पेरिस । यूरोपका विभिन्न भेगमा आएको विनासकारी आँधीले कम्तिमा १३ जना मारिएका छन् । अन्तरांष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार मध्य युरोपमा आएको घातक आँधीमा परी उक्त मानवीय क्षति भएको हो । आँधीका कारण त्यत्तिकै संख्यामा मानिस घाइते भएका छन् । आँधीले सैयौं घरमा क्षति पुर्याएको छ । फ्रान्सको कोर्सीका टापुमा बिहीबार बिहान आएको भीषण आँधी र… Continue reading यूरोपमा आँधी, कम्तिमा १३ को मृत्यु
Category: फिचर
अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट
काठमाडौं । अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलका उपविजेता अर्थर गन अर्थात् दिवेश पोखरेल नेपाल आइपुगेका छन् । उनी बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । उनीसहित ब्यान्डका अन्य चार सदस्य पनि काठमाडौं आएका हुन् । पोखरेल आगामी शनिबारबाट शुरु हुने सांगीतिक प्रस्तुतीका लागि काठमाडौं आएका हुन् । उनले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायत नेपालका विभिन्न… Continue reading अमेरिकन आइडलका उपविजेता ‘अर्थन गन’ नेपालमा, शनिबारबाट कन्सर्ट
चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान
फ्लोरिडा । अमेरिकाले चन्द्रमामा मानवसहितको रकेट पठाउने तीव्र तयारी गरिरहेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको बीबीसीले लेखेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको प्याड ३९बीमा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ। त्यो परीक्षण… Continue reading चन्द्रमामा पुनः मानिस पठाउँदै अमेरिका, नासाले तयार पार्यो यान
जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना
टोकियो । जापानमा एकै दिन साढे २ लाख मानिसमा कोरोना संक्रमण भएको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार एकैदिन २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड पुष्टी भएको हो । ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा ती मानिसमा कोरोना देखिएको हो । यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी भएको समाचारमा… Continue reading जापानमा एकै दिन साढे २ लाखमा भेटियो कोरोना
आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । सरकारले आज सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन… Continue reading आज श्रीकृष्ण जन्माष्टमी, देशभर मनाईंदै
तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको छ, आमा घाइते भएकी छिन् ।मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनको नौ महिनाको छोरा आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्… Continue reading तनहुँमा करेन्ट लागेर बाबु छोराको मृत्यु
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान
काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आह्वान गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण आएको उत्कल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका पदाधिकारी एवं उद्योगी व्यवसायीहरुको स्वागतमा आयोजित एक कार्यक्रममा यस्तो आग्रह गरिएको हो । उद्योग मन्त्रालयको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु… Continue reading नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई आह्वान
बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन
काठमाडौं । बन्चरे डाँडामा स्थानीयको अवरोध बिहीबार समेत कायम रह्यो । यसका वावजुत बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयवासीको अवरोध हटाउन बिहीबार समेत ठूलो संख्यामा प्रहरी खटाइएको थियो । पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने… Continue reading बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन
दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई
काठमाडौं । नेपालका दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीले पाएका छन् । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना पाएको छ । साथै ४५० मेगावाटको सेती नदी (एसआर) ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र समेत सोही कम्पनीले पाएको छ । बिहीबार आयोजित कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने… Continue reading दुई ठूला जलविद्युत आयोजना निर्माणको जिम्मा भारतलाई
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै प्रतिनिधि सभाबाट पारित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ। प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो। गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निर्णयार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो। एमालेको माग अनुसार नै मतदान भएको थियो । संसदमा कूल उपस्थिति संख्या १९५… Continue reading राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै प्रतिनिधि सभाबाट पारित
नेपालमा थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ६१३ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ५४२ जनामा कोरोना पुष्टी, ४२१ जना संक्रमण मुक्त
नेपाली शेयर बजार हरियाली, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पाँचौंदिन शेयर बजार मापक सूचक नेप्से २७.७२ अंकले बढेर २०६८.७२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिवार २२० कम्पनीको २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँ बराबरको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो… Continue reading नेपाली शेयर बजार हरियाली, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
‘नागरिकता विधेयकमा टाउकोको होइन विवेकको गणना गरिनुपर्छ’-सांसद ज्ञवाली
काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकमा सांसदहरूको टाउको नभइ विवेकको गणना गरेर निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् । नागरिकता वितरणजस्तो गम्भीर विषयमा केवल संसदमा सांसदहरूको टाउको गनेर पारित गर्न नहुने बताउँदै उनले राष्ट्रिय सहमति खोजिनुपर्ने बताएका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तासँग बहुमत भएपनि यो ‘हेड काउन्ट’ गर्ने विषय नभएको भन्दै… Continue reading ‘नागरिकता विधेयकमा टाउकोको होइन विवेकको गणना गरिनुपर्छ’-सांसद ज्ञवाली
राष्ट्रपतिको ‘भूमिका’प्रति सांसदको व्यंग-‘नागरिकता विधेयक दिउँसो होइन, राति पठाऔं’
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीको ‘भूमिका’प्रति व्यंग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद महतले नागरिकता विधेयक प्रमाणीकरणका लागि दिउँसो नभइ, राति पठाउनुपर्ने भन्दै राष्ट्रपतिमाथि व्यंग गरेका हुन्। उनले भने, ‘पुनः नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला, उक्त विधेयक राष्ट्रपतिकहाँ पठाउँदा दिउँसो पठाउनु भएन सभामुख महोदय,… Continue reading राष्ट्रपतिको ‘भूमिका’प्रति सांसदको व्यंग-‘नागरिकता विधेयक दिउँसो होइन, राति पठाऔं’
नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु
काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संसदको बिहीबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । संसदले बहुमतले स्वीकृत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट… Continue reading नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु
नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी
काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पास गर्ने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न संसदमा फिर्ता पठाएको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने तयारी रहेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ११ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव… Continue reading नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी
वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति
काठमाडौं । वैदेशिक रोजगारीमा जान एक महिनाको अवधिमा ६३ हजार मानिसले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा ६३ हजार ४२ ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालय ताहचलले जनाएको छ । गत आवको साउनमा २५ हजार चार सय २८ ले मात्र श्रम स्वीकृति लिएका थिए । साउनमा… Continue reading वैदेशिक रोजगारीमा जान एक महिनामा ६३ हजारले लिए श्रम स्वीकृति
रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु
रौतहत । चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो बिहान ५ बजे एक आपसमा… Continue reading रौतहटमा बस र अटोरिक्सा ठोक्किए, ३ जनाको मृत्यु
कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो । खसी बजारका कारण नदी प्रदूषण भएको,… Continue reading कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन
धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले १ सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के(के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सामाजिक सञ्जारमा राखेका छन् । उनले पहिलो नम्बरमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको बताएका छन् । खानेपानी धरान ल्याउन, वृक्षारोपण… Continue reading धरानका मेयर हर्कले सार्वजनिक गरे १०० दिनमा गरेका १३ काम
मोरङमा आगलागी, एक जनाको मृत्यु
विराटनगर । मोरङको सुन्दरहरैचा–११ मा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर हुन्… Continue reading मोरङमा आगलागी, एक जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु
दार्चुला । दार्चुलामा जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चार जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जीपमा सवार चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु… Continue reading दार्चुलामा जीप दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच ब्याटल भएको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा ‘आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैन्छ’ भन्दै स्टाटस लेखे । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन् । उनले सम्पाङकै शैलीमा लेखे, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर… Continue reading काठमाडौंका मेयर बालेन र धरानका मेयर हर्कबीच फेसबुकमै घोचपेच ब्याटल
बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?
काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध हटाउने बारे बुधबार सहमति जुटेको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न जारी अवरोध अन्त्य गर्ने सम्बन्धमा ४ बुँदे सहमति भएको छ । फोहोर बोक्ने गाडीले… Continue reading बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?
सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो
काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन… Continue reading सिंहदरबारमा ग्यास लैजान नपाइने, मन्त्रालयका क्यानटिनमा अब विद्युतीय चुल्हो
नेपालमा थप ८५२ जनामा कोरोना पुष्टी, ३२८ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३३१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९४ हजार ३८९ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ८५२ जनामा कोरोना पुष्टी, ३२८ जना संक्रमण मुक्त
ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो। अभियानमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा… Continue reading ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना कलेजका विद्यार्थी कारबाहीमा
महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमालेको आपत्ति, एक महिनामा सक्न प्रस्ताव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ । बुधबार बसेको महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको हो । ५ महिनासम्म त्यसै अड्किएको महाअभियोग प्रस्ताव बल्ल समितिमा आएकाले छिट्टै काम… Continue reading महाभियोग प्रक्रियामा ढिलाइ भएको भन्दै एमालेको आपत्ति, एक महिनामा सक्न प्रस्ताव
झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक नेप्से ०.३६ अंकले घटेर २०४०.६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२० कम्पनीको १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध
काठमाडौं । आजदेखि नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लागेको छ । सरकारले १ भदौबाट लागुहुने गरी यस्तो व्यवस्था गरेको हो । ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थालिने भएको छ । यस्तो काम वातावरण विभागले गर्दै आएको छ । विभिन्न स्थानमा… Continue reading ४० माइक्रोनभन्दा पातला प्लाष्टिक आजबाट नेपालमा पूर्ण प्रतिवन्ध