गरेका डिनले प्राध्यापक पदबाट समेत दिए राजीनामा

भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानले नेपाललाई बराबरीमा रोकेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १–० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको… Continue reading भुटानले नेपाललाई बराबरीमा रोक्यो, नेपाल र लाओस फाइनलमा भिड्ने

साझेदार दलको बैठकमा गएन रास्वपा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मन्त्रालयको बाँडफाँट टुंग्याउने सत्ता साझेदार दलहरुको बैठकमा भने अनुपस्थित भएको छ। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डका साथै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट… Continue reading साझेदार दलको बैठकमा गएन रास्वपा

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । मिटरब्याजलाई सरकारले अपराधको परिभाषाभित्र राख्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता… Continue reading मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे

काठमाडौं । चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ युवा धरौटी बुझाएर छुटेका छन् । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए। प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका… Continue reading प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवा धरौटी बुझाएर छुटे

जसपा अशोक राईको नेतृत्वमा सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीले दुई मन्त्रालय पाउने भएको छ । अर्को मन्त्री भने मधेसबाट पठाउने तयारी थालेको छ । यसरी मन्त्री पठाउँदा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत नेताहरू दौडमा छन् ।

मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन

काठमाडौं । सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् । गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजक तोकिएको छ । टोलीमा गृह मन्त्रालयकै उपसचिव… Continue reading मिटर ब्याज पीडितको समस्या समाधानका लागि वार्ता टोली गठन

ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

काठमाडौं । मिटर ब्याज पीडितले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका शाहीविरुद्ध राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै विरोध गरेका हुन् । टंगालबाट फर्किएर धर्नाबस्न माइतीघर मण्डलामा पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुगेका थिए । न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज… Continue reading ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

Reuters\Ekantipur

काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ । ‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको… Continue reading जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

Photo : Sky News

काठमाडौं । म्यान्मारको सैन्य सरकारका प्रमुखले देशभित्र सशस्त्र प्रतिरोध गरिरहेका समूहहरूको गतिविधिलाई “आतङ्कू को सङ्ज्ञा दिँदै उनीहरूमाथि निर्णायक कारबाही गर्ने घोषणा गरेका छन्। सेनाप्रमुख मिन ओङ ह्लाइङले म्यान्मारमा मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि आतङ्कको मतियार भएको आरोप लगाएका छन्। एउटा दुर्लभ भाषणामा उनले ती देशहरूले बरु सेनालाई म्यान्मारको मौलिक प्रजातन्त्रलाई एउटा स्वरूप दिन सघाउनुपर्ने… Continue reading म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

काठमाडौं । शून्यमा झरेको कोरोना सङ्क्रमण नेपालमा पुनः बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले जुनसुकै भेरिएन्ट आए पनि सङ्क्रमणको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेका छन् । मन्त्रालयको तथ्यांक अनुसार शून्यमा झरेको कोभिड सङ्क्रमण एक हप्तादेखि बढ्न… Continue reading नेपालमा बढ्न थाल्यो कोरोना भाइरसको संक्रमण

सत्ता गठबन्धनको बैठक आज

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा आज अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलााउने समझदारी बनेको थियो। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय लिने भन्नेबारे प्रस्ताव गर्ने तयारीसमेत गरेका… Continue reading सत्ता गठबन्धनको बैठक आज

प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै

RSS

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित भएको थियो । नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले… Continue reading प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपाल र भुटान भिड्दै

अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित कम्तिमा ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ… Continue reading अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन निर्देशन दिएको छ।कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका पुराना डाटा नयाँ साइटमा स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अध्याधिक जोखिम रहेकाले ती लिंक, फाइल लगायतका सामग्री हटाउन निर्देशन दिएको हो। प्रधानमन्त्रीका आइटी विज्ञ… Continue reading सरकारी निकायमा पुराना वेवसाइट तथा लिंक हटाउन निर्देशन

खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको थियो… Continue reading खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने

नेपालमा अक्सर बसोबास गर्ने विदेशीको संख्या कति ?

काठमाडौं । नेपालमा अक्सर बसोबास गर्ने व्यक्तिमध्ये १ लाख ३७ हजार ४०७ जना विदेशी नागरिक रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने कुल नागरिकमध्ये ९९.५३ प्रतिशतले आफूलाई नेपाली नागरिकका रुपमा चिनाएका छन् । बाँकी व्यक्तिले भने आफूलाई विदेशी नागरिकका रुपमा चिनाएका छन् । तथ्यांक अनुसार यसरी… Continue reading नेपालमा अक्सर बसोबास गर्ने विदेशीको संख्या कति ?

नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए। निगमले नियमित… Continue reading नियमित उडान छाडेर चार्टर्डको अनुमति मागेपछि निगमलाई सोधियो स्पष्टीकरण

प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

काठमाडौं । चैत ७ गते बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ युवा जेल चलान भएका छन्। अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयले ५ हजार धरौटीमा रिहा हुन आइतबार आदेश दिएको थियो। तर उनीहरुले ५ हजार धरौटी नतिर्ने अडान राखेका थिए। प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम… Continue reading प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवा जेल चलान

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेसी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेसी परेको थियो। यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको… Continue reading सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी स्थगित

प्रहरीका चार डीआइजी एआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार डीआइजीलाई एआइजी बढुवामा सिफारिस भएको छ । गृहसचिव नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको बढुवा सिफारिस भएको छ । सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ । तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र… Continue reading प्रहरीका चार डीआइजी एआइजीमा बढुवा सिफारिस

थुनामा पठाउने न्यायाधीशको इजलासमा सन्दीपको अन्तिम सुनुवाइ हुँदै

Gorakhapatra

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कारको आरोपको फैसलाका लागि थुनछेक आदेश गरेकै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा यो मुद्दा पेसी तोकिएको हो। यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई… Continue reading थुनामा पठाउने न्यायाधीशको इजलासमा सन्दीपको अन्तिम सुनुवाइ हुँदै

तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी

तनहुँ । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेका अनुसार पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको हुन् । उपभोक्तले ट्यांकीमा… Continue reading तनहुँमा शव भेटिएको पानी ट्याङ्कीको पानी पिएका तीन सय ५०जना बिरामी