नेपाली सेनाले स्थापना दिवस मनाउँदै, टुडिखेलमा विशेष परेड

काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा… Continue reading नेपाली सेनाले स्थापना दिवस मनाउँदै, टुडिखेलमा विशेष परेड

कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । भारतको मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भण्डारीको शरीरमा रहेको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको उपचारमा संलग्न डा. मुकेश मिश्रालाई उद्धृत गर्दै कांग्रेस नेथा योगराज कँडेलले जानकारी दिएका छन् । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत खाना दिइने चिकित्सकहरूले बताएको उपचार समन्वयमा गएका नेता कँडेलले जानकारी दिए ।… Continue reading कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

पशुपतिनाथमा भक्तजनको भीड

काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न… Continue reading पशुपतिनाथमा भक्तजनको भीड

सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिउँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औंल्याएकी छन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् । महाशिवरात्रि पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति… Continue reading सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिउँ : राष्ट्रपति

आज महाशिवरात्री, देशभर मनाइंदै

Photo: THT

काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,… Continue reading आज महाशिवरात्री, देशभर मनाइंदै

आईसीसी लिग २ : नेपाल र नामिविया भिड्दै

काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको हो । यो सिरिजमा नेपालको नामिबियासँग दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले… Continue reading आईसीसी लिग २ : नेपाल र नामिविया भिड्दै

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित,कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङले २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए… Continue reading स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित,कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवस’को बिदालाई पनि वार्षिक क्यालेण्डरमै राख्ने

काठमाडौं । सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेण्डरमै’ समेट्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सन्तुलन मिलाउनका लागि पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छन् । मन्त्रिपरिषद बैठकले गत… Continue reading पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवस’को बिदालाई पनि वार्षिक क्यालेण्डरमै राख्ने

कांग्रेस नेता भण्डारीको पहिलो अप्रेशन सफल

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन सफलतापूर्वक सकिएको सचिवालयले जनाएको छ। चिकित्सकका अनुसार डा. भण्डारीको अर्को अप्रेशन तयारी पनि भइरहेको छ। त्यसका लागि उनीहरुले भण्डारीका आफन्तसँग परामर्श गर्दैछन्। सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो।

चरित्रहत्या गरेकाे आराेपमा ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

काठमाडौं । करिश्मा मानन्धरकाे मानहानी गरेर अन्तर्वार्ता दिएकाे आराेपमा प्रहरीले डिल्लीराम खनाल पक्राउ गरेको छ । उनले एक हप्ताअघि एउटा युट्युब च्यानलमा करिश्मा मानन्धर अमेरिका बस्दा एक पुरुषसँग लिभिङ टुगेदरमा बसेको दाबी गर्दै अन्तर्वार्ता दिएका थिए । खनाल पछिल्लाे समय यूटयुवमा चर्चित छन् । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै खनालविरुद्ध साइबर… Continue reading चरित्रहत्या गरेकाे आराेपमा ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको जारी खेलमा स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो। स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाए। करियरको पहिलो शतक हान्ने क्रममा… Continue reading स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

(FILES) In this file photo taken on January 24, 2023, people watch the BBC documentary "India: The Modi Question", on a screen installed at the Marine Drive junction under the direction of the district Congress committee, in Kochi. - Indian tax authorities on February 14, 2023 raided BBC's New Delhi offices a journalist at the broadcaster told AFP, weeks after it aired a documentary critical of Prime Minister Narendra Modi. (Photo by Arun CHANDRABOSE / AFP)

नयाँ दिल्ली । भारतमा बीबीसीका दिल्ली र मुंबईस्थित दुई कार्यालयमा आयकरविभागले सर्वे पुरा गरेको छ । छानविन तीन दिनसम्म चलेको छ । बिहीबार राती भने सर्वे पुरा भएको विभागले जनाएको छ । बीबीसीका प्रवक्ताले आयकर विभागबाट आएका कर्मचारी दिल्ली र मुंबई कार्यालयबाट निस्किसकेको जनाएका छन् । उनले आयकर विभागलाई पूर्ण सहयोग गर्ने र यससम्बन्धी मामला… Continue reading आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

निजी सवारीले भाडामा यात्रु बोकेपछि प्रहरीले गर्यो कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले राइड सेयर गरेर भाडा उठाएपछि पठाओ, इन्ड्राइभर जस्ता सेवाका मोटरसाइकल चालकहरुलाई कारबाही गरेको छ । प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहीबार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको हो,’ ट्राफिक प्रहरीले भनेको छ ।… Continue reading निजी सवारीले भाडामा यात्रु बोकेपछि प्रहरीले गर्यो कारवाही

नेपाल र भारतलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अभियान चलाउने अभियन्ता शङ्कराचार्य काठमाडौंमा

काठमाडौं । भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाडौं आएका छन् । नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो। आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो। हिन्दूहरूको चार धाममध्ये जगन्नाथ… Continue reading नेपाल र भारतलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अभियान चलाउने अभियन्ता शङ्कराचार्य काठमाडौंमा

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको छ। तर चिकित्सकहरूले ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने जानकारी दिएको मुम्बईमा रहेका… Continue reading सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

अनेरास्ववियुको अध्यक्ष बने बडाल

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । ९६२ मत पाएर बडाल अध्यक्ष चुनिए… Continue reading अनेरास्ववियुको अध्यक्ष बने बडाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो । ओपनर… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र स्कटल्याण्ड भिड्दै

नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । नुवाकोटमा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बटाहाबाट दाम्चेतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बसका चालक फरार भएका छन्। मृतक… Continue reading नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु

शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने

काठमाडौं । बागमतीको मुहानक्षेत्र धापम बनेको जलाशयको बिहीबार उद्घाटन गरिएको छ । सुन्दरीजलबाट १८ किलोमिटर टाढा रहेको धाप ड्यामको उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरे । गोकर्णेश्वर नगरपालिका वडा नं १ अन्तर्गतको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रीको अवसरमा बागमती… Continue reading शिवपुरीको धाप ड्याम उद्घाटन, शिवरात्रीका दिन बागमतीमा पानी बगाइने

भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनको स्रोत नखुलेको आम्दानी २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ ५१ पैसा भेटिएको अन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०४३ साउन १ गते सरकारी सेवामा प्रवेश गरेदेखि २०७८… Continue reading भन्सार अधिकृत विरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा

कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

file

काठमाडौं । खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।सिलिण्डरको घाँटीनेर केही सांकेतिक… Continue reading कसरी थाहा पाउने म्याद गुज्रिएको ग्यास सिलिन्डर

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं । ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । नेपालमा यथोचित उपचार सम्भव नभएपछि चिकित्सकको टोलीसहित उनलाई श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको हो । नेता भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन… Continue reading कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगियो

ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन

काठमाडौं । सोमबार यातायात व्यवसायीले गोंगबुमा गरेको आन्दोलनका क्रममा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न समिति गठन भएको छ ।प्रहरी प्रधान कार्यालय, नक्सालले घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक… Continue reading ल्होत्से मल घटनामा छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन

ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर… Continue reading ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएकी कांग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत मुम्बइ लगिने भएको छ । भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ । स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा… Continue reading सांसद भण्डारीलाई थप उपचारका लागि श्री एयरलाइन्सबाट मुम्बई लगिने

सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

काठमाडौं । खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको अवस्था गम्भीर बनेको छ। कीर्तिपुर अस्पतालले उनीहरुको उपचार नेपालमा सम्भव नहुने भन्दै सिघ्र देशबाहिर लैजान समेत सिफारिस गरेको छ । सांसद भण्डारीका २५ देखि ३० प्रतिशत शरीरको भाग जलेको छ । उनको फोक्सोमा समेत असर परेको अस्पतालले… Continue reading सांसद भण्डारीको नेपालमा उपचार असम्भव, सिघ्र विदेश लैजान सिफारिस

महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य

काठमाडौं । महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आउने भएका छन् । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उनी काठमाडौँ आउन लागेको बताइएको छ । यस वर्षको महाशिवरात्रि शनिबार हो । पशुपति क्षेत्र… Continue reading महाशिवरात्रीमा मूख्य पाहुना बन्दै शङ्कराचार्य

लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेका ऋणीलाई संस्थाको ग्राहक संरक्षण कोषको रकमबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले लघुवित्त वित्तीय संस्थालाई निर्देशन दिएका छन् । लघुवित्त क्षेत्रको अवस्थाबारे बुधबार नेपाल राष्ट्र बैंक, लघुवित्त बैंकर्स संघ र अर्थ मन्त्रालयबीच भएको छलफलपछि अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । बैठकमा अर्थमन्त्री पौडेलले त्यस्ता ऋणीको विवरण एक… Continue reading लघुवित्तका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन

मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

काठमाडौं । मे ३ देखि ७ तारिखसम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा नेपाली खानाको प्रवर्धन कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली खाना प्रवर्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा खाना प्रवर्धन कार्यक्रम हुने भएको हो । नेपाली खानालाई विश्वभर प्रचारप्रसार गर्दै आएका मास्टर सेफ सन्तोष साहको आफ्नै… Continue reading मास्टर सेफ साहले अष्ट्रेलियामा रैथाने खानाको प्रवर्धन गर्ने

शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान

काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा २० लाख दर्शनार्थीले दर्शन गर्ने र पशुपति क्षेत्रमा ३० लाख भक्तजन आउने अनुमान गरिएको छ।यस पर्वका अवसरमा गत वर्ष १४ लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गरेका थिए। पशुपति क्षेत्रमा पुग्ने भक्तजनको सङ्ख्या भने गत वर्ष २० लाख थियो। यस वर्ष गत वर्ष जस्तो कोरोना महामारी र… Continue reading शिवरात्रीमा ३० लाख भक्तजनले अवलोकन गर्ने कोषको अनुमान