आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न… Continue reading आन्तरिक उडानका लागि तीन वटा जहाज किन्दै नेवानि

महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

काठमाडौं । प्रचण्ड गर्मीका कारण भारतको महाराष्ट्र राज्यमा आयोजित एक सम्मान समारोहमा सहभागी १२ जनाको मृत्यु भएको छ भने अन्य थुप्रैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। चर्को घाम लागेको बेला सरकारद्वारा प्रायोजित घण्टौँ लामो कार्यक्रम खुला मैदानमा भएको थियो। प्रतिष्ठित सामाजिक अभियन्ता सम्मानार्थ आइतवार आयोजित कार्यक्रममा हजारौँ मानिस उपस्थित थिए। कार्यक्रममा आएका धेरै मानिसले… Continue reading महाराष्ट्रमा प्रचण्ड गर्मीका कारण १२ जनाको मृत्यु

मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ

काठमाडौं । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्‍ने ५१ वर्षीया बिमला थापा रहेकी छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको… Continue reading मलेसिया पठाउँछु भन्दै ठगी गर्ने एक महिला पक्राउ

सूर्यग्रहण नेपालबाट नदेखिने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । यस वर्ष वैशाख ७,… Continue reading सूर्यग्रहण नेपालबाट नदेखिने

नेपालमा थप १०४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७१ जनाको पीसीआर परीक्षण गर्दा ६३ जना र १०६१ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख २ हजार २४१ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १०४ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु

रवि भन्छन्– ‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको विषयलाई लिएर स्तरहीन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापाको स्वास्थ्यमा सुधार आइरहेको समेत जनाकारी दिएका छन् । उनले भनेका छन् -‘आज बिहान प्रिय शम्भु भाइ( मेरो गाडी… Continue reading रवि भन्छन्– ‘मौका छोपेर स्तरहीन राजनीतिकरण नगर्नु होला’

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा झरेको हो । यसदिन ९२ करोड ७८ हजार ५७१ रुपैयाँको ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि

स्वतः रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । दूरसञ्चार ऐन अनुसार सरकारलाई बुझाउनु पर्ने २८ अर्ब रुपैयाँ नबुझाएपछि लाइसेन्स खारेज भएको हो । नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ भदौमै लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । तर मन्त्रिपरिषदले उक्त रकम ५ किस्तामा तिर्न भनेर २०८० वैशाख ३ गतेसम्मको समय… Continue reading स्वतः रद्द भयो स्मार्ट टेलिकमको लाइसेन्स

रवि लामिछानेका निजी चालक थापा भेन्टिलेटरमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। चितवनको भरतपुर-११ मा रहेको लामिछानेको घरको छतमा सुतेका थापा सोमबार बिहान चार बजेतिर भुइँमा खसेका थिए । छतबाट खसेर गम्भीर घाइते भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय थापालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको… Continue reading रवि लामिछानेका निजी चालक थापा भेन्टिलेटरमा

संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को डाकेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ । सोमबार बिहान बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबीच संवैधानिक परिषद्को बैठक राख्ने सहमति गरेका हुन्। सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको… Continue reading संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक, निजी पूर्वाधान निर्माण, मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन दिर्देशन दिएको हो । महानगर क्षेत्रमा संरचना निर्माणका क्रममा सडक छेउ र पेटीमा राखिने निर्माण सामग्रीले दुर्घटनाको जोखिमसँग पैदलयात्रीलाई हिंड्नसमेत अप्ठेरो हुने गरेको छ ।… Continue reading सडक पेटीमा निर्माण सामग्री नराख्न महानगरपालिकाको आह्वान

रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित एक घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् । स्थानयि संचारमाध्यमहरुका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार… Continue reading रवि लामिछानेको सवारी चालक घरको छतबाट खसेर गम्भीर घाइते

नयाँ परराष्ट्र मन्त्रीलाई समकक्षीको बधाई

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतका विदेशमन्त्री एस। जयशंकरले बधाई दिएका छन् । जयशंकरले ट्विटरमार्फत् मन्त्री साउदलाई बधाई दिएका हुन् । साउदलाई बधाई दिँदै जयशंकरले ट्विटरमा लेखेका छन्,‘हाम्रो बहुआयामिक साझेदारीलाई बलियो बनाउन आगामी दिनमा सँगै काम गर्ने आशा राखेको छु । तपाईँको नयाँ भूमिकामा सफलताको शुभकामना छ ।’ साउद आइतबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालबाट… Continue reading नयाँ परराष्ट्र मन्त्रीलाई समकक्षीको बधाई

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

ekantipur

काठमाडौं । भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनी धनगढी आएका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट आएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरे । सुदूरपश्चिम… Continue reading भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख नेपालमा

अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

agency

काठमाडौं । अमेरिकाको अलबामामा जन्मदिनको पार्टी भइरहेका बेला गोली चल्दा चार जनाको ज्यान गएको छ । २८ जना घाइते भएका छन् । डाडेभिल सहरमा एक किशोरको जन्मदिन मनाइरहेका बेला गोली चलेको बीबीसीले जनाएको छ । घटनास्थललाई प्रहरीले घेराबन्दी गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको भत्सर्ना गरेका… Continue reading अलबाबामा जन्म दिनको पार्टी मनाइंरहँदा अन्धाधुन्द गोली, कम्तिमा ४ जना मारिए

काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने छ। महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै… Continue reading काठमाडौं उपत्यकामा आज पनि हावा प्रदुषित

दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

प्रतिकात्मक तस्वीर

काठमाडौं । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका(८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे आफैंलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए । गोली लागेर हवल्दार केसीको घटनास्थलमै मृत्यु भएको डीएसपी मल्लले बताए ।… Continue reading दाङमा सशस्त्र प्रहरीले आफैलाई गोली हानी आत्महत्या

एमाले अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौं । भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।” आगामी वैशाख… Continue reading एमाले अध्यक्ष ओली अस्वस्थ्य

भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

ANI\BBC

काठमाडौं । भारतमा अपहरणमा दोषी ठहर गरिएका एक जना पूर्व राजनीतिज्ञलाई उनका भाईसँगै टेलिभिजनमा प्रत्यक्ष कुराकानी गरिरहेको बेलामा हत्या गरिएको छ। अतिक अहमद र उनका भाइले पत्रकारहरूसँग सुरक्षा घेरामा कुरा गरिरहँदा तीन जना बन्दुकधारीले अलाहवाद पनि भनिने प्रयागराजमा उनको टाउकोमा गोली हानेका हुन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हमलाकारी पत्रकारको भेषमा थिए। उक्त हत्यापछि तीन जनालाई नियन्त्रणमा… Continue reading भारतमा पूर्व सांसदलाई प्रहरी घेरा भित्र टेलिभिजन लाइभ चल्दाचल्दै गोली हानेर हत्या

नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई कम्पनीले फ्लाइङ स्कुलको पहिलो पटक अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै वर्षौांदेखि मन्त्रालयमा रोकिएका दुई स्कुललाई इजाजत दिइएको मन्त्री किरातीले जानकारी… Continue reading नेपालमा पाइलट उत्पादन गर्न दुई स्कुलले पाए अनुमति

राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेको राष्ट्रपति कार्यालय स्रोतलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात् २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने… Continue reading राष्ट्रपति बेलायत भ्रमणमा जाने तयारी

आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बनेका छन् । उनले शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे । साउद तेस्रोपटक मन्त्री बनेका छन् ।… Continue reading आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा साउद

एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि हुने एसिसी मेन्स प्रिमियर कपका लागि नेपाली टोली घोषणा गरेको छ। घरेलु मैदानमा हुने प्रतियोगिताका लागि १४ सदस्यीय टिम सार्वजनिक गरेको हो । प्रतियोगिताका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले चार खेलाडीलाई वैकल्पिकमा राखेका छन् । रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोलीमा पछिल्लो पटक घरेलु मैदानमा… Continue reading एसीसी प्रिमियर कपका लागि नेपाली क्रिकेट टिमको घोषणा

चीनलाई बाँदर बेचियोस्, कि मार्ने अनुमति दिइयोस्

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक नियन्त्रण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले श्रीलंकाले जस्तै आर्थिक संकट समाधान गर्न चीनलाई बाँदर बेचियोस् या त बाँदर मार्ने अनुमति दिइयोस् भन्ने माग गरे । ‘देशमा बाँदर आतंक छ’ खतिवडाले भनेका छन्, ‘मैले एउटा समाचार पढेको थिएँ ।… Continue reading चीनलाई बाँदर बेचियोस्, कि मार्ने अनुमति दिइयोस्

‘संसदमा सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गरौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गणपूूरक संख्या नपुगेर संसद् बैठक रोकिएकोमा आपत्ति जनाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्‌मा हाजिर गर्ने र छोडेर जानेको संख्या बढ्ने बताए । ‘गत २९ गतेको बैठकमा हाजिर गर्ने १६२ मान्य हुनुहुन्थ्यो । बेलुका जम्मा ६१ जनामात्र । यसलाई बोलिचालीको भाषामा… Continue reading ‘संसदमा सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गरौं’

जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

REUTERS\BBC

काठमाडौं । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रममा आक्रमण भएको छ । यद्दपी उनको प्रअरीले सुरक्षित उद्धार गरेको छ । उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको बीबीसीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले सन्दिग्ध ठानिएका व्यक्तिलाई नियन्त्रणमा लिएका तस्बिरहरू सार्वजनिक… Continue reading जापानमा पुनः प्रधानमन्त्रीमाथि सार्वजनिक कार्यक्रममा आक्रमण

सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

काठमाडौं । सुडानको सेना र अर्धसैनिक समूहबीच भएको लडाइँमा कम्तीमा २५ जनाको ज्यान गएको छ । अरु १ सय ८३ जना घाइते भएका छन् । सुडानी सेना र र्यापिड सपोर्ट फोर्स अर्धसैनिक समूह (आर.एस.एफं) बीच झडपका घटना भैरहेका छन् । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा… Continue reading सुडान भिडन्तमा कम्तिमा २५ जनाको मृत्यु

बैतडीमा एक युवकको हत्या

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको… Continue reading बैतडीमा एक युवकको हत्या

२७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

काठमाडौं । मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले शनिबार जिब्रो छेडेका हुन् । जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।… Continue reading २७ वर्षिय सुजनले बिस्काः जात्राका लागि छेडाए जिब्रो

आज मन्त्रिपरिषद् बिस्तार हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक… Continue reading आज मन्त्रिपरिषद् बिस्तार हुँदै