समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एक समलिंगी जोडीको विवाद दर्ता गर्न अस्वीकार गरेको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले समलिंगी विवाह गर्ने कानूनी व्यवस्था नरहेको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो । उनको इजलासको आदेशमा भनिएको छ, ‘कुनै पुरुष वा महिलाले दर्ताद्वारा विवाह गर्न चाहेमा निवेदन दिनसक्ने कानूनी व्यवस्था रहेको देखिएकोमा प्रस्तुत दर्ताद्वारा विवाह गरी… Continue reading समलिंगी जोडीको विवाह दर्ता गर्न अदालतले किन मानेन ?

नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

काठमाडौं । नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापनाबारे अध्ययन गर्न लगानी बोर्डले जर्मन कम्पनीसँग समझदारी गरेको छ । बिहीबार बोर्डले जर्मन कम्पनी डीआईएजी इन्ड्रष्ट्रिज जीएमबीएचसँग रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी गरेको हो। २४ महिना भित्रै विस्तृत अध्ययन सकेर प्रतिवेदन बुझाउने गरी समझदारी भएको बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले… Continue reading नेपालमा रासायनिक मल स्थापनाबारे अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

प्रचण्ड परिवारप्रति समवेदना दिन वालुवाटारमा घुइचो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी पत्नी सीताको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । बिहीबार बिहान… Continue reading प्रचण्ड परिवारप्रति समवेदना दिन वालुवाटारमा घुइचो

नेपाल र बंगलादेशले बराबरी खेले

काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १–१ को बराबरी खेलेका हुन् । खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल… Continue reading नेपाल र बंगलादेशले बराबरी खेले

नेपालमा अब चिया खेती र प्रशोधनबारे छुट्टै पढाई हुने

काठमाडौं । नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षालयले जिल्लास्थित सरोकारवाला र चिया उद्योगीहरुबीच चिया प्रविधिसम्बन्धी अन्तरक्रिया गरेको छ । चिया प्रविधि प्रि–डिप्लोमा तह (अप्रेन्टिशीप मोडालिटी) मा रहेर चिया प्रविधिसम्बन्धी… Continue reading नेपालमा अब चिया खेती र प्रशोधनबारे छुट्टै पढाई हुने

यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी

REUTERS|BBC

काठमाडौं । यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र ‘‘खतराको तह’’ पार गरिसकेको बताएका छन्। अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरु भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार… Continue reading यमुना नदीको जलसतह बढ्दा दिल्लीमा बाढी

युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण

Photo : AP

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को दुई दिन चलेको सम्मेलनमा प्रमुख राष्ट्रहरूले युक्रेनलाई थप हतियार सहयोगको प्रतिबद्धता जनाएका छन् । लिथुआनियाको विलनियसमा मंगलबार र बुधबार भएको सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्विडेन नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सदस्यता… Continue reading युक्रेन बन्न सकेन नेटोको सदस्य, यस्तो छ कारण

मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए

File photo

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडान सुरक्षित बनाउन नयाँ नियम ल्याएको छ। हेलिकप्टर दुर्घटनाका कारण नेपालको आकाश असुरक्षित रहेको सन्देश जाने भन्दै प्राधिकरणले यसमा कडाइ गर्न नयाँ नियम ल्याएको हो। हेलिकप्टर उडान थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाएर हवाई यातायातलाई अझै व्यावसायिक तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले पाँच नयाँ नियम ल्याएको प्राधिकरणका सूचना… Continue reading मनसुनभर माउन्टेन फ्लाइट गर्न नपाइने, यस्ता नियम फेरिए

भुवन केसीविरुद्धको मुद्दा साम्राज्ञीले जितिन्

काठमाडौं । जिल्ला अदालत काठमाडौंले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ। बुधबार न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली-बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ। साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। यसपछि भुवन केसीले उनीविरूद्ध… Continue reading भुवन केसीविरुद्धको मुद्दा साम्राज्ञीले जितिन्

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

RSS

काठमाडौं । आगामी दुई दिन पूर्वी नेपालमा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।… Continue reading आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे

काठमाडौं । वान एक्स बेटिङमार्फत् सट्टेबाजी खेलाएको र विज्ञापन गरेको आरोपमा पक्राउ परेका १० जना धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार १० जनासँग धरौटी माग गरी छाड्न आदेश दिएसँगै छुटेको जिल्‍ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिएका छन् । प्रहरीले यस घटनामा कैलाली घर भई काठमाडौं बस्ने २८ वर्षीय दिनेश खड्का… Continue reading वान एक्स बेटिङ काण्डमा मुछिएका कलाकार धरौटीमा छुटे

प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी

काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनमा नराम्रोसँग भक्कानिएका प्रचण्ड पुत्र वियोगलाई भुलाउन अनेक प्रयास गरिरहेका थिए । तर, उनको वियोग थामिनुको साटो अझै बढ्ने क्रममा थियो । छोराको निधनपछि अझ पिडामा डुबेकी प्रचण्ड पत्नी सीता दाहाल त्यसपछि अझ कमजोर बन्दै गइन् । आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी… Continue reading प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी

प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । बुधबार ट्वीटरमार्फत उनले सीता दाहालको निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गरेका छन् भने सीता दाहालको आत्माको चीरशान्तिको कामना गरेका छन् । उनले ट्वीटरमा नेपालीमा नै लेखेका छन्,… Continue reading प्रधानमन्त्री पत्नीको निधनमा मोदीले दिए समवेदना

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टी

Photo : onlinekhabar

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको… Continue reading राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टी

राष्ट्रिय सभा वैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ… Continue reading राष्ट्रिय सभा वैठक स्थगित

सीता दाहालको अन्त्येष्टी आजै

काठमाडौं । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले… Continue reading सीता दाहालको अन्त्येष्टी आजै

प्रचण्ड पत्नी दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।अस्पताल स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले घटनाको पुष्टी गरेका छन् । दाहालको बिहान करिब साढे ८ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड… Continue reading प्रचण्ड पत्नी दाहालको निधन

भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने

काठमाडौं । भक्तपुरको मध्यपुर थिमीमा १५० शय्याको अस्पताल बनाउन कोरियाले ९५ लाख अमेरिकी डलर खर्चिने भएको छ । अर्थ मन्त्रालय र नेपालीस्थित दक्षिण कोरियाली राजदूतावासबीच अस्पताल परियोजनाका लागि सम्झौता भएको छ । विश्वव्यापी चिकित्सा सेवाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत पार्क ते योङले परियोजना निर्माण सम्बन्धी… Continue reading भक्तपुरमा १५० शय्याको अस्पताल बनाउन कोरियाले अनुदान दिने

साउदीमा श्रमिकले अनलाइनबाट गुनासो टिपाउन मिल्ने

काठमाडौं । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अप्ठ्यारो भएमा,… Continue reading साउदीमा श्रमिकले अनलाइनबाट गुनासो टिपाउन मिल्ने

समाजवादी मोर्चाको बैठक आज, के छन् एजेण्डा ?

काठमाडौं । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ। बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो। समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । साउन पहिलो साता पछाडि सातै प्रदेशमा मोर्चा गठनको उद्देश्य, कार्यनीति, कार्यदिशाबारे जानकारी गराउन… Continue reading समाजवादी मोर्चाको बैठक आज, के छन् एजेण्डा ?

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको महाशाखाको भनाइ छ। अहिले बिहान कोशी तथा मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको अवस्था छ। त्यस्तै,… Continue reading कस्तो रहनेछ आजको मौसम ?

बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने

काठमाडौं । ककनी गाउँपालिकाले आगामी १ साउनदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाका प्रमुख सुमन तामाङका अनुसार फोहोर बोकेर आउने ठूला गाडीका लागि प्रतिगाडी १०० रुपैयाँ र अन्यका लागि १००० रुपैयाँ शुल्क लिने गरी गाउँ परिषद्‍ले गाउँपालिकाको आर्थिक विधेयक २०८० पास गरेको छ । बञ्चरेडाँडमा फोहोर पठाउने सबै… Continue reading बन्चरे डाँडा लैजाने फोहोर बोकेका ट्रकले ककनी गाउँपालिकालाई १५ सय प्रवेश शुल्क बुझाउनुपर्ने

कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ । केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ । त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक… Continue reading कांग्रेस केन्द्रिय समितिको बैठक आजबाट

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपियाँ समर्थन… Continue reading सरकारले तोक्यो धानको समर्थन मूल्य

मनाङ एयर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौंमा

rss

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका पाइलट र पाँच मेक्सिकन नागरिकको शव काठमाण्डू ल्याइपुर्‍याइएको छ । पोस्टमार्टम गरी शवहरू हस्तान्तरणको प्रक्रिया अघि बढाइने बताइएको छ । मङ्गलवार बिहान भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेमा सगरमाथा क्षेत्रको भ्रमणमा आएका एकै परिवारका पाँच सदस्य रहेका छन्। सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न पर्यटन तथा नागरिक उड्डयन… Continue reading मनाङ एयर दुर्घटनामा ज्यान गुमाएका सबैको शव काठमाडौंमा

सरकारले थप्यो मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न बनाएको आयोगको अवधिको तीन महिना थप गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुचित लेनदेन (मिटरब्याज)को समस्या समाधन गर्न बनाएको आयोगको अवधि थप गरेको हो। तीन महिनाका लागि समय थपेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि समय… Continue reading सरकारले थप्यो मिटर ब्याज पीडित समस्या समाधान आयोगको म्याद

ललितानिवास काण्डमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए । श्रेष्ठ २०६० सालमा भूमीसुधार विभागका महानिर्देशक थिए। २०६० सालमा ललिता निवासको केही जग्गा हालसाविक गर्ने नाममा राणा परिवारको नाममा दर्ता गर्ने… Continue reading ललितानिवास काण्डमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । ‘आज असाध्यै दुखद् घटना तपाईं हामी सबैलाई थाहा छ, मेक्सिकोका नागरिकहरु बोकेको मनाङ एयरको… Continue reading मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न समिति गठन

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, ५ विदेशी यात्रुसहित ६ जनाको मृत्यु

rss

काठमाडौं । मंगलबार मनाङ एयरको ९एन–एएमभी हेलिकप्टर सोलुखुम्बुमा दुर्घटनामा परेको छ । यो नेपालको इतिहासको ४२ औं हेलिकप्टर दुर्घटना हो । सोलुखुम्बु, लुक्लानजिकै रहेको सुर्केबाट बिहान १० बजेर ५ बजे काठमाडौंका लागि उडेको यो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं… Continue reading सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, ५ विदेशी यात्रुसहित ६ जनाको मृत्यु

आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो

काठमाडौं । टर्कीमा २२ जना विदेशी नागरिक पक्राउ परेका छन् । टर्कीको सुरक्षा निकायले विद्रोही समूह इस्लामिक स्टेट ९आईएस० सँग सम्बन्ध रहेको आरोपमा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो । सरकारले चलाएको आतङ्कवादविरोधी अभियानका क्रममा उनीहरू पक्राउ परेका त्यहाँको समाचार समिति अनादोलुलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आईएससँग सम्बन्ध रहेका… Continue reading आइएससँग सम्बन्ध रहेको भन्दै टर्कीले २२ जना विदेशीलाई पक्रियो