कांग्रेसको विरोध, ‘कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको आलोचना गरिरहेका थिए । आफू नेतृत्वको सरकार हटेर कांग्रेस नेतृत्वको सरकार बनेपछि अहिलेको सरकार बन्दासम्मको अवधिमा अर्थतन्त्रमा देखिएको नाकारात्मक सूचकलगायका बारेमा बताइरहेका थिए । सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारका न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी दिइरहेका थिए । ओलीले बोल्दाबोल्दै नेपाली कांग्रेसका सांसद… Continue reading कांग्रेसको विरोध, ‘कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)१.५४ अंकले बढेर २०९६.०८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २५८ कम्पनीको १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँ बराबरको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

‘कांग्रेस पानीबिनाको माछा जस्तै भयो,देश अस्थिरतातिर लाने खेल हुन थालेको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको बताएका छन्। प्रतिनिधिसभाको आइतवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले कांग्रेसमाथि प्रहार गरेका हुन्। ‘यो सरकार बनेदेखि देशमा उत्साह जागेको छ। तर देशलाई फेरि अस्थिरतातिर लाने खेल हुन थालेको छ। यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ ।… Continue reading ‘कांग्रेस पानीबिनाको माछा जस्तै भयो,देश अस्थिरतातिर लाने खेल हुन थालेको छ’

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा मोबाइल प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेको छ । बैठकबाट सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिँदैछ। बैठकलगत्तै पार्टी सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने बताएका छन्। बैठकको गोपनीयता कायम राख्न नेताहरूलाई मोबाइल बोक्न रोक लगाइएको स्रोतले जनाएको छ । यसअघि बैठककै क्रममा सञ्चारमाध्यममा… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकमा मोबाइल प्रतिबन्ध

संसद बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। दिउँसो १ बजेबाट जारी प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अनुपश्चित भएका हुन्। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक चलिरहेका कारण सांसदहरु प्रतिनिधिसभा बैठकमा अनुपस्थित नभएको जनाइएको छ। रास्वपाले आजको बैठकबाट सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिँदैछ। बैठकलगत्तै पार्टी सभापति… Continue reading संसद बैठकमा उपस्थित भएनन् रास्वपाका सांसद

चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले बनायो ध्वस्त, चीनको प्रतिक्रिया के ?

Sky news

अमेरिकी आकासमा केही दिनयता देखिएको चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले खसालेको छ । अमेरिकाले स्पाई बलुनलाई खसालिएको छ, जसलाई उसले चिनियाँ जासुस बलुन भनेको थियो । अमेरिकी रक्षा मन्त्रालयले लड़ाकू विमानले चिनियाँ बलुनलाई अमेरिकाको समुद्री सीमा अटलान्टिक महासागरमा झारेको बताएको छ । शनिवार अमेरिकी सेनाले यसका लापग अभियान चै चलाएको थियो । यस अभियानका दौरान… Continue reading चिनियाँ बलुनलाई अमेरिकी फाइटर जेटले बनायो ध्वस्त, चीनको प्रतिक्रिया के ?

नेपालको पहिलो गभर्नर राणाको निधन

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । राणाका ज्वाईं तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापालाई उदृत गर्दे सञ्चारमाध्यमले यसको पुष्टी गरेका छन् । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि… Continue reading नेपालको पहिलो गभर्नर राणाको निधन

चिलीमा अत्यधिक गर्मीका कारण कम्तिमा १३ को मृत्यु

Martin Bernetti / AFP / Getty

काठमाडौं । चिलीमा अत्यधिक गर्मीका कारण कम्तिमा १३ जनाको ज्यान गएको छ । मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर (३५ हजार एकड) क्षेत्रफलमामा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भएको हो । राजधानी सान्टियागोबाट करिब… Continue reading चिलीमा अत्यधिक गर्मीका कारण कम्तिमा १३ को मृत्यु

स्वस्थानी व्रत आजबाट सकिने

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आजबाट सकिँदेछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो । स्वस्थानी व्रत कथामा स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई भन्ने र सुन्ने गरिन्छ । विधिपूर्वक एक महिने व्रत… Continue reading स्वस्थानी व्रत आजबाट सकिने

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशको पहाडी भू भागमा आंशिक बदली हुने भएको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु र कुहिरो लागेको छ। आइतबार दिउँसो प्रदेश नं. १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ।… Continue reading यस्तो रहनेछ आजको मौसम

रास्वपाको शनिबार राती बसेको बैठक निष्कर्षविहिन, आज पुनः बस्ने

काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई शनिबारसम्मको अल्टिमेटम दिएको थियो । तर, सो दिनसम्म प्रधानमन्त्री प्रचण्डबाट ग्रिन सिग्नल नपाएको रास्वपाले शनिबार राती बैठक डाक्यो । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाइएको थियो । मध्यरातसम्म चलेको बैठकमा कुनै निष्कर्ष आउन सकेन । सोहीकारण संयुक्त बैठक आजका… Continue reading रास्वपाको शनिबार राती बसेको बैठक निष्कर्षविहिन, आज पुनः बस्ने

श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री राईको भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग भेटवार्ता गरेकी छिन् । उनीहरुबीच शनिबार साँझ शिष्टाचार भेटवार्ता भएको हो । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले राष्ट्रपति विक्रमासिंघेसँग भेटवार्ता गरेकी हुन् । मन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।… Continue reading श्रीलंकाका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री राईको भेटवार्ता

गृह मन्त्रालयबारे अझै लागेन टुंगो

काठमाडौं । गृह मन्त्रालयबारे शनिबार समेत कुनै निर्णय हुन सकेन । यद्दपी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालको भनाइ थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार… Continue reading गृह मन्त्रालयबारे अझै लागेन टुंगो

बानेश्वरमा बाबु-छोरी मृत फेला

काठमाडौं । काठमाडौंको बानेश्वरमा बुवा–छोरी मृत भेटिएका छन् । शनिबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका १० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा–छोरी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जनाएका छन् । रामेछाप खाँडादेवी गाउँपालिका ८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया… Continue reading बानेश्वरमा बाबु-छोरी मृत फेला

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज राष्ट्रिय सवतन्त्र पार्टीले गृह मन्त्रालय दिन दिएको अल्टिमेटमको अन्तिम दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ । भेट प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । पछिललो समय सत्ता गठबन्धनमा… Continue reading प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

नयाँ दिल्लीको सडकबाट एक साथ हटाइंदैछ ५४ लाख कार, यस्तो छ कारण

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको सडकमा गडिरहेका ५४ लाख भन्दा धेरै गाडी अब हटाइने भएको छ । भेइकल स्क्रेप पोलिसी अन्तर्गत दिल्ली परिवहन विभागले यस्तो कदम उठाउन लागेको हो । सवारी साधन चलाउन तोकिएको भन्दा बढी समय नाघेका कारहरु यसरी कारवाहीमा पर्ने भएका हुन् । भारतको राजधानीसहितका शहर अधिक प्रदुषणका कारण विभिन्न स्वास्थ्य… Continue reading नयाँ दिल्लीको सडकबाट एक साथ हटाइंदैछ ५४ लाख कार, यस्तो छ कारण

एक बेलुनका कारण अमेरिका–चीन बहसमा

Sky news

काठमाडौं\बीबीसी । यसै साता अमेरिका र क्यानडाको आकाशमा देखिएको एक सन्दिग्ध बलुन गैर सैनिक भएको र मौसम अनुगमनका लागि छोडिएको चीनले बताएको छ। जासुसी उपकरण जडित भएको आशङ्कामा अमेरिकाले निगरानी गरिरहँदा चीनले उक्त बेलुन निर्धारित बाटो बिराएर गएको प्रस्टीकरण दिएको हो। चिनियाँ विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै उक्त बलुन अनपेक्षित रूपमा अमेरिकी हवाई क्षेत्रमा… Continue reading एक बेलुनका कारण अमेरिका–चीन बहसमा

अपरिचित लिंक र एप नखोल्न प्रहरीको आह्वान

काठमाडौं । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको छ । अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ… Continue reading अपरिचित लिंक र एप नखोल्न प्रहरीको आह्वान

गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय दिनुपर्ने मागसहित प्रधानमन्त्रीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिने भएको छ । तर, अहिलेसम्म यस बारे कुनै सहमति जुटिसकेको छैन । रास्वपा सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय आफैँसँग राख्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अडान छ । बिहीवार बसेको रास्वपा केन्द्रीय सदस्य र… Continue reading गृह मन्त्रालयबारे रवि लामिछानेले दिएको अल्टिमेटम आज सकिँदै

कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पाललाई ८२ करोड रुपैयाँको चिट्टा परेको छ । अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेको कम्पनीले जनाएको छ । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट… Continue reading कतारमा एक नेपालीलाई पर्यो ८२ करोड रुपैयाँको चिट्टा

मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा रहेका नेपाली कामदारको हित, सुरक्षा र कल्याणको विषय सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माइलसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाली कामदारको हितका विषयमा छलफल गरेका छन् । “मलेसिया सरकारले नेपाली श्रमिकलाई प्रदान गर्दै आएको वातावरणका लागि… Continue reading मलेसियामा रहेका नेपाली कामदारको सुरक्षामा प्रधानमन्त्रीको चासो

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

काठमाडौं । बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जनाको गिरोह पक्राउ परेको छ । ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशीया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए । सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न रहेका आठ जनालाई… Continue reading बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने गिरोह पक्राउ

सर्वाेच्चको आदेश : बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

काठमाडौं । सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा (सङ्घ, प्रदेश र स्थानीय) कार्यरत बहालवाला कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको छ । नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला… Continue reading सर्वाेच्चको आदेश : बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू

नेपाल एयरलाइन्सका आन्तरिक उडानका टिकट अब अनलाइनबाटै

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा इ–टिकेटिङ सुरू गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत काट्न सक्ने भएका छन्। ‘नेपाल वायुसेवा निगमले यात्रुहरूको सहजताका लागि हाललाई ई-सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,’ निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। निगमले… Continue reading नेपाल एयरलाइन्सका आन्तरिक उडानका टिकट अब अनलाइनबाटै

सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न दिएको आदेशको कैफियत प्रतिवेदन झिकाउर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी… Continue reading सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

काठमाडौं । ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् ।बिहीबार पक्राउ परेका उनलाई कैलाली प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतले कारागार चलान गरेको हो । ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्षअगाडि नै दोषी ठहर… Continue reading नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

मिस नेपालका लागि आवेदन खुला

काठमाडौं । द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुला गरेको छ । द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न लागिएको जानकारी गराए । उनले मिस नेपाल २०२३ को फाइनल प्रतियोगिता दुई हजार आठ सय दर्शकको क्षमता भएको ललितपुरको गोदावरीस्थित सनराइज कन्भेसन सेन्टरमा हुने समेत जानकारी दिए ।… Continue reading मिस नेपालका लागि आवेदन खुला

भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेको पाइएको छ । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको सरकारी सञ्चारमाध्यम गोरखापत्रमा उल्लेख छ । बेचबिखनमा परेकी किशोरी कुवेतमा पुर्याई यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको सूचनापछि कुवेतमा रहेको नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको… Continue reading भिजिट भिषामा दुबई पुगेकी युवती बेचबिखनमा परेपछि…

गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, गृहमन्त्रालय लगायत विषयमा छलफल हुने बताइएको छ । बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको समेत… Continue reading गृह मन्त्रालय विवादबारे आज माओवादीले पार्टी भित्र छलफल गर्दै

सन्दीपलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा आज सुनुवाई

काठमाडौं । बलात्कारको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि जेलमा थिए । तर, उनलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेशपछि अहिले उनी राष्ट्रिय टीममा समेत परिसकेका छन् । यो निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज पहिलो सुनुवाइ हुँदैछ । मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको… Continue reading सन्दीपलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा आज सुनुवाई