काठमाडौं । दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन नेपालमै उत्पादन हुनेभएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन उत्पादन गर्न थालिएको हो । बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास भएको छ । स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष… Continue reading कोरियाली ब्राण्ड सामसङका टेलिभिजन अब नेपालमा उत्पादन हुने
Category: फिचर
भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए
काठमाडौं । कुवेतमा भिजिट भिसामा जान लागेका ३९ जना महिलालाई नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट फर्काएको छ । बुधबार बिहान जजिरा एयरवेजको जहाजबाट कुवेत जान लागेका महिलाहरुलाई प्रहरीले शंकास्पद कागजातका आधारमा फर्काएको छ । उनीहरुले बोकेको कागजात र सोधपुछमा समान नभएपछि प्रहरीले उनीहरुलाई रोकेको बताइएको छ । उनीहरुले भने दुबईमा भिजिट भिसामा जान लागेको बताएका थिए… Continue reading भिजिट भिसामा कुवेत जान खोजेका ३९ जना महिला विमानस्थलबाटै फर्काइए
राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति
काठमाडौं । सरकारले नागरिकता विधेयक जस्ताको तस्तै पठाएसँगै असन्तुष्ट राष्ट्रपति विद्यादेवि भण्डारीले राजिनामा दिन सक्ने आशंकाका बीच राजनीतिमा नयाँ बहस शुरु भएको छ । बुधबार एमाले निकट सञ्चारमाध्यमले राजिनामा आउन सक्ने सम्भावना रहेको प्रकृतिका समाचार प्रकाशित गरेका थिए । यसलाई बल पुग्ने गरी बुधबार नै राष्ट्रपतिले आफ्नो सुरक्षामा खटिएका वर्तमान र विगतका सुरक्षाकर्मीलाई समेत बोलाएर… Continue reading राष्ट्रपतिले राजिनामा दिने आशंकाका बीच तरंगित हुँदै राजनीति
निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत जनकपुरले निहारिका राजपुतका छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो । सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा,… Continue reading निहारिकाको मुद्दामा डीएनए जाँच गर्न उच्च अदालतको आदेश
नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो । महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने… Continue reading नक्सा पास भएको विवरण पठाउन जिल्ला अदालतलाई महानगरकाे पत्र
अन्डरग्राउन्ड पार्किङमा बनेको न्युरोडस्थित नबिल बैंकको शाखा हटाउन बालेनको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा भएको नबिल बैकको शाखा हटाउने निर्देशन दिएको छ । मेयर बालेन शाहले न्युरोडस्थित नबिल बैंकको भवनमा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका हुन् । सूचना निकालेको एक महिना बितिसक्दा पनि काम गरेको नदेखिएको र आज निरीक्षणको क्रममा बेसमेन्टमा कार्यालय संचालन गरेको भेटिएपछि निर्देशन दिइएको जनाइएको छ । उक्त सूचना जारी… Continue reading अन्डरग्राउन्ड पार्किङमा बनेको न्युरोडस्थित नबिल बैंकको शाखा हटाउन बालेनको निर्देशन
मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा चेकिङमा आज २ सय २७ जना चालकहरू कारवाहीमा परेका छन् । १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू कारवाहीमा परेका हुन् । जसमा मापसे गरी बा ८ च ४३९७ नम्बरको… Continue reading मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउनेसहित २२७ जना चालक कारवाहीमा
अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर
काठमाडौं । नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ । एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन थालेको हो । केही दिनअघि मात्रै नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको महानगरले आज काठमाडौंको मुटु मानिने सुन्धारास्थित काठमाडौं मलमा… Continue reading अनधिकृत संरचनामा बालेनको ‘एक्सन’, काठमाडौं मल र आरबी कम्प्लेक्समा चल्यो डोजर
नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से १.६१अंकले बढेर २०५६.५९ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड
भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरकिता विधेयकबारे एमालले भोटका लागि पाखण्डी प्रचार गरिरहेको बताएका छन् । विधेयकका प्रावधान एमालेले ल्याएको अध्यादेश भन्दा फरक नभएको भन्दै अहिले उसले गरिरहेको प्रचार केवल भोटका लागि भएको प्रचण्डको भनाई छ । बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेले भोट बटुल्न गलत प्रचार गरेको बताएका हुन्… Continue reading भोटका लागि एमालले नागरिकता विधेयकमा पाखण्डी प्रचार गरिरहेको छ : प्रचण्ड
भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान
क्वालालाम्पुर । भ्रष्टाचार अभियोग पुष्टी भएसँगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेसँगै नजिब जेल चलान भएका हुन् । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी… Continue reading भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान
समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलसँग निवेदन माग गरेको छ । आयोगले बुधबार भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौँमा निवेदन दिन सकिने गरी सूचना जारी गरेको हो । आयोगले साउन २२ देखि ३१ गतेसम्म निर्वाचन… Continue reading समानुपातिक प्रणालीमा भाग लिने दलसँग निवेदन माग
निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान
काठमाडौं । आगामी निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थासँग निर्वाचन आयोगले प्रस्ताव मागेको छ । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूलाई अनुमति प्राप्तिका लागि निवेदन मागेको हो । राष्ट्रिय संस्थाहरूलाई आयोगले पर्यवेक्षण अनुमति दिने तयारी गरेको छ। संस्था दर्ता प्रमाणपत्र प्रतिलिपी, संस्थाको विधान प्रतिलिपी, नवीकरण, पदाधिकारी… Continue reading निर्वाचनमा पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट निवेदन आह्वान
भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने
काठमाडौं । भारतीय स्थल सेनाअध्यक्ष मनोज पाण्डे १९ भदौमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी ५ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा अनुसार उनी नेपाल आउन लागेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी… Continue reading भारतीय सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणमा आउने
मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीहरूलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन् । सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदसेयता लिन नपाइँने व्यवस्था रहेको उल्लेख… Continue reading मेयर बालेनको अर्को बोल्ड निर्णय, कर्मचारी र शिक्षकलाई राजनीतिक दलको आवद्धता त्याग्न निर्देशन
फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन
काठमाडौं\एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध सेवन गरेको विषय अनुसन्धानबाट पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथीहरूसँगको पार्टीमा लठ्ठिएर नाचेको दृश्य सार्वजनिक भएपछि त्यहाँको विपक्षी दलले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको माग गरेको थियो। विपक्षी दलको माग अनुसार उनले स्वास्थ्य परीक्षण गर्दा लागुऔषध सेवन नगरेको पाइएको बीबीसीले जनाएको छ। मरिनले गत शुक्रबार आफ्नो स्वास्थ्य… Continue reading फिनल्याण्डकी प्रधानमन्त्री मरिनले लागुऔषध सेवन गरेको पुष्टी भएन
साउनमा १३ प्रतिशतले घट्यो आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०७९\८० को पहिलो महिना (साउन)मा आयातमा ठूलो गिरावट देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब… Continue reading साउनमा १३ प्रतिशतले घट्यो आयात
नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २१९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ९८९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टी, एक जनाको निधन
घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा
काठमाडैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले केही साता अघि सङ्घीय जाँच ब्युरो एफबीआईले उनको निवासबाट कब्जा गरेर लगेका फाइलहरूको न्याय मन्त्रालयद्वारा जारी अनुसन्धान रोक्न न्यायाधीशसमक्ष अनुरोध गरेका छन्। उक्त मुद्दामा ट्रम्पको टोलीले ती दस्तावेजहरूको सुपरीवेक्षण गर्न स्वतन्त्र वकिल नियुक्त गरिनुपर्ने बताएका छन्। एफबीआईका अधिकारीहरूले फ्लोरिडास्थित उनको मारा लागो निवासमा छापा मारेर ११ सेट गोप्य… Continue reading घरमा छापा मारिएपछि ट्रम्पले हाले अमेरिकी सरकारविरुद्ध मुद्दा
विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने
काठमाडौं । विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने भएको छ। विसं २०७८ वैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्न प्रतिबन्ध लगाएको थियो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी नागरिक नेपाल अवतरण गरी यहाँबाट जुनसुकै तेस्रो मुलुकमा जान पाउने गरी उक्त प्रतिबन्ध… Continue reading विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने
दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
काठमाडौं । सरकारले दुई मन्त्रालयमा ५८४ अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे मंगलबार जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार ततथा सूचना प्रविधिमन्त्री त्रानेन्द्रबहादुर कार्कीले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी दिएका हुन्। उनका… Continue reading दुई मन्त्रालयमा अधिकृतस्तरका ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading शेयर बजारमा सामान्य अंकको वृद्धि, एक अर्ब ३३ करोडको कारोबार
विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए
काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव देशभर नै सामान्य मात्रै परेको छ। काठमाडौं उपत्यकमा प्रभाव नदेखिएपनि तराईंका जिल्लामा भने सामान्य असर देखिएको छ। यस्तै, केही पहाडी जिल्लामा पनि बन्दकर्ताले सवारी साधनमाथि तोडफोड गर्ने प्रयास गरेपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बन्द गराउँदै हिँडेको आरोपमा… Continue reading विप्लव नेतृत्वमा ४ पार्टीको बन्द:गाडी तोडफोड गर्ने बन्दकर्ता स्थानीयबाट कुटिए
संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ। गत असार ३१ गते दर्ता भएको यो विधेयक मंगलबार संसदमा दर्ता भएको हो। विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका हुन्। विरोधको सूचनामाथि… Continue reading संक्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधनका लागि ल्याएको विधेयक टेबुल
विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी खाद्य संकटबाट बच्त नेपाललाई २ अर्ब अनुदान सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (.युएसएआईडी) ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दै गएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी… Continue reading विश्वव्यापी खाद्य संकटसँग जुध्न अमेरिकाले नेपाललाई २ अर्ब अनुदान दिने
रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी
काठमाडौं\एजेन्सी । रूससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनले पुष्टी गरेको छ । ७ महिनादेखि जारी युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले एक विवरण सार्वजनिक गर्दै जनाएको छ । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले… Continue reading रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी
नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति
काठमाडौं । आज नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका छन् । यसको प्रभाव सामान्य देखिएको छ । बिहान बन्द सफल गराउन विभिन्न स्थानमा सवारी साधनमाथि तोडफोड भएको खबर आएका छन् । सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले… Continue reading नेपाल बन्दको प्रभाव काठमाडौंमा सामान्य, केही सवारी साधनमा क्षति
मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी
काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरबाट १९३७ वटा उजुरी परेका छन् । गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सोमबारसम्म मिटरव्याज पीडितहरूबाट सो संख्यामा उजुरी आएको हो । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान… Continue reading मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी
प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?
काठमाडौं । सत्ता गठबन्धन भित्रका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुने गरी तयारी थालिएको छ । दुबै दलका नेताहरु एकता प्रक्रियालाई औपचारिकता दिन सहमत भएसँगै यो प्रक्रियाले गति लिने देखिएको छ । दुई दलबीचको छलफलमा ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै एकता गर्ने गरी गृहकार्य सुरु गर्न नेता तयार भएका… Continue reading प्रचण्ड र माधव नेपालबीच पार्टी एकता सम्मको सहमतीले पार्टीलाई कति फाइदा ?
कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ
झापा । झापामा कन्सलटेन्सीका नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक– ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र… Continue reading कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ