महाभियोगको पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए राणा, छिनोफानो नभएसम्म भूमिकाविहीन

काठमाडौं । आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो । संसद सचिवालयले आइतबार दर्ता भएको पत्र सर्वोच्च… Continue reading महाभियोगको पत्र बुझेर सर्वाेच्चबाट बाहिरिए राणा, छिनोफानो नभएसम्म भूमिकाविहीन

प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्। राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन् । राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान महाअभियोग… Continue reading प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, कामुको जिम्मेवारीमा कार्की

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव संसद्‌मा दर्ता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोगग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँचदलीयका ९८ सांसदले हस्ताक्षरसहित आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाभियोग दिलेन्द्रप्रसाद बडू, देव गुरुङ, जीवनराम श्रेष्ठको प्रस्तावमा महाभियोग दर्ता भएको हो। महाभियोगमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदको हस्ताक्षर छ।… Continue reading प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग प्रस्ताव संसद्‌मा दर्ता

आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेपछि बन्द भएका विद्यालयहरु आइतबार भौतिक उपस्थितिमै खुल्ने भएका छन् । कोरोनाको तेस्रो लहरका कारण विद्यालय एक महिनादेखि बन्द थिए । आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी नियमित दैनिक रुपमा नै विद्यालय जान पाउने भएका छन् । १२ वर्षभन्दा मुनिका बालबालिकालाई आलोपालो गरी पठनपाठन गराउनु पर्नेछ… Continue reading आजबाट विद्यालयहरु भौतिक उपस्थितिमै चल्ने

पहिलो दिनको आइपीएल अक्सनमा सन्दीप बिकेनन्, आज झिनो आश

काठमाडौं । आइपिएल २०२२ को अक्सनको पहिलो दिन नेपालका कप्तान सन्दीप लामिछाने अनसोल्ड भएका छन् । कुल १० टीमले खेलाडी भित्राउन करोडौं रपैयाँ खर्च गरिरहेपनि सन्दीपका लागि भने कुनै पनि टीम इच्छुक देखिएनन् । दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आएको थियो। अनसोल्ड खेलाडीलाई आज अन्तिम पटक टिमहरूको कोटा पूरा गर्न न्यूनतम… Continue reading पहिलो दिनको आइपीएल अक्सनमा सन्दीप बिकेनन्, आज झिनो आश

सिनेमा हल र रात्रिकालिन व्यवसाय खुल्ने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण बन्द रहेका रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, डान्स बार, र सिनेमा हलसहितका व्यवसाय आजबाट चलाउन पाइने भएको छ । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिसमा डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १… Continue reading सिनेमा हल र रात्रिकालिन व्यवसाय खुल्ने

बीना यात्रु आजबाट जनकपुरको रेल चल्दै

काठमाडौं । आजबाट जनकपुर–जयनगर रेल नियमित चलाइने भएको छ । तर, रेलमा तत्काल यात्रु राख्ने भने योजना छैन । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आइतबार बिहान १० बजेबाट चलाउने कार्यक्रम छ । भारतको जयनगर हुँदै जनकपुरधाम(कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर फकाइनेछ । नेपाल रेल्वे कम्पनीका अनुसार बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने… Continue reading बीना यात्रु आजबाट जनकपुरको रेल चल्दै

माओवादी घटक एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटक एक हुनुपर्ने बताएका छन् । जनयुद्ध लडेर आएको यो पार्टी भित्र चरम असन्तुष्टीका कारण अत्यधिक फुटको प्रवृत्ति रहेको छ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिले जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको… Continue reading माओवादी घटक एक हुनुपर्छ : प्रचण्ड

आज जनयुद्ध दिवस, मधेष प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । माओवादी जनयुद्ध शुरु भएको अवसरमा मनाउन थालिएको जनयुद्ध दिवसका अवसरमा पहिलो पटक मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । मधेषमा यसअघि मधेश बलिदानी दिवस मनाउ्ने गरिएको थियो । यो पटक सरकारले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन लागेको हो । यता, माओवादी पार्टीका विभिन्न घटकले समेत जनयुद्ध… Continue reading आज जनयुद्ध दिवस, मधेष प्रदेशमा सार्वजनिक बिदा

८३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितको दैनिक संक्रमण तेस्रो लहर शुरु भएयता पहिलो पटक एक हजार भन्दा तल आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा जम्मा ८३६ संक्रमण पुष्टि भएको हो । चार हजार २६० पीसीआर… Continue reading ८३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु

एमसीसीबारे सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता

File RSS

काठमाडौं । शनिबार सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको हो । बालुवाटारमा भएको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका सन्दर्भमा छलफल भएको बताइएको छ । तर, बैठकले कुनै निर्णय भने गरेन । छलफलमा प्रधानमन्त्री देउवा, माओवादीका… Continue reading एमसीसीबारे सत्तारुढ दलका शीर्ष नेताबीच भेटवार्ता

नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि दुई पक्षबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको छ । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता… Continue reading नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

चारदेशीय टी-२० सिरिज: यूएईले नेपाललाई हरायो

File

काठमाडौं । चारदेशीय टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले हारेको छ । ओमानको मस्कटमा सम्पन्न खेलमा युएईले नेपाललाई १९३ रनको विशाल लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले… Continue reading चारदेशीय टी-२० सिरिज: यूएईले नेपाललाई हरायो

खप्तड र बडिमालिका घुम्न हेलिकोप्टर टूर प्याकेज सार्वजनिक

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशले नेपाल पर्यटन बोर्ड तथा माउन्टेन हेलिकोप्टर प्रालिसँग सहकार्य गर्दै फागुन १ देखि सुदूरपश्चिमका खप्तड, बडिमालिका लगायत क्षेत्रमा टुर प्याकेज सार्वजनिक गरेको छ । नाटाका सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै खप्तड, बडिमालिकालगायत पर्यटकीय गन्तव्य यति बेला हिउँले सेताम्मे रहेकाले उक्त… Continue reading खप्तड र बडिमालिका घुम्न हेलिकोप्टर टूर प्याकेज सार्वजनिक

कोरियाले श्रमिक लैजान लगायो रोक, नेपाली पनि प्रभावित

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै कोरियाले नेपालसहितका मुलुकबाट श्रमिक लैजान रोक लगाएको छ । सो मुलुकमा कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलिएको छ । सोहीकारण नेपाललगायतका देशबाट श्रमिक लैजान रोक लगाइएको हो । यसले फेब्रुअरी १४ मा तय भएको नियमित उडान तालिका समेत स्थगन गरिएको छ । श्रम, रोजगार तथा… Continue reading कोरियाले श्रमिक लैजान लगायो रोक, नेपाली पनि प्रभावित

आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को अक्सन आज हुँदैछ । विश्वभरबाट चर्चित खेलाडी लिएर संचालन हुने यो प्रतियोगितामा नेपालबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र प्रतिस्पर्धामा छन् । भारतको बेंगलुरुमा आईपीएलको नयाँ सिजनको लागि हुने मेगा अक्सन हुन लागेको हो । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए ।… Continue reading आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

चारदेशीय टी-२० सिरिज : आज नेपाल र यूएई भिड्दै

File

काठमाडौं । ओमानमा जारी चार देशिय टी-२० सिरिजमा आज दोस्रो खेलमा नेपाल र युएई भिड्दैछन् । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुने गरि तय भएको छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप यो प्रतियोगिता भइरहेको छ । सिरिजको पहिलो खेलमा नेपालले घरेलु… Continue reading चारदेशीय टी-२० सिरिज : आज नेपाल र यूएई भिड्दै

बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

काठमाडौं । ८ माघ शनिबारको राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला परेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलले २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो । गत राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा मूर्ति फेला परेको हो । हात्तीवनका स्थानीय बुढी आमाले बोरामा राखेको अवस्थामा… Continue reading बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति फेला, अबिर जात्रासहित भित्राइयो

हत्या आरोपमा अघोरी बाबा पक्राउ

काठमाडौं । काठमाडौंको फर्पिङमा एक पुरूषको हत्याको आरोपमा प्रहरीले एक ‘अघोरी’ बाबालाई पक्राउ गरेको छ। हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका ६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले बिहीबार साँझ अन्दाजी ४०\४५ वर्षका बोल्न नसक्ने पुरूषमाथि दाउराको चिर्पट र बाँसले टाउकोमा… Continue reading हत्या आरोपमा अघोरी बाबा पक्राउ

चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात

काठमाडौं । चार देशीय टी २० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको हो । दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएसँगै नेपालले ३ बल अगाडी नै लक्ष्य भेटायो । यससँगै नेपालका नयाँ कप्तान सन्दीप लामिछानेले कप्तानी डेब्यु जितबाट गर्न… Continue reading चार मुलुक सहभागी क्रिकेट सिरिजमा नेपालको विजयी शुरुवात

के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । असोज २२ गते स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले शुक्रबार १०० दिनको कार्य प्रगति सार्वजनिक गरेका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको ‘खोप, खोप र खोप’ अभियानलाई महत्व दिँदै कोरोनाको परिक्षण गर्ने प्रयोगशालाको संख्या बढाउनेदेखि पीसीआर परिक्षणको मूल्य घटाउनेसम्मका विषय समेटेका छन्… Continue reading के छ स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरेको प्रगति विवरणमा ?

‘युक्रेनमा आक्रमणका खतरा बढ्यो, अमेरिकी नागरिकले छिट्टै देश छाड्नुस्’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेलनले युक्रेनमा बाँकी रहेका सबै अमेरिकी नागरिकलाई चाँडोभन्दा चाँडो देश छाड्न आग्रह गरेका छन्। रसियाले कुनै बेला आक्रमण गर्न सक्ने खतरा बढेको भन्दै बाइडेनले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन्। जुनबेला जे पनि हुन सक्ने भन्दै बाइडेनले आफू उद्धारका लागि सेना पठाउने तयारीमा नरहेको चेतावनीसमेत दिएका छन्। रसियाले… Continue reading ‘युक्रेनमा आक्रमणका खतरा बढ्यो, अमेरिकी नागरिकले छिट्टै देश छाड्नुस्’

चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गरिने

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । फर्ममा पालिएका कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्डफ्लू परीक्षण गरिएको थियो । उक्त नमुनामा बर्डफ्लू पुष्टी भएको स्थानियबासीले बताएका छन् ।… Continue reading चितवनमा बर्डफ्लू भेटियो, फर्म आसपासका पक्षीहरू नष्ट गरिने

राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक

काठमाडौं । राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक देखिएको छ ।सरकारले प्रत्येक वर्ष राष्ट्रिय गौरवका आयोजनामा खर्च बढाउने गरी कार्यविधि बनाएपनि खर्चको स्थिति भने निराशाजनक देखिएको हो । यो वर्ष ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च जम्मा १६.३९ प्रतिशत देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब… Continue reading राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक

दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

दाङ । दाङको तुल्सिपुरमा गएराति दुई बजेदेखि लागेको आगलागीमा परि मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ५मा ङ लाइनमा रहेको एक चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख श्याम अर्यालका अनुसार मृतकमध्ये चार पुरुष र एक महिला रहेको सरकारी संचारमाध्यम गोरखापत्रले… Continue reading दाङमा आगलागीमा मृत्यु भएका पाँचै जनाको पहिचान

अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

REUTERS/Gleb Garanich

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न भनेका छन् । बीबीसीका अनुसार उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको उल्लेख गरेका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने… Continue reading अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

दाङको तुल्सिपुरमा आगोलागी, ५ जनाको मृत्यु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनमा एक घरमा भएको आगलागीमा परि पाँच जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घटनामा चार पुरुष र एक बालिका परेको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्याललाई उदृत गर्दै स्थानीय संचारमाध्यमले लेखेको छन् । आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको छ ।… Continue reading दाङको तुल्सिपुरमा आगोलागी, ५ जनाको मृत्यु

खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने

काठमाडौं । नेपालमा खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष भन्दा माथिका सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने भएका छन् । सरकारले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका… Continue reading खोप लगाएको ६ महिना पुरा भएका १८ वर्ष माथिका सबैले बुस्टर डोज लगाउन पाउने

चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

काठमाडौं । चार मुलुक सहभागी रहेको क्रिकेट सिरिज आजबाट शुरु हुँदैछ । आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर अगाडी यो सिरिज हुन लागेको हो । ओमानको घरेलु मैदान मस्कटस्थित अल अमिरातमा दिउँसो ३ः४५ बाट खेल सुरु हुनेछ । नेपालमा हिमालय टिभिबाट खेल प्रत्यक्ष हेर्न सकिे छ । नेपाल, ओमान, आयरल्याण्ड र युएई सिरिजमा खेल्दैछन् ।… Continue reading चार मुलुक सहभागी क्रिकेट सिरिज आजबाट, नेपाल र ओमान भिड्दै

चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री

काठमाडौं । निर्वाचनको प्रयोजनका लागि ५० अर्ब रुपैयाँको अतिरिक्र माग आएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेटको अर्धवार्षिक समिक्षा कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा पाँच गुणा बढी रकम माग भएको जानकारी दिए । यसले मन्त्रालय दबाबमा परेको उनको भनाई छ । चालु आर्थिक वर्षको बजेटमा १०… Continue reading चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री