शेयर बजारले गर्‍याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६२ कम्पनीको २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading शेयर बजारले गर्‍याे कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन कतार जान लागेका हुन् । सो अवसरमा प्रधानमन्त्रीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि द्धिपक्षीय भेटवार्ता हुने तय भएको छ । उनी फागुन २२ गते स्वदेश… Continue reading प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट

राष्ट्रपतिको उम्मेदवार टुंग्याएसँगै गोरखा जाँदै प्रधानमन्त्री

काठमाडौं । लामो समय छलफलमा जुटेर राष्ट्रपतिको उम्मेदवार टुंग्गो लगाएसँगै प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। दिलबहादुर रम्तेलको स्मृति सभा, ुसहिदु परिवारलाई सम्मानलगायत कार्यक्रमका लागि बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाटलाई पालुङटार जाने… Continue reading राष्ट्रपतिको उम्मेदवार टुंग्याएसँगै गोरखा जाँदै प्रधानमन्त्री

मेयर बालेनका दुई स्टाटसले उब्जाएका प्रश्न

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले शनिबार अप्रत्यासित रुपमा आफ्नो राजिनामा मागेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सबैको ध्यानाकर्षण गराएका छन् । उनले राजिनामा कसले र किन माग्यो उल्लेख गरेका छैनन् । जनअपेक्षा अनुसार काममा खरो उत्रन नसकेका उनलाई पछिल्लो समय कही कतैबाट सार्वजनिक रुपमा राजिनामा मागिएको छैन । शनिबार दिउँसो देश बन्दैन भन्दै स्टाटस लेखेका… Continue reading मेयर बालेनका दुई स्टाटसले उब्जाएका प्रश्न

१६ खर्ब ८८ अर्बको सीमा भित्र बन्ने छ आगामी आवको बजेट

काठमाडौं । राष्ट्रिय योजना आयोगले मध्यमकालीन खर्च संरचनासहित आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) तयार पारेको छ । आयोगका अनुसार आगामी आर्थिक वर्ष २०८०र८१ का लागि रु १६ खर्ब ८८ अर्ब ४० करोडको सीमाभित्र रही बजेट तयार पार्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट सिलिङ चालू आर्थिक वर्षको विनियोजित बजेटभन्दा रु एक खर्ब पाँच… Continue reading १६ खर्ब ८८ अर्बको सीमा भित्र बन्ने छ आगामी आवको बजेट

काठमाडौंमा आज वर्षा हुने सम्भावना

RSS

काठमाडौं । आइतबार काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन विभागले अनुरोध गरेको… Continue reading काठमाडौंमा आज वर्षा हुने सम्भावना

अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतको बेंङलुरुमा आयोजित जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राती ९ स् ०० बजे स्वदेश फर्किएका छन् । सम्मेलनमा भाग लिनुका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका थिए । जी… Continue reading अर्थमन्त्री स्वदेश फिर्ता

सन्दीपलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्नेबारे सर्वोच्चमा आज सुनुवाई

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुनेभएको छ ।‘क्रिकेट खेल्न विदेश जान पाउँ’ भनी आरोपित लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ गरेपछि सर्वोच्च अदालतको एकल इजलासले आइतबारका लागि पेशी तोक्न आदेश दिएको हो । आइतबारको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको… Continue reading सन्दीपलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्नेबारे सर्वोच्चमा आज सुनुवाई

रामचन्द्र पौडेलले गराए राष्ट्रपतिमा उम्मेदवारी दर्ता

Photo : Ekantipur

काठमाडौं । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन(२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसले शनिबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पूर्वसभामुख, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका पौडेल गत मंसिर… Continue reading रामचन्द्र पौडेलले गराए राष्ट्रपतिमा उम्मेदवारी दर्ता

राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

Photo : Ekantipur

काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार दिउँसो नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन(२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् । नेम्वाङको उम्मेदवारी दर्तामा ५ प्रस्ताव र ५ समर्थकमा एमालेकै सांसद रहेका छन् । नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट,… Continue reading राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

राप्रपाका मन्त्रीले बुझाए राजिनामा, एमाले तत्काल नबाहिरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरूले राजीनामा पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन्। शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष पार्टीका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पत्र बुझाएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे,… Continue reading राप्रपाका मन्त्रीले बुझाए राजिनामा, एमाले तत्काल नबाहिरिने

एमालेबाट राष्ट्रपतिको उम्मेदवार बने नेम्वाङ

काठमाडौं । नेकपा एमालेबाट पूर्वसभाुमख सुवाश नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् । पार्टीले शनिबार बिहान उनको नाम सिफारि गरेको हो । यससँगै राष्ट्रपतिमा कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो । दुबै जना यसअघि सभामुख भइसकेका नेता राष्ट्रपतिमा उम्मेदवार बनेका छन् । दुबै जना प्रधानमन्त्री नभएका र पार्टी र नेपालको राजनीतिमा महत्वपूर्ण योगदान गरेका… Continue reading एमालेबाट राष्ट्रपतिको उम्मेदवार बने नेम्वाङ

राप्रपा सरकारबाट बाहिरिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिने निश्चित भएको छ । राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक र संसदीय दलको संयुक्त बैठकले पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । आजै मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् ।… Continue reading राप्रपा सरकारबाट बाहिरिँदै

कांग्रेसको निर्णय : राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरको हो । यसअघि ८ दलको बैठकले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेको थियो । उम्मेदवार भने सम्बन्धित दलले टुंग्याउने सहमती भएको थियो । यो नयाँ गठबन्धनसँग राष्ट्रपतिका लागि पर्याप्त मतभार… Continue reading कांग्रेसको निर्णय : राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल

अमेरिकी उपकरणका कारण टर्की र सिरियामा भूकम्प गएको दावि

काठमाडौं \बीबीसी । टर्की र सिरियामा फेब्रुअरी ६ मा विनाशकारी भूकम्प आएपछि ट्विटरमा उक्त विपत्तिबारे अनेकौँ चर्चा भएका छन् अनि तस्बिर र भिडिओहरू प्रेषित भएका छन्। म्याग्निट्यूड ७.८ को उक्त भूकम्प र त्यसपछि आएका शक्तिशाली परकम्पका कारण भवनहरू भत्किँदा दुई देशमा गरेर ४४,००० जनाभन्दा बढी मानिसको ज्यान गएको छ। उक्त भूकम्प अमेरिकाका कारण उत्पन्न भएको… Continue reading अमेरिकी उपकरणका कारण टर्की र सिरियामा भूकम्प गएको दावि

साउदी अरबमा अलपत्र २४ युवालाई स्वदेश फर्काइयो

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर अलपत्र परेका २४ जना युवालाई स्वदेश फर्काइएको छ । चार महिनादेखि साउदी अरबको रियादमा अलपत्र परेका ती युवालाई साउदी अरबमा रहेको नेपाली दूतावास र साउदी गैरआवसीय नेपाली सङ्घ (एनआरएन)को पहलमा स्वदेश फर्काएको हो । काठमाडौँमा रहेको पिजन एचआर सोलुसन नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीबाट २०७८ मा… Continue reading साउदी अरबमा अलपत्र २४ युवालाई स्वदेश फर्काइयो

तेह्रथुममा आगलागी, कम्तिमा १४ घर जले

काठमाडौं । तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेर पूर्ण रूपमा क्षति भएको छ। आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन्। घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष… Continue reading तेह्रथुममा आगलागी, कम्तिमा १४ घर जले

रामचन्द्र पौडेल राष्ट्रपति बन्ने प्रवल सम्भावना

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउँदैछ । पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति जुटिसकेको छ। आज कार्य सम्पादन समितिको बैठकले उनको नाममा निर्णय गर्दैछ । कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी थियो। पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले उनैलाई राष्ट्रपतिको… Continue reading रामचन्द्र पौडेल राष्ट्रपति बन्ने प्रवल सम्भावना

राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रिया अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ । यसका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय तोकेको छ । उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले आ–आफ्ना पार्टीका बैठक बोलाएका छन्। बैठकले उम्मेदवारको नाम तय गर्नेछ । पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको… Continue reading राष्ट्रपति निर्वाचन : आज मनोनयन दर्ता

पाकिस्तान भ्रमणमा जाँदा कागजात अनिवार्य बोक्न दूतावासले गरायो सचेत

gulf news

काठमाडौं । पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले सचेत गराएको छ । शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो । ‘भारतको बाटो हुँदै सतहर स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, खोपलगायतका… Continue reading पाकिस्तान भ्रमणमा जाँदा कागजात अनिवार्य बोक्न दूतावासले गरायो सचेत

राजदूतहरुलाई परराष्ट्र मन्त्रीको निर्देशन : सेवा प्रभावकारी बनाउनुहोस

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् । परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिन् । उनले दूतावासहरुलाई मित्र राष्ट्रहरुसँग सम्बन्ध… Continue reading राजदूतहरुलाई परराष्ट्र मन्त्रीको निर्देशन : सेवा प्रभावकारी बनाउनुहोस

अन्ततः राष्ट्रपति कांग्रेसको पोल्टामा, प्रचण्डले बदले गठबन्धन

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गठबन्धन परिवर्तन गर्ने निर्णय लिएको छ । यससँगै अब प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रपति पाउने निश्चित भएको छ । यससँगै ८ दलको नयाँ गठबन्धन बनेको छ । गठबन्धनले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ । शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको… Continue reading अन्ततः राष्ट्रपति कांग्रेसको पोल्टामा, प्रचण्डले बदले गठबन्धन

सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति,आइतवार दुवै रिटमा सुनुवाइ

काठमाडौं । विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनलाई विदेश जान अनुमति दिन नमिल्ने बताउँदै लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ। जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश… Continue reading सन्दीपलाई विदेश जान सर्वोच्चले दिएन अनुमति,आइतवार दुवै रिटमा सुनुवाइ

ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने

काठमाडौं । अब भाखा नाघेको कर्जाको साँवा–ब्याज ३० दिनभित्र तिरेमा पेनाल ब्याज (जरिवाना) नलाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन–२०७९ मा संशोधन तथा परिमार्जन गरेर यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था २०८० जेठ मसान्तसम्म भुक्तानीको भाखा रहेको साँवा ब्याजमा लागु हुने राष्ट्र… Continue reading ऋणीले भाखा नाघेको ३० दिनभित्र साँवा-ब्याज तिरे जरिवाना नलाग्ने

सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सार्वजनिक गरेको एकदिवसीय बलिङको नयाँ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने ३१औँ स्थानमा उक्लिएका छन् । सन्दीप गएको साता यो वरीयताको ४३ औँ स्थानमा थिए । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा सन्दीप नेपाली टिमबाट बलिङमा सबैभन्दा प्रभावकारी देखिएका थिए । उनले शृंखलाका चार खेलमा… Continue reading सन्दीपको बलिङ वरीयतामा सुधार, १२ औँ स्थानमाथि उक्लिए

नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्तावमा कांग्रेसले असहमति जनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए । तर, कांग्रेसले पाँच वर्षभित्र माधव नेपाललाई पनि एकवर्ष प्रधानमन्त्री बनाएर राष्ट्रपति आफैंले राख्ने प्रस्ताव अघि… Continue reading नेपाललाई एकवर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार, राष्ट्रपति बनाउन मानेन

बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ। पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बसेका हुन्। दाहालले आज बिहानमात्रै नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए। चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको… Continue reading बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच ‘निर्णायक’ छलफल

जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

BBC

काठमाडौं । जापानको एक समुन्द्री तटमा विशाल मेटल बल भेटिएको छ । जसलाई क्रेनको सहायतामा हटाइएको जापानी सञ्चारमाध्यमले लेखेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जापानको तटमा भेटिएको यो मेटलका कारण सथानीयमा त्रास थियो । जापानको हमामात्सु शहरको नजिकै यो भेटिएको हो । स्थानीय अधिकारीहरुका अनुसार यस बललाई निश्चित समयसम्म संग्रह गरेर राखिने छ । त्यसपछि… Continue reading जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

File Photo

काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा राति… Continue reading जंगली हात्तिको आक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

अर्थमन्त्ती पौडेल भारतमा

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् । जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।… Continue reading अर्थमन्त्ती पौडेल भारतमा