वेस्ट इण्डिजसँग नेपालको सम्मानजनक उपस्थिति, तर ठूलो हार

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध नेपाल फराकिलो अन्तरले पारजित भएको छ । यद्दपी ब्याटमा पुरै पारी टिक्दै नेपालले शाहसिक प्रदर्शन भने गरेको छ । वेस्ट इण्डिज दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट्र टोली हो । नेपाल वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भएको हो । जिम्बाव्वेको हरारेमा जितका लागि ३४० रनको लक्ष्य… Continue reading वेस्ट इण्डिजसँग नेपालको सम्मानजनक उपस्थिति, तर ठूलो हार

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐनसम्बन्धी विवादमा यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। नागरिकता ऐनसम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको हो। सर्वोच्चको यो आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको ऐन कार्यान्वयनको बाटो खुलेको छ । यसअघिको अल्पकालीन अन्तरिम आदेशले… Continue reading नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

वेष्टइन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्टइन्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा निर्धारित ओभरमा वेष्टइन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन बनाएको हो । वेष्टइन्डिजका दुई ब्याटरले नेपालविरुद्ध शतक पूरा गरे । कप्तान साइ होप र निकोलस पूरनले शतक पूरा गरेका हुन्। होपले ८१ बलमा शतक प्रहार… Continue reading वेष्टइन्डिजले नेपाललाई दियो ३४० रनको विशाल लक्ष्य

चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर… Continue reading चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश

भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै अन्तरिम आदेश छलफलका लागि… Continue reading भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका हुन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । बैंकर शाह गत मंसिरमा सम्पन्न… Continue reading बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

RSS

काठमाडौं । आज कोशी, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसोको समयमा भन्दा राति ठूलो पानी पर्ने अनुमान विभागको छ । यी प्रदेशका केही ठाउँमा दिउँसो हल्कादेखि मध्यम तथा राति भने ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । आज पश्चिमी क्षेत्रमा पनि हल्का पानी पर्ने… Continue reading आज तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी अझै बेपत्ता, खाजीको प्रगति के छ ?

PA MEDIA\BBC

काठमाडौं\बीबीसी । टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको एउटा पर्यटकीय पनडुब्बी गत आइतवारदेखि हराएपछि त्यसको खोजीका लागि उद्धार टोलीहरूले तीव्र ढङ्गले काम गरिरहेका छन्। पाँच जना यात्रु रहेको पनडुब्बीको खोजीमा जुटेका उद्धारकर्ताहरूले आफ्ना प्रयासहरूलाई आन्ध्र महासागरको झन्डै २०,००० वर्ग किलोमिटर क्षेत्रमा केन्द्रित गरेका छन्। यसबीच उद्धारकर्ताका उपकरणले आवाज सुनेको खबर आएसँगै यात्रुहरू जीवितै हुन सक्ने आश जागेको… Continue reading टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न गएको पनडुब्बी अझै बेपत्ता, खाजीको प्रगति के छ ?

नेपाली क्रिकेटका लागि आज ऐतिहासिक अवसर, पहिलो पटक वेष्ट इन्डिजको सामना गर्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो । वेस्ट इन्डिज दुईपटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन हो । नेपालको लागि यो ऐतिहासिक अवसर भएको प्रशिक्षक मोन्टी देशाई र कप्तान… Continue reading नेपाली क्रिकेटका लागि आज ऐतिहासिक अवसर, पहिलो पटक वेष्ट इन्डिजको सामना गर्दै

नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ

काठमाडौं । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउन बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनाइदिएको… Continue reading नक्कली नागरिकता बनाउन सहयोग गरेका पूर्व गोर्खा सैनिक पक्राउ

पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने… Continue reading पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान

हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?

Photo : Lonely Planet

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको छ । प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटेको छ । निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर… Continue reading हवाई भाडा घट्यो, कुन गन्तब्यमा कति ?

साफ च्याम्पियनसिप: उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडौं । साविक उपविजेता नेपाल जारी साफ च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको छ । भारतको बैङ्लुरुस्थित श्री कान्ताराभा स्टेडियममा भएको खेलमा कुवेतले पहिलो हाफमै दुई गोल गरेको थियो। दोस्रो हाफको सुरुवातमै पेनाल्टी मार्फत् कुवेतका महोम्मद अब्दुल्लाहले तेस्रो गोल गरेका थिए। नेपालका लागि दोस्रो हाफको ६८ औं मिनेटमा अञ्जन श्रेष्ठले… Continue reading साफ च्याम्पियनसिप: उद्घाटन खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडौंमा प्लास्टिकका फूलका गुच्छा बेच्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकामा प्लास्टिकका फूलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन शाहले यस्तो घोषणा गरेका हुन्। आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले बताए। उनले भने, “प्लास्टिकको फूलगुच्छा बिक्री वितरण र आयातका… Continue reading काठमाडौंमा प्लास्टिकका फूलका गुच्छा बेच्न नपाइने

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.०५ अंकले घटेर २०५०.७८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७१ कम्पनीको ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ४९ करोडको कारोबार

नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७४ हजार

काठमाडौं । नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ आन्तरिक र १० खर्ब ७३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ बाह्य… Continue reading नेपालको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब नाघ्यो, प्रतिव्यक्ति ऋण ७४ हजार

मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । उनले बुधबार वक्तव्य जारी गर्दै मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् । उनलाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए । आफ्नो मर्म र भावनाविपरीतका शैक्षिक निर्णयहरु भएको भन्दै राजीनामा… Continue reading मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

१५ सय भन्दा धेरै सरकारी वेवसाइट जब एकै पटक डाउन भए…

काठमाडौं । सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा मंगलबार करिब १५ सय बेवसाइट एकै पटक डाउन भएका छन् । यसले हवाई उडानदेखि अन्य अत्यावश्यक सेवा प्रभावित बनेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको हो । यसबाट सेन्टरका कुनै पनि… Continue reading १५ सय भन्दा धेरै सरकारी वेवसाइट जब एकै पटक डाउन भए…

साफ फुटबल : आज नेपालले बलियो कुवेतको सामना गर्दै

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फूटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १४ औं संस्करण आजबाट भारतमा सुरु हुँदैछ । बेंगलुरुस्थित कान्तरभा स्टेडियममा बुधबार नेपालले बलियो टोली कुवेतको सामना गर्न लागेको हो । कुवेत प्रतियोगिताको पाहुना टोलीका रुपमा साफमा खेल्न लागेको हो । पहिलो पटक साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हालेका इटालियन युवा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको वास्तविक… Continue reading साफ फुटबल : आज नेपालले बलियो कुवेतको सामना गर्दै

पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाजले उडान तथा अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । यो चार्टर्ड जहाज हो । जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १३० जना यात्रु रहने पर्यटन मन्त्रालयले… Continue reading पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । मनसुनजन्य विपदबाट प्रभावित कोशी प्रदेशमा आज राति ठूलो पानी पर्ने अनुमान गरिएको छ । मनसुन भित्रिएदेखि कोशी प्रदेशका पहाडी जिल्लामा लगातारजसो पानी परिरहेको छ । आज पनि बिहान र दिउँसो हल्का तर राति भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुको भनाई छ । बाढी, पहिरो प्रभावित ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पहाडी जिल्लामा राति ठूलो… Continue reading आज कस्तो रहनेछ मौसम ?

आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, झण्डा आधा झुकाइने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ । गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते… Continue reading आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा, झण्डा आधा झुकाइने

पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

काठमाडढौं । नेपालमा काम गर्ने पर्यटन मजदुरको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ । विगतमा… Continue reading पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु

हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेसँगै हवाई भाडा पनि घट्ने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ (प्रतिकिलोलिटर ९२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ । यससँगै बुधबार हवाई… Continue reading हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय निर्धारण गरेको हो। प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार… Continue reading चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्षको कैद सजाय

विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।… Continue reading विश्वकप छनोट : अमेरिकामाथि नेपालको सानदार जित

सुदूरपश्चिम प्रदेशका कानून मन्त्रीको सडक दुर्घटनामा निधन

काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका… Continue reading सुदूरपश्चिम प्रदेशका कानून मन्त्रीको सडक दुर्घटनामा निधन

बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती र भाउजुको मृत्यु भएको छ। दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरुलाई हेलिकोप्टरमार्फत उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको छ। मंगलबार दिउँसो २ बजेतिर सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको… Continue reading बझाङमा कार दुर्घटनाः मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु

नेपालले पायो २०८ रनको लक्ष्य, सन्दीप लगातार विकेटविहीन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो। अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले चार विकेट लिए। करण केसी आफ्नो नवौ ओभरमा १७ रन खर्चे। करणले… Continue reading नेपालले पायो २०८ रनको लक्ष्य, सन्दीप लगातार विकेटविहीन

नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा

काठमाडौं । यसअघि अल्पकालीन अन्तरिम आदेश दिएका न्यायाधीश मनोज शर्माको इजलासमा नागरिकता संशोधन ऐनसम्बन्धी रिटको पेसी परेपछि हेर्न मिल्ने नमिल्ने हुँदै स्थगित भएको छ । राष्ट्रपति पौडेलले तत्कालीन संघीय संसद्का दुवै सदनमा पारित भएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विधेयक प्रमाणीकरण गरेका थिए । उक्त विधेयक प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले… Continue reading नागरिकता ऐनसम्बन्धी रिट हेर्न नमिल्नेमा