भारत सरकारले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार

काठमाडौं । काठमाडौँ स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेका हुन् ।… Continue reading भारत सरकारले नेपाललाई दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस उपहार

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

काठमाडौं । घोराही सिमेन्ट्र इण्डष्ट्रिजको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री नबिल इन्भेष्टमेन्ट बैंकिङले आज दिउँसो आइपीओ बाँडफाँट गरेका हुन् । क्यापिटलका अनुसार कम्पनीको सेयरमा आवेदन दिने सबैले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा ५ लाख ८१ हजार ५४६ जनाले आवेदन दिएका थिए ।… Continue reading घोराही सिमेन्टको आइपीओ बाँडफाँट, भर्ने जति सबैले पाए १० कित्ता

राष्ट्रपतिले गरे बजेटसँग सम्बिन्धत विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बजेट प्रमाणीकरण गरेका छन् । बजेटसँग सम्बन्धित विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् । संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि बजेटसँग सम्बिन्धत तीन विधेयक राष्ट्रपतिसमक्ष पठाइएको थियो । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसद्बाट पारित भई नेपालको… Continue reading राष्ट्रपतिले गरे बजेटसँग सम्बिन्धत विधेयक प्रमाणीकरण

जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

काठमाडौं । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री त्यहाँ गएका हुन् । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन्… Continue reading जी-२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान

भारतबाट घटेर आयो पेट्रोलको भाउ, डिजेल बढ्यो

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार डिजेलको मूल्य बढेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ… Continue reading भारतबाट घटेर आयो पेट्रोलको भाउ, डिजेल बढ्यो

सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं । संघीय संसद्‌ सचिवालयले आर्थिक वर्ष २०७९/०८ समाप्त भएको ६० दिनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य (सांसद)हरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। संसद सचिवालयले सूचना निकालेर साउन १ गतेदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । सांसदहरुले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्ति तथा सम्पत्तिको स्रोत खुलाउने विवरण… Continue reading सांसदहरुलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

परराष्ट्र मन्त्री थाइल्यान्ड जादै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक जाँदैछन् । बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास हो । यसलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट सोमबार हुने तय भएको छ । मन्त्री साउदको… Continue reading परराष्ट्र मन्त्री थाइल्यान्ड जादै

एमाले अध्यक्ष मङ्गलबार कम्बोडिया जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन् । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन् । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

अमेरिका र युरोपमा गर्मीले बेहाल

File

काठमाडौं । अमेरिका र युरोपमा अत्यधिक गर्मी बढेको छ । अमेरिका पछिल्लो १६ दिनयता गर्मीबाट प्रभावित छ । पूरै दक्षिण-पश्चिम अमेरिकाका बासिन्दा गर्मीसँगै तातो हावाबाट प्रभावित भएका छन् । गर्मीबाट अमेरिकामा करिब ११ करोड बासिन्दा प्रभावित भएको बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्नियासम्म र अब वाशिङ्टन डिसीमा समेत तातो हावा (लु) बाट प्रभावित भएको बीबीसीले… Continue reading अमेरिका र युरोपमा गर्मीले बेहाल

अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । सात पटकको बाडोन डे’ओर विजेता मेसीले गत सिजनको अन्त्यपछि फ्रेन्च क्लब पीएसजी छाडेका थिए । मेसीले नयाँ सुरुवातका लागि उत्साहित रहेको बताएका छन् । ‘… Continue reading अमेरिकी क्लबमा औपचारिक रुपमा आवद्ध भए लियोनल मेसि

इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना

काठमाडौं । विद्यार्थीलाई दिएको छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई इटहरी उपमहानगरपालिकाले एक लाखसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालय छन् । शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक… Continue reading इटहरीमा छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई एक लाखसम्म जरिवाना

अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ

GETTY IMAGES\BBC

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको एउटा नयाँ प्रतिवेदनले महत्त्वपूर्ण स्वास्थ्य कार्यक्रमहरूले पूर्ण रूपमा आर्थिक स्रोत प्राप्त गरेपछि सन् २०३० सम्ममा संसारबाट एड्स उन्मुलन हुने दिशामा रहेको जनाएको छ। एचआईभी लागेका ६५ प्रतिशत मानिसहरू सब(सहारा अफ्रिकामा बस्छन्। सो क्षेत्रले एड्सको उन्मुलनको क्षेत्रमा ठूलो फड्को मारेको छ। बोत्स्वाना, इस्वाटीनी, रुवान्डा, तान्जिनिया र जिम्बाब्वेले ’९५(९५(९५’ लक्ष्य पुरा गरिसकेको यूएनएड्सले… Continue reading अतिप्रभावित अफ्रिकामै एड्स उन्मुलनतर्फ

अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी

काठमाडौं । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलगायतका अस्पतालमा वर्षायामको मौसममा देखा पर्ने सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। ती अस्पतालमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, दादुरा, जन्डिसलगायतका रोग लिएर उपचारमा जानेको सङ्ख्या बढेको… Continue reading अस्पतालमा बढ्न थाले सरुवा रोगका बिरामी

पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम

काठमाडौं । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल)लगायतको सहभागि भए । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायातविज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी… Continue reading पोखरा–मुग्लिन सडकको बिस्तार धमाधम

आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल

काठमाडौं । जयनगर–जनकपुर–कुर्थासम्म सञ्चालन हुँदै आएको रेल आइतबारदेखि महोत्तरीको भंगाहसम्म चल्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विजलपुरा रेल्वे खण्डको १७ किलोमिटरमा आइतबार बिहान साढे १० बजे रेल सेवा उद्घाटन गर्ने कार्यकम छ । भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले निर्माण गरेको रेल्वे ट्रयाक गत जेठ १८ गते नेपाल रेल्वे कम्पनीका प्रमुख… Continue reading आइतबारबाट महोत्तरीसम्म चल्ने भयो रेल

राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोक बहादुर थापाको नाम सिफारिस

काठमाडौं । सरकारले न्यूयोर्कस्थित राष्ट्रसंघको स्थायी प्रतिनिधिमा लोकबहादुर थापाको नाम सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापासहित ६ जनाको नाम सिफारिस गरेको हो । उनी अहिले परराष्ट्र मन्त्रालयमा सहसचिव छन् । सरकारले रामप्रसाद सुवेदीलाई जेनेभाका लागि स्थायी प्रतिनिधि सिफारिस गरेको छ ।

लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा

काठमाडौं । देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिनभर नै सबै प्रदेशका केही ठाउँमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा मेघ-गर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ… Continue reading लुम्बिनी र सुदूरुपश्चिममा आज ठूलो वर्षा

ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ

काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ छन् । प्रहरीका अनुसार १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक… Continue reading ठमेलमा क्लव सञ्चालकमाथि कुटपिट गर्ने ५ जना पक्राउ

देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको समन्वयमा तयार पारिएको तथ्यांकअनुसार असार २९ गतेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार गत वर्ष यसै अवधिमा ६५ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा… Continue reading देशभर ५३ प्रतिशत रोपाइँ सम्पन्न

भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान

काठमाडौं । भारतको चन्द्रयान–३ को सफल प्रक्षेपण भएको छ । दक्षिण भारतमा रहेको सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय अनुसार दिउँसो दुई बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा लगेको छ । प्रक्षेपण सफल भएपछि भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताएका छन् । प्रमुख एस सोमनाथका अनुसार अगस्टको… Continue reading भारतले चन्द्रमामा पठायो आफ्नै चन्द्रयान

लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग रोकथामबारे गरेका कामकारबाहीको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको बैठकमा निरन्तर यो विषय उठिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देश गरेका हुन् । ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन… Continue reading लम्पी स्किन रोग रोकथामबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध

काठमाडौं । म्यानपावर व्यवसायीहरुले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको प्रकरणको विरोध गरेका छन् । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै श्रमिकहरुलाई शंकाकै भरमा फर्काएर भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर गएका श्रमिकलाई अन्यायपूर्ण तरिकाले कुवेत जान रोकिएको… Continue reading अध्यागमनले एकसाथ ११७ जना कामदारलाई फिर्ता पठाएपछि म्यानपावर कम्पनीको विरोध

पाकिस्तानविरुद्ध सोमपालको शाहसिक प्रदर्शन

काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । यद्दपी सोमपाल कामीले भने शाहसिक प्रदर्शन गरे । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै नेपालले दिएको १८० रनको लक्ष्य भेट्टायो । पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक ५१ रन बनाए । ६७ बल सामना… Continue reading पाकिस्तानविरुद्ध सोमपालको शाहसिक प्रदर्शन

अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा

काठमाडौं । दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । केही दिनदेखि दक्षिण एसियाको भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले नेपाली कांग्रेस… Continue reading अमेरिकी सहायक विदेश मन्त्री लु काठमाडौंमा

आज भानु जयन्ती, देश-विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज शुक्रवार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । काठमाडौं, तनहुँसहित दार्जिलिङ, सिक्किमलगायत नेपालीभाषी रहेका धेरै क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रम हुँदैछन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा,… Continue reading आज भानु जयन्ती, देश-विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज शुक्रवार नेपाल आउँदैछन् । सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाडौंस्थित अमेरिकी दूतावासले हिजो बिहीवारमात्रै लुको भ्रमणका विषयमा औपचारिक घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदसँगको… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउने

कुन भेगमा आज भारी वर्षा ?

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी छ । अहिले मुलुकका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी,… Continue reading कुन भेगमा आज भारी वर्षा ?

एसीसी इमर्जिङ टिम्स एसिया कप नेपाल र पाकिस्तान बीच आज खेल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र पाकिस्तान ‘ए’बीच आज प्रतिस्पर्धा हुँदैछ । समूह ‘बी’ अन्तर्गत यस खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा बिहान सवा १० बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपाल मैदान उत्रँदा पाकिस्तानको कप्तानी सिनियर टोलीबाट खेलिसकेका मोहम्मद हरिसले गर्नेछन् । पाकिस्तानको ‘ए’ टोली भएपनि त्यसमा सिनियर टोलीबाट अनुभव बटुलिसकेका… Continue reading एसीसी इमर्जिङ टिम्स एसिया कप नेपाल र पाकिस्तान बीच आज खेल

दासढुंगामा बस दुर्घटना, रुखका कारण बच्यो थुप्रैको ज्यान

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५ः२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना घाइते भएका हुन्… Continue reading दासढुंगामा बस दुर्घटना, रुखका कारण बच्यो थुप्रैको ज्यान

आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला र पुरुषको पुरस्कार राशी बराबर हुने ऐतिहासिक घोषणा गरेको छ । दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले आफ्ना सबै महिला र पुरुष टोलीको पुरस्कार रकम समान बनाउने घोषणा गरेको हो । यस निर्णियपछि अब महिला र पुरुषको उस्तै किसिमको प्रतियोगिता विजेता लगायतले पाउने पुरस्कार रकम पनि बराबर… Continue reading आइसीसीले अब महिला र पुरुष प्रतियोगितामा समान पुरस्कार दिने