भ्रष्टाचार मुद्दामा गोपालबहादुर खड्का दोषी ठहर

काठमाडौं । भ्रष्टाचार मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा… Continue reading भ्रष्टाचार मुद्दामा गोपालबहादुर खड्का दोषी ठहर

ललितानिवास प्रकरण: आरोपितको निवेदनमा कारण देखाऊ आदेश

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ। न्यायाधीश डा. कुमार चुडालको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो । गत मंगलबार पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद… Continue reading ललितानिवास प्रकरण: आरोपितको निवेदनमा कारण देखाऊ आदेश

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पूर्जी

काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निवेदनमा जिल्ला अदालत काठमाडौंले बस्न्यातलाई पक्राउ गर्न अनुमति दिएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार बस्न्यात फरार छन् । बस्न्यात ललितानिवास प्रकरणमा पक्राउ परेर थुनामा रहेको अवस्थामा बन्दीप्रत्येक्षीकरणको रिटमार्फत… Continue reading अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पूर्जी

कोशीमा पनि ढल्यो एमाले सरकार, हिक्मत कार्कीले पाएनन् विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उनी अल्पमतमा परेसँगै सरकार ढलेको हो। विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका… Continue reading कोशीमा पनि ढल्यो एमाले सरकार, हिक्मत कार्कीले पाएनन् विश्वासको मत

धान दिवसमा प्रधानमन्त्रीको सन्देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा धान उत्पादन वृद्धिको लक्ष्य पूरा हुन… Continue reading धान दिवसमा प्रधानमन्त्रीको सन्देश

आज धान दिवस तथा रोपाई महोत्सव

काठकाडौं । जलवायु अनुकूलित कृषकमैत्री प्रविधि , धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हुँदै छ ।आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको रुपमा धान रोप्ने चलन छ । नेपालमा वि।सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान… Continue reading आज धान दिवस तथा रोपाई महोत्सव

नारायणगढ-मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो खस्ने क्रम जारी छ । त्यसैले आज बिहान पनि पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर खसेको पहिरोका कारण बिहीबार दिउँसो साढे १ बजेबाट सडक पूर्णरुपमा अवरुद्ध छ । मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले पहिरो खस्ने क्रम जारी रहेकाले… Continue reading नारायणगढ-मुग्लिन सडक खण्ड अझै अवरुद्ध, यातायात प्रभावित

टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत

SHUTTERSTOCK\BBC

काठमाडौं\बीबीसी । आन्ध्र महासागरमा घातक दुर्घटनामा परेको टाइटन पनडुब्बीका टुक्राहरूमा मानव शरीरका अवशेषहरू फेला परेको ठानिएको यूएस कोस्ट गार्डले जनाएको छ। पर्यटकहरू लिएर टाइटानिक पानीजहाजको भग्नावशेष भएको स्थानतिर गएको उक्त पनडुब्बीमा अन्तःस्फोटन भएको अनुमान गरिएको छ। उक्त पनडुब्बीका टुक्राहरू समुद्रको पीँधबाट सङ्कलन गरेर बुधवार क्यानडाको सेन्ट जोन्समा ल्याइएको छ। अधिकारीहरूका अनुसार फेला परेका सामग्रीमध्ये उक्त… Continue reading टाइटन पनडुब्बीका टुक्रा भेटिए, मानव अववेश रहेको संकेत

भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटल भैरहवामा सञ्चालनमा ल्याएको छ। २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो । यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल… Continue reading भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा

एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । आफूलाई कालो झण्डा देखाएको प्रशंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर… Continue reading एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो

२० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने लगायतका माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको सितापाइलामा भेला भएर उनीहरुले सवारीसाधनको प्रदर्शनसहित रिङरोड परिक्रमा गर्ने तयारी गरेका हुन् । रातो नम्बर प्लेटका सवारी साधनलाई यात्रु ओसारपसार गर्न निषेध गर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द गर्ने लगायतका… Continue reading २० वर्ष पुराना गाडी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५औं स्थानमा झरेको छ । यसअघि नेपाल १७४औं थियो । दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारत १००औं स्थानमा छ । लेबनान १०२औं स्थानमा झरेको छ भने कुवेत १४१औं स्थानमा उक्लेको छ ।… Continue reading फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

‘जलहरीमा कसैको नाम कुँदिएको छैन’

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य नभएको बताएका छन् । उनले भने, ‘जलहरीमा कसैको पनि नाम कुँदिएको छैन । नकुदिएकाले मेटाउने भन्ने प्रश्न नै आउँदैन ।’ उनले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पारे । जलहरीमा… Continue reading ‘जलहरीमा कसैको नाम कुँदिएको छैन’

बिल जारी नगरी जारको पानी बिक्रि वितरण गर्न नपाइने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार तथा बोतलको पानीको कारोबार गर्दा व्यवसाय दर्ता वा नवीकरण गरी बिलबीजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ । विभागले विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक विभागमा व्यवसाय दर्ता नभएका र बिलबीजक जारी नगर्ने व्यवसायी फर्मले बोतल तथा जारको पानी बिक्री वितरण र ढुवानी गरेको भन्ने… Continue reading बिल जारी नगरी जारको पानी बिक्रि वितरण गर्न नपाइने

म्यानमारमा हवाई आक्रमण, कम्तिमा १० जनाको मृत्यु

Photo : Sky News

काठमाडौं । म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको ज्यान गएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् । आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा… Continue reading म्यानमारमा हवाई आक्रमण, कम्तिमा १० जनाको मृत्यु

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू… Continue reading कस्तो रहनेछ आजको मौसम ?

आज बकर इद, सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले बज बकरिद (इद उल अजहा) मनाउँदैछन् । यो पर्व इस्लामहरूको रमजानपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७०औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरूपमा सबल मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानहरुले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिने गर्दछन् । धार्मिक… Continue reading आज बकर इद, सार्वजनिक बिदा

आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ… Continue reading आज हरिशयनी एकादशी, तुलसीको विरुवा सार्ने दिन

साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले उनलाई नियन्त्रणको… Continue reading साउदीमा अमेरिकी दूतावासबाहिर गोली चल्दा एक नेपालीको मृत्यु

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिव बीच भेट

k|wfgdGqL bfxfn–;+/f;+sf pkdxf;lrj nfqmf]O;–e]63f6 sf7df8f}F, !# c;f/ M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;Fu a'waf/ laxfg k|wfgdGqL lgjf; afn'jf6/df ;+o'Qm /fi6« ;ª3sf zflGt sfo{ -lk; ck/];g_ ;DaGwL pkdxf;lrj lhg lko/ nfqmf]O;aLr e]63f6 ug{'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेट संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदानलगायत नेपाल–संयुक्त राष्ट्र साझेदारीमा केन्द्रित रहेको… Continue reading प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिव बीच भेट

यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न आदेश दिएको छ। बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले निवेदक जो र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न भनेको हो। इजलासले विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरेको हो। अदालतले विपक्षीलाई १५… Continue reading यौनिक तथा लैंगिक अल्पसंख्यक नागरिकको विवाह दर्ता गर्न सर्वोच्चको आदेश

भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुर महानगरपालिका–२६ को कालोपत्रे सडकमा समर्थकले घण्टीको चित्र चिह्न बनाएकामा माफी मागेको छ ।बुधबार एक विज्ञप्ति जारी गरी महामन्त्री डा। मुकुल ढकालले सार्वजनिक सडकमा पार्टीको चुनाव चिह्न बनाउँदा परेको असप्रति क्षमा मागेका हुन् । ‘‘हाम्रो पार्टीको चिह्न सडकमा बनेबाट पर्न गएको असुविधाका लागि क्षमायाचना गर्दछौं’ उनले भनेका छन् ।… Continue reading भरतपुरका सडकमा घण्टी चिन्ह बनाएकोमा रास्वपाले माग्यो माफी

संवैधानिक इजलासबाट रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट खारेज

काठमाडौं । गत वैशाख १० गते भएको उपचुनावबाट चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सांसद रवि लामिछानेको पद खारेजीवको माग गर्दै परेको रिट निवेदन खारेज भएको छ। बुधबार प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । उक्त रिटमाथि यसअघि… Continue reading संवैधानिक इजलासबाट रवि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट खारेज

बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

काठमाडौं । प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। विपक्षमा १०८ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले बजेटको विपक्षमा… Continue reading बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

ललिता निवास प्रकरणमा समातिएकालाई ७ दिन म्याद थप

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो । जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र… Continue reading ललिता निवास प्रकरणमा समातिएकालाई ७ दिन म्याद थप

बजेटबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी वर्षको बजेटमा उल्लेखित जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सभामुखको रोहवरमा भएको सत्तापक्ष प्रतिपक्षबीचको सहमति अनुसार अर्थमन्त्रीले थप स्पष्टीकरण दिँदै निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता लिए लिएका हुन् । जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयमा इकाइ रहने निर्णय फिर्ता गरी… Continue reading बजेटबाट जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय हटाइयो

नेप्सेमा उच्च अंकको करेक्सन

काठमाडौं । केही दिनदेखि लगातार उकालो लागेको शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २८० कम्पनीको ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज… Continue reading नेप्सेमा उच्च अंकको करेक्सन

‘देशको अर्थतन्त्र सुधारतर्फ, अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्यो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले मुलुकको अर्थतन्त्र जागेको र विस्तारै सहज हुँदै जाने बताएका छन्। बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आफू प्रधानमन्त्री हुँदा श्रीलंकाको जस्तो हुन्छ भन्ने त्रासकाबीच आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दावी गरेका हुन् । ‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य… Continue reading ‘देशको अर्थतन्त्र सुधारतर्फ, अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्ने डर हट्यो’

‘मिटरब्याजी,सहकारीका ठग र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको छ। वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद… Continue reading ‘मिटरब्याजी,सहकारीका ठग र भ्रष्टाचारविरुद्ध लडाइँ सुरु गरेँ, अझै बढी जनसमर्थन चाहियो’

आज कस्तो रहनेछ मौसम ?

RSS

काठमाडौ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। आगामी चौबिस घन्टामा कोशी, बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ-गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम… Continue reading आज कस्तो रहनेछ मौसम ?