च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

Photo by AS English

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । उता, दुई इटालियन क्लव एसी मिलान र इन्टर मिलानले समेत सेमिफाइनलमा स्थान पक्का गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले पनि समग्रमा ४–१ को जित निकाल्दै सिटी सेमिफाइनल पुगेको हो… Continue reading च्याम्पियन्स लिग : वार्यन म्याूनिख सिटीसँग हार्यो, दुई इटालियन क्लव सेमिफाइनलमा

आज मातातीर्थ औशी, आमाको सम्मानमा मनाईंदै

काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्रीका अनुसार यस दिन बिहान सबेरै… Continue reading आज मातातीर्थ औशी, आमाको सम्मानमा मनाईंदै

आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ यस वर्ष… Continue reading आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने

अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट एक जनालाई पक्राउ गरेको छ । रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत, जापानलगायतका देशमा जान ३० लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ४ लाख कमाइ हुने लोभ देखाएर विभिन्न व्यक्तिबाट ३ करोड ५६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले भक्तपुरका उज्जल खड्कालाई पक्राउ… Continue reading अमेरिकासहितका मुलुक पठाइदिन्छु भन्दै साढे ३ करोड ठग्ने एक जना पक्राउ

९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

file

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या ६ लाख नाघेको छ । आर्थिक वर्ष सकिन ३ महिना बाँकी छँदै चैतसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ५ हजार ७९८ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ । कोरोना महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक… Continue reading ९ महिनामा ६ लाख युवा काम खोज्दै विदेशिए

अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

काठमाडौं । नेपालमा लगानी विस्तारमा अपनाउनु पर्ने उपायबारे लगानीकर्ताले अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष सुझाव प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा। महतसँग स्वीस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डीएफआई) का प्रतिनिधिहरुबीच बुधबार छलफल भएको छ । सो अवसरमा नेपालमा निजी लगानी विस्तार गर्ने सम्भावनाबारे छलफल… Continue reading अन्तर्राष्ट्रिय लगानीकर्तासँग अर्थमन्त्रीले लिए सुझाव

भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

काठमाडौं । भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । युनाइटेड नेसन्स पोपुलेसन फन्ड (यूएनएफपीए) ले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चीनलाई पछि पार्दै भारत सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो । विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो। यूएनएफपीएको ‘द स्टेट अफ वर्ल्ड पोपुलेसन रिपोर्ट २०२३’ अनुसार भारतको… Continue reading भारत बन्यो विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै घरका तीनजनाको मृत्यु

काठमाडौं । महोत्तरीमा सवारी दुर्घटनामा परी एकै घरका तीनजनाको मृत्यु भएको छ । बुधबार दिउँसो गौशाला नगरपालिका–१ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्रयाकको २०० मिटर उत्तरपट्टि बा ३ ख २३९६ नम्बरको गाडीले मधेश प्रदेश- ०१-००४- ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत… Continue reading बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै घरका तीनजनाको मृत्यु

नेपालमा थप १०८ जनामा कोरोना पुष्टी, ६६ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ४०१ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १०८ जनामा कोरोना पुष्टी, ६६ जना संक्रमण मुक्त

संवैधानिक परिषद्को बैठक निर्णयविहीन

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति गर्न आज बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठकले भावी प्रधानन्यायाधीशबारे छलफल गरे पनि सिफारिसको निर्णय गर्न सकेन। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा… Continue reading संवैधानिक परिषद्को बैठक निर्णयविहीन

राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो । राष्ट्रपति पौडेललाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थल पुगेर बिदाइ गरेका छन्। महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि… Continue reading राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगियो

आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान

काठमाडौं । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । बालबालिकालाई नजिकैका महिला… Continue reading आजबाट देशैभर भिटामिन ए खुवाउने अभियान

बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

file : AFP

काठमाडौं । चीनको राजधानी बेइजिङमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा हिजो भएको आगलागीमा परेर उनीहरुको ज्यान गएको हो । आगलागी लगत्तै खटिएका अग्नि नियन्त्रकले झण्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो… Continue reading बेइजिङमा अस्पतालमा भएको आगलागीमा कम्तिमा २१ जनाको मृत्यु

जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

काठमाडौं । आउँदो १० गते आइतबार हुने उपचुनावमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेको हो । आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको… Continue reading जुनसुकै परिचयपत्रका आधारमा उपनिर्वाचनमा भाग लिन सकिने

लामिछानेका सवारी चालकलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सोमबार बिहान घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो। ‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज)… Continue reading लामिछानेका सवारी चालकलाई थप उपचारार्थ काठमाडौं ल्याइयो

राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि पुन: त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर उपचार थालिएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था असहज भएकाले अस्पतालमा भर्ना गरिएको शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी दिएका छन् । उनका अनुसार चिकित्सकहरूले उपचार जारी राखेका छन् । राष्ट्रपति पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको छ ।… Continue reading राष्ट्रपति फेरी अस्वस्थ, त्रिविमा भर्ना

प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । उनी बिहान नौ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ । तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । तनहुँको डुम्रे बजारमा आज दिउँसो चुनावी… Continue reading प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाने

सरकारले खुलायो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भूउपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो ।… Continue reading सरकारले खुलायो जग्गाको कित्ताकाट

पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण निजी कम्पनीले रुजु गर्न पाउने गरी तत्कालिन गृहमन्त्री रवि लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज गरेको छ । नागरिककको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आवद्धतासम्बन्धी कार्यविधि २०७९ लाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थापन सूचना… Continue reading पूर्वगृहमन्त्री रवि लामिछानको निर्णय सरकारले गर्यो खारेज

नेपालमा थप १७१ जनामा कोरोना पुष्टी, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८० जनाको पीसीआर परीक्षण गर्दा १०५ जना र १३१२ जनाको एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ३४६ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १७१ जनामा कोरोना पुष्टी, दुई जनाको मृत्यु

हिन्दू राष्ट्र माग्दै संसदमा घन्कियो गायन्त्री मन्त्र र जय श्रीरामको नारा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् । उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ… Continue reading हिन्दू राष्ट्र माग्दै संसदमा घन्कियो गायन्त्री मन्त्र र जय श्रीरामको नारा

झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३.७ अंकले घटेर १९०४. ९८ बिन्दुमा झरेको हो । यसदिन ८७ करोड ४ लाख ४८ हजार १५१ रुपैयाँको २९ लाख ७५ हजार ९२० कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ८७ करोडमा सीमित

‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार भएको बताएका छन् । मंगलवारदेखि राजधानीमा शुरू भएको ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकलाई आर्थिक रुपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन… Continue reading ‘आन्तरिक खपत वृद्धि गर्दै आर्थिक समृद्धिका लागि बिजुली निर्यात पनि गर्नुपर्छ’

एसीसी प्रिमियर कप: मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा नेपालले जितका लागि २३६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेट क्षतिमा २३५ रन बनायो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाका कप्तान अहमेद फैजले ७६ रन… Continue reading एसीसी प्रिमियर कप: मलेसियाले दियो नेपाललाई २३६ रनको लक्ष्य

लेजेन्ड अफ गोर्खाज अमेजन प्राइममा रिलिज हुँदै

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा निर्माण भएको वार ड्रामा ‘१९१५ : लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ । यसअघि गत भदौमा ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको फिल्मले नाम परिवर्तन गरेर अमेजन प्राइममा जान लागेको हो । भिक्टोरिया क्रस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको… Continue reading लेजेन्ड अफ गोर्खाज अमेजन प्राइममा रिलिज हुँदै

तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने

काठमाडौं । ७२ सालको विनाशकारी भूकम्पको गएको सात वर्षदेखि मालवाहक रुपमा सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ । मंगलबार भएको नेपाल–चीनको सीमा मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति भएको हो । नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा… Continue reading तातोपानी नाकाबाट अब वस्तु निर्यात पनि खुल्ने

तुँवालो बुधबार सम्मै रहने

काठमाडौं । केही दिनदेखि लागेको तुवाँलो भोलि दिउँसोदेखि हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार भोलि पश्चिमी वायुको प्रणाली नेपाल भित्रने सम्भावना छ । ‘पश्चिमी प्रणाली नहुँदा नेपालमा अहिले उच्च चापीय प्रणाली छ । उच्च चापीय प्रणाली भएका बेला वायुमण्डल स्थिर हुन्छ’ मौसमविद् नगरकोटीले भने –‘पश्चिमी प्रणाली भित्रिएपछि भने वायुमण्डलमा हलचल… Continue reading तुँवालो बुधबार सम्मै रहने

आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

काठमाडौं । हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन (पावर समिट) काठमाडौंमा सुरु हुँदै छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् । साथै… Continue reading आजबाट काठमाडौंमा ऊर्जा सम्मेलन

एसिया कप छनोट आजबाट, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं । एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।मूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी मैदानमा हुनेछ ।… Continue reading एसिया कप छनोट आजबाट, उद्घाटन खेलमा नेपाल र मलेसिया भिड्दै

विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल

काठमाडौं । विदेशमा बसेका नेपालीहरुलाई लक्षित गरी मुलुकलाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्ने प्रयास स्वरुप एक हाइब्रिड (व्यक्तिगत उपस्थिति र प्रविधिमार्फत भेला) कार्यक्रम सम्पन्न भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावास र विश्व बैंक ग्रुपको नेपालस्थित कार्यालयले संयुक्त रुपमा आइतबार ‘कनेक्टिङ नेपाल विथ द ग्लोबल डिजिटल इकोनोमी’ (नेपाललाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्दै) शीर्षकमा कार्यक्रम गरेका हुन्… Continue reading विदेशमा बसेका नेपालीलाई विश्व अर्थतन्त्रसँग जोड्ने प्रयासबारे छलफल