कस्तो रहनेछ आजको मौसम ?

Photo : TKP

काठमाडौं । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु लागेको छ। देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागले आज दिउँसो प्रदेश– १ र गण्डकी प्रदेशका भू–भागमा आंशिक… Continue reading कस्तो रहनेछ आजको मौसम ?

सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

काठमाडौं । कुनै बेला अलग्गै देश रहेको सिक्किम भारतमा बिलय भएको चार दशक भइसक्यो । तर भारतीय सर्वोच्च अदालतले त्यहाँका नेपालीभाषी जनतालाई आप्रवासी विदेशीको हैसियत दिँदै फैसला गरेको छ । त्यसको विरोधमा अहिले सिक्किमभरी विरोध प्रदर्शन भइरहेको छ । भारतीय सर्वोच्च अदालतले पछिल्लो एक फैसलामा सिक्किममा रहेका नेपाली भाषा बोल्ने नागरिकलाई आप्रवासी र विदेशी करार… Continue reading सिक्किमका नेपालीभाषी ‘विदेशी आप्रवासी’ भएको अदालतको फैसला

सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई २ दिनको समय दिएको छ । गृह मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएपछि रास्वपाले सरकार छाड्ने तयारीका साथ केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठक बोलाएको थियो । बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवं एमाले अध्यक्ष केपी… Continue reading सरकारबाट तत्काल नबाहिरिने र गृहबारे निर्णय लिन २ दिनको अल्टिमेटम दिने रास्वपाको निर्णय

सन्दीप राष्ट्रिय टीममा परे

काठमाडौं । नेपालको राष्ट्रिय टीममा सन्दीप लामिछानेलाई बोलाइएको छ । आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गर्दा उनलाई पनि समावेश गरिएको हो । दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो।… Continue reading सन्दीप राष्ट्रिय टीममा परे

सांसद अरुण चौधरी पक्राउ

काठमाडौं । ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ परेका छन् । आगजानी मुद्दामा अदालतबाट दोषी ठहर भएका उनी बाँकेको वैजनाथ गाउँपालिका–२, गावरबाट आज पक्राउ परेका हुन् । २०७० सालमा ट्याक्टरमा आगो लगाएको घटनामा जिल्ला… Continue reading सांसद अरुण चौधरी पक्राउ

दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से)२२.१२ अंकले घटेर २०९४.५४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २५७ कम्पनीको २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार

रविलाई न्याय गर्नु पर्ने भन्दै एक युवकले गरे आत्मदाहको प्रयास

काठमाडौं । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको हो । ।

आलोचकलाई रविको जवाफ-म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा मौनता तोड्ने बताउँदै लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’ अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका… Continue reading आलोचकलाई रविको जवाफ-म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हो’

नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ… Continue reading नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ रेकर्ड

माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा माघ १९ गतेलाई कालो दिनका रुपमा स्मरण गरिँदैछ । वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य गरी आफ्नो हातमा सत्ता हत्याएको दिन हो । आजकै दिन प्रजातान्त्रिक व्यवस्थामाथि धावा वोल्दै पूर्व राजा ज्ञानेन्द्रको निरङकुश राजतन्त्रले सत्ता हत्याएकोले आजको दिनलाई कालो… Continue reading माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

rss

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला भारतको उत्तर प्रदेशस्थित अयोध्या पु¥याइएको छ । सो क्रममा स्थानीयले भब्य स्वागत गरेका छन् । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन शिला नेपालबाट लगिएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका… Continue reading नेपालको कालिगण्डकीबाट लगिएका दुई देवशिला अयोध्या पुर्याइयो, भब्य स्वागत

युक्रेनले भन्यो : रुसले २४ फेब्रुअरीमा ठूलो आक्रमणको योजना बनाइरहेको छ

Efrem Lukatsky–AP

काठमाडौं\बीबीसी । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुन सक्ने चेतावनी दिएका छन्। अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गत वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताए। फेब्रुअरी २३ मा सेनाहरूप्रति समर्पित उत्सव मनाइने रुसी डिफेन्डर अफ फादरल्यान्ड डेकै सेरोफेरोमा… Continue reading युक्रेनले भन्यो : रुसले २४ फेब्रुअरीमा ठूलो आक्रमणको योजना बनाइरहेको छ

त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलमा ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी दुबईबाट आएका थिए । युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको जनाइएको छ । मोहमदको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन बरामद भएको हो । ती क्यानेडियन नागरिकले कम्मरमा फल्स… Continue reading त्रिभुवन विमानस्थलमा ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलंकाको राजधानी कोलम्बो जाँदैछिन् । उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने भएको छ । श्रीलंकाका राष्ट्रपति बिक्रमासिंघेको सचिवालयले ७५औं स्वतन्त्रता दिवसको… Continue reading परराष्ट्र मन्त्री राई आज श्रीलंका प्रस्थान गर्ने

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मुुलुकका पहाडी भेगमा बिहीबार आंशिक बदली भएको छ । अन्य भेगमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भागमा हुस्सु लागेको छ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा… Continue reading यस्तो रहनेछ आजको मौसम

जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

काठमाडौं । नेपालमा जनवरी २०२३ मा ५५ हजार ७४ जना पर्यटक भित्रिएका छन् । यसमा सबैभन्दा धेरै पर्यटक भारतीय छन् । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएयता जनवरी महिनामा सबैभन्दा धेरै पर्यटक यस वर्ष आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ४३६ जना पर्यटक आएका थिए । सन् २०२१ मा मात्र… Continue reading जनवरीमा आए ५५ हजार पर्यटक, अमेरिकी दोस्रो स्थानमा

टुकुचा उत्खननमा अदालतले दियो घरधनीको पक्षमा फैसला

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ । बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गैरकानुनी भन्दै जग्गाधनीको पक्षमा फैसला गरेको हो । काठमाडौं महानगरपालिकाले १३० वर्षअघि भूमिगत गरिएको टुकुचा खोला उत्खनन गर्न सुरु… Continue reading टुकुचा उत्खननमा अदालतले दियो घरधनीको पक्षमा फैसला

किसानलाई दिन्छु भनेको क्षतिपूर्ति पाउन अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका छन् । बुधबार संसद्‌मा बोल्दै थापाले साना किसानले राज्यबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएको बताएका हुन् । ‘बैंकको ऋणले थिचिएका साना किसानहरूले अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ? समिति बनाउने हो ?’ सरकारलाई प्रश्न गरे । उनले क्षतिपूर्ति बापत् किसानलाई दिन्छु… Continue reading किसानलाई दिन्छु भनेको क्षतिपूर्ति पाउन अप्रिय निर्णय नगरुनजेल कुर्ने हो ?

भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । बुधबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ) सहयोग गर्ने उल्लेख छ । तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ… Continue reading भारतले घटायो नेपाललाई दिने सहयोग रकम, सबैभन्दा धेरै भुटानका लागि गर्ने

झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।। साताको कारोबारको चौथो दिन शेयर बजार मापक सूचक (नेप्से) ४.९७ अंकलेबढेर २११६.६५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २६१ कम्पनीको १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रुपैयाँ बराबरको ५० लाख २४ हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading झिनो अंकले बढ्यो नेप्से, १ अर्ब ७६ करोडको कारोबार

बागलुङमा पेट्रोल छर्केर एक पुरुषले गरे आत्मदाहको प्रयास

काठमाडौं । बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधवार घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर घाइते भएका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेलले पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको नागरिकता पेस गरी दर्ता गरेकाले तत्काल पार्टी खारेजको माग गरेका हुन् । साथै लामिछानेले गरेका निर्णयहरु समेत अवैध हुने उनको तर्क छ ।

भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद

BBC

काठमाडौं । एक भारतीय अदालतले स्वघोषित आध्यात्मिक गुरु आसाराम बापूलाई आफ्ना एक अनुयायीलाई बलात्कार गरेकामा जन्मकैदको सजाय सुनाएको छ। पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा सन् २००१ र सन् २००६ बिचमा ती महिलालाई बारम्बार दुर्व्यवहार गरेको आरोपमा उनी दोषी पाइएका हुन्। ८१ वर्षे उनलाई सन् २०१८ मै एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन… Continue reading भारतीय धर्म गुरु आशारामलाई बलात्कार मुद्दामा जन्मकैद

फरक क्षमता भएका व्यक्तिले सिंहदरवार छिर्दा ट्याक्सी लैजान पाउने

काठमाडौं । सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ। अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिएका छन् । यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाध रूपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई… Continue reading फरक क्षमता भएका व्यक्तिले सिंहदरवार छिर्दा ट्याक्सी लैजान पाउने

पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी

कराँती । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ । पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलवार उद्धारकर्ताले पुरिएका मानिसको खोजी गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारिएको छ । घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका… Continue reading पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी

भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्डमा एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तिमा १४ जना मारिएका छन् । धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा… Continue reading भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु

सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

काठमाडौं । अर्थ मन्त्रालयले सबै संघीय मन्त्रालयको चालु बजेट २० प्रतिशत कटौती गर्ने भएको छ । यसले २५ अर्ब रुपैयाँका कार्यक्रम यस वर्ष रोकिने भएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको बताएको छ । चालु खर्च… Continue reading सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

सन्दीप माथि क्यानको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोगमा मुद्दाको सामना गरिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । किशोरीले बलात्कारको आरोप लगाएपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको हो । २० असोजमा पक्राउ गरेका… Continue reading सन्दीप माथि क्यानको निलम्बन फुकुवा

आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

काठमाडौं । सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४… Continue reading आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ)ले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालको अवस्थामा केही सुधार आए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो । सन् २०२२ को सूचकांकमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन्… Continue reading नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै