काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई ३० दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो । पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ… Continue reading काठमाडौंका सहकारीले ३० दिन भित्र विवरण बुझाउनु पर्ने
Category: फिचर
सरकारले ७ स्थानमा औद्योगिक ग्राम बनाउने
काठमाडौं । सरकारले ७ वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्न सहमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देशका कालिकोटका केही नगरपालिका र गाउँपालिका गरी सात स्थानमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका विभिन्न सात ठाउँमा औद्योगिक… Continue reading सरकारले ७ स्थानमा औद्योगिक ग्राम बनाउने
पाकिस्तानविरुद्ध नेपालको सान्त्वना जित
काठमाडौं । आशिष चौधरीको डेब्यू गोलको मद्दतमा नेपालले साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानलाई मंगलबार १–० ले हराएको छ । सुरुवाती दुई खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपालले पाकिस्तान विरुद्ध जितसहित प्रतियोगिता सिध्याएको छ । बैंगलुरुस्थित श्री कान्तिराव स्टेडियममा भएको खेलमा नेपाललाई सान्त्वना जित दिलाउन आशिषले ८०औं मिनेटमा गोल गरे । ४६औं मिनेटमा आभास लामिछानेको स्थानमा… Continue reading पाकिस्तानविरुद्ध नेपालको सान्त्वना जित
चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा
काठमाडौं । चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । उनी सवार विमान बोइङ ७३७ म्याक्स २ बजेर ३० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएयको छ । उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ । विश्वको ठूलो मध्येको… Continue reading चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंमा
ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका छन् । शाह यो प्रकरणमा आज पक्राउ पर्ने सातौं व्यक्ति हुन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित ६ जनालाई सीआईबीले पक्राउ गरेको थियो। शाहले आफ्नी श्रीमतीको नाममा ललिता निवासको जग्गा किनेका थिए। तर, अख्तियारले सुधीरलाई जोगाएर विशेष अदालतमा मुद्दा दायर… Continue reading ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
उच्च अंकले बढ्यो नेप्से, लघुवित्तमा लगानीकर्ताको आकर्षण
काठमाडौं । केही दिनदेखि शेयर बजार लगातार उकालो लागेको छ । पछिल्लो समय बजारले गतिलिएसँगै लगानीकर्ता माइक्रोफाइनान्सको शेयरमा झुम्मिएका छन् । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७५ कम्पनीको ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ बराबरको… Continue reading उच्च अंकले बढ्यो नेप्से, लघुवित्तमा लगानीकर्ताको आकर्षण
विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागतको लागि तीन जनामात्र जान पाउने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाइ र स्वागतमा कडाइ गरिएको छ । विमानस्थलको ट्रमिनल भवन बाहिर आफन्त बिदाइ र स्वागतका लागि जानेहरुको भीड बढेपछि विमानस्थल कार्यालयले अब एक जना यात्रुको बिदाइ तथा स्वागतका लागि ३ जना मात्रै जान पाउने व्यवस्था गरेको हो । यात्रुको बिदाइ तथा स्वागतका लागि आवश्यकता भन्दा बढी मानिसहरु जाँदा आन्तरिक… Continue reading विमानस्थलमा अब यात्रुको बिदाइ र स्वागतको लागि तीन जनामात्र जान पाउने
संसदमा रास्वपाको अवरोध, एमालेले पनि दियो साथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै संसदमा अवरोध गरेको छ । रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ । एमालेले पनि संसदमा उठेर अवरोध गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमै समय लिएर रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता नलिए संसदमा उठेर… Continue reading संसदमा रास्वपाको अवरोध, एमालेले पनि दियो साथ
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनको निवास नक्सालबाट पक्राउ गरेको हो। २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही… Continue reading भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई स्पष्टीकरण सोधेका छन् । गम्भीर आरोप लगाउँदै महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् । ९ वटा प्रश्न मार्फत लगाइएको विभिन्न आरोपमा जिम्मेवारी पूरा गर्न असफल रहेको प्राधिकरणलाई हानी नोक्सनी पुर्याएको लगायत रहेका छ । उडान सुरक्षामा चरम लापरवाही हुँदासमेत ध्यान… Continue reading प्राधिकरणका महानिर्देशकलाई पर्यटन मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण
अष्ट्रेलियाबाट नेपालका पुरातात्विक वस्तु नेपाल फिर्ता ल्याइने
काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति साङ्ग्रिला… Continue reading अष्ट्रेलियाबाट नेपालका पुरातात्विक वस्तु नेपाल फिर्ता ल्याइने
पशुपतिको जलहरीमा कति भेटियो सुन ?
काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापतौल र गुणस्तर परीक्षण गरेको हो। अख्तियारले सोमबार जलहरीको परीक्षण सकेको छ। यद्यपि अन्तिम प्रतिवेदन बनिसकेको… Continue reading पशुपतिको जलहरीमा कति भेटियो सुन ?
वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो
काठमाडौं । रोमाञ्चक खेलमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्सले सुपर ओभरमा वेस्टइन्डिजलाई हराएको छ । नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई पहिलो पटक हराएको हो । नेदरल्यान्ड्सको जितमा अलराउन्डर लोगन भान बिक चम्किए । सुपर ओभरमा वेस्टइन्डिजलाई जितको लागि ३१ रन चाहिएको थियो । लोगन भान बिकलाई पहिलो बलमा जोनसन चार्ल्सले छक्का प्रहार गरे । दोस्रो र… Continue reading वेस्ट इण्डिजसँग टाई गर्दै नेदरल्याण्ड्सले सुपर ओभरमा खेल जित्यो
कस्तो रहनेछ आज देशको मौसम ?
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। कोशी र… Continue reading कस्तो रहनेछ आज देशको मौसम ?
झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीया कुमकुम चौधरी रहेको बि एण्ड… Continue reading झापामा सवारी दुर्घटना, २ जनाको मृत्यु
पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने
काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि निषेधित क्षेत्रमा फलफूल, ठेलागाडा, तरकारी, घुम्ती पसल राखे सामान जफत गर्ने भएको छ। १३ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले निषेधित क्षेत्रमा व्यापार गर्नेहरुको सामान जफत गर्ने प्रस्तावसहितको विधेयक प्रस्तुत गरेकी हुन्। चालु आर्थिक वर्षको आर्थिक ऐनमा निषेधित क्षेत्रमा ठेलागाडा व्यापार गरे ५ हजार जरिवाना गर्ने उल्लेख थियो। तर… Continue reading पोखरामा पनि अब ठेला र घुम्ती पसल राख्न नपाइने
काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरेको छ। एयरलाइन्सले कोभिडले रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ। यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका थिए। हिमालय एयरलाइन्सले… Continue reading काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान
काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्वीट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै ९ किलो चरेश बरामद भएको छ।विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा माल्दोभाका नागरिक ४१ वर्षीय डेनिस कुक्रेभीको साथबाट अवैध लागूऔषध चरेश ८ केजी ७ सय ४० ग्राम बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । कुक्रेभीले आफूलाई अनलाइनमा विदेशी मुद्राको सटहीको… Continue reading काठमाडौंबाट स्वीट्जरल्याण्ड उड्न लागेका व्यक्तिको साथबाट ९ किलो चरेस बरामद
कांग्रेसको सदस्यता अनलाइनबाटै लिन सकिने
काठमाडौं । नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ । अनलाइन आवेदन मार्फत प्राप्त गर्न सकिने सदस्यता ‘साधारण सदस्यता’ हो । कांग्रेसको विधानमा साधारण क्रियाशील गरि दुई प्रकारका सदस्यता वितरण हुने व्यवस्था छ । साधारण सदस्यता वितरण गरिने विगतमा प्रचलन थिएन । साधारण सदस्यता प्राप्त गरेको व्यक्तिले एकवर्ष पछि क्रियाशील सदस्यता पाउने विधानको प्रावधान… Continue reading कांग्रेसको सदस्यता अनलाइनबाटै लिन सकिने
आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता
काठमाडौं । नागरिकता माग्दै आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका–४ का निरजकुमार कामतले जिल्ला प्रशासन कार्यालय मोरङबाट सोमबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। निरजको नाममा जारी भएको ०५–०१–८०–०३९४१ नम्बरको नागरिकता प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले उनलाई प्रदान गरे। नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा भएको आन्दोलनका क्रममा निरजले गत जेठ ३० गते शरीरमा पेट्रोल खन्याएर… Continue reading आत्मदाहको प्रयास गरेका निरजले पाए नागरिकता
भोटेबहालमा इनारभित्र दुई युवक मृत फेला
काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्। प्रहरीको अनुसार आज बिहान साढे ८ बजे उनीहरू इनार नजिकैको घरमा रङ लगाउन पुगेका थिए। पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए। दिपेन… Continue reading भोटेबहालमा इनारभित्र दुई युवक मृत फेला
‘जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्छौं’
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो । ढकालले पशुपति क्षेत्र विकास कोषमा रहँदा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमा… Continue reading ‘जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्छौं’
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो । ढकालले पशुपति क्षेत्र विकास कोषमा रहँदा भ्रष्टाचार गरेको भन्दै परेको उजुरीमा… Continue reading पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा
रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत
काठमाडौं । रुसमा अर्धसैन्य बल वाग्नर समूहको विद्रोहले ल्याएको उथलपुथलपछि रुससँग लामो समयदेखि युद्ध गरिरहेको युक्रेनले यही मौकामा बलियो प्रत्याक्रमणको योजना बनाउनुपर्ने युक्रेनी सेनाका उच्च अधिकारीले बताएका छन् । रुस आन्तरिक मामिलामा अल्झिरहेका बेला त्यसको फाइदा उठाएर युक्रेनले प्रत्याक्रमण गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ‘दुश्मनतर्फ भएको कुनै पनि समस्या’ आफ्ना… Continue reading रुसमा वाग्नर विद्रोहपछि युक्रेनलाइ मिलेको राहत
त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको सुविधाका लागि विभिन्न सुधार गरिएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पछिल्लो तीनमहिने कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै विमानस्थलमा यात्रुमैत्री सेवा व्यवस्थित गरिँदै लगेको बताएका छन् । तिवारीका अनुसार महिलाले प्रयोग गर्ने शौचालयमा अटोमाइज्ड टेलर मेसिन (एटिएम) बाट सेनेटरी प्याड लिन सक्ने व्यवस्था सुरु गरिएको छ । विमानस्थलभित्र… Continue reading त्रिभुवन विमानस्थलको शौचालयमा एटीएम मेसिनबाट स्यानिटरी प्याड
सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा
काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पसलहरूमा लुटपाट बढेको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्। सुनचाँदी व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दी बढेसँगै लुटपाट बढेको जनाएको छ। आइतबार बिहान २ बजे मात्रै महोत्तरीका दुई वटा सुनचाँदी पसल तोडफोड गरी गहना चोरी भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। … Continue reading सुनचाँदी पसलमा चोरी बढ्यो, व्यवसायीले मागे सुरक्षा
प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य
काठमाडौं । गत जेठ २८ गते ललितपुरको मानभवनमा ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भयो। जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी भएपछि संचालक ओमप्रकाश प्रधानले प्रहरीमा उजुरी गरे। ललितपुरका अन्य स्थानमा पनि यस्तै प्रकारको चोरीको उजुरी आइरहेपछि प्रहरीले चोरीमा संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढायो। झण्डै २ साताको अनुसन्धानपछि प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको… Continue reading प्रेमी-प्रेमिकाको चोरी धन्दा, अष्ट्रेलिया जाने लक्ष्य
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आँशिक देखि सामान्य बदली रहेको छ। अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको… Continue reading कस्तो रहनेछ आजको मौसम ?
बालेनको भुमिकामा फिल्म बन्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ । ‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं ।… Continue reading बालेनको भुमिकामा फिल्म बन्ने
सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ
काठमाडौं । काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा भ्लगर राजकुमार थापा भन्ने राजकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शुक्रबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव् प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए । एसपी रेग्मीका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ । यसअघि जेठ… Continue reading सट्टेबाजी गरेको आरोपमा भ्लगर तामाङ पक्राउ