राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन भएको छ । पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुन्… Continue reading राष्ट्रपतिमा नेम्वाङ र पौडेलको उम्मेदवारी कायम

बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन

काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदाका बजेटका नीति तथा कार्यक्रमहरुमा सन्तोषजनक प्रगति नभएको देखिएको हो । बजेटको प्रभावकारी कार्यान्वयनमा… Continue reading बजेटका धेरै कार्यक्रमको प्रगति शून्य : अध्ययन

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालमा जलविद्युत क्षेत्रमा वित्तीय लगानी विषयक कार्यक्रममा निर्देशक घिसिङले पछिल्लो समय जलविद्युत उत्पादन क्षमता बढ्दै गएकाले सन् २०२६ सम्म सुक्खा याममा समेत आत्मनिर्भर बन्ने अवस्था आउने बताए। उनले सन् २०३५ सम्ममा नेपालमा ८… Continue reading सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ

झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५रुपैयाँ बराबरको ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

यू-१९ एसिया विश्वकप छनोट : नेपालले मलेसियालाई १० विकेटले हरायो

काठमाडौं । नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित… Continue reading यू-१९ एसिया विश्वकप छनोट : नेपालले मलेसियालाई १० विकेटले हरायो

सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी

काठमाडौं । केन्द्रीय प्रशासनिक निकाय सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण भएको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको भेटाएको छ । क्यान्टिनलाई तीन लाख जरिवाना गरिएको छ । त्यहाँ मम बनाउने किमामा समेत… Continue reading सिंहदरवार भित्रको व्यस्त क्यान्टिनमा ममको किमामा ढुँसी

अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ। कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै ५० हजार रुपैयाँ जरिबाना गरिएको हो । कानुनले वर्जित गरेका फोहर साइटमा लैजाने जो सुकैलाई पनि कारबाही हुने महानगरपालिकाले जनाएको छ । यो… Continue reading अस्पतालजन्य फोहोर बन्चरेडाँडा पुर्याएपछि सुनौलो नेपाललाई जरिवाना

आज कस्तो रहने छ मौसम ?

सांकेतिक तस्वीर

काठमाडौं । मंगलबार आंशिकदेखि सामान्य बदली भइ देशका पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेकाले उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। आज राति… Continue reading आज कस्तो रहने छ मौसम ?

देउवाको ओलीलाई पत्र : रामचन्द्रलाई भोट दिनुहोस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेकै दिन सोमबार देउवाले ओलीलाई पत्र पठाएका हुन्। राष्ट्रपतिमा पुस १० को सहमतिअनुसार नेकपा माओवादीले आफूहरूलाई… Continue reading देउवाको ओलीलाई पत्र : रामचन्द्रलाई भोट दिनुहोस

उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने

file

काठमाडौं । नागरिक उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले यस्तो जानकारी गराए । सोमबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री किरातीले नागरिक उडड्यन तथा प्राधिकरण क्षेत्रमा महिलाहरु माथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको जानकारी गराएका… Continue reading उड्डयन क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गरिने

मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

काठमाडौं । अर्जेन्टिनाका स्टार विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पारे । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप… Continue reading मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने

काठमाडौं । सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालय जस्ता सेवाप्रहाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयबाट प्रदान गरिने सेवाहरु सार्वजनिक बिदाको दिन पनि… Continue reading सेवाग्राहीको बढी भिड हुने कार्यालय बिदाको दिन पनि खुल्ने

आईसीसी क्रिकेट विश्वकप लिग-टूमा नेपालको सानदार प्रदर्शन जारी, पीएनजीलाई सहजै हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको सानदार प्रदर्शन जारी छ । सोमबार नेपालले लगातार पाँचौं जित निकाल्ने क्रममा पपुवा न्युगिनीलाई सहजै हरायो । खेल नेपालले ४ विकेटले जितेको हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो । जितपछि नेपालले २९ खेलबाट २८ अंक जोडेको… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग-टूमा नेपालको सानदार प्रदर्शन जारी, पीएनजीलाई सहजै हरायो

सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनभित्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र उपस्थित हुनुपर्ने सर्तसहित प्रतिबन्ध हटाइएको हो । यसरी अदालतमा… Continue reading सन्दीप विदेशमा प्रतियोगिता सकिएको १५ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने

सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर

काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन नपर्ने भन्दै उच्च अदालतले धरौटीमा छोडन दिएको आदेश सदर गरेको हो । उच्च अदालत पाटनले पुस २८ गते… Continue reading सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर

सन्दीप लामिछानेलाई विदेश जान सर्वोच्चले दियो अनुमति

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश गएर क्रिकेट खेल्न अनुमति दिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो। लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।

यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

काठमाडौं । आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा आकाश त्रिपाठीले नटआउट ५८ रन र उत्तम थापा मगरले नटआउट ३९ रन जोडे। अर्जुन कुमाल १६ रनमा आउट… Continue reading यू–१९ विश्वकप छनोट: नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका छन्। उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । पार्टीले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो। मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल,… Continue reading एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा

७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । जसमा पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ । गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट यादवको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो । सो निर्णयानुसार मन्त्रालयले… Continue reading ७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ

सरकारलाई रास्वपाको समर्थन कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने तर, राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले अहिलेसम्म अनिर्णीत नै रहेको जनाएको छ । रास्वपा प्रतिनिधि सभाको चौथो ठूलो दल हो… Continue reading सरकारलाई रास्वपाको समर्थन कायमै

अभिनेता पल शाह रिहा, कारागारबाहिर समर्थकको भीड

काठमाडौं । जबरजस्ती करणी अभियोगमा आत्मसमर्पण गरेको एक वर्षपछि अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालतबाट सफाइ पाएपछि सोमबार तनहुँ कारागारबाट रिहा भएका हुन् । उनि २०७८ फागुन १५ गते पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको… Continue reading अभिनेता पल शाह रिहा, कारागारबाहिर समर्थकको भीड

सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिएको छ। आज बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टीको सोमबार बसेको सचिवालयको आकस्मिक बैठकले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै सरकारमाथिको समर्थन पनि फिर्ता लिएको छ । गएको पुस १० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल… Continue reading सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता

सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो चीर

file

काठमाडौं । यस वर्षको होली पर्व औपचारिक रुपमा सुरु भएको छ । सोमबार बिहान काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । बिहान ७ बजेर ४५ मिनेटको साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् । यससँगै होली पर्व सुरु भएको हो । होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ । रङ्गको… Continue reading सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो चीर

प्रधानमन्त्रीले आफ्नो कतार भ्रमण पनि गरे रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पूर्वनिर्धारित कतार भ्रमण समेत रद्द गरेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई… Continue reading प्रधानमन्त्रीले आफ्नो कतार भ्रमण पनि गरे रद्द

इटालीमा भयानक डुंगा दुर्घटना, कम्तिमा ५९ जना मारिए

GETTY IMAGES\BBC

काठमाडौं । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ। कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो। घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्। उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको… Continue reading इटालीमा भयानक डुंगा दुर्घटना, कम्तिमा ५९ जना मारिए

देशको पहाडी भू-भागमा हिउँदे वर्षा सुरु

RSS

काठमाडौं । मुलुकको पहाडी भू–भागमा हिउँदे वर्षा सुरु भएको छ । सोमबार मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नम्बर १, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी… Continue reading देशको पहाडी भू-भागमा हिउँदे वर्षा सुरु

पल शाह आज छु्ट्दै

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) छुट्दैछन् । शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाका छन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।… Continue reading पल शाह आज छु्ट्दै

आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला आजदेखि यूएईमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : आज नेपाल र पीएनजी भिड्दै

प्रधानमन्त्रीको आदेशपछि परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशपछि परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रद्द भएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन राई आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारी थियो । यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् । मानवअधिकार संस्थाहरुको… Continue reading प्रधानमन्त्रीको आदेशपछि परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रद्द

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदन र विदेश जाने अनुमति दिन लामिछानेले दिएको निवेदनको सुनुवाइ सुरू गरेको थियो। बहस नसिकएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको जानकारी दिएको छ।