काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ। अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन। काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर… Continue reading स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन
Category: फिचर
मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस
काठमाडौं । पूर्वी भारतको मणिपुर राज्यमा दुई महिलालाई पुरुषहरूको समूहले निर्वस्त्र बनाएर सडकमा हिँडाएको भिडिओ सार्वजनिक भएपछि भारतभर चर्को आक्रोश उत्पन्न भएको छ। प्रहरीले पीडित महिलाहरूमाथि सामूहिक बलात्कार भएको मुद्दा अघि बढाइएको र एक आरोपितलाई पक्राउ गरिएको जनाएको छ। अर्का एक सन्दिग्ध व्यक्तिको खोजी भइरहेको छ। सांसदहरूले उक्त घटनाबारे छलफल गरिनुपर्ने माग गरेपछि बिहीवार भारतको… Continue reading मणिपुरमा महिलामाथि अमानवीय यौन उत्पिडनको भिडियो सार्वजनिक, भारतभर आक्रोस
अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने
काठमाडौं । १ असोजबाट भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस चल्ने भएको छ । यस्तो बस अब ट्राफिक जाममा फस्नु पर्दैन । काठमाडौं उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । पहिलो चरणमा… Continue reading अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने
१ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेको छ। योसँगै सुन तस्करी आरोपमा अहिलेसम्म पक्राउ पर्नेको संख्या १० पुगेको छ। पछिल्लोचोटि पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा… Continue reading १ क्विन्टल सुन बरामद प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो
कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ। पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ। ‘नेपाल… Continue reading कोरियाबाट फर्किएकालाई खुल्यो पुन: भाषा परीक्षा
यस्तो रहनेछ आज देशैभर मौसम
काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई… Continue reading यस्तो रहनेछ आज देशैभर मौसम
शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने
काठमाडौं । शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा… Continue reading शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने
रुसविरुद्ध युक्रेनले घातक अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टी
काठमाडौं । युक्रेनले रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको बताएका छन् । क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने भन्दै १०० भन्दा धेरै देशले… Continue reading रुसविरुद्ध युक्रेनले घातक अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको पुष्टी
भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक
काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ । सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा… Continue reading भारतले बासमतीबाहेकका चामलको निर्यातमा लगायो रोक
नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु
काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो । नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय… Continue reading नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु
सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरुले छापा मारेका छन् । सुन तस्करीमा संलग्नहरुले सुनसहितको ‘ब्रेक सु’ राख्न भाडामा लिएको घरको बालुवाटारस्थित कोठामा सशस्त्र प्रहरी बलको सहयोग लिएर राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको हो । त्यसक्रममा कोठामा ५–६ वटा ठूला बाकस… Continue reading सुन तस्करी गर्न प्रयोग गरिएको घरमा छापा
केन्द्रीय समिति बैठकमा मनाइयो गगन थापाको जन्मदिन
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरे ।
विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी
काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राष्ट्रबैंकले स्कुटरका ‘ब्रेक शु’ जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ । त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुनेछ। पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व… Continue reading विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी
टक्सारमा पुर्याइयो विमानस्थलबाट बरामद सुन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको सुन नापतौल गर्न राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । महाशाखामा सुनको तौल मापन गरिनेछ । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । बरामद सुनको परिमाण एकिन… Continue reading टक्सारमा पुर्याइयो विमानस्थलबाट बरामद सुन
व्यवसायी मल्होत्राको दाबी– ‘बरामद सुनमा मेरो संलग्नता छैन, पुष्टी भए सजाय भोग्न तयार छु’
काठमाडौं । व्यवसायी दीपक मल्होत्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एकसय किलो सनुमा आफ्नो संलग्नता नरहेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले यसमा आफ्नो कुनै संलग्नता नरहेको र पुष्टि भए सजाय भोग्न तयार रहेको बताएका हुन् । आफ्नो जोडेर आएका समाचार तथ्यहिन भएको मल्होत्राको दाबी छ । मल्होत्राले यसको खण्डन प्रकाशित नगरे… Continue reading व्यवसायी मल्होत्राको दाबी– ‘बरामद सुनमा मेरो संलग्नता छैन, पुष्टी भए सजाय भोग्न तयार छु’
बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’
काठमाडौं । कान्तिपुर टेलिभिजनले शनिबार बेलुकी प्रशारण हुँदै आएको ‘ह्वाट् द फ्लप’ शो बन्द गरेको छ।गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाह (पल)लाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको… Continue reading बन्द भयो सन्दीप क्षेत्रीको कार्यक्रम ‘ह्वाट द फ्लप’
बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन नेपाल राष्ट्र बैंकमा लगेर जोखिने भएको छ । यसले सुनको वास्तविक तौल पत्ता लाग्ने छ । राजश्व अनुसन्धान विभागले सुन झण्डै एक क्विन्टल भएको हुन सक्ने अनुमान गरेको छ । यस प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् । विभागका… Continue reading बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने
महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए
काठमाडौं । न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप… Continue reading महिला विश्वकप आयोजक न्यूजिल्याण्डमा खेल अगाडी गोलाबारी, कम्तिमा २ जना मारिए
फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता
काठमाडौं । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भएको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएपछि आन्दोलन रोकिएको छ । सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम जारी छ । गतरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर… Continue reading फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता
क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान सुरु गरिएको छ । राजश्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको हो । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज थाहा हुने बताइएको छ । सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् । विमानस्थल… Continue reading क्विन्टलमा सुन भित्राउन ठूलो व्यापारीको हात रहेको आशंका, ६ जना पक्राउ, अनुसन्धान जारी
रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए । संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ । आयोजक वन योङ वर्ल्डका अनुसार… Continue reading रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड
काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानालाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार,… Continue reading काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद
प्रस्तावित राजदूतबारे उजुरी आह्वान
काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि… Continue reading प्रस्तावित राजदूतबारे उजुरी आह्वान
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली जाने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको छ ।बैठकपछि सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन्… Continue reading प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा जाने
भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको सान्त्वना जित
काठमाडौं । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ। यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जिताउन भुर्तेलले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन… Continue reading भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालको सान्त्वना जित
सप्तकोसी किनारमा ‘ग्याङ फाइट’ गर्ने तीन युवती पक्राउ
काठमाडौं । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन जनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेको आरोपमा प्रहरीले तीन जना युवतीलाई पक्राउ गरेको छ भने २ जना फरार छन्। गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले… Continue reading सप्तकोसी किनारमा ‘ग्याङ फाइट’ गर्ने तीन युवती पक्राउ
भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो । महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो । सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना… Continue reading भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर
निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक इ. उमेशप्रसाद थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्। निगमको कार्यकारी निर्देशक भएपश्चात थानीले देखाएको उच्च व्यवस्थापकीय क्षमताको कदर गर्दै नेपाल ईन्जिनियर्स एसोसियसन्स ले ६१ औ इन्जिनियर दिबसको अबसरमा उक्त अर्वाड प्रदान गरेको हो । रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा… Continue reading निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् । भर्खर मात्र भारतसँग दश हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले… Continue reading भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान
मोदी विरुद्ध २६ दलको मोर्चावन्दी
काठमाडौं । भारतमा २६ वटा विपक्षी दलका नेताहरू अर्को वर्ष हुन लागेको आमनिर्वाचनका लागि नरेन्द्र मोदीविरुद्ध रणनीति बलियो बनाउन भन्दै बैठक गरेका छन्। उक्त बैठकमा कङ्ग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायका शीर्षस्थ विपक्षी नेता सहभागी छन्। उनीहरूले गठबन्धनको नाम इन्डियन न्याश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स (इन्डिया) तय गरेको जनाएका छन् । मङ्गलवार… Continue reading मोदी विरुद्ध २६ दलको मोर्चावन्दी