रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

KREMLIN.RU/AFP

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगाएपछि बेइजिङले त्यसको खण्डन गरेको छ। तर चीनले युक्रेनमा परिचालित रुसी फौजलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्ने बीबीसीले लेखेको छ । चीन रुसका लागि एउटा महत्त्वपूर्ण व्यापारिक साझेदार भएको समाचारमा उल्लेख छ । चीनले सैन्य सामग्री उत्पादन… Continue reading रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गतराति स्वीटजरल्याण्ड प्रस्थान गरेको छ । कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (फागुन ११ र १२ गते) आयोजना हुँदैछ । टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. कृष्णप्रसा पौडेल र… Continue reading स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्डतर्फ

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण कतार हुने भएको छ । उनी फागुन १९ गते कतारको राजधानी दोहा जाने तयारीमा रहेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहेको उनको सचिवालयले पुष्टी गरेको हो । अल्पविकसित राष्ट्रहरुको सम्मेलन… Continue reading प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट हुँदै

साउदीको जेलमा रहेका नेपाली युवालाई नेपाल फर्काउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिबद्धता गरेका हुन् । प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । कार्कीका परिवारजनसँगको भेटमा… Continue reading साउदीको जेलमा रहेका नेपाली युवालाई नेपाल फर्काउने प्रधानमन्त्रीको प्रतिवद्धता

बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड

काठमाडौं । नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारले प्रतिष्ठित इशा अवार्ड प्रदान प्रदान गरेको छ । सरकारको तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले अवार्ड हस्तान्तरण गरेका हुन् । मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि (झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान… Continue reading बहराइनका राजाले डा. रुइतलाई प्रदान गरे १४ करोड पुरस्कार राशीको इशा अवार्ड

मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

काठमाडौं । राइड सेयरिङ गर्नेहरुले अब मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने भएका छन् । उच्च अदालत पाटनले मोटरसाइकलमा मोबाइल होल्डर र हेल्मेटमा क्यामरा राख्न नदिने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ । दुर्घटना बढेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागको सहमतिमा ट्राफिक प्रहरीले मोटरसाइकलमा मोबाइल… Continue reading मोटरसाइकलमा मोबाइल होल्डर र स्ट्यान्ड राख्न पाउने

नेपालको रोमाञ्चक जित,आईसीसी विश्वकप लिग टू सिरिज ‘क्लीन स्वीप’

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ। मंगलबार भएको अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्ड २ विकेटको पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको हो। १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट… Continue reading नेपालको रोमाञ्चक जित,आईसीसी विश्वकप लिग टू सिरिज ‘क्लीन स्वीप’

दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात

काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा त्यही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको छिन् । मंगलबार दिउँको २ बजे हाम फालेका उनीहरूको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। के कति कारणले हाम फालिन भन्ने… Continue reading दुई छोरासहित गण्डक नहरमा हाम फालिन् प्रतिमा,अवस्था अज्ञात

चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, गर्न थाले दोहोरो संवाद

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीले घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका हुन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको… Continue reading चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, गर्न थाले दोहोरो संवाद

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

काठमाडौं । पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीले नियुक्ति दिएसँगै सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् । त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका सापकोटा अन्तराष्ट्रिय सम्बन्ध एवम् परराष्ट्र मामिलाको जानकारका रूपमा सापकोटा परिचित छन् । टीयूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा… Continue reading प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

एजेन्सी । नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि जर्ज मुन्शेले अर्धशतकीय पारी खेले । ५० बलको सामना गरेका उनले ९ चौका र २… Continue reading स्कटल्याण्डद्वारा नेपाललाई २१३ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति

काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने मिति नजिकिएको छ । तर, दलहरु अहिलेसम्म उम्मेदवार टुंगो लगाउने कुरामा चुकिरहेका छन् । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम इन्ट्री भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटेरै उनलाई राष्ट्रपतिको प्रस्ताव गरेको बताइएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले… Continue reading राष्ट्रपतिको होडमा माधव नेपालको इन्ट्री, रोचक बन्दै राजनीति

बाइक राइडर र टयाक्सी ड्राइभरमा श्रम स्वीकृति नपाइने

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदको पूर्वस्वीकृति नदिने भएको छ । विभागले सोमबार सूचना सार्वजनिक गर्दै अर्को निर्णय नभएसम्म उक्त श्रम स्वीकृति नदिने जानकारी गराएको हो । विभागका अनुसार वैदेशिक रोजगारीका लागि यूएई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा गएका… Continue reading बाइक राइडर र टयाक्सी ड्राइभरमा श्रम स्वीकृति नपाइने

टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा पुनः ठूलो भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको हो । टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार राती आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको पुष्टी… Continue reading टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक… Continue reading राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

ग्याल्बो ल्होछार आज, सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ… Continue reading ग्याल्बो ल्होछार आज, सार्वजनिक बिदा

आईसीसी लिग २ : अन्तिम खेलमा स्कटल्याण्डसँग नेपालले फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेल आज हुँदैछ । नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।नेपाली टिममा एक परिवर्तन गरिएको छ । तेस्रो खेलमा खेलेका तीव्र गतिका बलर गुल्सन झालाई स्पिनर ललित राजवंशीले प्रतिस्थापन… Continue reading आईसीसी लिग २ : अन्तिम खेलमा स्कटल्याण्डसँग नेपालले फिल्डिङ गर्दै

राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार माओवादीले अध्यक्ष प्रचण्डलाई दियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्ने जिम्मा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सोमबार केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको जानकारी दिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महराले यस्तो जानकारी गराए । उनका अनुसार आजको बैठकमा व्यक्तिमा… Continue reading राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार माओवादीले अध्यक्ष प्रचण्डलाई दियो

रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि… Continue reading रासायनिक मल किन्न साढे ७ अर्बको स्रोत सुनिश्चित

युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

ZELENSKY OFFICIAL/TELEGRAM

काठमाडौं\बीबीसी। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए। ‘जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ, तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो’, उनले लेखेका छन्। पोलिश समकक्षी… Continue reading युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध

काठमाडौं । कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको छ । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले ७ वटै विमानलाई सोमबारदेखि नै उडान भर्न नदिने निर्णय गरेको हो । यद्यपि गत बुधबारदेखि नै गुणका उडान बन्द थिए… Continue reading कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध

त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय श्रृङ्खलाको पाँचौ खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको छ । स्कटल्यान्ड दिएको २२२ रनको लक्ष्य पछ्याउने क्रममा नामिबिया ३८.४ ‌ओभरमा १७८ रनमा समेटियो। नामिबियाका लागि लो-हन्ड्रे लोरेन्सले ५२ र जेहार्ड इरसमसले ४३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। टस हारेर ब्याटिङको… Continue reading त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

विन्ध्यबासिनी म्युजिकका संचालक सुवास रेग्मी विमानस्थलबाट पक्राउ

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय साइबर ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार आज बिहान पक्राउ गरेको हो । उनी आज थाइल्याण्डबाट नेपाल आइपुगेका हुन् । रेग्मी विरुद्ध विद्युतीय स्वरुपमा चरित्र हत्याको आरोप छ । महेशचन्द्र आचार्यले आफ्नो चरित्र हत्या गरेको भन्दै रेग्मविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए ।

रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा एकसाता देखि लगातार दोहोरो अंकको घटेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लगानीकर्ताले शेयर धितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि सुनुवाई नगरेपछि नेप्से लगातार घटेको हो । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २३.६०अंकले घटेर २०४६.८१ विन्दुमा पुगेको… Continue reading रोकिएन् शेयर बजारको ओरालो यात्रा, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

त्रिभुवन विमानस्थल अध्यागमनको सेवा अवरुद्ध, हवाई यात्रुहरु प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ । कार्यालयको इण्टरनेट नचल्दा सेवा अवरुद्धका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । विमानस्थलमा नेपाल टेलिकमको इण्टरनेट जडान गरिएको छ । यसअघि विमानस्थलमा सरकारी सर्भर… Continue reading त्रिभुवन विमानस्थल अध्यागमनको सेवा अवरुद्ध, हवाई यात्रुहरु प्रभावित

पशुपतिमा आएका साधुसन्तको बिदाइ

काठमाडौं । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले २०० देखि नौ हजार २०० रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरेको छ । सामान्य माग्दै हिँड्नेलाई २०० देखि नागाबाबासम्मलाई छुट्टाछुट्टै दरले बढीमा ९ हजार २०० रुपैयाँसम्म दक्षिणा एउटा रुद्राक्षको मालासहित बिदाइ गरेको हो । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि छिमेकी देश भारतसहित अरू… Continue reading पशुपतिमा आएका साधुसन्तको बिदाइ

इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

काठमाडौं । इजरायलले आइतबार बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ । एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । सन् २०११ मा सिरियमा युद्ध सुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको… Continue reading इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुगेको छ ।संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूतरस्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसङ्घका लागि मलावी गणतन्त्रका राजदूत स्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी–मोलान्डेले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कमा गत बिहीबार सोसम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर… Continue reading नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना

उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

Photo: AFP/EAST NEWS

काठमाडौं । उत्तर कोरियाले शनिवार अप्रत्याशित अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर सी अफ जापानमा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो। प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको… Continue reading उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

प्रधानमन्त्री समक्ष कांग्रेस नेताले भने : राष्ट्रपतिमा सहयोग गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष नेपाली कांग्रेसका शीर्ष नेताले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा आइतबार साँझ बालुवाटार पुगेका थिए । भेटमा कांग्रेस नेताहरुले औपचारिक रुपमा राष्ट्रपतिमा आफ्नो दललाई सहयोग… Continue reading प्रधानमन्त्री समक्ष कांग्रेस नेताले भने : राष्ट्रपतिमा सहयोग गर्नुहोस