६ महिनामा नेपालबाट १९१ जना विदेशी निष्काशित, १२ जना अमेरिकी

नेपालबाट यसै वर्ष निष्काशनमा परेका चार्स शोभराज

काठमाडौं । नेपालबाट ६ महिनाको अवधिमा १९१ जना विदेशी नागरिक निष्काशनमा परेका छन् । ७ अध्यागमन विभागका अनुसार ३९ वटा मुलुकका ती नागरिक नेपालबाट निष्काशनमा परेका हुन् । नेपालमा आपराधिक क्रियाकलापमा संलग्न भएका, कारवाहीमा परेका, भिसा अवधि समाप्त भएका लगायत विदेशीहरु निष्काशनमा परेका हुन् । निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । यस अवधिमा… Continue reading ६ महिनामा नेपालबाट १९१ जना विदेशी निष्काशित, १२ जना अमेरिकी

यातायात क्षेत्रमा थालिएको पहलबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले थालेका सुधारका प्रयासबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ब्रिफिङ गरेका छन् । विभिन्न कार्यदल बनाएर भौतिक विकास, यातायात र सुशासन क्षेत्रमा सुधारका लागि थालिएका प्रयासहरुले सार्थकता पाउनेमा आफू विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताएका छन् । आइतबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि सरकारले… Continue reading यातायात क्षेत्रमा थालिएको पहलबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

इकोनोमिक्स ओलम्पियाडमा नेपालबाट भाग लिने विद्यार्थी छानिए

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करणबाट अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिने विद्यार्थीको टुंगो लागेको छ ।ललितपुरमा आइतबार सम्पन्न राष्ट्रिय प्रतिस्पर्धामा गोल्ड मेडल विजेता ५ जना विद्यार्थी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छानिएका हुन् । जसमा बूढानीलकण्ठ स्कुलका भार्गभ चौटत र भिक्टर हमाल, लिटिल एन्जल्स कलेजका प्रयुश यादव, ट्रिनिटी कलेजका मयंक शंकर झा र सेन्ट जेभियर… Continue reading इकोनोमिक्स ओलम्पियाडमा नेपालबाट भाग लिने विद्यार्थी छानिए

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

एजेन्सी । विराट कोहलीले सर्वकालीन महान ब्याट्स्म्यान भारतीय क्रिकेट लेजेन्ड सचिन तेन्दुल्करले कम इनिङमा बनाएको २५ हजार अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका छन् । कोहलीले सचिनको भन्दा कम इनिङ खेलेर यो कीर्तिमान बनाएका हुन् । कोहलीले ५४९ इनिङमै यो सफलता पाएका हुन् भने सचिनलाई यसका लागि ५७७ इनिङ लागेको थियो । २५ हजार रन पूरा गर्ने… Continue reading विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

‘रास्वपा मुलुकका लागि घाँडो भयो, पदकाे आशक्तिबाहेक केही छैन’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन् । कीर्तिपुरस्थित अनेरास्ववियूको दोस्रो स्थायी कमिटीको बैठकमा नेपालले भने नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे।… Continue reading ‘रास्वपा मुलुकका लागि घाँडो भयो, पदकाे आशक्तिबाहेक केही छैन’

ओलीको टिप्पणी-वरिपरि २–४ जना मान्छे देखेर जोस्सिएका पूर्वराजा आफैं अलमलमा छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह २-४ जना मान्छे वरिपरि देखेपछि जोस्सिएको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले दिएको वक्तव्यको कटाक्ष गरेका हुन् । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ। दुई चार जना मान्छे वरिपरि देख्यो भने… Continue reading ओलीको टिप्पणी-वरिपरि २–४ जना मान्छे देखेर जोस्सिएका पूर्वराजा आफैं अलमलमा छन्’

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको… Continue reading उपनिर्वाचनका लागि दल दर्ता आह्वान

मादल बजाएर सेनाले राख्यो विश्व रेकर्ड

rss

काठमाडौं । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वल्र्ड बुक्स् अफ रेकर्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे । सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ… Continue reading मादल बजाएर सेनाले राख्यो विश्व रेकर्ड

चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

Sky news

काठमाडौं । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा कुनै माफी नमाग्ने अडान दोहोर्‍याए। जसको केही घण्टामा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले तनाव बढाउँदै वार्ताको लागि अनुरोध गर्न नसक्ने जनायो। चीनले अमेरिकी आकाशमा भेटिएका… Continue reading चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं

file

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने बताएका हुन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले भनेकेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको… Continue reading पूर्वराजा भन्छन् : मुलुक अधोगतीमा छ, सहकार्य गरौं

लोकतान्त्रिक आचरणलाई जिवन पद्दती बनाऔं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् । उनले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त… Continue reading लोकतान्त्रिक आचरणलाई जिवन पद्दती बनाऔं : राष्ट्रपति

आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।… Continue reading आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

काठमाडौं । ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । भारतको मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । खतरामुक्त रहेकाले पर्सि सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने योजना रहेको डाक्टर सुनिल केस्वानीले जानकारी दिएका… Continue reading चन्द्र भण्डारीको स्वास्थ्य कस्तो छ ?

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालको लगातार तेस्रो जित

काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ । ग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७।३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । घरेलु… Continue reading आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालको लगातार तेस्रो जित

नेपाली सेनाले स्थापना दिवस मनाउँदै, टुडिखेलमा विशेष परेड

काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी दुई सय ६०औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएकी छिन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको सेनाको उनी परमाधिपति हुन् । प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा… Continue reading नेपाली सेनाले स्थापना दिवस मनाउँदै, टुडिखेलमा विशेष परेड

कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । भारतको मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भण्डारीको शरीरमा रहेको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको उपचारमा संलग्न डा. मुकेश मिश्रालाई उद्धृत गर्दै कांग्रेस नेथा योगराज कँडेलले जानकारी दिएका छन् । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत खाना दिइने चिकित्सकहरूले बताएको उपचार समन्वयमा गएका नेता कँडेलले जानकारी दिए ।… Continue reading कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

पशुपतिनाथमा भक्तजनको भीड

काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न… Continue reading पशुपतिनाथमा भक्तजनको भीड

सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिउँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता औंल्याएकी छन् । उनले नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको उल्लेख गर्दै पुर्खाको नासोका रूपमा रहेका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु दायित्व भएको बताइन् । महाशिवरात्रि पर्व, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति… Continue reading सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिउँ : राष्ट्रपति

आज महाशिवरात्री, देशभर मनाइंदै

Photo: THT

काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा(आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना,… Continue reading आज महाशिवरात्री, देशभर मनाइंदै

आईसीसी लिग २ : नेपाल र नामिविया भिड्दै

काठमाडौं । आईसीसी लिग-२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले टस जितेर नामिबियाविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर नामिबियालाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपालले कुनै पनि खेलाडी परिवर्तन नगरी खेल सुरु गरेको हो । यो सिरिजमा नेपालको नामिबियासँग दोस्रो खेल हो । नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेटले… Continue reading आईसीसी लिग २ : नेपाल र नामिविया भिड्दै

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित,कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डमाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ । मध्यक्रममा दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङले २७५ रनको लक्ष्य पछ्याउँदै नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए… Continue reading स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित,कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङ

पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवस’को बिदालाई पनि वार्षिक क्यालेण्डरमै राख्ने

काठमाडौं । सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेण्डरमै’ समेट्ने निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सन्तुलन मिलाउनका लागि पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यी दुवै बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छन् । मन्त्रिपरिषद बैठकले गत… Continue reading पृथ्वीजयन्तीसँगै ‘जनयुद्ध दिवस’को बिदालाई पनि वार्षिक क्यालेण्डरमै राख्ने

कांग्रेस नेता भण्डारीको पहिलो अप्रेशन सफल

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन सफलतापूर्वक सकिएको सचिवालयले जनाएको छ। चिकित्सकका अनुसार डा. भण्डारीको अर्को अप्रेशन तयारी पनि भइरहेको छ। त्यसका लागि उनीहरुले भण्डारीका आफन्तसँग परामर्श गर्दैछन्। सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो।

चरित्रहत्या गरेकाे आराेपमा ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

काठमाडौं । करिश्मा मानन्धरकाे मानहानी गरेर अन्तर्वार्ता दिएकाे आराेपमा प्रहरीले डिल्लीराम खनाल पक्राउ गरेको छ । उनले एक हप्ताअघि एउटा युट्युब च्यानलमा करिश्मा मानन्धर अमेरिका बस्दा एक पुरुषसँग लिभिङ टुगेदरमा बसेको दाबी गर्दै अन्तर्वार्ता दिएका थिए । खनाल पछिल्लाे समय यूटयुवमा चर्चित छन् । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै खनालविरुद्ध साइबर… Continue reading चरित्रहत्या गरेकाे आराेपमा ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ

स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

काठमाडौं । आईसीसी विश्व क्रिकेट लीग टुअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजको जारी खेलमा स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो। स्कटल्याण्डका लागि मिचेल लिस्कले शतकीय पारि खेल्दै सर्वाधिक अविजित १०७ रन बनाए। करियरको पहिलो शतक हान्ने क्रममा… Continue reading स्कटल्याण्डद्वारा नेपाल सामु २७५ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

(FILES) In this file photo taken on January 24, 2023, people watch the BBC documentary "India: The Modi Question", on a screen installed at the Marine Drive junction under the direction of the district Congress committee, in Kochi. - Indian tax authorities on February 14, 2023 raided BBC's New Delhi offices a journalist at the broadcaster told AFP, weeks after it aired a documentary critical of Prime Minister Narendra Modi. (Photo by Arun CHANDRABOSE / AFP)

नयाँ दिल्ली । भारतमा बीबीसीका दिल्ली र मुंबईस्थित दुई कार्यालयमा आयकरविभागले सर्वे पुरा गरेको छ । छानविन तीन दिनसम्म चलेको छ । बिहीबार राती भने सर्वे पुरा भएको विभागले जनाएको छ । बीबीसीका प्रवक्ताले आयकर विभागबाट आएका कर्मचारी दिल्ली र मुंबई कार्यालयबाट निस्किसकेको जनाएका छन् । उनले आयकर विभागलाई पूर्ण सहयोग गर्ने र यससम्बन्धी मामला… Continue reading आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

निजी सवारीले भाडामा यात्रु बोकेपछि प्रहरीले गर्यो कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले राइड सेयर गरेर भाडा उठाएपछि पठाओ, इन्ड्राइभर जस्ता सेवाका मोटरसाइकल चालकहरुलाई कारबाही गरेको छ । प्रयोजन विपरीत सवारी साधन चलाउने २० जना मोटरसाइकल चालकलाई बिहीबार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘निजी प्रयोजनमा दर्ता भइ भाडा लिएर यात्रु बोक्ने गरेको पाइएपछि चालकलाई कारबाही गरिएको हो,’ ट्राफिक प्रहरीले भनेको छ ।… Continue reading निजी सवारीले भाडामा यात्रु बोकेपछि प्रहरीले गर्यो कारवाही

नेपाल र भारतलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अभियान चलाउने अभियन्ता शङ्कराचार्य काठमाडौंमा

काठमाडौं । भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाडौं आएका छन् । नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो। आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो। हिन्दूहरूको चार धाममध्ये जगन्नाथ… Continue reading नेपाल र भारतलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अभियान चलाउने अभियन्ता शङ्कराचार्य काठमाडौंमा

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ । अस्पतालका चिकित्सक डा सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य रहेको छ। तर चिकित्सकहरूले ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गरिने जानकारी दिएको मुम्बईमा रहेका… Continue reading सांसद भण्डारीको मुम्बईमा उपचार जारी, कस्तो छ अवस्था ?

अनेरास्ववियुको अध्यक्ष बने बडाल

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । ९६२ मत पाएर बडाल अध्यक्ष चुनिए… Continue reading अनेरास्ववियुको अध्यक्ष बने बडाल