बागमती प्रदेशमा गाडी भाडा घट्यो

काठमाडौं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । नेपाल आयल निगमले गत साता डिजेलको भाउ प्रतिलिटर १० रुपैयाँ घटाएसँगै प्रदेश सरकारले पनि सार्वजनिक सवारीको भाडा घटाउने निर्णय गरेको हो । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्याकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटाएको छ ।… Continue reading बागमती प्रदेशमा गाडी भाडा घट्यो

दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

काठमाडौं । सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले १५७ देशको दु:खी देशहरूको सूचीमा जिम्बाब्वेलाई विश्वको सबैभन्दा दु:खी देशको रुपमा देखाएको छ । मुख्यतया जिम्बाब्वेको आर्थिक अवस्था र उच्च मुद्रास्फीतिका कारण, देश दुखी देशहरूको सूचीमा शीर्ष स्थानमा छ। जिम्वाम्वे ४१४.७ अंक पाएर पहिलो नम्बरमा रहेको हो । नेपाल दु:खी देशहरूको सूचीमा ६३ औं स्थानमा… Continue reading दु:खी देशहरुको सूचीमा नेपाल ६३ औं स्थानमा, प्रमुख कारण बेरोजगारी

रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियामा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या गरिएको छ । पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयब कसरी बाहिर गएको वा कसले उनलाई गोली हानेर हत्या गरेकोबारे… Continue reading रौतहटमा एक ज्येष्ठ नागरिकको गोली हानी हत्या

बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले करिब पाँच प्रतिशतका दरले प्रदेशभित्र अन्तर स्थानीय तह चल्ने सार्वजनिक सवारीको साधनको भाडा दर घटाएको छ । पेट्रोलियम पदार्थको… Continue reading बागमती प्रदेशमा आजबाट सार्वजनिक सवारीको भाडा घट्ने

प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुने समेत बताइएको छ । नेपाल र… Continue reading प्रधानमन्त्री चार दिने भ्रमणमा भारत जाने तयारी

भारतीय कफ सिरप निर्यातमा रोक

काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ । गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन… Continue reading भारतीय कफ सिरप निर्यातमा रोक

आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

Photo Source: IPL/BCCI

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । गतराति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भयो । मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा समेटियो । लखनउका मार्कुस स्टोयनिसले सर्वाधिक ४०… Continue reading आइपीएल : लखनउलाई हराउँदै मुम्बई क्यालिफायरमा

आज भोटे जात्रा, उपत्यकामा बिदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए ।… Continue reading आज भोटे जात्रा, उपत्यकामा बिदा

नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

File Photo

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ। विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात… Continue reading नेपाल एयरलाइन्सले अष्ट्रेलियामा सिधा उडान गर्दै

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली नागरिकताको विषयमा फेरि अर्को मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ। लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा उनले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । निवेदनमा उठाएको विषयवस्तुको प्रकृति… Continue reading रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ । उनीहरुबाट २८ करोड बराबरको विगो माग गरिएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले दुई दिन अघि बुझाएको प्रतिवदेन अध्ययन… Continue reading नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

काठमाडौं । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरूले भेट गरेका छन् । सदनमा भण्डारीले आफ्नो कुरा राखेपछि सभामुखको कार्यकक्षमै सांसदहरुलाई भेटघाट व्यवस्था मिलाइएको थियो । सभामुख घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गरेका थिए । गत फागुन ४ मा घरमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा फागुन ४ गते… Continue reading चन्द्र भण्डारीसँग भेटघाटका लागि सभामुखको कार्यकक्षमा विशेष व्यवस्था

दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७० कम्पनीको १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँ बराबरको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् । बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै थापाले नीति तथा कार्यक्रमको लक्ष्य र उद्देश्य प्रष्ट नभएको दाबी गरेका हुन्। त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको… Continue reading ‘नीति तथा कार्यक्रम सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन’

वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी यादबले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् । ननियुक्त… Continue reading वनमन्त्री महतो र शिक्षा राज्यमन्त्री यादबले लिए पद तथा गोपनियताको शपथ

काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । एनएससी-काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले समूहको तेस्रो खेलमा आज बलियो प्रतिस्पर्धी भारतको सामना गर्दैछ । समूह ए बाट यसअघि सेमिफाइनल पुगिसकेको यी दुई टोलीबीच समूह विजेता बन्न प्रतिस्पर्धा हुँदैछ । समूह चरणमा नेपाल र भारत दुवैले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएर अन्तिम चारमा स्थान बनाइसकेको छ । नेपालले महिला… Continue reading काभा वुमन्स भलिबलमा आज नेपाल र भारत भिड्दै

२ असोजमा शिक्षा दिवस मनाइने

काठमाडौं । सरकारले २ असोजलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा माउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिइन् । अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैङ्कबाट… Continue reading २ असोजमा शिक्षा दिवस मनाइने

काठमाडौंका संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

काठमाडौं । काठमाण्डौ महानगरले महानगर भित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र गरेको छ । महानगरको शिक्षा विभागले आज सूचना निकालेर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन भनेको छ । महानगरको शिक्षा ऐन… Continue reading काठमाडौंका संस्थागत विद्यालयले छात्रवृत्ति वितरणको विवरण महानगरमा पठाउनु पर्ने

चेन्नई पुग्यो आइपीएलको फाइनलमा

Photo : Outlook india

काठमाडौं । गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को फाइनलमा पुगेको छ। मंगलबार राति घरेलु मैदानमा भएको पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो। चेन्नई आइपिएलको १४ सिजन मध्ये दशौं पटक फाइनलमा पुगेको हो। चेन्नईले यसअघि खेलेका नौ फाइनलमध्ये चार फाइनल जित्दै उपाधि जितेको छ। चेन्नईले दिएको १७३ रनको… Continue reading चेन्नई पुग्यो आइपीएलको फाइनलमा

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, गण्डकी र… Continue reading कस्तो छ आजको मौसम ?

बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो।… Continue reading बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा (हप अन हप अफ) सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा यस्तो सेवा थालेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर,… Continue reading काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने

केपी शर्मा ओलीको चेतावनी -‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबरजस्ती मुछ्न खोजिए सहँदैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजियो भने त्यो सह्य नहुने बताएका छन् । पार्टीको जनसंगठन समन्वय संयन्त्रले आज काठमाडौंमा आयोजना गरेको जनसंगठन पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको कुनै संलग्नता नरहेको र कसैले जबरजस्ती मुछ्न खोजे एमालेले नसहने बताएका हुन् ।… Continue reading केपी शर्मा ओलीको चेतावनी -‘नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबरजस्ती मुछ्न खोजिए सहँदैन’

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वाेच्च अदालत प्रशासनले दरपिठ गरेको… Continue reading रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वाेच्च अदालतको आदेश

विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा, पहिलो खेल जिम्बावेविरुद्ध खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोली आईसीसी विश्वकप छनोटको समूह ‘ए’ मा परेको छ। आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूह एमा परेका हुन् । समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । प्रतियोगिताको पहिलो खेलमा वेस्टइण्डिज र अमेरिका जुन १८ मा भिड्नेछन्। नेपालले भने जुन २४ मा… Continue reading विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा, पहिलो खेल जिम्बावेविरुद्ध खेल्ने

उच्च अंकले बढ्यो नेप्से

काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७१ कम्पनीको १ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ बराबरको ६० लाख ६७ हजार ४३२ कित्ता शेयर किनबेच भएका छन् । सोमवारको तुलनामा… Continue reading उच्च अंकले बढ्यो नेप्से

पाँच महिनापछि प्रचण्ड सरकारले पायो पूर्णता, वीरेन्द्र महतो बने वनमन्त्री

काठमाडौं । माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छ । जसपाबाट मंगलबार दुई जनामन्त्री बनेका छन् । वीरेन्द्र महतो वनमन्त्री बनेका छन् भने प्रमिला कुमारी शिक्षा राज्यमन्त्री बनेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा महतो र प्रमिलालाई मन्त्री नियुक्त गरी कार्यभारसमेत तोकेका छन् । उनीहरूको शपथ… Continue reading पाँच महिनापछि प्रचण्ड सरकारले पायो पूर्णता, वीरेन्द्र महतो बने वनमन्त्री

आजबाट भारतले २ हजारका नोट फिर्ता लिँदै, बैंकमा साट्न सकिने

काठमाडौं । भारतमा आजबाट २ हजारका नोट सर्वसाधारणबाट सरकारले फिर्ता लिँदैछ । भारतीय रिजर्व बैंकले २३ मेबाट ३० सेप्टेम्बरसम्म यी नोट साट्न सकिने भएको छ । यस्तो नोट बैंकमा जम्मा गरी आफ्नो खातामा राख्दा हुन्छ । त्यसो नभए बैंकबाट साना नोट समेत लिन सकिने भएको छ । यसका लागि कुनै पनि प्रकारको अतिरिक्त शूल्क लिइने… Continue reading आजबाट भारतले २ हजारका नोट फिर्ता लिँदै, बैंकमा साट्न सकिने

रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

REUTERS\BBC

काठमाडौं । अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छिन्। अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन्। उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र… Continue reading रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को एसिया, युरोप, प्यासिफिक र लेटिन अमेरिकाको कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटमा एमसीसी परियोजनाको कार्यान्वयन र सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने कार्यका बारेमा दुवै पक्षवीच विस्तृत छलफल भएको थियो । सो अवसरमा अर्थमन्त्री महतले एमसीसी आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न… Continue reading अर्थमन्त्री महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथनबीच भेट