काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मघगर्जन र… Continue reading कस्तो रहनेछ अबको मौसम ?
Category: फिचर
केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले मुलुकमा निर्माण भएका भ्यु टावर र सभाहल सञ्चालनको कार्यविधि र लगानीको प्रतिफल सुनिश्चितता अध्ययन नभएको जनाएको छ । बिहीबार सार्वजनिक महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा ललितपुरको गोदावरी र बुटवलमा बनाइएको सभाहल र दमकमा बनाइएको भ्यु टावरबाट प्रतिफल सुनिश्चितता नगरिएको उल्लेख गरिएको हो । प्रधानमन्त्री भएकै बेला केपी शर्मा ओलीले आफ्नै… Continue reading केपी ओलीको गृह जिल्लामा निर्मित भ्यू टावरप्रति महालेखाले उठायो औचित्यको प्रश्न
गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ
काठमाडौं\बीबीसी । अमेरिकी गोप्य दस्तावेजहरूको चुहावटलाई लिएर पक्राउ परेका २१ वर्षीय अमेरिकी एअर फोर्स न्याश्नल गार्ड सदस्य ज्याक टेइसेइराको अदालतको सुनुवाइ बुधवारको लागि तय भएको छ। त्यसअघि उनी हिरासतमै रहने जनाइएको छ। अमेरिकी न्याय मन्त्रालयले उनलाई सुनुवाइको दिनसम्मका लागि राख्न अनुरोध गरेको हो। उनी शुक्रवार अमेरिकाको गोप्य सुरक्षा र गुप्तचरी दस्तावेजहरू चुहावट गरेको आरोपको सामना… Continue reading गोप्य अमेरिकी दस्तावेजहरु लिक गराएको आरोपमा २१ वर्षिय युवक पक्राउ
टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए
काठमाडौं\बीबीसी । अमेरिकाको टेक्ससस्थित एउटा डेरी उद्योगमा भएको विस्फोटनमा झन्डै १८,००० वटा गाईको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। केही दिनअघि डिम्मिट नगरनजिकै अवस्थित साउथ फोर्क डेरीमा उक्त विष्फोटन भएको थियो। उक्त घटनामा परी एक व्यक्ति पनि गम्भीर भएका छन्। अधिकारीहरूले उक्त डेरीका उपकरणबाट निस्किएको आगोको झिल्को मीथेन ग्यासमा पुगेको हुनसक्ने अनुमान गरेका छन्। सन्… Continue reading टेक्ससको डेरी उद्योगमा विष्फोट, १८ हजार गाई मारिए
बुढानिलकण्ठमा एक पुरुष मृत फेला
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एक पुरूष मृत फेला परेका छन्। नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्दै आएका ४० वर्षीय वीरे राई मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी आफ्नै कोठामा मृत फेला परेको बताइएको छ । मृत्युको कारण खुलेको छैन ।
उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ। सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण… Continue reading उपचारपछि पहिलो पटक चन्द्र भण्डारीको भिडियो सन्देश सार्वजनिक
सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सहभागी हुन मन्त्री मोदी अमेरिका प्रस्थान गरेका हुन् । यो सत्र वैशाख ०४ गतेबाट सुरु हुँदैछ । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन… Continue reading सामान्य प्रशासन मन्त्री अमेरिका प्रस्थान
सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म सरकारको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म सरकारको घाटा बजेट रु २ खर्ब १८ अर्ब ५७ करोड नाघेको देखिएको हो । यो अवधिसम्ममा सङ्कलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पूँजीगत खर्च निकै कम छ ।… Continue reading सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो
हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी
एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ प्रक्षेपण गरेको दाबी गरेको छ। ठोस इन्धन प्रयोग भएको ‘ह्वासोङ–१८’ नामक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तरले जनाएको छ। उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार बिहीबार दक्षिण कोरिया र जापानी सीमामा उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो। “सैन्य बलको महत्त्वपूर्ण रणनीतिका लागि बिहीबार नयाँ प्रकारको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण… Continue reading हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी
१ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत
काठमाडौं । बिहीबार बसेको लगानी बोर्डको ५३औं बैठकले विभिन्न पाँचवटा जलविद्युत आयोजनाका लागि एक खर्ब ६७ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार लगानी बोर्डको बैठक बसेको थियो। लगानी बोर्डको कार्यालय, नयाँ बानेश्वरमा सम्पन्न बोर्ड बैठकद्वारा बिहीबार स्वीकृतमध्ये एक खर्ब ४६ अर्ब रूपैयाँ वैदेशिक… Continue reading १ खर्ब ६७ अर्ब रुपैयाँको लगानी स्वीकृत
नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन मात्रै होइन राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने… Continue reading नयाँ वर्षले राष्ट्रका क्षमता उजागर गर्न सकोस : प्रधानमन्त्री
त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा रिजर्भ सिट राखिएको छ । यी सिट जेष्ठ नागरिक, गर्भवती, बच्चा, फरक क्षमता भएका यात्रु र अशक्त यात्रुले मात्र प्रयोग गर्न पाउने गरी सिट तोकिएको हो । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले यसबारे जानकारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश यात्रामा जाने यात्रुले जहाज कुर्ने… Continue reading त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट
सबल नेपाल निर्माणमा कट्टिवद्ध रहन राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन् । व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको जोड छ । नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले भनेका छन्, ‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि… Continue reading सबल नेपाल निर्माणमा कट्टिवद्ध रहन राष्ट्रपतिको आह्वान
आज विक्रम सम्वतको पहिलो दिन, नयाँ वर्ष मनाईदै
काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा… Continue reading आज विक्रम सम्वतको पहिलो दिन, नयाँ वर्ष मनाईदै
एक वर्षमा थपियो १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु
काठमाडौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरूजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८\७९ मा सो रकम बराबरको बेरूजु देखिएको हो । बेरूजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । असुल… Continue reading एक वर्षमा थपियो १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु
एफएनसीसीआईको अध्यक्षमा अन्जन श्रेष्ठ विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि… Continue reading एफएनसीसीआईको अध्यक्षमा अन्जन श्रेष्ठ विजयी
अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु
काठमाडौं । संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८–७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७।६६ प्रतिशत… Continue reading अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु
धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल
काठमाडौं । कैलालीको धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ। पेट दुख्यो भनेर सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको अस्पतालले जनाएको छ । ‘भिडिओ एक्स रे गर्दा पेटभित्र ८८४८ को क्वार्टरको बोतल देखिए पनि उक्त बोतल कसरी पस्यो भन्नेबारे विस्तृतमा खुलिसकेको… Continue reading धनगढीमा वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल
एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, फेरि ओरालो लाग्यो शेयर बजार
काठमाडौं । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै उछाल आएको शेयर बजारमा फेरि ओरालो लागेको छ । बुधबार ९२ अंकले बढेर बन्द भएको नेप्से साताको कारोबारको अन्तिम दिन २९.७ अंकले घटेर १९३४.४७ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७० कम्पनीको १ अर्ब ६५ करोड ३३लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको ४९ लाख… Continue reading एकदिन पनि टिकेन् लगानीकर्ताको उत्साह, फेरि ओरालो लाग्यो शेयर बजार
विमान चार्टर गरेरै नेपाल आए चिनियाँ पर्यटक
काठमाडौं । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपाल आएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल बिग माउण्टेन ट्राभलमार्फत बिहीवार बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो। नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत… Continue reading विमान चार्टर गरेरै नेपाल आए चिनियाँ पर्यटक
संघीय सरकारविरुद्ध बालेन फेरि खनिए : ‘चाहे सिंहदरबार सार्नुस् कि राजधानी’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन् – ‘कि काठमाडौंको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन। चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन’, उनले… Continue reading संघीय सरकारविरुद्ध बालेन फेरि खनिए : ‘चाहे सिंहदरबार सार्नुस् कि राजधानी’
अमेरिका र कोरिया पठाउँछु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीलेकाठमाडौं महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो। राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी करोडौँ… Continue reading अमेरिका र कोरिया पठाउँछु भन्दै ठगी गर्ने पक्राउ
रियलले चेल्सीलाई हरायो
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गर्दा चेल्सीका बेन चिलवेलले रातो कार्ड पाएका थिए । खेलको २१औं मिनेटमा बेन्जेमाले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई अग्रता… Continue reading रियलले चेल्सीलाई हरायो
राती सडकमा फोहोर फाल्नेमाथि महानगरको निगरानी
काठमाडौं । सार्वजनिक ठाउँमा फोहर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । सार्वजनिक ठाउँमा रातको समयमा फोहर फाल्ने बढेपछि कामपाले हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको हो । जथाभाबी फोहर फालेको भन्दै कामपाले गएको हप्ता जरिबानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ । गएको बिहीवार वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४… Continue reading राती सडकमा फोहोर फाल्नेमाथि महानगरको निगरानी
पशु चौपायामा लम्पी स्किन रोग फैँलिदै, कसरी बच्ने ?
काठमाडौं । गाई–भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग बढेसँगै किसानहरुमा त्रास फैलिएको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा, इलाम, सङ्खुवासभा, खोटाङलगायतका जिल्लामा फैलिएको रोगको प्रभावकारी उपचार हुन सकेको छैन । कतै–कतै पशुचौपाया मर्न थालेका छन् । पालिका तथा कृषि ज्ञान केन्द्रबाट लम्पी स्किन रोगको प्रभावकारी उपचारविधि पाउन नसकेको… Continue reading पशु चौपायामा लम्पी स्किन रोग फैँलिदै, कसरी बच्ने ?
नेपाल उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। उनले ८४६ मत ल्याइन् भने अर्का उम्मेदवार भरत आचार्यले ७८१ मत ल्याएका छन्। यसअघि जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी भएका थिए। वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्। महासंघको चुनावका लागि बुधबार काठमाडौंमा… Continue reading नेपाल उद्योग वाणिज्य महासंघ : एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी
ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने
काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा। श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा… Continue reading ढाका कुमारको ठाउँमा विन्दवासिनी कंसाकार सांसद बन्ने
ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमारको सांसद पद गएको छ । पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेसँगै उनको सांसद पद गएको हो । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । श्रेष्ठले बी एण्ड सी मेडिकल… Continue reading ढाका कुमारको सांसद पद गयो, घुम मागेको पार्टीद्धारा पुष्टी
नेपालमा १२१ जना कोरोना संक्रमित थपिए, ८१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ जना र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार ९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा १२१ जना कोरोना संक्रमित थपिए, ८१ जना संक्रमण मुक्त
सगरमाथा बेस क्याम्पमा तीन नेपाली बेपत्ता
काठमाडौं । सगरमाथा आधार शिविर (बेस क्याम्प) मा हिमपहिरो गएको छ । बुधबार विहान बेसक्याप र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको पर्यटन विभागले जनाएको छ। बेस क्यापमा हिमपहिरो जहाँ आरोहणमा गएका तीन जना सम्पर्क विहीन भएका छन् । हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका… Continue reading सगरमाथा बेस क्याम्पमा तीन नेपाली बेपत्ता