राहुल गान्धीको सांसद पद खारेज

एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो । गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।… Continue reading राहुल गान्धीको सांसद पद खारेज

मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आज प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मत प्रस्तावका पक्षमा ६७ मत आएको छ भने विपक्षमा १७ मत मात्रै आएको छ। ७ जना सांसद भने तटस्थ बसेका छन्। बागमती प्रदेश सभामा ११० जना सांसद छन्। आज जम्मा ९१ जना सांसद उपस्थित भएका… Continue reading मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

खाना पकाउन दाउरा प्रयोग गर्ने ५१ प्रतिशत, अझै २.९ प्रतिशत गुइँठाको भरमा

काठमाडौं । देशका आधाभन्दा बढीले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेको पाइएको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ/दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ । अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३… Continue reading खाना पकाउन दाउरा प्रयोग गर्ने ५१ प्रतिशत, अझै २.९ प्रतिशत गुइँठाको भरमा

लेख्न पढ्न जान्दैनन् साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनगणनाको प्रतिवेदन सार्वजनिक गरेका हुन्। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। गएको एक दशकमा साक्षर हुने नेपालीको संख्या ७६ प्रतिशत पुगेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।… Continue reading लेख्न पढ्न जान्दैनन् साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले वि.सं २०७८ भएको जनगणनाको अन्तिम नतिजा सार्वजानिक गरेको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् । जसअनुसार नेपालको जनसंख्या नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। नेपालमा एक करोड ४२ लाख ५३… Continue reading नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन लगाएर १२ औँ राष्ट्रिय जनगणना गरेको थियो । कार्यालयले ८० भन्दा धेरै प्रश्नका जवाफ लिएर जनगणना सङ्कलन गरेको थियो ।… Continue reading जनगणनाको अन्तिम प्रतिवेदन आज सार्वजनिक गरिँदै

गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष… Continue reading गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर गरेको भन्दै १० हजार जरिबाना गरेको छ । महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं ९ का सानोकान्छा भारतीलाई १० हजार जरिबाना गरेको जनाएको छ । घर निर्माण गर्दा उत्पादित फोहोर सडक पेटीमा फालेको भन्दै महानगरपालिकाले प्रशासनिक दण्ड जरिबाना अन्तर्गत भारतीलाई १० हजार नगद रुपैयाँ तिराएको हो ।… Continue reading काठमाडौंमा घर बनाउँदा सडक पेटीमा फोहोर गर्नेलाई १० हजार जरिवाना

गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार ७२ रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले १२ वैशाख २०७२ को विनाशकारी महाभूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन सहयोग गरेको हो । एनआरएनएले बालुवाटारस्थित… Continue reading गैरआवासीय नेपाली संघद्धारा आविष्कार केन्द्रलाई कृषि सामग्री सहयोग

राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक… Continue reading राजस्व चुहावटविरुद्ध अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

KREMLIN.RU/AFP

काठमाडौं बीबीसी । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ। रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।… Continue reading युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव

काठमाडौं\रासस । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग प्रस्ताव गरेकी छन्। भारतका सञ्चार राज्यमन्त्री देभुसिन्ह चौहानसँग बुधबार नयाँदिल्लीमा भएको छलफलमा उनले उक्त प्रस्ताव गरेकी हुन्। ‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बसोबास गर्ने नेपालीले नेपालमा टेलिफोन गर्दा अधिक शुल्क लाग्ने गरेको… Continue reading नेपालबाट भारतमा फोन गर्दा लाग्ने शूल्कको दर घटाउन नेपालको प्रस्ताव

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने भएको छ । यी क्षेत्रमा मेघगर्जनसहित केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ। देशका पहाडी भू–भागमा आंशिक बदली छ। देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

काठमाडौं । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाको खालबाट पक्राउ परेका छन् । उनीहरुको साथबाट तीन लाख बढी नगद बरामद भएको छ । मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीले मझेरी क्याफेका सञ्चालक दिलीप गिरीसहित १६ जनालाई पक्राउ गरेको जनाएको छ… Continue reading भक्तपुरमा जुवाको खालबाट १६ जना पक्राउ

तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजना समयमै निमार्ण सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्दै उक्त निर्देशन दिएको हो । एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी… Continue reading तनहुँ जलविद्युत आयोजनाको निर्माण छिटो सक्न निर्देशन

यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

काठमाडौं । यातायात कार्यालय इटहरीका ३ उपसचिव भ्रष्टाचारी ठहर भएका छन् । उनीहरुलाई विशेष अदालतले आठ वर्ष कैद सजाय तोकेको छ । यातायात कार्यालय इटहरीको राजस्व हिनामिनाको घटनामा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाललाई दोषी ठहर गरेको हो । बुधबार… Continue reading यातायात कार्यालयका तीन उपसचिव भ्रष्टाचारी ठहर

प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । प्रतियोगितको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० ले हराएको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत गोल गर्दै खाता खोलेका थिए । ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड… Continue reading प्रधानमन्त्री त्रिदेशीय फूटबल : नेपालको विजयी सुरुवात

वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । यो योजनाको काठमाडौंमा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गरे । इजरायलमा रहेकी मञ्जु थपलियाको पहिलो इनरोल रजिस्ट्रार गरिएको छ । प्रधानमन्त्री प्रचण्डले थपलियाका श्रीमान् पत्रकार गोपाल सङ्ग्रौलालाई कोषमा आबद्ध भएको परिचयपत्र हस्तान्तरण गरे । वैदेशिक… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिकको सामाजिक सुरक्षा योजना लागू

एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य एक दिने २ हजार रुपैयाँले घटेको छ । मंगलबार तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ७ हजार ४… Continue reading एकैदिन प्रतितोला २ हजार रूपैयाँ घट्यो सुनको भाउ

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं । दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका(४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय… Continue reading ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, घटनास्थलमै तीन जनाको मृत्यु

अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् । मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो विपद् व्यवस्थापन मन्त्री… Continue reading अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

संचारमन्त्री शर्मा भारत भ्रमणमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् । मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् । मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ । नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय… Continue reading संचारमन्त्री शर्मा भारत भ्रमणमा

वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध

File

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार… Continue reading वैदेशिक रोजगारीमा गएका श्रमिक आजबाट सामाजिक सुरक्षामा आवद्ध

राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । पहिलो पटक टिममा स्थान बनाउने खेलाडीमा गोलकिपर अभिषेक बराल, डिपेन्डरद्वय सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डद्वय नवीन लामा र मणिकुमार लामा तथा फरवार्डद्वय सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले पहिलो पटक राष्ट्रिय टिममा… Continue reading राष्ट्रिय फुटबल टिमको घोषणा, ७ नयाँ अनुहार

प्रचण्डविरुद्ध काठमाडौंमा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध बानेश्वरमा नाराबाजी भएको छ। कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा… Continue reading प्रचण्डविरुद्ध काठमाडौंमा नाराबाजी

‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । कुराकानीको क्रममा भनेका छन्,‘मैले आइसिसी र जय भाई (बिसिसिआई सचिव तथा एसिसी अध्यक्ष जय शाह) लाई भनेको छु । स्कटल्यान्ड र आयरल्यान्डले पनि इंग्ल्यान्डमा खेल्छन् । हाम्रो टोलीलाई भारत र रणजी ट्रफी खेल्न अनुमति… Continue reading ‘नेपाललाई भारतमा खेल्न दिए चार वर्षमा टेष्ट राष्ट्र हुनेछौं’

उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले भोलिदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् । चैत ५ गतेसम्म आयोगमा दर्ता… Continue reading उपनिर्वाचनको प्रयोजनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा जारी छ । यस्तो वर्षा आज पनि जारी छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। मंगलबार दिउँसो सामान्यदेखि पूर्ण… Continue reading काठमाडौंमा वर्षा जारी, अन्य स्थानको मौसम कस्तो ?

वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दुई विदेशी कम्पनी मार्फत झण्डै दुई अर्ब बराबरको विदेशी लगानी भित्र्याएको छ । सोमबार पत्रकार सम्मेलन गरेर कम्पनीले दुई विदेशी कम्पनी मार्फत १ अर्ब ९८ करोड रुपैयाँ विदेशी लगानी भित्र्याएको जानकारी दिएको हो । वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्ट ९बीआईआई०बाट एक अर्ब २० करोड र डोल्मा इम्प्याक्ट फण्डबाट ९०… Continue reading वर्ल्डलिंकमा भित्रियो २ अर्ब विदेशी लगानी

अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । नेपाल उद्योग परिसंघको आयोजनामा आगामी साता महिला शिखर सम्मेलन आयोजना हुने भएको छ । सम्मेलन आगामी ११ र १२ चैतमा आयोजना हुने परिसंघले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनको तयारी पुरा भएको परिसंघको भनाइ छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा हुन लागेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको सोमबार… Continue reading अन्तर्राष्ट्रिय महिला शिखर सम्मेलन काठमाडौंमा हुने