भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् । ‘हामीलाई दबाव छ । तर जनताको साथ… Continue reading भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ : प्रधानमन्त्री

पोल्याण्ड लैजाने भन्दै होटेलमा मान्छे जम्मा गर्ने दुई जना पक्राउ

काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि पुगेका थिए । तर अन्तर्वार्ता नलिएको भन्दै होटल परिसरमा होहल्ला भएपछि प्रहरी टोली पुगेको थियो । त्यसपछि दुई जना विदेशी… Continue reading पोल्याण्ड लैजाने भन्दै होटेलमा मान्छे जम्मा गर्ने दुई जना पक्राउ

गोसाइकुण्डमा विशेष मेला सुरु

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् । आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण… Continue reading गोसाइकुण्डमा विशेष मेला सुरु

भारतले अब २ हजारको नोट चलन चल्तीमा नल्याउने

काठमाडौं । भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न… Continue reading भारतले अब २ हजारको नोट चलन चल्तीमा नल्याउने

रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिए । एसपी बुढामगरका अनुसार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले… Continue reading रौतहटमा एक जनाको हत्या

महंगो भएपनि २० प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने

काठमाडौं । सरकारले आगामी बजेटमार्फत स्वदेशी वस्तु उत्पादनको नीति लिने भएको छ । संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २० प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने सरकारले नीति लिएको बताए । ‘उद्योगमा निर्वाध विद्युत प्रवाह गरिनेछ । स्वदेशी वस्तु प्रयोग गर्नका लागि मेक इन नेपाल र मेड… Continue reading महंगो भएपनि २० प्रतिशत स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने

कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सक्ने

काठमाडौं । सरकारले कीर्तिपुर र मुलपानीमा रहेका दुई वटा क्रिकेट रंगशालाको स्तरोन्नती गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगमी २ वर्षभित्र उक्त रंगशालामा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न मिल्न गरी स्तारोन्नती गरिने बताए ।… Continue reading कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सक्ने

सरकारी अस्पतालको ओपीडी बिहान ८ देखि बेलुकी ८ बजेसम्म चलाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा गरेको छ । संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्। अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका… Continue reading सरकारी अस्पतालको ओपीडी बिहान ८ देखि बेलुकी ८ बजेसम्म चलाउने

हरिण, मृग, बँदेल र कालिजलाई व्यावसायिक पालन गर्न दिने

काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘सामुदायिक बन फलाउनेछ धन’ भन्ने अभियान अन्तर्गत केही बन्यजन्तु र पंक्षीहरुको व्यावसायिक पालन गेर्न दिने नीति अघि सारेको छ। ‘यसै वर्षदेखि सामुदायिक बन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमनको कार्यविधिका साथ हरिण, मृग, बँदेल, कालिजहरुको नियन्त्रित र व्यावसायिक पालन सुरु गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।

बालकृष्ण पक्राउ परेपछि ‘गायव’ मञ्जु खाण संसदमा उपस्थित !

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि देश छोडेर गएको हल्ला चले पनि आज नयाँ बानेश्वरस्थित संसद भवनमा देखिएकी हुन् । मञ्जुका पति पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए । सार्वजनिक भएको… Continue reading बालकृष्ण पक्राउ परेपछि ‘गायव’ मञ्जु खाण संसदमा उपस्थित !

सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान अब विश्वविद्यालयबाट

काठमाडौं । सरकारले सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान विश्वविद्यालयबाट गराउने भएको छ। सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उक्त कुरा दाबी गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै अध्ययन र अनुसन्धानको कार्यमा विश्वविद्यालयलाई जिम्मा दिने बताए। यसअघि आ–आफ्नै रुपमा अनुसन्धान र अध्ययन हुँदै आएको थियो। विश्वविद्यालयमा हुने दक्ष जनशक्तिको… Continue reading सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान अब विश्वविद्यालयबाट

उद्देश्य अनुरुप काम नभएका संघ संस्था खारेजी गर्ने

काठमाडौं । सरकारले उद्देश्य अनुसार सञ्चालन नभएका सार्वजनिक संस्थान तथा कोषहरु खारेज तथा गाभ्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका लागि नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्दै सो कुरा बताएका हुन । पौडेलले काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास… Continue reading उद्देश्य अनुरुप काम नभएका संघ संस्था खारेजी गर्ने

गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गरिने, हुण्डी र अवैध कारोबारमा कडाइ

काठमाडौं । सरकारले हुण्डी र अवैध कारोबारलाई कडाइ गर्ने दाबी गरेको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्। पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्दै रेमिट्यान्स वैधानिक बाटोबाट भित्र्याउन अबैध बाटोबाट आउने हुन्डीजस्ता कार्यलाई कडाइ गरिने दाबी गरे। कर प्रणालीलाई पुनरावलोकन गर्दै राजश्वको दायर… Continue reading गैरआवासीय नेपालीका लागि पूँजीबजार खुला गरिने, हुण्डी र अवैध कारोबारमा कडाइ

कर्णाली , सुदूरपश्चिम र मधेस प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने

काठमाडौं । राष्ट्रिय पुँजी पलायनलाई कडाईका साथ लागु गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आथिर्क वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसतो जनाएका हुन् । त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा मानव विकास सूचाकांकमा पछि परेको प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने नीति तय गरेको छ।शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत… Continue reading कर्णाली , सुदूरपश्चिम र मधेस प्रदेशलाई प्राथमिकतामा राखेर स्रोत परिचालन गर्ने

अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममा अर्थतन्त्र लयमा फर्केको दाबी गरेको छ। प्रतिनिधि सभामा नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त दाबी गरेका हुन्। ‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको छ, ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘आर्थिक परिसूचक सकारात्मक भएको छ। अर्थतन्त्र लयमा फर्केको छ।’ त्यस्तै विप्रेषण पनि बढेको भन्दै नीति तथा… Continue reading अर्थतन्त्र लयमा फर्केको नीति तथा कार्यक्रमको दाबी

खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

काठमाडौं । सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने भएका छन् । उनको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो । धनगढीमा विहीबार भएको सम्मेलनको तयारी बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सो सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता… Continue reading खप्तड आध्यात्मिक सम्मेलनमा योगगुरु रामदेव सहभागी हुने

विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको दस महिनामा गैरकानुनी बिचौलिया र एजेन्टहरूले झन्डै ७६ करोड रूपैयाँ ठगी गरेको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ वटा उजुरीमा ७५ करोड ७७ लाख ४१ हजार २१४ रूपैयाँ ठगी रकम दाबी गरिएको छ। यो रकम दाबी… Continue reading विदेश पुर्याइदिने लोभमा १० महिनामा ७६ करोड ठगी

देउवा पुत्र जयविरले गरे इन्गेजमेन्ट, को हुन शिवाना ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंहले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन्। उनीहरूले गत जेठ १ गते काठमाडौंमा एक समारोहबीच इन्गेजमेन्ट गरेको बताइएको छ । जयवीरसिंह शेरबहादुर र आरजु देउवाका एक्ला सन्तान हुन्। शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए।… Continue reading देउवा पुत्र जयविरले गरे इन्गेजमेन्ट, को हुन शिवाना ?

दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६–३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । सो आयोगले… Continue reading दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

file

काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्ने भनेका छन् । खासगरी भिजिट भिसामा खाडी मुलुक,… Continue reading भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम… Continue reading सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…

काठमाडौं । राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलको कारलाई पापाराजीहरू संलग्न एउटा घटनामा ‘खतरनाक’ ढङ्गले पछयाएको उनीहरूका प्रवक्ताले बताएका छन्। ड्यूक र डचिस अफ ससिक्सले न्यू योर्कमा मङ्गलवार एउटा पुरस्कार वितरण समारोहमा भाग लिएपछि यो घटना भएको थियो। एउटा विज्ञप्तिमा उनीहरूका प्रवक्ताले निरन्तर दुई घण्टा भन्दा बढी समयसम्म कारलाई पछयाइएको र त्यसका कारण एक… Continue reading अमेरिकामा राजकुमार ह्यारी र पत्नी मेगन पापाराजीको डरलाग्दो निसानामा परेपछि…

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे सक्कली भुटानी शरणार्थीका नेता

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा नेता रिजाललाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । राजनीतिक एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । यसअघि भुटानी… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे सक्कली भुटानी शरणार्थीका नेता

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गते (जुन १२) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । टिकट बुकिङ खुला गरेको छ । यात्रुहरूको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या… Continue reading नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्ने

नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । बुधबार २३ अंकले बढेको नेप्से आज ३२.२० अंकले बढेको हो । सूचकसँगै आज कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६२ करोडले बढेर झन्डै डेढ अर्ब पुगेको छ । बिहीबार २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर… Continue reading नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

चित्रबहादुर केसीको प्रश्न– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने नेपालीको बाध्यता के हो?

काठमाडौं । प्रतिनिधिसभा बैठकको रोस्ट्रममा उभिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछि भारत भ्रमण पहिलो बाध्यता नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतबाट हुने भन्दै किन भारतबाटै गर्नुपर्ने बाध्यता के हो भन्दै प्रश्न गरेका थिए… Continue reading चित्रबहादुर केसीको प्रश्न– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने नेपालीको बाध्यता के हो?

लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पूर्वलडाकूको नाममा भ्रष्टाचार भएको भन्ने आरोपहरू केवल आरोप मात्र भएको बताएका छन्। तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए । राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले ८४६० पूर्व लडाकुको नाममा अर्बौं रुपैयाँ गएको छ। ती लडाकु को हुन्? अनि क्यान्टोन्मेन्टमा भएको… Continue reading लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

‘लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले नगर्नू भनेकाले रोकिएको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले सोधेको प्रश्नमा जवाफ दिँदै उनले लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले सार्वजनिक नगर्नु भनेकाले रोकिएको बताए। ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेश र थरुहट आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेस गर्न लाल आयोग गठन भएको… Continue reading ‘लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले नगर्नू भनेकाले रोकिएको छ’

अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

काठमाडौं । अमेरिकाको मोनान्टा शहरमा टिकटक प्रतिबन्ध गरिने भएको छ । त्यहाँका गभर्नर ग्रेग जियानफोर्टले बुधबार प्रतिबन्ध गर्ने कानुनमा हस्ताक्षर गरे। जसअनुसार १ जनवरीदेखि प्रतिबन्ध लागु हुने बताइएको छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले भने यो प्रतिबन्धले मोन्टानाका जनताको पहिलो संशोधन अधिकारको उल्लङ्घन गरेको आरोप लगाएको छ । पछिल्लो समय टिकटकले चीन सरकारलाई डाटा हस्तान्तरण… Continue reading अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो । नियम निलम्बनका लागि नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्ताव राखेका थिए । लेखकको प्रस्तावलाई नेकपा (एमाले)का सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी… Continue reading प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन