काठमाडौं । स्थानीयबासिन्दाको ढुंगामुढाबीच धरान उपमहानगरपालिकाले अतिक्रमण गरी बनाएको घरमा डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ । अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्। सोही घर उपमहानगरले भत्काएको हो। उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार… Continue reading स्थानीय बासिन्दाको ढुंगामुढाबीच धरानमा हर्क साम्पाङले चलाए डोजर
Category: फिचर
जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या
काठमाडौं । जनकपुरधामका दुई युवकको सीमावर्ती क्षेत्र भारतमा अपहरण गरी हत्या गरिएको छ। करिब दुई साताअघि न्वारनको भोज खान गएका युवकको आइतबार भारतको सीतामढी जिल्लाको परिहारमा शव फेला परेको प्रहरीले जनाएको छ। १३ दिनदेखि सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका- ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव शव फेला… Continue reading जनकपुरधामका दुई युवकको भारतमा अपहरणपछि हत्या
बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित
काठमाडौं । बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा आएको छ। समयमै उपचार र दादुरा रुबेलाविरुद्धको तीव्र खोप अभियानपछि संक्रमण नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा गरी माघ ७ गतेसम्म २६० जना बालबालिका संक्रमित भएका छन् । तीमध्ये सबैभन्दा धेरै नेपालगञ्जका… Continue reading बाँकेमा फैलिएको दादुरा एक महिनापछि नियन्त्रणमा, २६० जना बालिबालिका प्रभावित
तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतबीच छलफल भएको छ । शनिबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक भएको भन्दै उनले यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने बताएका हुन्… Continue reading तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालय बनाउने सरकारको प्रतिवद्धता
अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा
काठमाडौं\एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सो क्रममा गोप्य सरकारी दस्ताबेजहरू जफत भएको छ । अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म खोजी गरेका छन् । यस क्रममा चिन्ह लगाएर राखिएका ६ वटा थप गोप्य कागजात फेला पारेको समाचार संस्था एपीलाई उदृत… Continue reading अमेरिकी राष्ट्रपतिको घरमा एफबीआईले मार्यो छापा
आज सोनाम ल्होछार, सार्वजनिक बिदा
काठमाडौं । आज देश तथा विदेशमा समेत सोनाम ल्होछार २८५९ मनाइँदैछ । यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउने गरिन्छ । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको… Continue reading आज सोनाम ल्होछार, सार्वजनिक बिदा
सोमबारबाट हिउँदे वर्षा सुरु हुने
काठमाडौं । नेपालमा सोमबारबाट हिउँदे वर्षा हुने भएकोछ । आइतबार मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ । तर, सोमबार र मंगलबार भने वर्षा हुने संयोग छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ… Continue reading सोमबारबाट हिउँदे वर्षा सुरु हुने
सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु
सुर्खेत । सुर्खेतमा भएको सवारी दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा –प्र–०१०२६च ९२१३ नं को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटनामा परेको हो । दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेख… Continue reading सुर्खेतमा सवारी दुर्घटना, कम्तिमा ४ को मृत्यु
उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य
काठमाडौं । स्वतन्त्र सांसद प्रभु साहले अहिले सत्तामा उपप्रधानमन्त्री धेरै हुँदा सुशासन नआउने भन्दै आलोचना गरेका छन्। शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै धेरै उपप्रधानमन्त्री किन बनाइयो भनेर प्रश्न गरेका छन्। ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरू यति जरूरी थियो नेपालमा ? के आवश्यकताकै कोणमा यति उपप्रधानमन्त्री बनेको हो ? उपप्रधानमन्त्रीको झुन्डले देशमा सुशासन ल्याउँछ ? के नेपाली… Continue reading उपप्रधानमन्त्रीको झुण्डले सुशासन नआउने प्रभु साहको व्यंग्य
कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, उपचार जारी
काठमाडौं । काठमाडौं महानगरपालिका ३२ कोटेश्वरको सहयोगीनगरमा कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर गम्भीर बिरामी भएका छन् । शुक्रबार राति ८ बजेतिर कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएको प्रहरीले जनाएको छ । बिरामी ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल,… Continue reading कोटेश्वरमा कोइला बालेर सुतेका चार जना बेहोस, उपचार जारी
राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा बनिन् उपसभामुख
काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्यो । नेपाल मजदुर किसान… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा बनिन् उपसभामुख
इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी
लण्डन । यूके र ईयूले इस्लामिक रेभलुशन गार्ड कोर (आईआरजीसी) लाई छिटै आतङ्कवादी सङ्गठन घोषणा गर्ने सक्ने बीबीसीले लेखेको छ । आईआरजीसी इरानको सैन्य, राजनीतिक र आर्थिक बल हो जसले देशभित्र सत्ताका लागि रहेका खतराको सामना गर्छ भने देशबाहिर उसको सामर्थ्यलाई देखाउँछ। यूकेका विदेशमन्त्री जेम्स क्लेभर्लीले अलीरेजा अकबरीलाई इरान सरकारले मृत्युदण्ड दिएपछि आईआरजीसीलाई आतङ्कवादी सङ्गठन… Continue reading इरानको रेभलुशन गार्ड कोरलाई आतंकवादी संगठन घोषणा गर्ने तयारी
बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैङ्कसँग आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग शुक्रबार औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् । चालू आर्थिक वर्ष विश्व बैङ्कबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत… Continue reading बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । काठमाडौं उपत्यकासहित शनिबार चिसो अनुभव हुनेछ । मौसम बदली भएको र घाम चर्को नहुँदा तापक्रम कम भइहरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै ठाउँमा उच्चतम र न्यूनतम तापक्रम घटेका कारण पनि चिसो महसुस गरिएको हो । कतैकतै फाट्टफुट्ट हिमपात भएको छ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य… Continue reading कस्तो रहनेछ आजको मौसम ?
बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा
लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनक ट्राफिक कारवाहीमा परेका छन् । कारको सिट बेल्ट नलगाएको भन्दै प्रहरीले उनलाई जरिबाना गराएको छ । सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिबाना गरिएको हो । लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिबानाको ससर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले लेखेको छ… Continue reading बेलायतका प्रधानमन्त्री ऋषि सुनक परे ट्राफिक कारवाहीमा
पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।मन्त्रालयमा शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्दै उनले यस्तो आग्रह गरेका हुन् । नेपालमा अहिले एक मात्र हवाई प्रवेश बिन्दु छ । यसमा अत्यधिक चाप छ । सोहीकारण थप हवाई प्रवेश… Continue reading पर्यटनमन्त्रीले भारतीय राजदूतसँग भने : थप हवाईमार्ग उपलब्ध गराउ
गृहमन्त्री भन्छन्: नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपी समातिने र नयाँहरु फरार हुन नपाउने भन्नेमा हेक्का रहेको बताएका छन् । कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला गृहमन्त्री लामिछानेले पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् । आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै… Continue reading गृहमन्त्री भन्छन्: नयाँहरु फरार हुन नपाउन् भन्ने हेक्का छ
उपसभामुखको निर्वाचन आज
काठमाडौं । आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकले उपसभामुख चयन गर्न लागिएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको छ । यसै बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको… Continue reading उपसभामुखको निर्वाचन आज
जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली
काठमाडौं । नेपालमाथि यूरोपेली यूनियनको कालोसूची अझै लम्बिने भएको छ । उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको… Continue reading जहाज दुर्घटनाका कारण इयूको कालोसूची अझै लम्बिने, नआउने भयो मूल्यांकन टोली
चितवनमा तस्करले मारे दुई वटा गैंडा
चितवन । चितवनमा तस्करले दुई वटा गैंडा मारेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेको निकुन्जले जनाएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको… Continue reading चितवनमा तस्करले मारे दुई वटा गैंडा
हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएका थिए ।… Continue reading हत्या अभियोग लागेका एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत, १४ जना सांसद विपक्षमा
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शर्माले मुख्यमन्त्री नियुक्त भएको दशौं दिनमा विश्वासको मत पाएका हुन्। शुक्रबार प्रदेशसभा बैठकमा ३९ सांसद् उपस्थित भएकोमा मुख्यमन्त्री शर्माको पक्षमा २५ मत खस्दा विपक्षमा १४ मत खसेको थियो । शर्माको पक्षमा माओवादी केन्द्रका १३, एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही)… Continue reading कर्णालीको मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत, १४ जना सांसद विपक्षमा
मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि…
काठमाडौं । मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि आयोजक नै अन्योलमा परेको छ । व्यानरमा कार्यक्रमको प्रमुख अतिथिमा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको नाममात्रै लेखिए पनि राज्यमन्त्री डा.तोसिमा कार्की पनि सहभागी भएर रिबन काट्न तम्सिएपछि अन्योल देखिएको हो । वीर अस्पतालको क्याथ ल्याब सेवा उद्घाटनमा व्यानरमा प्रमुख अतिथि गिरीको नाममात्रै लेखिए पनि राज्यमन्त्री कार्की… Continue reading मन्त्रीसँगै राज्यमन्त्री पनि रिबन काट्न तम्सिएपछि…
पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा स्वर्ण
काठमाडौं । नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन् । बंगलादेशको ढाकामा आज भएको म्याराथन अन्तर्गत साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जितेकी हुन् । पुष्पाले ४२ दशमलब १९५ किलोमिटर निर्धारित दुरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गरेर उपाधि जितेकी हुन् । श्रीलंकाकी सुजनी परेरा पुष्पा भन्दा २०… Continue reading पुष्पा भण्डारीले जितिन् ढाका म्याराथनमा स्वर्ण
संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित कार्यकक्षमा सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । यसअघि आजै उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । पदबहाली गर्दै सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूका लागि संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने पहिलो… Continue reading संसदीय अभ्यास र प्रक्रियाबारे अन्तरक्रिया गर्ने सभामुख घिमिरेको पहिलो निर्णय
नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच घिमिरेले सभामुख पदको सपथग्रहण गरेका हुन् । सपथपग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्वबाहक प्रधानन्यायाधीक हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।
बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ
काठमाडौं । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो । प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने… Continue reading बसपार्कको होटेलबाट ७३१ थान राहदानी बरामद, तीन जना पक्राउ
कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने
काठमाडौं । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ। होटलमा आगलागी हुँदा १२ औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो। कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव… Continue reading कम्बोडियामा आगलागीमा ज्यान गुमाएका निराकारको शव शुक्रबार नेपाल आइपुग्ने
रोनाल्डो र मेसी आमने-सामने, पीएसजीको जित
रियाद । विश्वका दुई स्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो सामने सामने भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ। बिहीबार राति साउदी अरेबियाको राजधानी रियादमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीचको खेल रोमाञ्चक बन्यो । खेलमा ९ गोल र एक रातो कार्ड सम्भव भयो । अधिकांश समय १०… Continue reading रोनाल्डो र मेसी आमने-सामने, पीएसजीको जित
पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक(दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम… Continue reading पश्चिम नेपालमा आज पनि वर्षाको सम्भावना