राष्ट्रपति पौडेललाई कोप- २८ मा निमन्त्रणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन ९कोप–२८० मा निमन्त्रणा गरिएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ… Continue reading राष्ट्रपति पौडेललाई कोप- २८ मा निमन्त्रणा

जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

ARUN CHANDRABOSE

काठमाडौं । गत जुन महिनामा दक्षिणी भारतीय राज्य केरलाका ११ जना महिला सफाइ मजदुरहरूले संयुक्त रूपमा चिट्ठाको टिकट किन्न पैसा उठाए। गत साता आफ्नो समूहले १० करोड भारतीय रुपैयाँ बराबरको रकम जितेको थाहा पाउँदा उनीहरूको खुसीले सीमा नाघ्यो। उनीहरू मलप्पुरम जिल्लाको परप्पान्नगडी सहरका घरहरूबाट नकुहिने फोहोर सङ्कलन गर्छन्। सामान्यतया नगरवासीले प्रत्येक महिना तिर्ने शुल्कबाट उनीहरूले… Continue reading जब ११ जना सफाईकर्मीलाई १० करोडको चिट्टा पर्यो

माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरू हुँदैछ। कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरू हुने माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए। बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। केन्द्रीय कमिटी बैठकअघि बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीले पार्टी अध्यक्ष… Continue reading माओवादी केन्द्रिय कमिटी बैठक आजबाट

आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज… Continue reading आज पनि पाँच प्रदेशमा ठूलो वर्षा

प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

काठमाडौं । प्रेमिकाको नग्न तस्वीर तथा भिडियो पोर्न साइटमा हालेको अभियोगमा एक आरोपीलाई प्रहरीले मलेसियाबाट नेपाल ल्याएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको पत्रका आधारमा इन्टरपोलको एनसीबी (नेशनल कन्ट्रोल ब्यूरो) काठमाडौंले इन्टरपोल हेडक्वार्टरलाई म्यादीका २७ वर्षीय प्रकाश विकविरुद्ध रेड नोटिस जारी गर्न आग्रह गरेको थियो । त्यसअनुसार इन्टरपोल महासचिवालयले २४ माघ २०७८ मा रेड नोटिस… Continue reading प्रेमिकाको नग्न तस्वीर र भिडियो पोर्न साइटमा हाल्ने युवकलाई प्रहरीले मलेसियाबाट नेपाल ल्यायो

स्ट्राइकर साडियो माने समेत अब साउदीमा खेल्ने

काठमाडौं । स्ट्राइकर साडियो माने पनि अब साउदीमा खेल्ने भएका छन् । उनी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् । अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ । जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् । मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले… Continue reading स्ट्राइकर साडियो माने समेत अब साउदीमा खेल्ने

एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा ५ हजार ५६१ जना अमेरिकी पर्यटक भ्रमणमा आएका छन् । यो संख्या देश अनुसार तेस्रो हो । नेपाल पर्यटन बोर्डका अनुसार जुलाई २०२३ मा कुल ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका छन् । त्यसमध्ये भारतीय मात्र २१ हजार ३५७ जना आएका छन् । दोस्रो स्थानमा चिनियाँ नागरिक छन्… Continue reading एक महिनामा अमेरिकाबाट आए ५ हजार ५६१ जना पर्यटक

ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । ग्यासको मूल्य भने घटेको छ । निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो… Continue reading ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको मूल्य बढ्यो

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले धारा १६८ (२) अनुसार मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्। थापाको पद तथा गोपनीयताको शपथ बुधबार बिहान १०ः३० बजे हुने बताइएको छ । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका… Continue reading कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । सभामुख बाबुराम गौतमले बहुमत संख्या पुर्‍याउन राजीनामा दिएका थिए । दाबीपत्रमा कांग्रेसका थापा, माओवादीका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादी… Continue reading कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी पेश

गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । सत्ता गठबन्धन सरकार नै बन्न नसक्ने अवस्थामा पुगेपछि मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । अब उनी नेकपा (माअ‍ोवादी केन्द्र) को संसदीय दलको सदस्य भएका छन् । सत्ता गठबन्धनका निम्ति ४७ सांसदको हस्ताक्षर सुनिश्चित गर्न उनले राजीनामा… Continue reading गठबन्धनलाई बहुमत जुटाउन कोशीका सभामुख गौतमले दिए राजीनामा

प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । सोमबार सूचना टाँस गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पुनः सूचना टाँस गर्दै साउन २२ गते सोमबारका लागि बोलाइएको हो । क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर संसद् अवरोध गर्दै आएको छ । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको… Continue reading प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

भारतबाट बढेर आयो डिजेल, पेट्रोलको मूल्य, ग्यासको घट्यो

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार डिजेलको मूल्य बढेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले… Continue reading भारतबाट बढेर आयो डिजेल, पेट्रोलको मूल्य, ग्यासको घट्यो

मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा बनेको घर टहरा तत्काल नभत्काउन अल्पकालीन आदेश दिएको छ । न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासलले ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएका हुन् । काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर आफनाे जग्गा दाबी गर्दै आएका विश्वनाथ (जनार्दन ) आचार्यले… Continue reading मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्चको आदेश

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा ठूलो वर्षा भएको छ । मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएराति सिन्धुपाल्चोकसँगै देशका धेरै ठाउँमा पानी परेको छ । आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो… Continue reading सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आज ठूलो वर्षा, बाढीको जोखिम

क्वार्टरमा मदिरा सेवन गरेको भिडियोमा युवतिसँगै लाइभ भएपछि मन्त्रालय तानिए डमरु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर हुन पत्र लेखेको छ। सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो। ‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा… Continue reading क्वार्टरमा मदिरा सेवन गरेको भिडियोमा युवतिसँगै लाइभ भएपछि मन्त्रालय तानिए डमरु

तीन प्रदेशमा आज ठूलो वर्षा

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। अहिले बिहान देशभर आंशिकदेखि सामान्य, बदलीको अवस्था छ। कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा… Continue reading तीन प्रदेशमा आज ठूलो वर्षा

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ। परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको छ । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने बताइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ। पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म सिफारिस हुन सकेको छैन… Continue reading संवैधानिक परिषद्को बैठक आज बस्दै

नेदरल्याण्ड्स पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

काठमाडौं । नेदरल्याण्ड्स पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-१३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-३१ शान्तिनगर बस्‍ने ३७ वर्षीय कपिल बर्मा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मण्डिखाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि… Continue reading नेदरल्याण्ड्स पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

गुडिरहेको रेलमा प्रहरीले गोली प्रहार गर्दा भारतमा कम्तिमा ४ जना मारिए

काठमाडौं । भारतको मुम्बईनजिकै एउटा यात्रुवाहक रेलमा चार जनाको गोली हानी हत्या गरेको अभियोगमा भारतीय रेल सेवाको सुरक्षाका लागि खटिएका एक प्रहरी जवान पक्राउ परेका छन्। रेलवे प्रोटेक्शन फोर्स आरटीएफुमा कार्यरत चेतन कुमारमाथि एक वरिष्ठ सुरक्षा अधिकारी र तीन यात्रुको गोली हानी हत्या गरेको आरोप छ। अधिकारीहरूले उनको नियतबारे अनुसन्धान भइरहेको र मृतकहरूको पहिचान गर्ने… Continue reading गुडिरहेको रेलमा प्रहरीले गोली प्रहार गर्दा भारतमा कम्तिमा ४ जना मारिए

एनआरएनएको समानान्तर संगठन खोल्ने बाटो खुला

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठन भएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडीओ) दर्ता गर्न परराष्ट्र मन्त्रालयलाई आदेश दिएको छ । गत वर्ष एनआरएनएको निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहनेगरी यूएनडीओ दर्ताका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । तर, परराष्ट्र मन्त्रालयले सो संस्था… Continue reading एनआरएनएको समानान्तर संगठन खोल्ने बाटो खुला

लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी

काठमाडौं । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसाललगायत सम्मिलित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महामारी प्रभावित किसानलाई राहत दिन र… Continue reading लम्पी स्किन पिडित किसानलाई राहत दिने तयारी

मधेश प्रदेशमा पाँचौं पटक मन्त्रीमण्डल विस्तार

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद पाँचौं पटक पुनर्गठन गरिएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले सोमबार रिक्त रहेका दुई मन्त्रालयमा नेपाली कांग्रेसबाट मोहम्मद समिमलाई गृह सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन सिंहलाई श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै मधेश प्रदेश सरकारको… Continue reading मधेश प्रदेशमा पाँचौं पटक मन्त्रीमण्डल विस्तार

देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै

काठमाडौं । साउन महिना आधाहुँदा देशैभरका किसानले ७७ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ अनुसार गत वर्ष यसै समयमा धान रोपाइँ हुने क्षेत्रफलको ९० प्रतिशत भागमा रोपाइँ भएको थियो । साउन १२ गतेसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । देशभर कुल १३… Continue reading देशभर ७७ प्रतिशत धान रोपाइँ सकियाे, सुदूरपश्चिममा सबैभन्दा धेरै

रास्वपाको दबाबमा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दाबी गरेका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारबिरुद्ध बुलन्द आवाज उठाएपछि सरकार पनि बाध्य भएर भ्रष्टाचारको पुराना फाइल खोल्न अघि सर्नुपरेको… Continue reading रास्वपाको दबाबमा सरकार भ्रष्टाचारका फाइल खोल्न बाध्य भयो

उड्न लागेको यती एयरलाइन्सको जहाजमा मुसा भेटियो

पोखरा । उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा भेटिएको छ । आज सोमबार मध्याह्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको जहाजमा मुसा भेटिएको हो । जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान स्थगित गरिएको छ । यती एयरको सो जहाज ११ बजेर ५० मिनेटमा उडान नम्बर ६७८ मार्फत काठमाडौं जाने तयारीमा थियो ।

साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले २०७९ असोज ८ गते र विगतमा विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन नगरे सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । सोमवार एक विज्ञप्ति जारी गर्दै पछिल्लो दशकभर सत्याग्रहलगायतका आन्दोलनका कारण चिकित्सा क्षेत्रमा विभिन्न सुधार भएको तर ती महत्वपूर्ण सम्झौता सरकारले कार्यान्वयन नगरेको बताएका छन् । सम्झौताहरू कार्यान्वयन… Continue reading साउन २९ देखि सत्याग्रह सुरु गर्ने डा. गोविन्द केसीको चेतावनी

अमेरिकाले ताइवानलाई दिने भयो ४० अर्ब हाराहारीको सैन्य सहायता

Getty Images\BBC

काठमाडौं । अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले शुक्रबार रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । यद्यपि, उसले दिने हतियार वा उपकरणको बारेमा विस्तृत जानकारी खुलाएको छैन । तर, अमेरिकी सञ्चारमाध्यमले ती उपकरणहरूमा वायु रक्षा प्रणाली, साना हतियार, युद्ध सामग्री हुने उल्लेख गरेका छन् ।… Continue reading अमेरिकाले ताइवानलाई दिने भयो ४० अर्ब हाराहारीको सैन्य सहायता

युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन्। सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए। राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन्। युक्रेन र रुस दुवैले यसअघि… Continue reading युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत

मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको ज्यान गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका… Continue reading मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु