वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

file

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि चीन प्रस्थान गरेका छन् । वंशाणुगत जण्डिसबाट पीडित पुन मंगलबार नियमित उपचारका लागि श्रीमती ओनसरी घर्तीसहित चीन प्रस्थान गरेका हुन् । उनी यसअघि ५ पुसमा उपचार गराएर चीनबाट फर्किएका थिए । चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उनको उपचार भएको थियो । चिकित्सकीय भाषामा… Continue reading वर्षमान पुन उपचारका लागि चीन प्रस्थान

नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले नामिबियालाई २ विकेटले हराएकाे छ । नामिबियाले दिएकाे २ सय ८६ रनकाे लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान राेहित पाैडेलले ७२, सन्दीप जाेराले २८, ज्ञानेन्द्र… Continue reading नामिबियामाथि नेपालको सानदार जित

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५५ कम्पनीको १ अर्ब ७८ करोड ७० लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ४६ लाख ८५ हजार ८०९ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७८ करोडको कारोबार

अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अब अनुमतिबिना सेवाग्राहीसँग सेवा शुल्क लिएमा सो सेवा शुल्कमा १० प्रतिशत थपेर बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना सेवा दिएर शुल्क लिएमा गुनासो गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमतीबिना… Continue reading अब बैंकले एकतर्फी रूपमा सेवा शुल्क लिन नपाउने

नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

काडमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको उच्च लक्ष्य दिएको छ। जारी विश्वकप लिग-२ मा नेपालले कुनै पनि टिमबाट पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो। यसअघि नामिबियाले नै नेपाललाई गत ७ डिसेम्बरमा भएको खेलमा २७५ रनको लक्ष्य दिएको थियो। नामिबियाले टस हारेर पहिलो ब्याटिङ… Continue reading नेपाललाई २८६ रनको लक्ष्य, करण केसीले लिए ५ विकेट

सरकार र यातायात मजदुरहरुबीच सहमतिः सवारी बन्द फिर्ता

काठमाडौं । यातायात संगठनका मजदुरले सार्वजनिक यातायात बन्द र आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग वार्तापछि बन्द फिर्ता लिन सहमत भएका हुन्। यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा अहिले यातायात क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि कमिटी बनेको छ। उक्त कमिटीले मंगलबारबाटै काम थाल्ने र यहि फागुन… Continue reading सरकार र यातायात मजदुरहरुबीच सहमतिः सवारी बन्द फिर्ता

सरकारका काम प्रभावकारी बनाउने निर्णय

काठमाडौं । सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्त्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।   … Continue reading सरकारका काम प्रभावकारी बनाउने निर्णय

दूतावासमा श्रमिक डेक्स राखिने

काठमाडौं ।  नेपाल सरकारले विदेशस्थित विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो। माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौँ… Continue reading दूतावासमा श्रमिक डेक्स राखिने

भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए । अख्तियार स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा… Continue reading भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुन्छ: काठमाडौं

आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने

काठमाडौं । नेपाल चिकित्सक सङ्घले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका… Continue reading आइतबार देशभरका स्वास्थ संस्था बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं । थाइ स्माइल जहाजको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । तत्कालीन महाप्रबन्धक भोलाप्रसाद… Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले गरेको समीक्षामा भनिएको छ, “२०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको… Continue reading मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: ऋणीलाई राहत, नीतिगत दर ७ प्रतिशत

शुभम पावरको आइपीओ बाँडफाँड, साढे १२ लाख बढीको हात खाली

काठमाडौं । शुभम पावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल आज बिहान आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार गोलाप्रथाबाट ४८ हजार १८६ जनाले १० कित्ताका दरले सेयर हात पारेका छ भने २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । साढे १२ लाख… Continue reading शुभम पावरको आइपीओ बाँडफाँड, साढे १२ लाख बढीको हात खाली

खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गैँडाको चोरी सिकारीमा संलग्न रहेका १५ जनाको टोलीलाई पक्राउ गरेको छ । लामो समय देखि गैँडा सिकारीमा संलग्न रहँदै आएका टोलीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । ब्युरोले अपरेसन ‘रुट टु रुट’ चलाएर प्रहरीले यी सिकारीहरूलाई पक्राउ गर्न सफल भएको ब्युरोका प्रवक्ता सञ्जय… Continue reading खाग तस्करी गर्ने १५ जनाको गिरोह पक्राउ

भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

काठमाडौं । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २०,००० भन्दा बढी पुगेको छ। यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ। उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ। अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प… Continue reading भूकम्प प्रभावित टर्की\ सिरियामा हिउँ र ठन्डीले अर्को संकट निम्त्याउँदै

राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन्। विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार बेलुकी ट्वीट गर्दै उनले यस्ता घटनाले अस्थिरता निम्त्याउन सक्ने उल्लेख गरेका छन्। ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय… Continue reading राजनीतिक अस्थिरताप्रति बाबुराम भट्टराई चिन्तित

राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल… Continue reading राष्ट्रपतिबाट आज संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने

लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लिग टू अन्तरगत फागुन २ बाट सुरु हुने नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । बलात्कारको आरोप लागेपछि निलम्लनमा परेका पूर्वकप्तान सन्दीप लामिछानेलाई पनि टिममा समावेश गरिएको छ । २९ कात्तिकमा धरौटीमा छुटेका उनको निलम्बन फुकुवा गरेको भन्दै क्रिकेट… Continue reading लिग टूका लागि नेपाली टोली घोषणा, सन्दीपले खेल्ने निश्चित

किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको नाम, चुनाव चिन्ह र पार्टीको संरचना बदल्ने निष्कर्षमा पुगेको छ । बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी नाम, चुनाव चिह्न र पार्टी संरचना परिवर्तनको प्रस्ताव आएसँगै माओवादीले नयाँ बहस सुरु गरेको हो । १२–२१ माघमा सम्पन्न स्थायी कमिटी बैठकबाट अनुमोदन भएको यो प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय… Continue reading किन त्याग्दैछ माओवादीले ‘माओवाद’ ?

यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु टोलीसँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा एक गोल थप्यो । बङ्गलादेशका लागि शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले १–१ गोल गरे । लिग चरणको… Continue reading यू-२० महिला साफमा नेपाल उपविजेतामा सिमित

सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न आजै दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहण गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।… Continue reading सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

काठमाडौं । टर्की र सिरियामा भूकम्पबाट प्रभावितहरुका लागि नेपालले राहत सामग्री पठाएको छ । नेपालमा रहेका मुस्लिम समुदायले सङ्कलन गरी टर्कीका भूकम्प पीडितलाई राहत सामग्री पठाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको जनाएको छ ।टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने… Continue reading टर्की र सिरियामा नेपालले पठायो राहत सामग्री

एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । ध्वनि मतमार्फत विश्वासको प्रस्तावमा मत विभाजन भएको थियो। तर विश्वासको मतको प्रस्तावको छलफलको विपक्षमा धेरै मत देखिएपछि रावल नेतृत्वको सरकार ढलेको हो।… Continue reading एक महिनामै ढल्यो सुदूरपश्चिम सरकार, विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार ढल्ने अवस्थामा पुगेपछि संयन्त्रको बैठक स्थगित गरेर छलफलमा जुगेका हुन् । निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि सरकार जोखिममा परेको छ। ३ बजे बस्ने तय भएको संयन्त्रको… Continue reading प्रधानमन्त्री र ओलीबीचको वार्ताले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १२.४३ अंकले बढेर २१८२.६१ विन्दुमा पुगेको हो, छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २५७ कम्पनीको २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ बराबरको ५६ लाख ४८ हजार २१२ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने, वरीयतामा जनार्दनभन्दा वर्षमान अघि

काठमाडौं । नेकपा माओवादी केन्द्रले माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारण गरेको छ । पहिलो वरीयतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डरहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रोमा त्यसपछि उपाध्यक्षहरु क्रमश कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र पम्फा भुसाल परेका छन् । यसपछि महासचिव देवप्रसाद गुरुङ छन् । उपमहासचिवको वरियतामा जनार्दन शर्माभन्दा अगाडि… Continue reading माओवादी केन्द्रले नाम र चुनाव चिह्न बदल्ने, वरीयतामा जनार्दनभन्दा वर्षमान अघि

फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक,रावलले विश्वासको मत पाउने सम्भावना न्यून

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक सरेको छ। बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टापछिका लागि सारिएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ। यसअघि बुधबार बस्ने तय भएको बैठक नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउनकै लागि भनेर बिहीबार सम्मलाई स्थगित भएको थियो। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको… Continue reading फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक,रावलले विश्वासको मत पाउने सम्भावना न्यून

अघि बढ्यो रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी अनुसन्धान

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढाएको छ। लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न नागरिकता, राहदानीलगायत कागजात मगाएको हो । गत मंगलबार युवराज सफलले प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा… Continue reading अघि बढ्यो रवि लामिछानेको दोहोरो पासपोर्टसम्बन्धी अनुसन्धान

प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुखबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो। यसअघि उनले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मंगलबार नै भेटवार्ता गरेकी थिइन् । अर्थ मन्त्रीसँगको भेटमा नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका… Continue reading प्रधानमन्त्री प्रचण्ड र यूएसएआईडी प्रमुखबीच भेट

हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने गरी सेवा थपिने

काठमाडौं । हवाई यात्राका दौरान नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने गरी बाटो खुलेको छ । यसका लागि अब वायुसेवा कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको शर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको हो । यसअघि सरकारले यस्तो… Continue reading हवाई यात्रुले नेपाली आकासमा पनि इन्टरनेट चलाउन पाइने गरी सेवा थपिने