क्यालिफोर्नियामा एक सातामा दुई गोली काण्ड, १८ जनाको मृत्यु

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया एक साता भित्रै दुई घातक गोली काण्ड भएका छन् । घटनामा १८ जना मारिएका छन् । सोमबार क्यालिफोर्निया राज्यमा भएका दुईवटा गोलीकाण्डमा सात जनाको मृत्यु भएको छ। दुवै घटनामा संलग्न भएका सन्दिग्ध आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ। सोही राज्यमा दुई दिनअघि एउटा नाचघरमा भएको घटनामा मृत्यु हुनेको सङ्ख्या ११… Continue reading क्यालिफोर्नियामा एक सातामा दुई गोली काण्ड, १८ जनाको मृत्यु

पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा

काठमाडौ । पश्चिम नेपालमा आज पनि वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि… Continue reading पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा

पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु

काठमाडौं । मंगलबार पश्चिम नेपालमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुरामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गौमुल गाउँपालिका २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको… Continue reading पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु

फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा

काठमाडौं । पोखराबाट स्याङ्जा उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरिएको छ । पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए । तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर… Continue reading फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा

संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं । मन्त्रीहरुले गणतन्त्र र संघीयताविरुद्ध अभिव्यक्ति दिने गरेकोप्रति प्रधानमन्त्री पुष्प कमल दाहालले असन्तुष्टी जनाएका छन् । प्रचण्डले मन्त्रिपरिषदका सदस्यले संघीयता र गणतन्त्रविरुद्ध बोल्ने छुट कुनै मन्त्रीलाई नहुने बताएका छन् । कसैले बोले स्पष्टीकरण सोध्ने उनको भनाई छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताको अहिलेको मोडलको विपक्षमा छ । राप्रपा प्रदेशको… Continue reading संघीयताविरुद्ध मन्त्रीहरुको अभिव्यत्तिप्रति प्रधानमन्त्री असन्तुष्ट

महासेठ चेतावनी-‘लक्ष्मी महतोलाई ‘लक्ष्मी’ झैं पुजिन्छ, पक्राउ गरेर देखाउनुस्’

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठ आफ्ना पार्टीका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । संसदको आजको बैठकमा महासेठले सोधे, ‘साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अदालतले अझसम्म दोषी करार नगरेको दाबी गर्दै महासेठले महोत्तरीमा उनलाई लक्ष्मीलाई झैं पूजा गरिने तर्क गरे। ‘अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई… Continue reading महासेठ चेतावनी-‘लक्ष्मी महतोलाई ‘लक्ष्मी’ झैं पुजिन्छ, पक्राउ गरेर देखाउनुस्’

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन्। पौडेलले ​गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल… Continue reading २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । झापाको कचनकवल गाउँपालिका-४ केचनाको एभरेष्ट चिया बगानमा युवक-युवती मृत अवस्थामा भेटिएका छन् । कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए। केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु… Continue reading झापाको चिया बगानमा युवक-युवती झुण्डिएको अवस्थामा मृत फेला

सुनको भाउमा ऐतिहासिक रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । मंगलवार सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी… Continue reading सुनको भाउमा ऐतिहासिक रेकर्ड, हालसम्मकै उच्च मूल्यमा किनबेच

६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा

काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यद्दपी यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा भने कम हो । चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घट्दा व्यापार घाटा समेत घटेको पाइएको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको… Continue reading ६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा

क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान

क्यालिफोर्निया\बीबीसी। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको घातक गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। उपचारका क्रममा रहेका थप एक जनाको अत्यधिक चोटका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। गोलीकाण्डमा नौ जना घाइते भएका छन्। उक्त संलग्न भएको आशङ्का गरिएका व्यक्तिको परिचय खुलेको प्रहरीले जनाएको छ। चान्द्रमानअनुसार मनाइने चिनियाँ नववर्षको उत्सव मनाउन आयोजित कार्यमक्रमपछि लस… Continue reading क्यालिफोर्निया : आफु नियमित जाने नाचघरमै गोली हानेर लिए ७२ वर्षिय वृद्धले ११ जनाको ज्यान

नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन

काठमाडौं । नेशनल फिजिक कमिटि युएसए नेशनल च्याम्पियनसिप (एनपीसी युएसए नेसनल च्याम्पीएनसिप)मा नेपाली युवा च्याम्पियन बनेका छन् । नेपाली युवा शिशिर राना इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) प्रोकार्ड प्राप्त गर्ने पुरुषतर्फ पहिलो नेपाली बनेका छन्। डिसेम्बर पहिलो साता अमेरिकाको फ्लोरिडा राज्यमा सम्पन्न प्रतिस्पर्धाका लागि उनले विभिन्न क्षेत्रिय प्रतियोगिताहरु जितेर सोप्रतियोगितामा छानिएका थिए ।… Continue reading नेपाली युवा शिशिर बने युएसए नेशनल च्याम्पियन

पानी पार्ने प्रणाली नेपाली भित्रियो

सांकेतिक तस्वीर

काठमाडौ । पश्चिम नेपालबाट मौसमी प्रणाली नेपाल भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा प्रवेश गरेको छ । मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति र… Continue reading पानी पार्ने प्रणाली नेपाली भित्रियो

९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

file

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख पूर्णप्रसाद चुडाललाई पक्राउ गरिएको छ । उनको कार्यालयबाट साढे ९ लाख रुपैयाँ बरामद भएको छ । बरामद रकममध्ये डेढ लाख रुपैयाँ घुस हो भने बाँकी ८ लाख रुपैयाँलाई अख्तियारले ‘स्रोत नखुलेको नगद’ भएको जनाएको छ । चुडाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय,… Continue reading ९ लाख घुससहित त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पक्राउ

नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

काठमाडौं । सरकारलाई समर्थन गरेको दल नेपाली कांग्रेले प्रमुख विपक्षी दलको मान्यता र सुविधा पाउने भएको छ । संघीय संसद सचिवालयले यस्तो निर्णय गरेको हो । सचिवालयका उपसचिव रामहरि थापाले सोमबार साँझ सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यस्तो जानकारी गराएका छन् । संसद सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्र अनुसार प्रतिनिधिसभामा विपक्षी… Continue reading नेपाली कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

gorakhapatra

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारसँग छलफल गरेकी छिन् । उनले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरिन् । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल भएको छ । राष्ट्रपति… Continue reading कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?

अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको भन्दै राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता… Continue reading अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस

नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाहीको सिफारिस

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ। हङकङ विमानस्थलमा जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो। उनिहरुमाथि अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेको आरोप छ ।

निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् । सोमवार वायुसेवा निगमले गरेको स्वागत कार्यक्रममा किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्। उनले निगमका जहाजहरूको… Continue reading निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो। प्रधानमन्त्रीले श्रेष्ठलाई सोमवार पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। श्रेष्ठले अष्ट्रेलियाको युनिभर्सिटी अफ ओलङगोङबाट… Continue reading राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त

काठमाडौ । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नियुक्तभएका छन् । सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट नेता सोमवार राजनीतिक सल्लाहकार नियुक्त भएकबा हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्।

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय,चुनाव पछि सार्न नहुने अडान

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले उम्मेदवार दिनु अगाडि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूसँग छलफल गर्ने र सकेसम्म सर्वसम्मत गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।… Continue reading राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय,चुनाव पछि सार्न नहुने अडान

स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

काठमाडौं । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल टी-२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले… Continue reading स्पट फिक्सिङको आरोपमा अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ

सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सोमबार भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भेटवार्ता भएको हो । समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ । संसदलाई सरकारले विजनेश उपलब्ध गराउने विषयमा समेत छलफल भएको बताइएको छ । देवराज नेकपा एमालेबाट गठबन्धनका साझा उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्र लगायत… Continue reading सभामुख निर्वाचित भएपछि पहिलो पटक देवराजले भेटे प्रधानमन्त्रीलाई

केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

File

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको चिनियाँ प्राविधिक टोली स्वदेश फिर्ता भएको छ । यो टोली तीन साता नेपाल बसेको थियो । टोलीले सम्भाव्यता अध्ययनका लागि भौगोलिक अवस्थिति बारे जानकारी लिएको बताइएको छ । २५ र २६ पुसका दिन टोली रसुवा पुगेको थियो । टोलीले सम्भाव्यता अध्ययन गर्ने ठाउँ हेरेको रेल विभागले… Continue reading केरुङ–काठमाडौं रेलमार्ग हेर्न आएको चिनियाँ टोली स्वदेश फिर्ता

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बोलाइएको छ । सोमबार बिहान ९ः३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । कांग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष पद रिक्त छ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । राष्ट्रपति निर्वाचनको रणनीति र पार्टीको आन्तरिक विषयमा… Continue reading कांग्रेस पदाधिकारी बैठक आज

आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने

काठमाडौं । आज रातीबाट वर्षा हुने मौसमी प्रणाली सुदुरपश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने भएको छ । त्यसअगाडी दिनभर भने मौसम सफा रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । तर, साँझदेखि भने सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्नेछ । सोही प्रणालीका कारण राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी… Continue reading आज रातीबाट पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रने

क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान ट्रान रहेको खुलेको छ । आइतबार भएको यो घटनामा १० जनाको मृत्यु भएको थियो । क्यालिफोर्नियाको लस एन्जलस सहरको एक डान्स क्लबमा ती व्यक्तिले गोली चलाएका थिए । मृत्यु हुनेमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् । घटनामा अन्य १० जना… Continue reading क्यालिफोर्नियामा गोलीकाण्ड मच्याउने व्यक्ति ७२ वर्षीय हुउ क्यान

चितवनमा अर्को गैंडा मृत फेला

file

चितवन । भरतपुर महानगरपालिका–२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिवार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी वन क्षेत्रमा रहेको गर्दहा वन क्षेत्रमा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो । भाले बच्चा आमासँगै रहेको अवस्थामा मृत भेटिएको… Continue reading चितवनमा अर्को गैंडा मृत फेला

बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?

नयाँ दिल्ली । भारतको सूचना र प्रसारण मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बीबीसीले निर्माण गरेको वृत्तचित्रको पहिलो एपिसोडलाई यूट्यूब र ट्विटरमा ब्लक गर्न भनेको छ । मन्त्रालयले उक्त भिडिओको लिङ्क शेयर गर्ने ट्विटर पोस्टहरूलाई पनि हटाउन निर्देशन दिएको स्वयमः बीबीसीले जनाएको छ । इकोनोमिक टाइम्स खबरलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाए अनुसार ‘इन्डियाः द मोदी क्वेशन’… Continue reading बीबीसीले नरेन्द्र मोदीबारे बनाएको वृत्तचित्रमा भारत सरकारले किन लगायो रोक ?