रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?

काठमाडौं\बीबीसी । रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतको फैसलापछि कतिपय गैरआवासीय नेपालीहरूले नेपालमा आफूहरूले पाउने अधिकार खुम्चिएको चिन्ता व्यक्त गरिरहेका छन्। अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्ति नगरेको सर्वोच्चको ठहरपछि रवि लामिछानेले शुक्रवार गृहमन्त्री, सांसद र पार्टी प्रमुखको पद गुमाएका थिए। अदालतको फैसलापछि गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीले उक्त सङ्घको… Continue reading रवि लामेछानेको नागरिकता सम्बन्धी मुद्दाले गैरआवासीय नेपालीहरु कसरी प्रभावित हुन्छन् ?

आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई

AP Photo/Ricardo Mazalan) ORG XMIT: XNP140

कठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता आयोजनाको जिम्मेवारी अमेरिकाले पाएको छ । यसअघि कोपा अमेरिका इक्वेडरमा हुने गरी तोकिएको थियो । तर, इक्वेडर सरकारले सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न नसकिने जनाएपछि अमेरिकाले जिम्मा पाएको हो । कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिकाभन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोली सहभागिता हुँदैछन्… Continue reading आगामी कोपा अमेरिका आयोजनाको जिम्मेवारी अमेरिकालाई

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आउँदै छिन् । नुल्यान्ड नेपालमा सोमबार सम्म रहने छिन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट पहिलो उच्चस्तरीय भ्रमण हुदैछ । भ्रमणमा नयाँ सरकारसँग अमेरिका र नेपालबीचको साझेदारीका बृहत् एजेन्डामा छलफल हुने बताइएको छ ।नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल… Continue reading अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

आजै नागरिकता लिने तयारीमा रवि

काठमाडौं । रवि लामिछानेले आजै नागरिकता लिने भएका छन् । नेपाली सञ्चारमाध्यमहरुका अनुसारआइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका हुन् । उनलेगृह मन्त्रालयसँग समन्वय गरी नागरिकता लिन लागेको बताइएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि… Continue reading आजै नागरिकता लिने तयारीमा रवि

कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने

काठमाडौं । कर्णाली र सुदूरपश्चिमका केही भू भागमा आज पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती… Continue reading कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने

भारतीय सेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतको राजस्थानस्थित भरतपुरमा भारतीय सेनाका दुई वटा लडाकु विमान दुर्घटनामा परेका छन् । उच्चैन थाना इलाकाको पिंगोरा रेल्वे स्टेसन नजिक शनिबार बिहान साढे १० बजे विमान दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाको सो विमान आज बिहान उत्तर प्रदेशको आगरा वायुसेना स्टेसनबाट उडेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनालगत्तै त्यहाँ… Continue reading भारतीय सेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई

काठमाडौं । खगोलविदहरुका अनुसार एउटा ठूलो दुर्घटना टरेको छ । केही समयअघि मात्रै एउटा ठूलो क्षुद्रग्रह एस्टेरोइड पृथ्वीको नजिकै भएर गएको छ। एउटा मिनिबस जत्रो आकारको उक्त क्षुद्रग्रह वा अन्तरिक्ष चट्टानलाई २०२३ बीयू नाम दिइएको छ र त्यो दक्षिण अमेरिका महादेशको दक्षिणी कुनामाथिको आकाशभन्दा पनि माथि अन्तरिक्षबाट पार भएर गएको छ। उक्त क्षुद्रग्रह पृथ्वीभन्दा ३,६००… Continue reading पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, ठूलो दुर्घटना टरेको खगोलविद्को भनाई

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट… Continue reading गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं । नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् । शनिबार बुटवलमा एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई पार्टी प्रवेश गराइन् । एलिजाले पार्टीको उद्देश्य एकदमै राम्रो लागेकाले आफू यस पार्टीमा प्रवेश गरेको बताइन् । सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले आफूले सानैदेखि समाजसेवा गर्दै आएको र त्यसलाई सहज… Continue reading नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा शनिबार दुई घण्टा उडान अवतरण अवरूद्ध बनेको छ । अन्तर्राष्ट्रिय उडानमा समस्या आएको हो । उडान अहिले सामान्य बनिसकेको छ । उडान रोकिएपछि यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको थियो । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकोहो ।… Continue reading सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो

काठमाडौं । पोखरामा १ माघमा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) सिंगापुर लगिएको छ । साथमा दुर्घटना जाँच आयोगका तीन पदाधिकारी समेत शुक्रबार सिंगापुर प्रस्थान गरेका छन् । एफडीआर र सीभीआर अध्ययन गर्न आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, सदस्य इन्जिनियर दिपक बास्तोला र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर… Continue reading पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो

भोकमरी सूचकांकमा नेपालको सुधार

काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालले सुधार ल्याएको पाइएको छ । ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा छ । अङ्कका आधारमा नेपालले १९.२ अङ्क प्राप्त गरेको छ । यो भोकमरीको स्तर मध्यम छ… Continue reading भोकमरी सूचकांकमा नेपालको सुधार

अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउने भएकी छिन् । आमनिर्वाचनपछि नयाँ सरकार गठन भएसँगै अमेरिकाबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप–विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी सन् २०२१ मा… Continue reading अमेरिकाबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै, उपविदेशमन्त्री आइतबार काठमाडौं आउने

इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

प्रतिकात्मक तस्वीर

काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तीमा सातको मृत्यु भएको छ । घटनामा दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् ।… Continue reading इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा ६ लाख रकम जम्मा भएको छ । यसमा एक महिनाकोतलव र सचिवालयका सदस्यका १५ दिनको तलव समेत समावेश भएको मन्त्री किरातीले जनाएका छन् , उनका अनुसार ६ लाख ४३४ रकम जम्मा भएको छ । यो रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको… Continue reading खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीले जनाएको छ । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कानूनी प्रक्रिया… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

एसईई परीक्षाको तालिका सार्वजनिक

फाइल तस्वीर

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि… Continue reading एसईई परीक्षाको तालिका सार्वजनिक

चितवन २ मा पुन: निर्वाचन हुने

काठमाडौं । चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि निर्वाचन आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम… Continue reading चितवन २ मा पुन: निर्वाचन हुने

रविको प्रतिक्रिया: म अनागरिक बनेको छु, प्रश्न नगर्नुहोस

काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतको फैसलापछि पहिलो प्रतिक्रिया दिएका छन् । उनले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् । तर अरू कुनै प्रश्नको जवाफ आफूसँग नभएको उनले बताए । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछाने गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ’अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’… Continue reading रविको प्रतिक्रिया: म अनागरिक बनेको छु, प्रश्न नगर्नुहोस

रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजिनामा

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् । उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक… Continue reading रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजिनामा

रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले… Continue reading रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज

काठमाडौं । गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दामा पराजित भएका छन् । लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेले नेपाली… Continue reading नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज

क्यानले बोलाएको बन्द प्रशिक्षणमा परेनन् सन्दीप, देव र आदिल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । २८ जना खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएपनि बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछाने सोही प्रकरणमा नाम जोडिएका खेलाडी देव खनाल समेत उक्त सूचीमा छैनन्। केही दिनअघि सम्पन्न टी २० लिगमा स्पट फिक्सिङको आरोप लागेका… Continue reading क्यानले बोलाएको बन्द प्रशिक्षणमा परेनन् सन्दीप, देव र आदिल

राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । बिहीवारबाट शुरु भएको स्थायी कमिटी बैठक राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गर्दै सकिएको हो । अर्को बैठक माघ १६ गते ११ बजे बस्नेछ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । ‘प्रचण्ड’ले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने भन्दै असन्तुष्ट जनाएका छन् । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा भनेका छन् । बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने… Continue reading प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट

रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटको अन्तिम सुनुवाइ सकिएको छ। शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार लामिछाने पक्षका वकिलहरुले बहस सकेपछि निवेदककातर्फबाट… Continue reading रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो

उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

file

नयाँ दिल्ली । दुबईबाट भारतको जयपुर आइरहेको एक विमान भारतको नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसपछि एक यात्रुले ट्वीट नगरे, दुबईबाट जयपुर गइरहेको फ्लाइट अपहरणमा परेको छ । त्यसपछि यो खबर भाइरल भयो । वास्तवमा जहाज जयपुरको मौसम खराबीका कारण दिल्ली डाइभर्ट भएको थियो । पौने १० बजे दिल्ली अवतरण भएको जहाजले १… Continue reading उडान डिले भएको झोकमा जब यात्रुले दिए विमान हाइज्याकको झुटो खबर

जासुसी गरेको अभियोगमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल

काठमाडौं । जासुसी गरेको आरोप लागेका एक चिनियाँ इन्जिनियरले संयुक्त राज्य अमेरिकामा आठ वर्ष जेल सजाय पाउने भएका छन्। उनको मुद्दा चीनले अमेरिकाबाट उड्डयन क्षेत्रको व्यापारिक गोप्यता चोर्ने प्रयाससँग सम्बन्धित भएको अमेरिकाको दाबी छ। अमेरिकाको न्याय मन्त्रालयका अनुसार ३१ वर्षीय जी चाओचुनले काम दिन सकिने ठानेर केही वैज्ञानिक र इन्जिनियरहरूको पहिचान पनि गरेका थिए। उनी… Continue reading जासुसी गरेको अभियोगमा एक चिनियाँ इन्जिनियरलाई अमेरिकामा ८ वर्ष जेल

सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात सुधारका लागि अध्ययन गर्न कार्यदल गठन गरेको छ। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेकोहो । कार्यदलको संयोजक पूर्वसचिव शरदचन्द्र पौडेल छन्। कार्यदल ७ सदस्यीय बनेको छ। कार्यदलमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक… Continue reading सार्वजनिक यातायात सुधार गर्न कार्यदल गठन

गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । सुनुवाई बुधबारबाट सुरु भएको हो । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म… Continue reading गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना