काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।
Category: फिचर
मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता
काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेसँगै आज मन्त्रिपरिषद् बिस्तार गरिँदैछ । त्यसअगाडी पार्टीहरुले मन्त्रीको… Continue reading मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता
पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाठौँ ल्याइने भएको छ। दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ । नेपाली सेनाको हेलिकप्टरबाट शवहरु काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याउने तयारी छ । आफन्तबाट पहिचान भएका शव पोखरामा… Continue reading पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने
कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?
काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय बाडफाँडमा समेत सहमति जुटेको छ । जस अनुसार सबैभन्दा धेरै मन्त्रालय एमालेले पाएको छ । उसको भागमा उप्रप्रधानसहित अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । माओवादी केन्द्रको भागमा उपप्रधानसहित भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय… Continue reading कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?
यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?
काठमाडौं । सत्तारुढ दलहरुबीच सत्ताको भागवण्डा मिलेको छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखसहित मन्त्रालय भागवण्डा टुंगो लागेको हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाएको हो । आज मन्त्रिपरिषद् विस्तार हुनेछ । उपप्रधान तथा… Continue reading यसरी मिल्यो सत्ता भागवण्डा, कुन पार्टीले के पाए ?
अमेरिकामा पुन: अन्धाधुन्ध गोली हानियो, कम्तिमा ६ जनाको मृत्यु
क्यालिफोर्निया । अमेरिकाकाको क्यालिफोर्निया स्थित गोशेनमा अन्धाधुन्ध गोली चलेको छ । सो क्रममा छ महिनाको बच्चासँगै कम्तिमा ६ जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान गरेका छन् । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी… Continue reading अमेरिकामा पुन: अन्धाधुन्ध गोली हानियो, कम्तिमा ६ जनाको मृत्यु
गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा उनले भने, ‘विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल… Continue reading गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग प्रधानमन्त्रीको भेट, के दिए सन्देश ?
पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था
काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानसम्म स्थगित भएको छ। सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक… Continue reading पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था
यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित… Continue reading यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन
रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त
एजेन्सी । आइतबार नेपालमा भएको विमान दुर्घटनाप्रति स्पेनिस फुटबल क्लब रियल मड्रिडले दु:ख व्यक्त गरेको छ। सोमबार क्लबको आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै रियलले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो। साथै, दुर्घटनामा ज्यान गुमाउनेका आफन्तहरूलाई समवेदना प्रकट गरेको छ। ‘नेपालमा भएको जहाज दुर्घटनामा आफ्ना प्रिय आफन्त गुमाउने सबै परिवारलाई हामी समवेदना प्रकट… Continue reading रियल मड्रिडद्वारा नेपालको विमान दुर्घटनाप्रति दु:ख व्यक्त
भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो
काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन ९आइओसी० ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको र डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर… Continue reading भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो
सुनको मूल्यले बनायो नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन तोलाको एक लाख पाँच हजार रुपैयाँमा… Continue reading सुनको मूल्यले बनायो नयाँ रेकर्ड
कांग्रेसले विश्वासको मत दिएपछि अलमलिएका ‘प्रचण्ड’ को दौडधुप
काठमाडौं । प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन मन्त्रिपरिषद् विस्तारमा अलमलिएको छ । कांग्रेससँग गठबन्धन टुटाएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएसँगै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाइसकेपछि पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भरहेको छ। यसबीचमा सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबन्डा… Continue reading कांग्रेसले विश्वासको मत दिएपछि अलमलिएका ‘प्रचण्ड’ को दौडधुप
यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो
काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनामा परेको जहाजको ‘ब्ल्याक बक्स’ भेटिएको हो । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली… Continue reading यति एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’ भेटियो
दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
काठमाडौं । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्। रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन। आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन… Continue reading दुर्घटनामा चार जना अझै वेपत्ता, खोजी सुरु
जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले आज बिदा दिएको छ । विमान दुर्घटनाको शोकमा झण्डा झुकाउने निर्णयसमेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि छुटेको यती एयरलाइन्सको ९ एन एनएसी ७२ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमानमा चालक दलसहित ७२ जना… Continue reading जहाज दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा
यती एयरलाइन्सका आजका सबै उडान रद्द
काठमाडौं । यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द भएको छ । पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ । कम्पनीको नाइन एन एएनसी एटीआर ७२–५००… Continue reading यती एयरलाइन्सका आजका सबै उडान रद्द
जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने
काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । पहिचान भएका शव आवश्यक प्रक्रिया पूरा गरेर आज आफन्तलाई जिम्मा लगाइने भएको हो । पहिचान भएका शवहरू बिहान ९ बजेदेखि प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने तयारी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पहिचान… Continue reading जहाज दुर्घटनामा परेकाको शव आज परिवारलाई बुझाइने
विमान दुर्घटना: ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग
काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनकाअनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।
आन्तरिक जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
काठमाडौं । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । विमान परीक्षण गरे/नगरेको अनुगमन गर्न नागरिक उड्डयन… Continue reading आन्तरिक जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन
काठमाडौं । सरकारले पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान… Continue reading विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन
पोखरा विमान दुर्घटनाको शोकमा सोमवार सार्वजनिक बिदा
काठमाडौं । सरकारले यति एयरको विमान दुर्घटनाको शोकमा सोमवार एक दिन सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन सोमवार सार्वजनिक बिदाको निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । दुर्घटनाको कारण… Continue reading पोखरा विमान दुर्घटनाको शोकमा सोमवार सार्वजनिक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।
पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?
काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जसमध्ये ५३ जना नेपाली रहेका छन् । ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक… Continue reading पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा
काठमाडौं । प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विस्तृत विवरण लिन त्यहाँ पुगेका हुन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको… Continue reading दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा
यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, ११ जना विदेशी (नामावलीसहित)
काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । काठमाडौंबाट पोखराका लागि उडेको एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।… Continue reading यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, ११ जना विदेशी (नामावलीसहित)
पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालि सकिएको छ । दुर्घटनामा… Continue reading पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो
६८ जना यात्रु बोकेको यति एयरको पोखरामा जहाज दुर्घटना
काठमाडौं । पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ। काठमाडौंबाट पोखराका लागि गएको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो। पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकोले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उक्त जहाजमा चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ। विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको… Continue reading ६८ जना यात्रु बोकेको यति एयरको पोखरामा जहाज दुर्घटना
नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको… Continue reading नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता
नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज
काठमाडौं । नारायणी नदीमा आइतबारबाट मिनी पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले १ माघबाट क्रुज सीप सञ्चालनमा आउने बताएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो । कोभिड महामारीका र नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन नसकेको कम्पनीको भनाई छ । सबै प्रक्रिया पुरा गरेर क्रुज… Continue reading नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज