सम्पर्कविहिन चिनियाँ विदेशमन्त्री बर्खास्त भए

काठमाडौं । एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ । चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो । उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ यीलाई जिम्मेवारीमा फर्काइएको छ । २५… Continue reading सम्पर्कविहिन चिनियाँ विदेशमन्त्री बर्खास्त भए

नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि पहल गर्न नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ । दुई मुलुकबीचको व्यापार सहजीकरण एवम् पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेको चेम्बरले जनाएको छ । नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत हास्मीसागको भेटमा अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको… Continue reading नेपाल र पाकिस्तानबीच सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको माग

खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

vfB k|0ffnL;DaGwL ;Dd]ng ;Daf]wg /f]d, ( ;fpgM k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú dªunaf/ O6fnLsf] /f]ddf cfof]lht /fi6«;ª3Lo vfB k|0ffnL;DaGwL ;Dd]ngnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन् । उनले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको बताए । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज (मङ्गलबार) सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगो भविष्यका… Continue reading खाद्य प्रणालीमा परिवर्तन आवश्यक : प्रधानमन्त्री

निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई तोकियो जरिवाना

काठमाडौं । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५… Continue reading निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई तोकियो जरिवाना

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट ‘हेर्दाहेर्दै’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आजदेखि सुनुवाइ भएको यो रिट अब यही इजलासले टुंगो लगाउने भएको छ । सम्भवत् पूर्णइजलासले बुधबार नै फैसला सुनाउने छ । सोमबार न्यायाधीश सुष्मालता माथेमा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले… Continue reading कोशी सरकारविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

सुनकाण्डपछि फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख

काठमाडौं । सुनकाण्डपछि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ। यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए। उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको… Continue reading सुनकाण्डपछि फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख

२२०० बाट ओर्लियो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३६.३१ अंकले घटेर २१६४.३१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६७ कम्पनीको २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये… Continue reading २२०० बाट ओर्लियो नेप्से, कारोबार रकममा भारी गिरावट

भक्तपुरमा ११ वर्षकी बालिकाद्वारा आत्महत्या

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ फेदीमा रामकुमार गिरीको २ तले कच्ची घरकोको माथिल्लो तलाको भान्साको कोठाको झुण्डिएर एकजना ११ वर्षीया बालिकाले मंगलबार आत्महत्या गरेकी छन्। सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका घर भई हाल डेरा गरी बस्ने अभिषेक थामीको छोरी वर्ष ११ की आशिका थामीले काठको निरालमा तन्नाको पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।… Continue reading भक्तपुरमा ११ वर्षकी बालिकाद्वारा आत्महत्या

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको हस्तक्षेप

काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ। काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो। स्थानियले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन्। महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको… Continue reading सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको हस्तक्षेप

इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो । उनीहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य… Continue reading इटालीमा बंगलादेश र नेपालका प्रधानमन्त्री बीच भेटवार्ता

सिद्धार्थ राजमार्ग अवरुद्ध, कालिगण्डकी करिडोरमा पनि पहिरो

File

काठमाडौं । अविरल वर्षातका कारण सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध बनेको छ । गएरातिदेखि परेको अविरल वर्षात्का कारण सिद्धार्थ राजमार्गको तिनाउ–३, स्थित दोभान नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन् ।… Continue reading सिद्धार्थ राजमार्ग अवरुद्ध, कालिगण्डकी करिडोरमा पनि पहिरो

मुग्लिङ -नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडौं । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ । पानी… Continue reading मुग्लिङ -नारायणगढ सडक खण्ड अवरुद्ध

अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो। उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए। सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभलालच… Continue reading अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

File : THT

काठमाडौं । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान चार बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतरा तह पार गरेको छ । तिनाउको बाढी बढ्दो… Continue reading मध्य तराईमा भारी वर्षा, तिनाउ नदी खतरापूर्ण

अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा आयोजित फुड सिस्टम समिटलाई सम्बोधन गर्दै उनले कृषि उत्पादकत्व दोब्बर तुल्याउनका लागि दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने पारिस्थितीक प्रणाली कायम राख्ने गरी लचिलो कृषि… Continue reading अतिकम मुलुकले कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री

बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिक-(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल… Continue reading बागलुङ भिमगिठेका प्रहरी इन्चार्ज मृत भेटिए

यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् । सोमबार रोममा नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।प्रधानमन्त्रीको निजी सचिवालयले अनुसार भेटमा प्रधानमन्त्रीले युरोपमा रहेका नेपालीहरूको समस्या समाधान गर्न आफू लागिपर्ने र देशमा सुशासन, सामाजिक… Continue reading यूरोपमा रहेका नेपालीको समस्या समाधानमा लागि पर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । सोमबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका… Continue reading प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका महासचिवबीच भेटवार्ता

एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा १५.१५ प्रतिशतले घटेको छ । यो अघिल्लो आवको तुलनामा १५।४५ प्रतिशत कम हो । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांका अनुसार आयात ठूलो मात्रामा घट्दा व्यापार घाटामा भने उल्लेख्य सुधार देखिएको हो । आव २०७८/ ७९ मा १७ खर्ब २० अर्ब रुपैयाँ व्यापार घाटा थियो । सरकारले लगाएको आयात… Continue reading एक वर्षमा नेपालकाे व्यापार घाटा साढे १४ खर्ब, निर्यात २१ प्रतिशतले घट्यो

ट्वीटरको नाम र लोगो दुवै परिवर्तन

काठमाडौं । एलन मस्कले ट्वीटरको लोगो पूर्णरूपमा परिवर्तन गरेका छन् । ट्विटरमा रहेको ‘चरा’को ठाउँमा ‘एक्स’ राखिएको छ । वेबमा ट्वीटर खोल्दा सुरुमा पूरै लोड हुनुअघि पनि एक्स देखाइरहेको छ । कम्पनीका प्रमुख एलन मस्कले हिजो नै ट्वीटरको लोगो परिवर्तन गर्ने घोषणा गरेका थिए । यो ठूलो परिवर्तनलाई धेरैले मन पराएका छैनन् । सामाजिक सञ्जालमा… Continue reading ट्वीटरको नाम र लोगो दुवै परिवर्तन

कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउन आदेश दिएको छ । मंगलबारदेखि नै सर्वोच्चको पूर्ण इजलासले यो विवादमा सुनुवाइ थाल्नेछ । पूर्ण इजलास ३ सदस्यीय हुने वा ५ सदस्यीय हुने भन्ने… Continue reading कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा

नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ६३ अंकले बढेको नेप्से आज २६ अंकले घटेको हो । आइतबार राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घट्ने र सेयर कर्जाको जोखिमभार घटाउने घोषणा गरेसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेले छलाङ मारेको थियो । तर, गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर कर्जाको मात्र जोखिभार… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्सन, यी हुन् धेरै घट्ने कम्पनी

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । यस प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले आज दुई जना मोही पक्राउ गरेको हो । यद्यपी, उनीहरुको पहिचान भने खुलाईएको छैन । यसससँगै ललिता निवास प्रकरणमा सीआईबीले पक्राउ गरेकाको संख्या १९ पुगेको छ । यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार… Continue reading ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

ANI

मणिपुर । मणिपुरमा गत ४ मेमा भएको महिला माथिको बर्बर घटना रेकर्ड भएको मोवाइल प्रहरीले बरामद गरेको छ । सो दिन महिलालाई बिना कपडा भीडले खुला स्थानमा घुमाएको थियो । साथमा महिलामाथि यौन उत्पिडन भएको थियो । यस घटनामा पुलिसले एक्सन जारी राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले ६ आरोपितलाई गिरफ्तार गरिसकेको छ ।… Continue reading मणिपुरमा बर्बर महिला हिंसाको भिडियो रेकर्ड भएको मोवाइल बरामद, ६ जना पक्राउ

माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली भारत प्रस्थान गरेको छ । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा०को निमन्त्रणामा भुसाल नेतृत्वमा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्य रामेश्वर यादव र सुरेशकुमार राईको टोली छ दिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गरेको… Continue reading माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा

भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

काठमाडौं । भारतको ‘ए’ टिमलाई पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। आइतबार श्रीलंकामा भएको फाइनलमा पाकिस्तानले भारतलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो। पाकिस्तानले दिएको ३५३ रन लक्ष्य पछ्याएको भारत ४० ओभरमै २४० रनमा अलआउट भयो। भारतका लागि ओपनिङ ब्याट्सम्यान अभिषेक शर्माले ६१ रन जोडे।… Continue reading भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि

मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

काठमाडौं । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभाव आंशिक र न्युनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहँदा केही दिनसम्म कम पानी परेको थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो… Continue reading मनसुनी प्रभाव फैलिँदै, यी प्रदेशमा हुने छ भारी वर्षा

कांग्रेस बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजपनि बस्दैछ। अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्। असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। ती विषयमा… Continue reading कांग्रेस बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिँदै

पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ

काठमाडौं । पोल्‍याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्‍चनपुरको कृष्णपुर नगरपालिका २ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्‍ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि… Continue reading पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ

प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ

काठमाडौं । धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आज प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाल रहेका छन् । उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न… Continue reading प्रधानमन्त्रीको नक्कली सल्लाहकार बनेर ठगि गर्ने बाबु छोरा पक्राउ