काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका… Continue reading गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत
Category: फिचर
कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने
काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार… Continue reading कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने
उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख… Continue reading उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा
समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन्। इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र) को अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार… Continue reading समृद्धिको लक्ष्य हाँसिल गर्न सरकार कट्टिवद्ध छ : प्रधानमन्त्री
कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ
काठमाडौं । कतार पुलिसको जागिरका लागि कतार पठाइदिन्छु भनी रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ घर भई हाल काठमाडौंको टोखा बस्ने ४१ वर्षीय पूर्णकुमार दाहाल रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले झापाको भद्रपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा… Continue reading कतारमा जागिर लगाइदिने लोभमा ६३ लाख ठगि गरेको आरोपमा एक पक्राउ
आज इद, विश्वभर मनाइंदै
काठमाडौं । रमदान अर्थात् रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ… Continue reading आज इद, विश्वभर मनाइंदै
नेपालले ओमानलाई ८४ रनले हरायो, सन्दीप र कुशलको कीर्तिमान
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८४ रनको शानदार जित हात पारेको छ । ४६.३ ओभरमा ९ विकेट गुमाएको ओमानका ११ औं नम्बर ब्याट्सम्यानले चोटका कारण ब्याटिङ गर्न नआएपछि ओमान २२६ रनमा अलआउट भएको थियो। नेपालको जितमा कुशल मल्लले कीर्तिमानी शतक… Continue reading नेपालले ओमानलाई ८४ रनले हरायो, सन्दीप र कुशलको कीर्तिमान
सिंहदरबार फोहोर तत्काल उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले गएको हप्ता दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले… Continue reading सिंहदरबार फोहोर तत्काल उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको आदेश
नेपालमा थप १०६ जनामा कोरोना पुष्टी
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १३०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ५३७ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १०६ जनामा कोरोना पुष्टी
काठमाडौंका सडकमा धुवाँ आउनेगरी सेकुवा पोल्न नपाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरुमा पनि गुनासो समेत आउन थालेपछि नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो ।… Continue reading काठमाडौंका सडकमा धुवाँ आउनेगरी सेकुवा पोल्न नपाइने
एकदिवसीय क्रिकेटमा सन्दीपको दुर्लभ कीर्तिमान
काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा दुर्लभ कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ओडिआई इतिहासकै सर्वाधिक छिटो एक सय विकेट लिने खेलाडीको कीर्तिमान बनाएका हुन् । सन्दीपले ओमानविरुद्ध एक विकेट लिएसँगै ४२… Continue reading एकदिवसीय क्रिकेटमा सन्दीपको दुर्लभ कीर्तिमान
ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य,कुशलको कीर्तिमानी शतक
काठमाडौं । एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा ३१० रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए । खराव… Continue reading ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य,कुशलको कीर्तिमानी शतक
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको पहिलो शतक
काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टिमका अलराउन्डर कुशल मल्लले पहिलो शतक प्रहार गरेका छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि अलराउन्डर कुशल मल्लले ५९ बलमा नौ चौका र नौ छक्कासहित १०० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो पहिलो शतक हो । कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने… Continue reading एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको पहिलो शतक
जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु
काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा… Continue reading जम्मु-कश्मीरमा सेनामाथि आक्रमण, कम्तिमा ५ को मृत्यु
कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । राष्ट्रपति पौडेलको बुधबारबाट दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स)मा उपचारमा छन् । एम्सको भीआईपी आईसीयूमा राखेर उनको उपाचार भइरहेको छ । उनलाई दिइएको ‘अक्सिजन सपोर्ट’ बिहीबारबाट हटाइएको छ… Continue reading कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?
पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो
काठमाडौं । सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हटेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाएको छ । यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो । तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक… Continue reading पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो
गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु
काठमाडौं । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो । बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका मुखियालाई आगोको लप्काले पोलेको थियो । आगो निभाउने क्रममा… Continue reading गुल्मीमा आगलागीमा परी एक जनाको मृत्यु
आज केही पहाडी भेगमा वर्षाको सम्भावना
काठमाडौं । आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो… Continue reading आज केही पहाडी भेगमा वर्षाको सम्भावना
एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई… Continue reading एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै
बारा पुगेर ओलीले भने -‘एक ठाउँमा हारेका यता आइपुगेछन्, डुलुवालाई जहाँ भेटिन्छ त्यहीँ हराऊँ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्न लागेको आरोप लगाएका छन्। बाराको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘ अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं ।… Continue reading बारा पुगेर ओलीले भने -‘एक ठाउँमा हारेका यता आइपुगेछन्, डुलुवालाई जहाँ भेटिन्छ त्यहीँ हराऊँ’
जाजरकोटमा निर्माणाधीन बेलिब्रिज भाँच्चियो, ४ जनाको मृत्यु
काठमाडौं । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२, तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज पुल भाँचिदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अरू चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाइएको आठबीसकोट नगरपालिकाका पूर्वनगरप्रमुख गोरखबहादुर केसीले बताए । मृतकको ठेगाना खुलेको छैन । मृत्यु हुनेहरू काम गर्दै गरेका मजदुरहरू रहेको बताइएको छ। रासस
कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ
काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन्। बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।… Continue reading कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ
शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने
बारा। बाराकाे क्षेत्र नं. २ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो। यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म… Continue reading शुक्रबार रातिदेखि नेपाल-भारत सीमानाका बन्द हुने
निर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन, गठबन्धन र रास्वपा चितवनमा आमनेसामने
काठमाडौं । वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज प्रचारप्रसारको अन्तिम दिन हो । आज राति १२ बजेबाट मौनअवधि सुरू हुँदैछ । यसैबीच आज प्रचारप्रसारको अन्तिम दिन चितवनमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टी आमनेसामने हुँदैछन् । गठबन्धन र रास्वपाको चुनावी सभा एकै समयमा परेको छ । रास्वपाले दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालयअगाडि… Continue reading निर्वाचनका लागि प्रचारप्रसारको अन्तिम दिन, गठबन्धन र रास्वपा चितवनमा आमनेसामने
१५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी
काठमाडौं । आफ्ना मागहरू पूरा नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाले फेरि सिसडोलमा फोहोर फाल्न नदिने भएका छन् । दुई पालिका नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाको संयुक्त बैठक बसी १५ दिनभित्र यसअघि गरिएका सम्झौता कार्यान्वयन नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ बुँदे… Continue reading १५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी
अन्नपूर्ण हिमालमा बेपत्ता पर्वतारोहीको जीवितै उद्धार
काठमाडौं । गत सोमबारदेखि अन्नपूर्ण हिमालमा बेपत्ता भएका भारतीय पर्वतारोही जीवितै फेला परेका छन् । ३४ वर्षीय अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् । तर अवस्था गम्भीर रहेको बताइएको छ । हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए ।
यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु
काठमाडौं । यमनमा राहत वितरण भइरहेको स्थानमा भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । राजधानी सानाको एउटा विद्यालयमा रमजानका अवसरमा रकम वितरण भइरहेको थियो । सोही बेला भागदौड मच्चिँदा कम्तीमा ७८ जनाको ज्यान गएको र सयौँ जना घाइते भएका बीबीसीले लेखेको छ । सहरको बाब–अल–यमन क्षेत्रमा भएको यो घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक… Continue reading यमनमा राहत वितरण स्थलमा भागदौड, कम्तिमा ७८ जनाको मृत्यु
नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ
काठमाडौं । इदमा प्रदर्शन हुने सलमान खान अभिनित ुकिसीका भाइ, किसिका जानुलाई वितरक मनोज राठीले नेपाल ल्याउँदैछन् । फिल्मलाई भारतीय रुपैयाँ एक करोडमा किनेर राठीले नेपाल प्रदर्शनमा ल्याउने भएका हुन् । ‘अब नेपालमा पनि सलमानको क्रेज धेरै छ । त्यसैले दर्शकले यो फिल्मलाई हेरिदेलान् भनेर हामीले फिल्मलाई एक करोडमा किन्ने जोखिम मोलेका छौं, राठीले भनेका… Continue reading नेपाली फ्यानलाई सलमानको सन्देश : मेरो फिल्म नेपाल आउँदैछ
राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यलाभको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । मोदीले विदेशसचिव विनयमोहन क्वात्रामार्फत स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमै फूलको गुच्छा पठाएका हुन् । राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान भारतको राजधानी नयाँ दिल्ली लगिएको थियो । उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गरिँदैछ… Continue reading राष्ट्रपति पौडेललाई भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्य लाभको कामना
विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?
काठमाडौं । अध्ययनका लागि नेपालबाट एक वर्षमा सवा एक लाख युवा विदेशिएका छन् । २०७९ सालमा विदेशमा अध्ययन गर्न जान १ लाख १७ हजार जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको सरकारको तथ्यांक छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार विभिन्न ७२ देशमा अध्ययन गर्न जान १ लाख १७ हजार ५६३ जनाले… Continue reading विदेश अध्ययनका लागि एक वर्षमा १ लाख १७ हजार एनओसी जारी, कुन देशमा कति ?