चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

file

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदान हुने दिन पास बिनाका सवारी साधन सवारी साधन चलाउन नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा… Continue reading चुनावका दिन पास बीना सवारी चलाउन नपाइने

कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेपाली कांग्रेसले ३०–३२ सिट मात्र जित्ने बताएका छन् । कैलालीको लम्कीमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘कांग्रेसले १६५ मध्ये ८७ ठाउँमा मात्र उम्मेदवार बनाएकाले ३०–३२ सिट मात्र जित्छ, उनीहरुलाई बहुमत ल्याउन कठिन छ, बहुमत ल्याउने एमालेले नै हो ।’ पूर्व प्रधानमन्त्रीसमेत… Continue reading कांग्रेसले ३०–३२ सीट मात्र जित्छ : ओली

काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

काठमाडौं । काठमाडौं उत्पयकामा आज यस वर्ष कै कम तापक्रम मापन भएको छ । बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो यस वर्षकै कम हो । यसअघि नोभेम्बर ३ मा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन भएको थियो । अझै… Continue reading काठमाडौंमा आज यस वर्षकै कम तापक्रम मापन

रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

Photo : the hindu

झारखण्ड । भारतको उत्तराखण्डमा बाबा रामदेवको कम्पनीका पाँच थरी औषधीको उत्पादनमा रोक लगाइएको छ। ‘भ्रामक विज्ञापन’ गरेको आरोपमा त्यस्तो कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्। द हिन्दु पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार पतञ्जलिका उत्पादन बनाउने दिव्य फार्मेसीलाई पाँच किसिमका औषधीको उत्पादन रोक्न उत्तराखण्डको अथोरिटीज अफ आयुर्वेदिक एन्ड युनानी सर्भिसेसले निर्देशन दिएको हो। योग गुरु… Continue reading रामदेवको कम्पनी पतन्जलीका ५ औषधी उत्पादनमा भारत सरकारले लगायो रोक

आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’… Continue reading आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आम मानिसलाई आकर्षित गर्न अनेक उपाय लगाउन माहिर छन् । यसै क्रममा मध्यरातमा केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब पुगेका छन् । जहाँ मध्यरातसम्म युवाहरुको ठूलो जमात रहने गर्छ । उनले क्लवमा पुगेर र्‍याप गीत सार्वजनिक गरे , ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार राती… Continue reading केपी शर्मा ओली जब एलओडी नाइट क्लवमा झुल्किए…

मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

Getty Images

काठमाडौं । अर्जेण्टिनाले विश्वकप खेल्ने टीमको घोषणा गरेको छ । सिनिरयर खेलाडी एन्जल डि मारिया तथा चोटग्रस्त पाउलो डिबला समेत अहिले टीममा समेटिएका छन् । विश्वकप ४ मंसिरबाट कतारमा शुरु हुँदैछ । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । यो विश्वकप स्टार फुटबलर लिओनल मेसीका लागि अन्तिम विश्वकप हुँदैछ । विश्वका… Continue reading मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

काठमाडौं । नेपाली क्रिकेट टीमको नयाँ कप्तानको जिम्मेवारी रोहित पौडेलले प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको हो । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध… Continue reading रोहित पौडेल बने नेपाली क्रिकेट टीमको नयाँ कप्तान

राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

Photo source : Gorakhapatra

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताइन् ।भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ… Continue reading राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन

नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

काठमाडौं । नेपाल साफ यू–१५ महिला च्याम्पियन बनेको छ । डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा शुक्रबार घरेलु टोली बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालका लागि सुशिला केसीले गोल गरिन्। बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन्। पहिलो हाफमै १–० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन… Continue reading नेपालले जित्यो महिला साफ यु-१५ को उपाधी

नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सले टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच भने समेटिएनन् । युवा स्टार जाभी सिमोन्सले टिममा स्थान बनाए । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा… Continue reading नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना

काठमाडौं । रोजगारीका लागि विदेशिनको संख्या केही मात्रामा घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको असोज महिनामा ६२ हजार ७०७ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् । गत भदौमा… Continue reading एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, उच्चदक्ष १४ जना

पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो

काठमाडौं । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब ४६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २०५ रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर… Continue reading पृथ्वीराजमार्ग विस्तारले गति लिँदै, ९० प्रतिशत रुख काटियो

‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैँ सकिने बताएका छन्। शुक्रबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने बताएका हुन्। उनले देश बिकासका सन्दर्भमा गठबन्धनलाई बोेकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौती दिए। ओलीले एक्लै चूनाव… Continue reading ‘एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिन्छन्’- ओली

कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी–४’ को अब डिजिटल प्रिमियर हुने भएको छ। शुक्रबारबाट नेपालको उदीयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो। बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो। चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। निर्देशक गुरुङले हलमा हेर्न… Continue reading कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध

काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र खुला रुपमा आगो बाल्न रोक लगाइएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो। खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ । महानगर क्षेत्रभित्र कसैले खुला… Continue reading काठमाडौंमा फोहोर जलाउन प्रतिवन्ध

विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

काठमाडौं । पोर्चुगलले आगामी विश्वकपका लागि टोली घोषणा गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्। अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर… Continue reading विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

काठमाडौं । चार पटकको च्याम्पियन जर्मनीले कतार फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको… Continue reading यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका… Continue reading दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेको मिस वर्ल्डले पुष्टी गरेको छ । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेटका मालिक हुन् । त्यस्तै विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक… Continue reading नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक

पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु

काठमाडौं । सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार चम्पा ट्रेकिङ प्रा.लि. काठमाडौंमार्फत ट्रेकिङ आएका विश्वकर्माको महाकुलुङ गाउँपालिका –१ बरुन्चे बेस क्याम्पमा मृत्यु भएको हो । मृत्युको कारण… Continue reading पदयात्रामा निस्किएका युवाको सोलुखुम्बुमा मृत्यु

विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरणमा सोधेको छ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार,… Continue reading विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण

भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । भारतलाई १० विकेटले हराउँदै टी-२० विश्वकपको फाइनलमा पुगेको छ । कप्तान जोस बटलर र एलेक्स हेल्सको शानदार ब्याटिङले इंग्ल्याण्ड फाइनलमा पुगेको हो । इंग्ल्याण्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । एडेलेड ओभरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।… Continue reading भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको फाइनलमा

आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै

पेरिस । विश्वका ठूला सूचना प्रविधि कम्पनी आर्थीक मन्दीमा पर्न थालेका छन् । मख्यगरी सामाजिक संजाल ट्वीटर, फेसबुक, मेटा लगायत कम्पनीले चर्को मन्दीको सामना गर्नुपरेको छ । ट्वीटरका नयाँ मालिक एलन मस्कले आफ्ना आधा कर्मचारीहरूलाई बर्खास्त गरको खबर आएको गत हप्तामा अर्को सामाजिक सञ्जाल सञ्चालकले कर्मचारी कटौतीको निर्णय गरेको छ । अमेरिकी प्रविधि कम्पनी मेटाले… Continue reading आर्थिक मन्दीको मारमा विश्वका ठूला सूचना प्रविधि कम्पनी, धमाधम कर्मचारी कटौती गर्दै

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२६ कम्पनीको १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच भएका छन्… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य

काठमाडौं । नेपालमै पहिलोपटक ललितपुरको कुपण्डोलस्थित वाग्मती किनारमा ‘पम्प ट्रयाक’ (उवाखबाड घुम्तीहरु भएको साइक्लिङ गर्ने ठाउँ) निर्माण भएको छ । पम्प फर पिस नामक संस्थाले ललितपुर महानगरपालिकाको सहकार्यमा निर्माण गरेको उक्त पम्प ट्रयाक बुधबारदेखि संचालनमा आएको हो । यो ट्रयाकमा उबडखाबड घुम्तीहरू हुन्छन् । यसमा माउन्टेन बाइकरले साहसिक यात्रा गर्छन् । उबडखाबड ट्रयाकमा साइकल उडाएर… Continue reading नेपालमै पहिलोपटक बन्यो ‘पम्प ट्रयाक’ साइक्लिङ पारखीका लागि उत्कृट गन्तव्य

नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको हो। यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ। सो खेलको एक भाग्यमानी दर्शकले कतारमा हुने विश्वकपको ब्राजिल र क्यामरुनबीचको… Continue reading नेपाल र पाकिस्तान खेलको टिकट मुल्य १ हजार र ५ सय, एक भाग्यमानीलाई विश्वकपको खेल हेर्न अवसर

अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने जनाएको हो । यसअघि नेपाल राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभाग तथा टक्सार महाशाखामा यस्तो व्यवस्था थिएन… Continue reading अब सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्यकालागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा छ । उम्मेदवार र एजेन्डाकै कारण जिल्लाबासीमा कुनै उत्साह छैन । विगतमा एक अर्कामा हारजित बेहोरिसकेका खड्का र गौतम स्वयम् तेस्रो पटक आमनेसामने भएका हुन् । तर, चुनावी माहोल भने कांग्रेसको जिल्ला सभापतिसमेत रहेका खड्काले खिचेका छन्… Continue reading गठबन्धनमा धोका नभए संखुवासभामा कांग्रेसका दीपक खड्काले बाजी मार्ने

अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

File Photo Source : CTV news

न्यूयोर्क । अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ। तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो। यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म… Continue reading अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण