Category: फिचर

  • पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी

    पाकिस्तान विष्फोटमा मारिने १ सय नाघ्यो, अधिकांश प्रहरी

    कराँती । पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीअधिकारीलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुनेको सङ्ख्या १ सय नाघेको छ । पाकिस्तानको प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मंगलवार उद्धारकर्ताले पुरिएका मानिसको खोजी गरेका थिए। सो क्रममा नौ जनालाई जीवितै फेला पारिएको छ । घटनामा परी २ सयभन्दा बढी मानिस घाइते भएका छन्।

    पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले मृत्यु हुनेको संख्या सय पुगेको बताएका छन्। सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एपीलाई दिएको जानकारीअनुसार मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए। जसमध्ये ३ सयदेखि ४ सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए।

    उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी त्यहाँ प्रवेश पाए भन्ने विषयमा छानबिन भइरहेको छ। त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर निकाय र प्रतिआतंकवाद ब्यूरोहरू छन्। पाकिस्तानी तालिबानले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। यसअघि आफू तालिबानबाट टुक्रिएको एउटा समूह भएको दाबी गर्ने एउटा समूहका एक कमान्डरले उक्त घटना आफूले गराएको दाबी गरेका थिए।

  • भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु

    भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको झारखण्डमा एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तिमा १४ जना मारिएका छन् । धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।

    आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो। आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन् ।

    भारतको झारखण्डमा अपार्टमेन्टमा लाग्यो आगो, कम्तिमा १४ जनाको मृत्यु
    नयाँ दिल्ली । भारतको झारखण्डमा एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तिमा १४ जना मारिएका छन् । धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

    धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद टावरमा आगो लाग्दा १४ जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । भारतीय टेलिभिजन च्यानल आजतकले भने ११ महिला, ३ बच्चा र १ जना पुरुष गरी १५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका पाँच जना सदस्य रहेको समाचारमा उल्लेख छ ।

    आगलागीको समयमा उक्त भवनमा कति जना थिए भन्ने खुलेको छैन । सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुलाई भवनमा फसेकाहरुको उद्धार गर्दै आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो। आगलागीको कारण खुलेको छैन । केही मिडियाहरुले ग्याँस सिलिण्डर विष्फोटका कारण आगलागी भएको उल्लेख गरेका छन् ।

  • सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

    सबै संघीय निकायको चालु बजेट कटौती, २५ अर्बका कार्यक्रम रोकिने

    काठमाडौं । अर्थ मन्त्रालयले सबै संघीय मन्त्रालयको चालु बजेट २० प्रतिशत कटौती गर्ने भएको छ । यसले २५ अर्ब रुपैयाँका कार्यक्रम यस वर्ष रोकिने भएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेट र खर्चमा मितव्ययिता गरी सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको बताएको छ । चालु खर्च कटौतीको निर्णय कार्यान्वयन गर्दा १० अर्ब ५० करोड रुपैयाँ बचत हुने र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरका कार्यक्रम स्थगन हुने अर्थ मन्त्रालयको अनुमान छ ।

    मन्त्रालयका अनुुसार संघीय सरकारको सबै मन्त्रालय–निकायको स्वीकृत बजेटको इन्धन, मर्मत सम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाइ तथा सूचना प्रकाशन, सेवा र परामर्श, सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालन खर्चमा कटौती गरिएको छ ।

    भ्रमण, अन्य भत्ता, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, कर्मचारी तालिम, गोष्ठी, सेमिनार र कार्यशाला, विविध खर्च, मेशिनरी तथा औजार, फर्निचर, निर्मित भवनको संरचनात्मक सुधार तथा पूँजीगत सुधार खर्चलगायत खर्च शीर्षकमा विनियोजित बजेटमा खर्च भई बाँकी रहेको मध्ये (दायित्व सिर्जना भइसकेको वाहेक) बजेट तत्काल लागु हुने गरी २० प्रतिशत कटौती गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका तर खरिद प्रक्रिया प्रारम्भ भइनसकेका आयोजना तथा कार्यक्रम (पूर्वसहमति प्रदान गरिएका एवम् क्रमागत आयोजना तथा कार्यक्रम वाहेक) को हकमा अर्थ मन्त्रालयको पूर्व स्वीकृति÷सहमतिमा मात्र खरिद प्रक्रिया अगाडि बढाउने निर्णय समेत भएको मन्त्रालयले जनाएको छ ।

    अर्थ मन्त्रालयको पूर्व स्वीकृतिविना कुनै प्रकारको नयाँ दरबन्दी सिर्जना हुने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने, नयाँ दरबन्दी थप नगर्ने निर्णय समेत अथले गरेको छ । दरबन्दी भन्दा बढी कर्मचारी कुनै पनि निकायमा नखटाउने र खटाउनै पर्ने भए अस्थायी दरबन्दी स्वीकृत गरी मात्र गर्ने निर्णय समेत अर्थले गरेको छ । चालु आर्थिक वर्षमा कुनै पनि थप नयाँ संगठन स्थापना नगरिने भएको छ ।

    सबै प्रकारका गोष्ठी\कार्यशाला स्थगित, सवारी साधन नकिन्ने

    नेपाल सरकारको स्रोत तर्फका सवै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगन गर्ने निर्णय समेत अर्थले गरेको छ । फर्निचर र नयाँ सवारी साधन खरिद शीर्षकमा विनियोजित रकम खर्च नगर्ने गरी हाललाई रोक्का राख्ने निर्णय समेत भएको समेत मन्त्रालयको भनाइ छ ।

    नेपाल सरकारको स्रोतमा नेपाल सरकारको प्रतिनिधित्व गरी अनिवार्य रुपमा सहभागी हुने कार्यक्रमका लागि वैदेशिक भ्रमण गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य रुपमा लिने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयको सहमति नलिई कुनै निकाय र स्तरवाट थप दायित्व पर्ने कुनै निर्णय समेत अब मन्त्रालयहरुले गर्न पाउने छैनन् ।

    रकमान्तर नगर्ने

    चालु आर्थिक वर्षका लागि चालु खर्च तर्फ स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका कार्यक्रमको परिमाण र लक्ष्य कम हुने गरी नेपाल सरकारको स्रोत तर्फ हाललाई रकमान्तर नगर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

    अर्थले आर्थिक सहायता समेत रोक्ने निर्णय गरेको छ । गर्नैपर्ने अवस्था सिर्जना भएमा स्वीकृत मापदण्ड बमोजिम अर्थ मन्त्रालयको पूर्व सहमति लिनु पर्ने भएको छ । नेपाल सरकारको स्रोतमा विनियोजित निर्मित भवनको संरचनात्मक सुधार खर्च र पूँजीगत सुधार खर्च हाललाई स्थगनररोक्का गर्ने निर्णय समेत भएको छ ।

    सुरुवात नभएका कार्यक्रम स्थगित

    मन्त्रालयका अनुसार कार्यक्रम खर्च अन्तर्गत विनियोजन भएका तर शुरुवात नभएका कार्यक्रम रोक्का गर्ने निर्णय भएको छ । चालु आर्थिक वर्षमा नै भुक्तानी दिने गरी थप दायित्व सिर्जना नगरिने भएको छ । यो निर्णय सबै विश्वविद्यालय, प्रतिष्ठान, समिति, नियामक निकाय, बोर्ड लगायत सवै सार्वजनिक संस्थानमा समेत लागु हुने भएको छ । चालु तर्फको खर्चमा अनिवार्य दायित्व वाहेक न्यूनतम २० प्रतिशत कटौती गर्न प्रदेश सरकार र स्थानीय तहहरुलाई पनि अनुरोध गर्ने निर्णय समेत अर्थले गरेको छ ।

  • सन्दीप माथि क्यानको निलम्बन फुकुवा

    सन्दीप माथि क्यानको निलम्बन फुकुवा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोगमा मुद्दाको सामना गरिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । किशोरीले बलात्कारको आरोप लगाएपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको हो ।

    २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको छ । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो । सन्दीपले अहिले नियमित जसो मैदानमा अभ्यास थालिसकेका छन् ।

  • आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

    आइएमएफको प्रक्षेपण : विश्व अर्थतन्त्रमा २.९ प्रतिशत मात्र वृद्धि

    काठमाडौं । सन् २०२३ मा विश्व अर्थतन्त्र २.९ प्रतिशत रहने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो ।

    सन् २०२३ मा विश्वको ठूला अर्थतन्त्र भएका मुलुकहरु बढी मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने भएको देखिएको छ । अमेरिकाको वृद्धिदर यस वर्ष १.४ प्रतिशत मात्र रहने छ । युरोपको औसतः शून्य दशमलव ७ प्रतिशत मात्र रहने छ । मध्यपूर्वी एसियाको अर्थतन्त्र ३.२ प्रतिशतले बढ्दा एसियाका विकाससिल मुलुकहरुको अर्थतन्त्र ५.३ प्रतिशत रहने भएको छ ।

    नेपाल, भारतसहितका मुलुक यसै समूहमा छन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकहरुको वृद्धिदर १.८ प्रतिशत र अफ्रिकाको ३.८ प्रतिशत मात्र रहने आईएमएफको प्रक्षेपण रहेको छ । विश्व अर्थतन्त्रको ग्रोथ सन् २००० देखि सन् २०१९ को बीचमा ३.८ प्रतिशतको औसतमा थियो । यस वर्ष सो औसतभन्दा पनि तल ओर्लिने अनुमान आईएमएफले गरेको हो ।

    कोभिड–१९ महामारीबाट उठ्दै गरेको विश्व अर्थतन्त्रलाई रुस–युक्रेनले नराम्रो धक्का दिएको छ । यसको असर वर्षभर नै भोग्नु पर्ने देखिएको आईएमएफले जनाएको छ । यस वर्ष मुद्रास्फीति औसत ६.६ प्रतिशत रहने अनुमान छ । सन् २०२२ मा विश्वले मुद्रास्फीति ८.८ प्रतिशत थियो ।

    सन् २०२४ मा भने ४.३ प्रतिशतमा आउने देखिएको छ । यस आवमा नेपालमा भने ५ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान आईएमएफले गरेको छ । यो केही अगाडि विश्व बैंकले गरेको प्रक्षेपणमा नेपालको वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेकोमा दुई निकायको मिल्दोजुल्दो प्रक्षेपण आएको हो ।

  • नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

    नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै

    काठमाडौं । नेपाल धेरै भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा कायमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ)ले मंगलबार सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक अनुसार नेपालको अवस्थामा केही सुधार आए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको हो ।

    सन् २०२२ को सूचकांकमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा छ । सन् २०२१ मा ११७ औं स्थानमा रहेको थियो । नेपालले सन् २०२२ मा यस सूचकांकको १०० अंकमा जम्मा ३४ अंक मात्र पाएको छ ।

    सूचकांकमा ९० अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने जम्मा १२ अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेको छ ।

    सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

  • रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

    रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार रकममा भारी गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ ।। साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.७७ अंकले घटेर २१११.६३ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २५९ कम्पनीको २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँ बराबरको ७५ लाख ५३ हजार २३५ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १ वटा बढेको छ भने अन्य सबैको घटेको छ ।

    घट्दो बजारमा १ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनीको रिडी पावरको १९ करोड २० लाख , लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख र गुराँस लाइभ इन्स्योरेन्सको ७ करोड ६७ लाखको कारोबार भएको छ ।

  • अस्थायी ट्राफिक भवनमा महानगरले चलायो डोजर

    अस्थायी ट्राफिक भवनमा महानगरले चलायो डोजर

    पोखरा । ‘पोखरा घर’ बनाउने योजनाका साथ पोखरा महानगरपालिकाले पृथ्वी चोकमा रहेको पुरानो ट्राफिक कार्यालयको भवनमा डोजर चलाएको छ ।

    महानगरको कार्यपालिकाको बैठकको निर्णयअनुसार पृथ्वी चोकको पुरानो ट्राफिक कार्यालयको भवनमा मंगलवार डोजर चलाएको हो । त्यसका लागि महानगरले २ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । त्यहाँवटा २ वर्ष अघिमात्र ट्राफिक कार्यालय नयाँ भवनमा सरेको थियो ।

    उक्त जग्गा उपत्यका नगर विकास समितिको स्वामित्वमा छ । तत्कालीन समयमा समितिले त्यहाँ बसपार्कका लागि टिकट घर बनाउने भन्दै जग्गा अधिग्रहण गरेको थियो ।

    जग्गा समितिले निशुल्क रूपमा बस टर्मिनलका रूपमा ०३२ सालमा लिएको थियो। अब पृथ्वीचोकको करिब २ रोपनी जग्गामा पोखरा घर बन्नेछ। ‘पोखरा घर’को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घण्टाघर बनाउने महानगरको योजना रहेको छ ।

  • थुनुवा फरार प्रकरण: हिरासत कक्ष अधिकृतसहित तीन प्रहरी निलम्बन

    थुनुवा फरार प्रकरण: हिरासत कक्ष अधिकृतसहित तीन प्रहरी निलम्बन

    काठमाडौं । मधेस प्रदेश प्रहरी कार्यालयले धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्ष अधिकृतसहित तीन जना प्रहरीलाई निलम्बन गरेको छ ।

    निलम्बित हुनेहरूमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका छन् । आइतबार राति ६ जना थुनुवा फरार भएको घटनापछि उनिहरुलाई कारवाही गरिएको हो ।

    घटनाको छानबिन गर्नका लागि प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा छानबिन समिति पनि गठन गरिएको छ ।

    त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले समेत प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    हिरासत कक्षको भित्ता फोडेर फरार भएका ६ थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी ५ जना भने अझै भेटिएका छैनन्। फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न प्रहरी सफल भएको हो

  • नागरिकता विवादले मन्त्री पद गुमेपछि प्रधानमन्त्रीसँग रवि लामिछानेको दोस्रो भेट

    नागरिकता विवादले मन्त्री पद गुमेपछि प्रधानमन्त्रीसँग रवि लामिछानेको दोस्रो भेट

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटारमा भेटवार्ता भएको छ ।

    मंगलवार बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ। नागरिकता विवादमा पदमुक्त भएपछि प्रधानमन्त्रीसँगको रविको यो दोस्रो भेट हो।

    सभापति लामिछानेले आफूहरू सरकार ढाल्न सक्ने हैसियतमा रहेकाले आफ्नो भागमा परेको मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका स्रोतले जनाएको छ । प्रतिनिधिसभामा रास्वपाबाट १९ जना सांसद रहेका छन्।

    आइतबार पुनः नागरिकता लिएपछि रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा गृहमन्त्री आफ्नो भागमा पाउनु पर्ने रास्वपाले माग गर्दै आएको छ। तर, प्रधानमन्त्री प्रचण्डले भने तत्काल आफ्नो मातहतमा रहने जानकारी दिएका छन्।

    एमालेले भने सहमति अनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टीले गृह पाउनु पर्ने दबाब दिँदै आएको छ। तर माओवादी भने तत्काल नदिने मुडमा छ। यसले गर्दा सरकारमा खटपट देखिने संकेत देखिएको छ।

    माओवादीले राष्ट्रपतिमा एमालेलाई नसघाउने संकेत गरेपछि एमाले माओवादीसँग सशंकित हुँदै आएको छ।

  • अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द

    अमेरिकामा मौसमका कारण सोमबार मात्र १ हजार उडान रद्द

    काठमाडौं \ एजेन्सी । हिमआँधीका कारण सोमबार अमेरिकामा हवाई सेवा नराम्रोसँग प्रभावित भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार मात्र १ हजार भन्दा बढी हवाई उडान रद्द भएका छन् । यसमा अत्यधिक उडान संखया साउथ वेस्ट एयरलाइन्सका छन् । सो कम्पनीले कुल रद्द भएका उडानमध्ये आधा भन्दा धेरै उडान रद्द गर्नु परेको बताएको छ ।

    फ्लाइट ट्रयाकिङ सर्भिसका अनुसार अमेरिकामा सोमबार साँझ ६ बजेसम्म १ हजार १९ वटा उडान रद्द भएका थिए । अमेरिकन एयरलाइन्स ग्रुपका २ सय उडान रद्द भए । मंगलबार समेत ७९७ उडान रद्द हुन सक्ने बताइएको छ । अमेरिकामा यो महिना भर नै मौसमले हवाई सेवामा निरन्तर चूनौति दिइरहेको छ । यस मौसममा यात्रुलाई आकर्षित गर्न वायुसेवा कम्पनीहरुले अमेरिकामा छूट अफर ल्याउने गर्छन् ।

  • उडिरहेको जहाजमा एक महिलाको हंगामा

    उडिरहेको जहाजमा एक महिलाको हंगामा

    मुम्बई । उडिरहेको जहाजमा एक महिलाले हंगामा मच्याएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । आबुधावीबाट मुम्बई आइरहेको भिस्तारा एयरको जहाजकी एक महिला यात्रुले यस्तो हर्कत गरेकी हुन् । समाचार अनुसार इटालीमा रहने ती महिलाले उडानका दौरान क्रु मेम्बरलाई गाली दिएका थिइन् । त्यसपछ उनली मारपिटमा उत्रिइन् ।

    केहीबेरपछि आफ्नो कपडा खोलेर नग्न अवस्थामा करिडोरमा घुमेको समेत समाचारमा उल्लेख छ । समाचार अनुसार उनले इकोनोमी क्लासको टिकट लिएकी थिइन् । तर, उनलाई विजनेश क्लासमा बस्न मन लाग्यो । त्यसपछि क्रु मेम्बरले उनलाई रोक्न खोजेका थिए । ४५ वर्षिय पाओला पेरुशिओलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको छ । यो सोमबारको घटना हो ।

  • देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून

    देशभरको आकासमा बादल, वर्षाको सम्भावना भने न्यून

    काठमाडौं । नेपालमा हिउँदे वर्षा नहुँदा सुख्खा बढेको छ । यसले कृषक प्रभावित बनेका छन् । देशका धेरै ठाउँको मौसम धुम्मिएर आकास बादलले ढाकेको छ । तर, वर्षाको सम्भावना भने कम छ । आज देशभर मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन । तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना छैन । हिउँदमा हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना नभएको समेत मौसमविद्ले जनाएका छन् ।

  • पोखरामा पनि अब सडकमा पार्किङ निषेध

    पोखरामा पनि अब सडकमा पार्किङ निषेध

    पोखरा । पोखरामासमेत अब मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ नपाइने भएको छ । पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो।

    ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने।

    महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ। तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा महानगरले आग्रहसमेत गरेको छ।

  • पेशावर विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

    पेशावर विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

    कराँची । पाकिस्तानको पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुगेकेछ । घटनामा अझै ५० जनाभन्दा बढी मानिस घाइते छन्। स्थानीय समय अनुसार सोमबार दिउँसो करिब साढे १ बजे भरिभराउ मस्जिदमा विस्फोट गराइएको हो । मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी छन्।

    उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च सुरक्षा क्षेत्रको यो मस्जिदमा आत्मघाती कसरी प्रवेश गरे स्पष्ट छैन। बम बिस्फोटपछि उक्त भवनको एक भाग ध्वस्त भएको समाचार छ । अधिकांश प्रहरी अधिकारीहरू भग्नावशेषमा पुरिएको समाचार संस्था एपीले जनाएको छ। घाइते भएका कैयौंलाई स्थानीय अस्पतालहरूमा लगिएको छ।

    पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरी उपस्थित थिए।
    अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउँसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो।


    प्रहरी अधिकारी सिद्दिकी खानका अनुसार एक जनाले पूजा गर्नेहरूका बीचमा आफूलाई राखेर विस्फोट गराएका थिए। गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको बताएको छ। प्रधानमन्त्री शहबाज शरिफले घटनाको कडा शब्दमा निन्दा गरेका छन्।

  • धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ

    धनुषामा हिरासत कक्ष तोडेर भागेका ६ जनामध्ये एक पक्राउ

    जनकपुर । धनुषामा हिरासत तोडेर सोमबार भागेका ६ जना मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर ६ का २८ वर्षीय रोशन महतो रहेको प्रक्राउ परेका हुन् ।

    महतोलाई धनुषाको मिथिला नगरपालिका८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए । अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।

  • बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ

    बिरामी पिटेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ

    काठमाडौं\एजेन्सी । अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोपमा एक नेपाली नर्स पक्राउ परेकी छिन्। नाइनन्युज सिड्नीले यसबारे समाचार प्रकाशित गरेको छ ।

    समाचार अनुसार नेपाली नर्स अस्मिता पाण्डेलाई बिरामीलाई पिटेको र धक्का दिएको आरोपमा पक्राउ गरिएको छ । एस्थिया हेल्थमा काम गर्ने पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट दिएका थिए । त्यसपछि उनी पक्राउ परेकी छिन् ।

  • अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?

    अमेरिकी उपविदेशमन्त्री भिक्टोरियाले दिएको सन्देश के हो ?

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण सम्पन्न गरेकी छिन् । उनले नेपाल भ्रमणका क्रममा न्युल्यान्डले सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन् । आइतबार पुगेकी न्युल्यान्डले सोमबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् ।

    त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी नुल्यान्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी थिइन् । यससँगै उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरबार स्क्वायरको अवलोकन गरेकी थिइन् भने त्यसपश्चता पत्रकार सम्मेलन गरेकी थिइन् ।

    भारतसँग अमेरिकाको सम्बन्ध सुमधुर रहेको र चीनसँग सम्बन्ध सुधारका लागि प्रयास जारी राखेको बताइन् । उनले राष्ट्रपति जो बाइडेन प्रशासनले चीनसँगको सम्बन्ध सुधारका लागि प्रयत्न गरिरहेको बताएकी छन् । ‘नेपालका दुईवटै ठूला छिमेकीसँगको असल सम्बन्ध अमेरिकाको चाहना हो । यसमध्ये भारतसँग हाम्रो सम्बन्ध सुमधुर नै छ ।

    चीनसँगको सम्बन्ध सुधारका लागि पनि राष्ट्रपति बाइडेन प्रशासन लागि नै रहेको छ,’ पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले भनिन् । उनले दुई ठूला छिमेकी मुलुकसँगको भूराजनीतिभन्दा पनि नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताइन् । गत मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी पहिलो उच्च अमेरिकी अधिकारी हुन् ।

  • अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा

    अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया पाटन भ्रमणमा

    काठमाडौं । नेपाल भ्रमणका सिलसिलामा अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड सोमबार पाटन क्षेत्रको भ्रमण गरेकी छिन् । आइतबार नेपाल आएकी उनले सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । त्यसलगत्तै धुम्बाराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेकी उनी त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगिन् ।

    उनले परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी छन् । राजनीतिक भेटघाट सकिएपछि उनले पाटन दरबार स्क्वायरको अवलोकन गरिन् । त्यसपश्चता उनले पत्रकार सम्मेलन गरेकी थिइन् । नुल्यान्डा भारत, श्रीलंका र कतार हुँदै अमेरिका फर्किने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । पाटन क्षेत्रमा उनलाई स्थानीयले स्वागत गरेका थिए ।

  • पाकिस्तानको मस्जिदमा आत्मघाती हमला २८ जनाको मृत्यु, १५० बढी घाइते

    पाकिस्तानको मस्जिदमा आत्मघाती हमला २८ जनाको मृत्यु, १५० बढी घाइते

    एजेन्सी । पाकिस्तानको पेसावर सहरको मस्जिदमा आत्मघाती बम विष्फोट हुँदा २८ जनाको मृत्यु भएको छ ।

    सोमबार दिउँसो नमाजको समयमा उपासकहरूले खचाखच भरिएको बेला भएको विष्फोटमा १५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

    भवनको एक भाग ध्वस्त भएको छ र अधिकारीहरूले भग्नावशेषमुनि मानिसहरू पुरिएको बताएका छन्। अन्य धेरैलाई स्थानीय अस्पतालमा लगिएको छ।

    विस्फोटको कारण भने खुल्न सकेको छैन । प्रधानमन्त्री शेबाज सरिफले आक्रमणको कडा निन्दा गरेका छन् ।

  • भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

    भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

    काठमाडौं । एन्फाले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि ४३ महिला फुटबलरलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

    मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको लागि छनोट गरेकाको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि हुनेछ ।

    एन्फाले नेपाली टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको थियो ।

    बन्द प्रशिक्षणमा परेका खेलाडी :

    अमिशा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, अन्जना राना मगर, अन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, बिमला बिक, बिमला चौधरी, चन्द्र भण्डारी, दिपा न्योपाने, दिपा शाही, गंगा गुरुङ, घिम कुमारी गुरुङ, गिता राना, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता बिक, कविता धिमाल, कुश्मा राई, कुसुम खतिवडा, मनिका कुसवार, मन्जली कुमारी योन्जन रहेका छन् ।

    मेनुका आले मगर, निर्मला बिक, निशा थोकर, प्रिति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समिक्षा घिमिरे, सन्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सारु लिम्बु, सृजना चेम्जोङ, सृजना सिंह ठकुरी, सुनिता चौधरी, उशा नाथ रहेका छन् ।

  • उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५६ कम्पनीको ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । आइतवार ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ ।

    घट्दो बजारमा २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्त कम्पनीको शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    आज कारोबारको आधारमा सबैभन्दा बढी सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

    यसको आज १७ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ । रिडी पावरको १० करोड ४८ लाख र पिपल्स हाइडोपावर ९ करोड ५६ लाखको कारोबार भएको छ ।

  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकियो

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकियो

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

    आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

  • परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने

    परराष्ट्र मन्त्री राई पहिलो विदेश भ्रमणमा श्रीलंका जाने

    काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल पहिलो विदेश भ्रमणकारुपमा श्रीलंका जाने भएकी छिन् । श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल यही बिहीबार कोलम्बो जान लागेकी हुन् । नेपालका लागि श्रीलंकाकी कार्यवाहक राजदूत निलुसा डिल्मिनीले सिंहदरबार पुगेर श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको दिनमा सहभागी हुन निम्तो दिएकी छिन् ।

    कार्यवाहक राजदूत डिल्मिनीले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिलेले पठाएको निम्तोलाई परराष्ट्र मन्त्री पौड्याललाई हस्तान्तरण गरेकी छिन् । श्रीलंकाले ४ फेब्रुअरीलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँछ । दक्षिण एसियाली मुलुक श्रीलंका अहिले आर्थिक संकटसँग जुधिरहेको छ ।

  • आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु

    आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु

    बाँके । बाँकेमा बाबुले आफ्नै छोरा र श्रीमतीमाथि आगो लगाएका छन् । सो क्रममा छोराको जलेर ज्यान गएको छ । श्रीमती घाइते भएकी छिन् । बाँके, कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए ।

    त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिएका छन् ।


    कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् ।

    साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए । ‘अब बाँच्नुपर्छ भनेर बाबु बोकेर म हिंडें,’ गंगाले भनिन्, ‘परैबाट पेट्रोल छ्यापेर आगो फाल्दियो ।’ बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

  • गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी

    गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी

    काठमाडौं । गत शनिबार नेपाल सरकारका वेबसाइटहरु एकाएक बन्द भए । जसकाकारण हवाई उडानदेखि अन्य कामहरु समेत प्रभावित भएको थियो । यसो हुनुमा फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलका अनुसार फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट डीएनएस तहको आक्रमण ‘डिडक्स अट्याक’ भएको हो । उनका अनुसार यो विभिन्न स्थानका धेरै कम्प्युटरलाई आफ्नो कब्जामा लिएर त्यहाँबाट गर्ने साइबर आक्रमण हो ।

    साइबर आक्रमणबाट सर्भरमा कुनै क्षति भने भएको छैन। नेपालमा केही घण्टा जीओभी डट कम डट एनपी डोमेनका सरकारी साइटमा सेवा अवरुद्ध भएका थिए । साइबर आक्रमण भएपछि बलियो होस्टिङ र सेवा पनि डाउन हुने उनको भनाई छ । शनिबार दिउँसो करिब १२ः३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट ४ः३० बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएका थिए। त्यसपछि बेलुका करिब ५ः३० बजेदेखि मात्र अधिकांश वेबसाइट सञ्चालनमा आएका थिए। सूचना अधिकारी पोखरेलका अनुसार एनआईटीसीमा रहेका सबै सरकारका वेबसाइट सञ्चालनमा आएका छन्।

  • शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

    शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गरेकी छिन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेकी हुन्
    । शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले सन्देशमा उल्लेख गरेकी छिन् ।

    उता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आह्वान गरेका छन् । उनले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेको बताए ।


    शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भन्दै उनले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरणसहित उच्च सम्मान तथा आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गरेका छन् ।

  • राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा

    राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा

    काठमाडौं । राहदानी विभागमा प्रि(इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा आएको छ । विभागले सेवा सहज बनाउन एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्ट कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको हो । दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो ।

    यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले उल्लेख गरेको छ । अब आज १६ गते प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइन्छ । विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् ।

    विभागले काठमाडौं नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।

  • आज शहीद दिवस, देशभर मनाइदैं

    आज शहीद दिवस, देशभर मनाइदैं

    काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।

    यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

    माघ १६ गते सोमबार शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

    यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भएको जनाइएको छ ।

    वन तथा वातावरण मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

    प्रधानमन्त्री दाहालले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।

    विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

    पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । त्योसमेत सञ्चालनमा आउन सकेको छैन ।

    स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ । विदेशी पाहुना आउँदासमेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।

    शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ । रासस

  • ब्राण्डेड नाममा नक्कली मदिरा उत्पादन र बिक्रि गर्ने तीन जना पक्राउ

    ब्राण्डेड नाममा नक्कली मदिरा उत्पादन र बिक्रि गर्ने तीन जना पक्राउ

    काठमाडौं । नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो ।

    दोलखा कालिन्चोक गाउँपालिका ३ का स्थायी बासिन्दा निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का स्थायी बासिन्दा २६वर्षीय धर्मी गौडेल र सिन्धुली तीनपाटन गाउँपालिका २ का स्थायी बासिन्दा २६ वर्षीय गणेश बहादुर रानामगरलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । स्वदेशी तथा विदेशी ब्रान्डका विभिन्न मदिराहरूको नाममा उनीहरूले नक्कली मदिरा बिक्री गर्दै आएको तथ्य अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ ।