इयूको कालोसूची पुनः दोहोरियो

काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची) पुनः दोहोरिएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको छ । वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ । सो बैठकले मात्र यो सूची… Continue reading इयूको कालोसूची पुनः दोहोरियो

नागरिकता विधेयकविरुद्धको रिटमा अन्तरिम आदेश भएन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र शुष्मालता माथेमाको संयुक्त इजलासले नागरिकता विधयेकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकिएको छ । सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश… Continue reading नागरिकता विधेयकविरुद्धको रिटमा अन्तरिम आदेश भएन

काठमाडौंमा चार जना बालबालिकामा दादुरा पुष्टी

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शंकास्पद नमुनाहरुको परीक्षणमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार जना बालबालिकामा दादुरा पुष्टी भएको छ। दादुरा पुष्टी भएका सबै बिरामीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ स्थित जोभो कदम्पा विद्यालयका रहेको परिवार कल्याण महाशाखाले जनाएको छ। विद्यालयमा रहेका ५६० जनामध्ये ६३ जनामा उस्तै खालका लक्षणहरु देखिएको थियो। शंकास्पद बिरामीको उमेर ८ वर्षदेखि… Continue reading काठमाडौंमा चार जना बालबालिकामा दादुरा पुष्टी

विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, एक वर्षको वस्तु आयात धान्न सक्ने

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पोने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर… Continue reading विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब मौज्दात, एक वर्षको वस्तु आयात धान्न सक्ने

२३ प्रतिशत बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब ५ अर्ब भित्रियो

काठमाडौं । नेपालमा पछिल्लो १० महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको १० महिनासम्म २३.२ प्रतिशतले वृद्धि भइ १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५… Continue reading २३ प्रतिशत बढ्यो रेमिट्यान्स, १० महिनामा १० खर्ब ५ अर्ब भित्रियो

‘अराजक, असंवैधानिक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। जवाफमा श्रेष्ठले भने ‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन्। उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र… Continue reading ‘अराजक, असंवैधानिक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन’

भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

काठमाडौं । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा लुको सम्भावना… Continue reading भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

ट्रम्पमाथि अभियोग दायर

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ। ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्। ट्रम्पले आफू निर्दोष रहेको उनको सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा उल्लेख गरेका छन्। साथै आफूलाई मङ्गलवार… Continue reading ट्रम्पमाथि अभियोग दायर

केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

काठमाडौं । ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ… Continue reading केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले ुअखण्ड भारतु को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट पारिसकेको बताउँदै छिमेकी मुलुकहरूले बुझिसकेकोमा आफू विश्वस्त रहेको बताए। जयशंकरले यस्ता विषयलाई राजनीतिक विषय बनाउन नहुने पनि बताए। ‘मलाई लाग्दैन कि राजनीतिक विषय बन्नुपर्छ, हाम्रा… Continue reading अखण्ड भारतको नक्साबारे भारतीय विदेश मन्त्रीले यस्तो दिए स्पष्टीकरण

साउदी अरव जाने श्रमिकले अब शैक्षिक योग्यताको प्रमाण देखाउनु पर्ने

काठमाडौं । वैदेशिक रोजगारीमा साउदी अरब जाने कामदारले अब सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका… Continue reading साउदी अरव जाने श्रमिकले अब शैक्षिक योग्यताको प्रमाण देखाउनु पर्ने

नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस

काठमाडौं । काठमाडौँबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौँ उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् । यसअघि नयाँ… Continue reading नयाँ बसपार्कबाट चल्न थाले बाहिरी जिल्लामा जाने माइक्रोबस

नेपालका विभिन्न शहरमा तापक्रमले राख्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालका चार वटा ठाउँमा अहिलेसम्मकै उच्च तापक्रमको रेकर्ड कायम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिनदिनै गर्मी बढिरहेका बेला चार वटा सहरमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड भएको छ भने १३ वटा सहरमा जुन महिनाकै उच्च तापक्रम मापन भएको छ । देशभरका एक सय १३ वटा केन्द्रहमध्ये हिजो बुधवारसम्मको प्रारम्भिक दैनिक अधिकतम तापक्रमको… Continue reading नेपालका विभिन्न शहरमा तापक्रमले राख्यो नयाँ रेकर्ड

फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी

file

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानको तयारी गरिएको छ । पोखरामा आयोजना हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’का लागि चीनबाट चार्टर्ड उडानबाट जहाज ल्याउन प्रयास भइरहेको आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवम् होटल एसोसिएसन नेपाल… Continue reading फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी

माथिल्लो अरुण परियोजनामा लगानी जुटाउन अर्थको पहल

काठमाडौं । मुलुकको रुपान्तरणकारी आयोजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयले दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको छ । १०६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, साउदी विकास फण्डलगायत दातृ निकायका प्रतिनिधिसँग छलफल… Continue reading माथिल्लो अरुण परियोजनामा लगानी जुटाउन अर्थको पहल

ओलीको उत्तेजक भाषण-‘‘प्रचण्ड संरक्षित गुण्डाहरु’बाट एमालेमाथि आक्रमण भइरहेको छ अब प्रतिवाद गर्छौं’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पार्टीका नेता–कार्यकर्तालक्षित आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन भनेका छन्। बिहीबार पार्टी मुख्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै उनले कार्यकर्ताहरूको रक्षा आफैंले गर्नुपर्ने परिस्थिति आएको बताएका हुन्। प्रदेश सभा सदस्य राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरिएको एमाले अध्यक्ष ओलीको दाबी छ। उनले… Continue reading ओलीको उत्तेजक भाषण-‘‘प्रचण्ड संरक्षित गुण्डाहरु’बाट एमालेमाथि आक्रमण भइरहेको छ अब प्रतिवाद गर्छौं’

काठमाडौं महानगरले भन्यो -‘कक्षा ८ सम्मका दैनिक कार्यतालिका पठाउनू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले आधारभूत तह कक्षा ८ सम्मको दैनिक कार्यतालिका पठाउन आग्रह गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै आधारभूत तहमा स्थानीय पाठ्यक्रमका रुपमा नेपालभाषा विषय अध्यापन गराउनुपर्ने प्रावधान रहेको कुरा पुनः स्मरण गराएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को प्रावधान अनुरुप अनिवार्य पठनपाठन गर्न गराउन आग्रह गर्दै महानगरका सबै विद्यालयले नेपालभाषा अध्यापन गर्ने शिक्षकको… Continue reading काठमाडौं महानगरले भन्यो -‘कक्षा ८ सम्मका दैनिक कार्यतालिका पठाउनू’

गर्मीसँगै बागमती नदीमा दुर्गन्ध बढ्यो, आसपासका बासिन्दालाई सास्ती

काठमाडौं । बाघद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्ने बागमती नदीमा दुर्गन्ध बढ्न थालेको छ । गर्मी सुरुभएसँगै बागमतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीय बताउँछन् । दुर्गन्धका कारण बागमती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र बागमती नदीको दोभान छ… Continue reading गर्मीसँगै बागमती नदीमा दुर्गन्ध बढ्यो, आसपासका बासिन्दालाई सास्ती

प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी आज औपचारिक उद्घाटन भएको हो । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार… Continue reading प्रधानमन्त्रीले उद्घाटन गरे लुम्बिनी केवलकार, व्यावसायिक रुपमा सञ्चालन

‘रास्वपा नागरिकता विधेयकको विपक्षमा छैन, गलत बाटोबाट गएकाले विरोध गरेका हौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु नागरिकता विधेयकको विपक्षमा नरहेको स्पष्टीकरण दिएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सभापति लामिछानेले आफूहरुले उक्त विधेयक प्रतिनिधि सभामा छलफल गराएर मात्र पारित गर्नुपर्ने आफूहरुको धारणा रहेको बताए । ‘नागरिकले नागरिकता नपाउनुको पीडा मलाई थाहा छ । साँच्चै नै छ’ रविले भने,… Continue reading ‘रास्वपा नागरिकता विधेयकको विपक्षमा छैन, गलत बाटोबाट गएकाले विरोध गरेका हौं’

मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भूभागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि मेयर शाहले त्यसलाई काउन्टर दिएका हुन् । उनले आफू स्वदेश फर्किएपछि सो नक्सा सार्वजनिक गर्ने योजना बनाएका छन् । शाह भारत भ्रमणमै रहेका बेला सचिवालयलाई आफ्नो… Continue reading मेयर बालेनले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

कालिकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ… Continue reading कालिकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु

लिभिङ टुगेदरमा बसेकी युवतीको प्रेमीले गरे हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो । तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका… Continue reading लिभिङ टुगेदरमा बसेकी युवतीको प्रेमीले गरे हत्या

प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार बुटवल जाने भएका छन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेका हुन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो । बुटवलमा पहिलो पटक… Continue reading प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने

बंगलादेशमा ट्रक र जिप ठोक्किए, १४ जनाको मृत्यु

ढाका । बङ्लादेशको सिलेट जिल्लामा ट्रक र जीप ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । राजधानी ढाकाबाट झण्डै २ सय ४० किलोमिटर उत्तरपूर्वमा रहेको सिलेटमा हिजो भएको दुर्घटनामा धेरैजसो मजदुर परेका सिलेटको दक्षिण सुर्मा प्रहरी चौकीका इन्स्पेक्टर मोहम्मद अबुल हुसेनलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको… Continue reading बंगलादेशमा ट्रक र जिप ठोक्किए, १४ जनाको मृत्यु

नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

काठमाडौं । आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्यान्डसँग र शनिवार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे प्रिटोरियामा सुरु हुनेछ । अभ्यास खेल ५० ओभरको हुनेछ । नेपाली टोली अघिल्लो… Continue reading नेपाल र स्कटल्याण्डबीच आज अभ्यास खेल

१ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

File

काठमाडौं । सरकारले असार १ गतेदेखि दुई महिनाका लागि सडक खन्न रोक लगाएको छ । असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले जनाएको छ । वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न… Continue reading १ असारदेखि दुई महिना नयाँ सडक खन्न नपाइने

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका–१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको… Continue reading अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

काठमाडौं । समकालिन फूटबलका महान फूटबलर अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन छाडेर अमेरिकन क्लब इन्टर मियामी जाने निश्चित भएको छ । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार मेस्सीले साउदी अरेबियाका अल हिलालले प्रस्ताव गरेको मोटो रकम त्यागेर अमेरिकी क्लबमा जाने निर्णय गरेका हुन् । उनले मियामीमा जाने निर्णय गर्नुमा एडिडास, एप्पलजस्ता कम्पनीको… Continue reading साउदी क्लवको मोटो रकमको प्रस्ताव लत्याउँदै अमेरिकी क्लव इन्टर मियामी जाने भए लियोनल मेसी

देशभर बढ्दो गर्मी केही दिन नरोकिने

काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक… Continue reading देशभर बढ्दो गर्मी केही दिन नरोकिने