काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए। प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा… Continue reading प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन
Category: फिचर
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत समेत खुलाउनुपर्ने गरी निर्वाचन आयोगले नियम ल्याएको छ । मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।… Continue reading प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने
प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारका लागि देश दौडाहामा जान नपाउने भएका छन् । निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता अनुसार कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ । आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय… Continue reading प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने
नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परीक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण… Continue reading नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टी, मृत्यु शून्य
बालेनविरुद्ध अवहेलनाको मुद्दा, सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ
काठमाडौं । अदालतको अवहेलनासम्बन्धी अभियोगमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई सर्वोच्च अदालतले आदेश दिएको छ । नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर रिटलाई लिएर गरेको टिप्पणीका कारण बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो। अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा… Continue reading बालेनविरुद्ध अवहेलनाको मुद्दा, सर्वोच्चले माग्यो ७ दिनभित्र जवाफ
नेपाली शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक नेप्से ३.७६ अंकले बढेर १९९३.२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२२ कम्पनीको १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ । अघिल्लो… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकममा भारी गिरावट
विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको… Continue reading विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने
सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय
काठमाडौं । न्युरोडस्थित सुरज आर्केडमा बनेको अवैध संरचना हटाउन पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ । आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् । ती सामान हटाएर पार्किङका लागि खाली गर्न भन्दै महानगरको टोली पुगेपछि सुरज आर्केडका पसल बन्द गरिएका थिए। तर, व्यवसायीले आफूहरुले… Continue reading सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय
पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु
इस्लामावाद । बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३… Continue reading पाकिस्तानमा बाढी, १ हजार भन्दा बढी मानिसको मृत्यु
हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर खाइदैं
काठमाडौं\रासस । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ ।… Continue reading हरितालिका तीजको आज पहिलो दिन, घर-घरमा दर खाइदैं
रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन
रुकुम । रुकुम पश्चिममा पहिरोमा परी आमा छोरीको निधन भएको छ । एक जना घाइते भएका छन् । जाजरकोट भेरी नगरपालिका– १ मैदेकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षीया छोरी प्रतीक्षा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालमतीकी ७ वर्षीया छोरी तिर्सना घाइते छिन् । तिर्सनाको जाजकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ… Continue reading रुकुम पश्चिममा पहिरो, आमा-छोरीको निधन
कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान
धनगढी । कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेसँगै सतर्क रहन प्रशासनले आह्वान गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको हो । नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्ला प्रशासन… Continue reading कैलालीको मोहना नदीमा बाढी, सतर्क रहन आह्वान
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाएरभएको दुर्घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठोक्किएका हुन् । जिल्ला प्रहरी… Continue reading रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुई बालबालिकाको मृत्यु
अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा अब डाक्टर र नर्ससहितको सेवा उपलब्ध हुने भएको छ । आइतबार बसेको आठौं कार्यपालिका वैठकले ३२ वटै वडामा एक एक जना इन्जिनियर, एमडीजीपी र नर्स करारमा राख्ने निर्णय गरेको छ । हरेक वडामा वडा क्लिनिक सञ्चालन गर्ने र त्यहाँ रोगको पहिचान गर्न सक्ने जनरल प्राक्टिसमा एमडी गरेका डाक्टर… Continue reading अब काठमाडौंका सबै वडामा डाक्टर र नर्स खटिने
माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?
काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार बागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरुको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरिएको हो । दुई महिना चुनावी मैदानमा खटिने गरी सबै केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिइएको छ । बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी… Continue reading माओवादी केन्द्रले बागमति प्रदेशका निर्वाचन क्षेत्रमा तोक्यो कमाण्डर, कसले कहाँ सम्लाल्ने ?
नेप्सेको ओरालो यात्रा कायमै, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच भएको छ । आज… Continue reading नेप्सेको ओरालो यात्रा कायमै, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता
विष्फोट गरेर ढालियो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन
काठमाडौं । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ। आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो। राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो। टावर भएको स्थान वरिपरि… Continue reading विष्फोट गरेर ढालियो भारतमा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन
काठमाडौं महानगरले भत्कायो भोटाहिटी-रत्नपार्क अण्डर पासमा बनेको अवैध संरचना
काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ। नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ। महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ। महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो।… Continue reading काठमाडौं महानगरले भत्कायो भोटाहिटी-रत्नपार्क अण्डर पासमा बनेको अवैध संरचना
अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक छः उपमेयर डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छिन् । आइतबार सामाजिक संजालमा स्ट्याटस राख्दै महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी हुन् । ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण… Continue reading अनधिकृत संरचना हटाउने महानगरको अभियान सकारात्मक छः उपमेयर डंगोल
ट्रम्पको घरमा थुप्रै ‘अतिगोप्य कागजात’ भेटिएको एफबीआईको खुलासा
न्यूयोर्क\बीबीसी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको अवरोधको प्रमाण खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलासा भएको छ । हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अतिगोप्य फाइलहरू ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए। न्याय मन्त्रालयले आफूले ूउल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण… Continue reading ट्रम्पको घरमा थुप्रै ‘अतिगोप्य कागजात’ भेटिएको एफबीआईको खुलासा
नवराज लम्सालको ‘अग्नी’ले जित्यो मदन पुरस्कार
काठमाडौं । नेपालको प्रतिष्ठित साहित्यित पुरस्कार ‘मदन पुरस्कार’ यस वर्ष डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराएका छन् । अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ।… Continue reading नवराज लम्सालको ‘अग्नी’ले जित्यो मदन पुरस्कार
नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै
काठमाडौं । नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइनेछ। राष्ट्रियसभाका… Continue reading नागरिकता विधेयक आज राष्ट्रियसभामा पेश हुँदै
महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीले आफ्ना सवारी साधन पार्किङ गर्न सक्ने भएका छन् । यसअघि सेवाग्राहीले सडकमा आफ्नो जोखिममा सवारी साधन राख्नु पर्ने बाध्यता थियो । महानगरपालिकाले बेसमेन्ट पार्किङ प्रयोजनका लागि भएको भन्दै सो स्थान गत शुक्रबार खाली गराएको हो । विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन समेत सेवाग्राहीसँग भनेको… Continue reading महानगरले खाली गराएको राहदानी विभागको बेसमेन्टमा आजबाट पार्किङ गर्न सकिने
तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र केन्या भिड्दै
काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा हुनेछ । पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको… Continue reading तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल र केन्या भिड्दै
मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना
काठमाडौं । आइतबारबाट नेपालमा मौसम बदली भएको छ । आज देशभर सामान्यदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भू–भागमा भू–क्षय, पहिरो तथा… Continue reading मनसुन पुनः सक्रिय, भारी वर्षाको सम्भावना
त्रिभुवन विमानस्थल हुँदै पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना प्रहरीको नियन्त्रणमा
काठमाडौं । पर्यटक भिसामा खाडीका विभिन्न देशमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १ सय ९७ जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक कागजात शंकास्पद देखिएकोले थप अनुसन्धानका लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको अध्यागमन विभागले जनाएको छ । भदौको ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक भिसा… Continue reading त्रिभुवन विमानस्थल हुँदै पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना प्रहरीको नियन्त्रणमा
गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत
धरान । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउने बारे संकेत गरेका छन् । शनिबार धरानमा उद्योग वाणिज्य संघ सुनसरीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले गहुँ र चिनी आयातमा भारतले लगाएको प्रतिबन्ध हटाउने विषयमा कुराकानी भइरहेको जानकारी गराए । ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ… Continue reading गहुँ र चिनीमा लगाएको प्रतिवन्ध हटाउने भारतीय राजदूतको संकेत
एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने
काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि… Continue reading एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने
१७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३९ परीक्षणमा १७३ जनामा संक्रमण पुष्टि भएको हो । ६४३ पीसीआर परीक्षणमा ६५ जना र दुई हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जना गरी १७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा… Continue reading १७३ जनामा कोरोना पुष्टी, मृत्यु शून्य
यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड
काठमाडौं\एजेन्सी । युरोपेली सङ्घले हाल युरोपमा जारी चरम खडेरी पाँच सय वर्षयताकै खराब भएको बताएको छ । खडेरीका कारण यस महादेशका झन्डै दुई तिहाइ क्षेत्रमा कुनै न कुनै प्रकारको चेतावनी जारी गरिएको छ । बीबीसीका अनुसार सङ्घले यो खराब अवस्था पाँच वर्षयताको खराब भएको बताएको छ । युरोपमा ४७ प्रतिशत भू–भागमा माटोको चिसोपना सुकेको र… Continue reading यूरोपमा चरम खडेरी, ५ सय वर्षयताकै खराब भएको रेकर्ड