काठमाडौं । आजदेखि जिम्बाब्वेमा आईसीसी क्रिकेट विश्वकप छनोटको फाइनल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय… Continue reading आइसीसी विश्वकप छनोट फाइनल : उद्घाटन खेलमा आयोजक जिम्बाब्वेसँग नेपालको भिडन्त
Category: फिचर
ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता
काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गतरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार… Continue reading ताप्लेजुङमा पहिरो, कम्तिमा ४ जना वेपत्ता
पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता
काठमाडौं । पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । शनिबार राति आएको बाढीमा परेर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । हेवा खोलामा आएको बाढीले पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले ठूलो भौतिक क्षति… Continue reading पाँचथरमा बाढी पहिरो, कम्तिमा ५ जना वेपत्ता
विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर शाहले चेतावनी दिएका हुन् । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक… Continue reading विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी
युगान्डामा आइएसले विद्यालयमा आक्रमण गर्दा ३७ जना मारिए
काठमाडौं । इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित लडाकू समूहले युगाण्डामा एक विद्यालयमा गरेको आक्रमणमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। डेमोक्रेटिक रिपब्लिक अफ कंगो नजिकैको कासेसे जिल्लाको एमपोन्ड्वेमा रहेको एक माध्यमिक विद्यालयमा स्थानीय समयअनुसार शुक्रबार राति सीमापारीबाट आएर आक्रमण गरेपछि सेनाले एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का लडाकूहरूलाई पछ्याइरहेको बताएको छ। अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोको… Continue reading युगान्डामा आइएसले विद्यालयमा आक्रमण गर्दा ३७ जना मारिए
मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची पुगेका छन् । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीसागै खानेपानी मन्त्री महिन्द्र राय यादव पनि… Continue reading मेलम्ची पुगे प्रधानमन्त्री प्रचण्ड
रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गरेका छन् । आफ्नै निवास आएका रेशमलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् । ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनि हार्दिक स्वागत ।’, भट्टराईले लेखेका छन् । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय… Continue reading रेशम चौधरीलाई बाबुराम भट्टराईको स्वागत
राष्ट्रपति पुनः अस्पताल भर्ना
काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । शनिबार बिहान २ बजे मुटुमा पुनः समस्या देखिन थालेपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । अहिले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए । राष्ट्रपति पौडेल बुधबार मात्र… Continue reading राष्ट्रपति पुनः अस्पताल भर्ना
साउदीमा श्रमिकलाई खुला स्थानमा काममा लगाउन प्रतिवन्ध
काठमाडौं । साउदी अरबमा दिउँसोको समयमा श्रमिकलाई खुला ठाउँमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालय (एमएचआरएसडी) ले आफ्ना श्रमिकलाई चर्को घाममा काममा नलगाउन रोजगारदाता कम्पनी तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । जुन १५ देखि सेप्टेम्बर १५ अर्थात् जेठ ३२ देखि भदौ २९ सम्म तीन महिनाका लागि यस्तो प्रतिबन्ध… Continue reading साउदीमा श्रमिकलाई खुला स्थानमा काममा लगाउन प्रतिवन्ध
भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
काठमाडौं । भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य बढाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । विभागले हिजो विज्ञप्ति निकालेर कानुनले तोकेको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो । वस्तुको स्वभाविक मूल्य भन्दा धेरै मूल्य लिएर बिक्री गर्ने काम उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार दण्डनीय अपराध रहेको विभागले… Continue reading भ्याटको बाहनामा प्याजको मूल्य बढाए कारवाही गर्ने सरकारको चेतावनी
ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते
काठमाडौं । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । बिहान ललितपुरको लुभुबाट लगनखेलका लागि छुटेको बा २ ख ८५८३ नम्बरको बस सडकमै पल्टिएको हो । बसमा २४ जना यात्रु थिए । घाइतेमध्ये १८ जनाको बी एण्ड बी अस्पताल ग्वार्कोमा र एक जनाको किस्ट अस्पताल इमाडोलमा उपचार भइरहेको प्रहरी प्रभाग इमाडोलका… Continue reading ललितपुरको इमाडोलमा बस दुर्घटना, १९ जना यात्रु घाइते
नेपालमा मंकिपक्स भाइरस पुष्टी
काठमाडौं । नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए। ‘एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौंको अस्पतालमा परीक्षण भइरहेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाको शरीरबाट नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य… Continue reading नेपालमा मंकिपक्स भाइरस पुष्टी
पोखरामा हुने भयो चार्टर्ड उडान
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा… Continue reading पोखरामा हुने भयो चार्टर्ड उडान
जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
काठमाडौं । जेठ महिनामा घरजग्गाको कारोबार यस वर्षकै उच्च विन्दुमा पुगेको छ । जेठमा लिखत पासको संख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९–८० कै धेरै हो । गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४०… Continue reading जेठमा घर जग्गाको कारोबार वर्षकै उच्च
लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि दुई जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको हो । अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनाको हकमा थुनामै राखेर अनुसन्धान… Continue reading लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश
खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा पठाउन आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र… Continue reading खाण, रायमाझी र पाण्डेसहित १६ जनालाई थुनामा पठाउन आदेश
प्रधानन्यायाधीश कार्कीले लिए शपथ
काठमाडौं । आठ महिनायता कायम मुकायम जिम्मेवारीमा रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथ लिए । कार्कीले केही बेरमै सर्वोच्च अदालतपुगेर प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम… Continue reading प्रधानन्यायाधीश कार्कीले लिए शपथ
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् । चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को… Continue reading सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड, प्रत्येक सांसदलाई ३ करोड
कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालु खर्चमा ९ अर्ब २० लाख (२६.९७ प्रतिशत), पुँजीगततर्फ १९ अर्ब ५७… Continue reading कर्णालीले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट
बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ८ अर्ब कम बजेट विनियोजन गरेको हो। बैठकमा सार्वजनिक गरेको कुल बजेटमध्ये… Continue reading बागमतीमा ६२ अर्ब ७० करोडको बजेट सार्वजनिक, ८ अर्ब घट्यो
महानगर प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ । सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको विषयमा स्पष्टीकरण सोधेको हो । महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो । ‘प्राधिकरणका… Continue reading महानगर प्रमुख बालेनलाई प्राधिकरणले सोध्यो ७ दिने स्पष्टीकरण
बढेर आयो पेट्रोल र डिजेलको भाउ
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । आइओसीबाट प्राप्त खरिद मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले बठाएको हो ।… Continue reading बढेर आयो पेट्रोल र डिजेलको भाउ
बिहानी सत्रमा काठमाडौंका हलमा चलेन ‘आदिपुरुष’
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानी सत्रमा प्रदर्शन रोकेका छन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शो नगरेनन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो… Continue reading बिहानी सत्रमा काठमाडौंका हलमा चलेन ‘आदिपुरुष’
ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत
काठमाडौं । ग्रिसमा प्रवासीहरु चढेको डुंगा दुर्घटनामा परेको छ । सो क्रममा सयौं हताहती भएको खबर छ । अहिलेसम्म ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डुंगामा ७५० जना चढेका थिए । अन्य धेरै व्यक्ति वेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी भइरहेको छ । बीबीसीका अनुसार धेरै व्यक्ति वेपत्ता भएकाले मृत्यु हुनेको… Continue reading ग्रिसमा प्रवासी चढेको ठूलो डुंगा दुर्घटना, सयौं हताहत
प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा निर्माण गरिरहेको भवनको सम्बन्धमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । वडा नम्बर ९ मा प्राधिकरणको नाममा दर्ता कायम भएको जग्गामा अनुमति नलिई भवन निर्माण गरेपछि महानगरले पत्र काटेको हो । महानगरले प्राधिकरणलाई पत्र लेख्दै प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण दिन भनेको छ… Continue reading प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो
भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न–नगराउन भनेको हो । मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न–गराउन नहुने, यदि यस्तो कार्य गरे वा… Continue reading भ्रूणको लिङ्ग पहिचान नगर्न मन्त्रालयको निर्देशन
६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै
काठमाडौं । ६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने नियम छ । आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेशले भने हिजो नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गरिसकेको… Continue reading ६ वटा प्रदेशमा आज बजेट सार्वजनिक हुँदै
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुकोआंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा… Continue reading कस्तो रहनेछ आजको मौसम ?
भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी विपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको तट नजिक आँधी पुगेको अधिकारीहरूले बताएका छन्। बिहीवार साँझ भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्त नजिक पुगेको आँधीले पुर्याएको क्षतिका विवरणहरू अझै आउन बाँकी छ। आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोट लगायत धेरै जिल्लामा भारी… Continue reading भारत र पाकिस्तानमा भयानक आँधी, क्षतिको विवरण आउन बाँकी
‘आदिपुरुष’ फिल्म विवाद : भारतमा पनि शब्द नसच्याए काठमाडौंमा सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने बालेनको चेतावनी
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् । उनले यो सच्याउन तीन दिनको समय दिएको… Continue reading ‘आदिपुरुष’ फिल्म विवाद : भारतमा पनि शब्द नसच्याए काठमाडौंमा सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने बालेनको चेतावनी