वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी सुरक्षा सल्लाहकार

काठमाडौं । सरकारको शुक्रवारबाट अनिवार्य अवकाशमा जान लागेका डा.बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिव थिए । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् ।… Continue reading वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त, शंकर वैरागी सुरक्षा सल्लाहकार

कोशी प्रदेशमा दुई अध्यादेश जारी, बजेट ल्याउन बाटो खुल्यो

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २ वटा अध्यादेश जारी गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ । अध्यादेश जारी गरेसँगै अध्यादेशबाट बजेट ल्याउने बाटो खुला भएको छ । कोशी… Continue reading कोशी प्रदेशमा दुई अध्यादेश जारी, बजेट ल्याउन बाटो खुल्यो

विश्वकप छनोट अघि नेपाल र ओमानबीच आज एकदिवसीय अभ्यास खेल

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अस्ति हरारेमा भएको खेलमा यूएईले नेपाललाई ३ विकेटले हराएको थियो । त्यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा… Continue reading विश्वकप छनोट अघि नेपाल र ओमानबीच आज एकदिवसीय अभ्यास खेल

एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै

काठमाडौं । एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । समूहको दोस्रो खेलमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्न लागेको हो । यो खेल हङकङको मङकङमा बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले… Continue reading एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेट : नेपाल र भारत भिड्दै

नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?

काठमाडौं । नेपाल र युएईबीच श्रम समझदारी नवीकरण भएको छ। युएईसँग चार वर्षअघि श्रम समझदारी भएको थियो। बुधबार दुई देशको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरणको निर्णय गरेको हो। छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्लो कानुनहरूबारे जानकारी पनि गराएको छ। श्रमिकहरूको हक तथा अधिकार सुनिश्चितताका विषयमा समेत गहन छलफल भएको श्रम, रोजगार… Continue reading नेपाल र यूएईबीच श्रम समझदारी नवीकरण, के भयो सहमती ?

मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा

RSS

काठमाडौं । नेपालमा बुधबारबाट मनसुन भित्रिएको छ । मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ। बाँकी भू-भागमा आंशिक बदली देखी… Continue reading मनसुन भित्रिएसँगै आज यी स्थानमा हुनेछ वर्षा

मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

काठमाडौं । नेपालले आज फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाली समय अनुसार साँझ पौने पाँच बजे फिलिपिन्सको राजधानी मनिलामा मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो । साफ च्याम्पियनपसिप अघिको यो अभ्यास खेल नेपालका लागि कमजोरी सुधारको मौका हुने विश्वास छ । साफ गेम आगामी असार ६ गतेदेखि भारतमा सुरु हुँदैछ । फिलिपिन्ससँग अभ्यास खेल खेलेपछि… Continue reading मैत्रिपूर्ण फूटबल : नेपाल र फिलिपिन्स आज भिड्दै

राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?

काठमाडौं । मुटुमा समस्या देखिएपछि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई बुधवार बिहानै डिस्चार्ज गरिएको छ। राष्ट्रपति पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राष्ट्रपतिको मुटुको भल्भ जाँच गर्नका लागि मङ्गलवार एन्जिओग्राफी गरिएको जानकारी गराएका छन् । एन्जिओग्राफी मुटुका भल्वमा हुने रक्तप्रवाह हेर्न प्रयोग गरिने एक प्रकारको परीक्षण हो। यसलाई सचिवालयले नियमित चेकजाँच… Continue reading राष्ट्रपति डिस्चार्ज, कस्तो छ अवस्था ?

प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

काठमाडौं । तनहुँमा बिहे गरेको २ महिनाकै अवधिमा श्रीमतीको हत्या भएको छ । जिल्लाको व्यास नगरपालिका ४ चिहानडाँडामा नालीमा राखिएको ह्युमपाइपमा प्लास्टिकको बोराभित्र युवतीको शव भेटिएको थियो । शव क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उक्त शव ब्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षकी रंगिला भुजेलको भएको खुलेको छ । २४ जेठदेखि माइती पक्षको सम्पर्कमा नरहेकी… Continue reading प्रेम विवाह गरेको दुई महिनामै श्रीमतीको हत्या

वानएक्स बेटमा सट्टेबाजी गर्ने पाँचजना पक्राउ, एकजनाले मात्रै गरे ६४ करोड बढीको कारोबार

काठमाडौं । प्रहरीले नेपालमा अवैध सट्टेबाजी र क्रिप्टो करेन्सीकोे कारोवार गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै अनलाइनमार्फत सट्टेबाजी गरेर करोडौको कारोवार गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८… Continue reading वानएक्स बेटमा सट्टेबाजी गर्ने पाँचजना पक्राउ, एकजनाले मात्रै गरे ६४ करोड बढीको कारोबार

एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने

काठमाडौं । यस वर्षको मनसुन आजबाट भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले पूर्वी क्षेत्रबाट मनसुन नेपाल प्रवेश गरेको जनाएको छ।  यसअघिका वर्षहरूमा १० जुनलाई मनसुन प्रवेशको मिति मानिँदै आएको थियो। तर, पछिल्लो २० वर्षको मौसमी तथ्याकंका आधारमा यस वर्षबाट १३ जुनलाई मौसम प्रवेश गर्ने मिति तय गरिएको छ। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला… Continue reading एक दिन ढिला भित्रियो मनसुन, क्रमिक रुपमा देशभर फैलिने

हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ। हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै… Continue reading हर्क साम्पाङविरुद्ध अल्पकालीन अन्तरिम आदेश

युट्युब मनिटाइज गर्न ५०० सब्सक्राइबर‍ भए पुग्ने, तीन भिडियो अनिवार्य

काठमाडौं । भिडियो साझेदारी प्लेटफर्म युट्युब निकै उपयोगी बन्दै गइरहेको छ । हिजो गुमनाम रहेकालाई युट्युबको भिडियोले रातारात स्टार मात्रै बनाइरहेको छैन आर्थिक स्तर उकास्नसमेत यसले भूमिका खेलिरहेको छ । अब कम सब्सक्राइबर भए पनि रकम आउनका लागि जरुरी पर्ने मनिटाइज हुने भएको छ । साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा… Continue reading युट्युब मनिटाइज गर्न ५०० सब्सक्राइबर‍ भए पुग्ने, तीन भिडियो अनिवार्य

भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा

file

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको… Continue reading भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा

‘एनसेल मुद्दामा नेपाललाई न्याय’

काठमाडौं । नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले अन्तर्राष्ट्रिय अदालतमा दायर गरेको मुद्दामा नेपालको पक्षबाट वकालत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले अन्तर्राष्ट्रिय अदालतबाट नेपालको पक्षमा न्याय दिलाउन खट्ने सबै पक्षलाई धन्यवाद दिएको हो । बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एनसेलले स्वामित्व खरिद बिक्रीमा नेपालमा भएको लाभकर… Continue reading ‘एनसेल मुद्दामा नेपाललाई न्याय’

देउवा सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् । उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । देउवा २–२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।

सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन् । गत राति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे… Continue reading सन्दीप र दीपेन्द्रले क्यानडामा ग्लोबल टी–२० लीग खेल्ने

देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत

RSS

काठमाडौं । मुलुकका पहाडी भुभागमा परेको वर्षाका कारण गर्मीबाट राहत मिलेको छ । पानी परेसँगै देशका धेरै ठाउँमा अधिकतम तापक्रम घट्दो क्रममा छ । दुईतीन दिन यता काठमाडौंसहित पहाडी जिल्ला र पूर्वी तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ । तर, पश्चिम तराईमा भने अझै चर्को गर्मी छ । पश्चिम तराईमा पानी परेको छैन । अझै… Continue reading देशका पहाडी भु-भागमा वर्षा, गर्मीबाट राहत

अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६ असारमा अमेरिकाको राजकीय भ्रमणमा जाने भएका छन् । मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले लेखेको छ । अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी… Continue reading अमेरिकाको राजकीय भ्रमणको तयारीमा मोदी

साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् । क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ… Continue reading साम्बाले यूरोपमा व्यवसायिक लीग खेल्ने

नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका… Continue reading नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेल अस्पताल भर्ना भएका छन् । उनलाई आजको रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्न लागिएको जनाएको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ,’… Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ । १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध… Continue reading प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन् । १ जेठमा समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि मङ्गलवार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले… Continue reading मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात

काठमाडौं । सीमाको नजिक रहेको चन्द्रौटा बजारस्थित बालाजी सिमेन्ट इन्डस्ट्रिजले उत्पादन भारत निर्यात सुरु गरेको छ । त्यहाँबाट उत्पादित बाहुबली तथा श्रृष्टी ब्राण्डका पीपीसी सिमेन्ट भारत निर्यात सुरु भएको हो । भारत सरकार गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)प्रदान गरेपछि निर्यात थालिएको उद्योग संस्थापक ऋषिकेश अग्रवालले बताए । पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर… Continue reading बालाजी सिमेन्टले थाल्यो भारतमा सिमेन्ट निर्यात

एसीसी महिला टी–२० इमर्जिङ टिम्स : आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ए टोली खेल्दैछन् । खेल हङकङको मङकङ क्रिकेट मैदानमा बिहान पौने ७ बजे सुरु हुँदैछ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको… Continue reading एसीसी महिला टी–२० इमर्जिङ टिम्स : आज नेपाल र पाकिस्तान भिड्दै

मर्ज हुन चाहने क्याम्पसलाई निवेदन दिन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न आह्वान गरेको छ । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज सूचना निकालेर असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो । त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय… Continue reading मर्ज हुन चाहने क्याम्पसलाई निवेदन दिन आह्वान

सिंगापुर जाँदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ । पेटसम्बन्धी समस्या देखिएपछि उनी नियमित चेकजाँचका लागि सो मुलुक जान लागेको बताइएको छ । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले… Continue reading सिंगापुर जाँदै देउवा

तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘ आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो… Continue reading तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ । निर्वाचन ‘आयोगले विदेशमा रहेका… Continue reading विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी