नो भोटदेखि सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति पनि लड्न नपाउनेसम्मको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले विभिन्न नयाँ नियम राखेर एकीकृत निर्वाचन कानूनको मस्यौदा पारित गरेको छ । सोमबार बसेको आयोगको बैठकले निर्वाचन कानूनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको हो । आयोगले निर्वाचनसम्बन्धी कानूनमा केही नयाँ विषयहरू राख्न प्रस्ताव गरेको छ । जसमा ‘नो भोट’ को व्यवस्था, निर्वाचनमा ३३ प्रतिशत मलिा उम्मेदवार अनिवार्य, विदेशमा रहेका नागरिकलाई मताधिकार,… Continue reading नो भोटदेखि सहकारी संस्थामा हिनामिना गर्ने व्यक्ति पनि लड्न नपाउनेसम्मको व्यवस्था

समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ गरेको छ । समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो । सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । यो… Continue reading समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ

समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

काठमाडौं । निर्वाचन आयोगको सोमबार बसेको बैठकले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोग निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ । हाल यस्तो कुनै… Continue reading समानुपातिक सांसद दुई पटक मात्र हुन पाइने

आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि महानगर आफैंले सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यस्तो जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् यसबारे सूचना जारी गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका… Continue reading आगामी आवदेखि कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी महानगर आफैले छान्ने

पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिङ सडक

file

काठमाडौं । नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर र पल्टिएको ट्रकलाई उठाएर हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खस्ने र ट्रक पल्टेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । पाँच घण्टापछि यातायात सञ्चालनमा जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ

भारतबाट घटेर आयो इन्धनको मूल्य

file

काठमाडौं । भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ। यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ… Continue reading भारतबाट घटेर आयो इन्धनको मूल्य

कस्तो रहनेछ आजको मौसम ?

RSS

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो ‍ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

काठमाडौं । भारततर्फ लैजाँदै गर्दा झण्डै दुई किलो सुन बरामद भएको प्रकरणमा बुटवलका दुई वटा सुनचाँदी पसल शिल गरिएको छ । सुन तस्करीमा संलग्नताको आशंकामा बुटवल अमरपथमा रहेको बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसल शिल गरिएको हो । बालाजी सुनचाँदी पसलका सञ्चालक इन्द्र सुनार हुन् । लक्ष्मीपती सुनचाँदी पसलकी सञ्चालक इन्द्र सुनारकी श्रीमती हुन्… Continue reading बुटवलका दुई सुनचाँदी पसल सिल, सुन तस्करी गरेको आरोप

आज गुरु पुर्णिमा पर्व मनाइँदै

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने… Continue reading आज गुरु पुर्णिमा पर्व मनाइँदै

आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

file

काठमाडौं । आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा उपचार भइरहेको छ ।… Continue reading आज बिहानैबाट मुग्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

यूएईविरुद्ध नेपाल विजयी

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको १८२ रनको नेपालले ४४ औं ओभरमा भेट्टायो । १०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले आठौं विकेटका लागि नट आउट ७९ रनको साझेदारी… Continue reading यूएईविरुद्ध नेपाल विजयी

ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । यो मुद्दामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।… Continue reading ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको… Continue reading विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा

ललिता निवासको जग्गा तारबार गर्ने भन्दै बालुवाटार पुग्यो काठमाडौंको नगर प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

काठमाडौं । वर्षायाम सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले हैरानी बनाउन थालेको छ । दुई वर्ष अघि स्तरोन्नति गरिएको सो सडकखण्डमा सडक विस्तार र पुल निर्माणका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जान खनिएका सडकका कारण धेरै ठाउँमा पहिरोले दुःख दिने गरेको हो । निरन्तर पहिरो खसिरहँदा पन्छाउन समेत समस्या हुने गरेको छ । भित्ता कटानका… Continue reading नारायणगढ-मुग्लिन सडक, यी ठाउँमा पहिरोको उच्च जोखिम

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार प्राप्त खरिद मूल्यसूची अनुसार डिजेलमा २ रुपैयाँ १६ पैसा बढेर आएको छ । त्यस्तै, मट्टितेलमा ५ पैसा र… Continue reading भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

साफको फाइनलमा भारत र कुवेत भिड्ने

काठमाडौं । आठपल्टको च्याम्पियन भारत र कुवेतबीच साफ च्याम्पियनसिप २०२३ को फाइनल हुने भएको छ । डिफेन्डिङ च्याम्पियन भारतले शनिबार राति दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्‍यो । त्यसअघि कुवेतले पहिलो सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेको थियो । फाइनल मंगलबार हुनेछ । भारत र कुवेत एउटै समूहमा थिए । लिग चरणको खेल बराबरीमा टुंगिएको थियो । फाइनल पुग्नेक्रममा… Continue reading साफको फाइनलमा भारत र कुवेत भिड्ने

गृहमन्त्री स्वदेश फिर्ता

काठमाडौं । जनवादी चीनको पाँचदिने भ्रमण पुरा गरी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्किएका छन्। उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरे। सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ बुधबार चीनको सिचुवान… Continue reading गृहमन्त्री स्वदेश फिर्ता

कस्तो छ देशभरको मौसम ?

काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर… Continue reading कस्तो छ देशभरको मौसम ?

श्री एयरलाइन्सका आजका सबै उडान रद्द

काठमाडौं । श्री एयरलाइन्सले आइतबार सबै उडान स्थगित गरेको छ। शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। यससँगै एयरलाइन्सले आइतबार सबै जहाज ग्राउन्डेड गरिएको जानकारी दिएको हो। एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार सोमबारसम्म… Continue reading श्री एयरलाइन्सका आजका सबै उडान रद्द

फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?

Photo Credit : Abdulmonam Eassa/Getty Images

काठमाडौं । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन् । स्टेनमियरको कार्यालयका अनुसार म्याक्रोँले शनिबार जर्मन… Continue reading फ्रान्सका राष्ट्रपतिले किन रोके जर्मनी भ्रमणको कार्यक्रम ?

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

file

काठमाडौं । रारायणगढ मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो । लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको… Continue reading नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

बर्दियाको हिरासतबाट भागेका दुई बन्दी पक्राउ

काठमाडौं । बर्दियामा इलाका प्रहरी कार्यालय ढोडरीको हिरासतबाट फरार दुई जना शनिबार पक्राउ परेका छन् । शुक्रबार बिहान हिरासतबाट भागेका बर्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् । उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । उनीहरुलाई… Continue reading बर्दियाको हिरासतबाट भागेका दुई बन्दी पक्राउ

बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा

काठमाडौं । बंगलादेशलाई अतिरिक्त समयमा पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।बेंगलुरुस्थित कान्तिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा कुवेतले बंगलादेशलाई १–० ले पराजित गरेको हो । कुवेतका लागि अब्दुल्लाह अलब्लाउसीले अतिरिक्त समयमा गोल गरे । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको… Continue reading बंगलादेशलाई हराउँदै कुवेत साफको फाइनलमा

स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु

rss

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु गरिएको छ । हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरु गरिएको हो । पुरातत्त्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो । काठमाडौं –१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने… Continue reading स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरु

कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्न आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए । एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना… Continue reading कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा

पोखरामा सुरु भयो राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय समन्वय परिषद्को सचिवालयको आयोजनामा शनिबार पोखरामा राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठक सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बैठकमा सुरु भएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता… Continue reading पोखरामा सुरु भयो राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक

महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु

photo : BBC

काठमाडौं । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा खम्बामा ठोकिएको थियो। ठक्करका कारण बसको डिजेल ट्याङ्की विस्फोट भएपछि बसमा आगो… Continue reading महाराष्ट्रमा गुड्दै गरेको बसमा आगलागी, २५ जनाको मृत्यु

पेरिसमा भीषण दंगा, के हो कारण ?

EPA\BBC

काठमाडौं । पेरिस नजिकै भएको ट्राफिक जाँचको क्रममा मङ्गलवार एक किशोरको गोली लागि मृत्यु भएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ र प्रदर्शनहरू व्यापक बन्दै गएका छन्। सत्र वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो। घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी… Continue reading पेरिसमा भीषण दंगा, के हो कारण ?

नारायणगढ–मुग्लिन सडकमा सधैको सास्ती

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको विस्तार र स्तरोन्नति गरे पनि सास्ती रोकिएको छैन। अघिल्लो वर्षजस्तै यस वर्ष पनि पहिरोले पटकपटक लामो समयसम्म बाटो अवरुद्ध हुने घटना दोहरिन थालेको छ। जानकारहरूका अनुसार ३६ किलोमिटर लामो उक्त सडक खण्डमा नयाँ-नयाँ जोखिमहरू देखा परेका छन् र तीमध्ये केही चुनौतीपूर्ण मानिएका छन्। निर्माण कम्पनीले काम सम्पन्न गरेर उक्त सडक तीन… Continue reading नारायणगढ–मुग्लिन सडकमा सधैको सास्ती