एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुरको सल्लाघारीमा यही मङ्सिर २७ गते हुने नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्‌घाटनका लागि मञ्च निर्माण गरिँदै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

भक्तपुर, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा हुँदै छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण यहाँ आज चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिका कारण उद्घाटनस्थलमा घुइँचो लागेको थियो । उद्घाटनस्थलमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित उपत्यकाका ऐतिहासिक, पुरातात्विक… Continue reading एमाले महाधिवेशन : कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

RSS

काठमाडौँ,२५ मङ्सिरः लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो । लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २०… Continue reading लुम्बिनी लायन्स एनपिएल फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

काठमाडौँ, २५ मङ्सिर । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ । उक्त समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन सारांशको प्रस्तुतीकरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले… Continue reading जेन जी आन्दोलनमा सरकारी र निजी क्षेत्रतर्फ ८४ अर्ब ४५ करोड ७७ लाख बराबर आर्थिक क्षति

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

file

बेइजिङ, २५ मङ्सिर (रासस–एएफपी) । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ । यस अघि गुआङडोङ र हङकङका… Continue reading चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

Local people transported by tractors and motorcycles flee from their home in northwestern provinces of Cambodia's border with Thailand, Tuesday, Dec. 9, 2025. (AP Photo/Heng Sinith)

बैङ्कक, २५ मङ्सिर (रासस–सिन्ह्वा) । कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाख भन्दा बढी थाई बासिन्दाहरूलाई आफ्नो आश्रय स्थल छोडी अनेत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनु भएको छ । थाइल्यान्डको आर्मी एरिया कमान्डले सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै बुधबार स्थानीय समय अनुसार विहान ५ः०० बजे देखि सुरु भएको… Continue reading कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

ढाका, २५मङ्सिर (रासस–सिन्ह्वा) । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा… Continue reading बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

FILE - The U.S. Border with Mexico is seen in an aerial view Jan. 31, 2025, near San Diego. (AP Photo/Jae C. Hong, File)

वासिङ्टन डीसी , २५ मङ्सिर (रासस–एएनआई) । अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरे पछि सन् २०२५ जनवरी देखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्जाल एक्स मार्फत विदेश विभागले कडा आप्रवासन निरीक्षणका लागि ट्रम्प प्रशासनको निरन्तर प्रतिबद्धतालाई जोड दिदै यस्तो घोषणा गरेका जनाएको छ । घोषणाको साथमा… Continue reading आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द

मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

(251210) -- FES, Dec. 10, 2025 (Xinhua) -- Rescuers work at the site where two buildings collapsed in the city of Fes in Morocco, Dec. 10, 2025. At least 19 people were killed and 16 others injured when two buildings collapsed in the city of Fes in Morocco Tuesday night, the country's state news agency said. (Photo by Saouri Aissa/Xinhua)

रबात, मोरक्को, २५ मङ्सिर (रासस–एएफपी) । मोरक्कोको फे्स शहरमा दुई चारतले भवन भत्किँदा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ भने सोह्र जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले उद्धार कार्य अझै जारी रहेको र पुरिएका अरू मानिसलाई जोगाउने प्रयास भइरहेको बताएका छन् । भवन फे्सको अल–मस्सिरा क्षेत्रमा रहेका थिए, र आठ परिवार त्यहाँ बस्दै आएका… Continue reading मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र

दक्षिण कोरियाको श्रम बजारमा सुधार

A general view shows the logo of South Korean online delivery service Coupang, at a building (C) housing the company's headquarters in Seoul on December 9, 2025. South Korean police raided the Seoul headquarters of e-commerce giant Coupang on December 9, over a recent data leak believed to have affected almost two-thirds of the country's population. (Photo by Jung Yeon-je / AFP)

सिओल, २५ मङ्सिर (रासस–सिन्ह्वा) । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ । विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर व्याख्या गरेका छन् । यसले आर्थिक स्थिरता र समाजमा वृद्ध व्यक्तिहरूको सक्रिय सहभागितालाई देखाउँछ । १५ वर्षभन्दा माथिका कुल रोजगारी वर्षैपिच्छे ०।८ प्रतिशतले बढेर दुई करोड ९० लाख… Continue reading दक्षिण कोरियाको श्रम बजारमा सुधार

विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

File : (Photo by AFP) / China OUT

जेनेभा,२५ मङ्सिर (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्र व्यापार र विकास निकायले विश्वव्यापी व्यापार सन् २०२५ मा पहिलो पटक ३५ खर्ब अमेरिकी डलर भन्दा बढी पुग्ने अपेक्षा गरिएको जनाएको छ । विश्वव्यापी व्यापारमा भौगोलिक र राजनीतिक तनाव, लागत वृद्धि र असमान मागका बावजुद पनि व्यापार निरन्तर बढ्दै गएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार, यस वर्ष विश्वव्यापी… Continue reading विश्वव्यापी व्यापारमा वृद्धि, पूर्वी एशियाको योगदान उच्च

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

file

२४ मंसिर, काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी —डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स-सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३\७४मा ठेक्का सम्झौता भएको थियो… Continue reading कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

दरबार सौन्दर्यीकरणपछि पर्यटक आकर्षण बढ्दै

गलकोट (बागलुङ), २५ मङ्सिरः एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ । यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार… Continue reading दरबार सौन्दर्यीकरणपछि पर्यटक आकर्षण बढ्दै

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्पन्न भएको सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको हो।साथै अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ, २५ मङ्सिरस् सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ । त्यसका लागि प्राथमिकताका साथ आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गरी कार्यान्वयन गरिने सहमति भएको छ । प्रधानमन्त्री सुशीला कार्की र जेनजी सहिद परिवारका तर्फबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा… Continue reading ‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

रासस

काठमाडौँ, २५ मङ्सिर ः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ… Continue reading एनपिएल : लुम्बिनी र विराटनगर भिड्दै

आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइदैं

काठमाडौँ, २५ मङ्सिरः हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस… Continue reading आज अन्तरराष्ट्रिय पर्वत दिवस मनाइदैं

देशका अधिकांश भागमा आज मौसम सफा रहने

RSS

काठमाडौँ, २५ मङ्सिरः जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे… Continue reading देशका अधिकांश भागमा आज मौसम सफा रहने

सरकार-जेनजी सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र नेपाल सरकारबीच सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्पन्न भएको सम्झौतामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारहरूका अगुवा भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको हो।साथै अन्य जेनजी प्रतिनिधिहरूले पनि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ, २४ मङ्सिर : सरकार र जेनजीबीच राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट सहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गर्नुभएको सहमतिमा भनिएको छ, “राजनीतिक, नीतिगत तथा… Continue reading सरकार-जेनजी सम्झौता : दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गरिने

दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकारले मौरिसससँग सन् १९९९ अगस्त ३ मा सम्पन्न भएको द्विपक्षीय दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णयको औपचारिक जानकारी कूटनीतिक माध्यमबाट पठाएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले नेपालका तर्फबाट तोकिएका सक्षम अधिकारीको हैसियतमा सम्झौताको धारा २९, उपधारा १ बमोजिम खारेजीको सूचना औपचारिक पत्रमार्फत मौरिसस सरकारलाई प्रेषण गरेका… Continue reading दोहोरो करमुक्ति सम्झौता खारेज भएकाबारे मौरिससलाई औपचारिक जानकारी

काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

RSS

काभ्रेपलाञ्चोक, २४ मङ्सिर । यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह (पहिलो चरण)मा दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी रहेका छन् । समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्टसका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ मेनेजमेन्टका ३७८, स्कुल… Continue reading काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

केपी ओलीसँग एमाले अध्यक्षका लागि भिड्दै इश्वर पोखरेल

काठमाडौँ, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७–२९ गतेसम्म काठमाडौँमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तर संवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउए । उनले नेतृत्व पुस्तान्तरण… Continue reading केपी ओलीसँग एमाले अध्यक्षका लागि भिड्दै इश्वर पोखरेल

एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

RSS

काठमाडौँ, २४ मङ्सिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा आज सम्पन्न इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौँ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा… Continue reading एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की

RSS

काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने आफूहरूको इच्छा भएको बताएकी छिन् । सरकार र जेनजी समूहबीच आज सिंहदरबारमा भएको सम्झौतापछि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले एउटै दस्तावेजबाट सबैका इच्छा भने पूरा नहुने पनि स्पष्ट गरिन् । “हाम्रा जति पनि हाम्रा युवा शक्तिहरू छन्, तिनीहरू देशमै बसुन्, रोजगारी… Continue reading युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

RSS

काठमाडौँ, २४ मङ्सिर । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा… Continue reading सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी

२४ मंसिर, काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड संस्थापना गर्ने निर्णय गरेको छ ।कम्पनी संस्थापना गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति दिएको छ । कम्पनीमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको वहुमत सेयर रहनेछ । कम्पनीमा नेपाल सरकारका विभिन्न निकाय, सम्बन्धित प्रदेश… Continue reading नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलाञ्चोक, २४ मङ्सिर ः काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ । समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना हुने समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर… Continue reading काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी), २४ मङ्सिर : पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रुख काटिने आदेश… Continue reading पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

निर्वाचन ८५ दिन बाँकी : आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ, २४ मङ्सिरः निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको… Continue reading निर्वाचन ८५ दिन बाँकी : आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ, २४ मङ्सिरः समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो… Continue reading समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

यस्तो रहने छ आजको मौसम

RSS

काठमाडौँ, २४ मङ्सिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने बताएको छ । काठमाडौँ उपत्यका आज बिहान ५ः४५ बजेको… Continue reading यस्तो रहने छ आजको मौसम

एनपिएल : एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

RSS

काठमाडौँ, २४ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो… Continue reading एनपिएल : एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै