विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

काठमाडौं । यस वर्ष कुनै पनि श्रष्टाले पद्मश्री पुरस्कार नपाउने भएका छन् । यसअघि सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई यो पुरस्कार दिने निर्णय खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले गरेको थियो । तर, पात्रहरुबीच नै आरोप प्रत्यारोप र विवाद भएपछि अन्ततः पुरस्कार नै रद्द गरिएको छ । आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’… Continue reading विवादमा फसेपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द

धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

काठमाडौं । मंगलबार बाँकेको नेपालगन्ज र धरानमा गरी तीन जना कोरोना भाइरसका संक्रमितको ज्यान गएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको ज्यान गएको हो । कलेजका अनुसार कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको ज्यान गएको हो । अस्पतालका अनुसार नेपालगन्जका मृतक स्वास्थ्यकर्मी समेत… Continue reading धरान र नेपालगन्जमा तीन संक्रमितको ज्यान गयो

कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

काठमाडौं । दशैं नजिकिएको छ । शहर बजारमा बस्नेहरु अधिकांश आफ्नो जन्मघर फर्कने यो चाडका लागि यातायात व्यवसायीलाई व्ववस्थापन निकै हम्मे हम्मे पर्छ । तर, यसपाली देशभर कोरोना महामारी छ । यस्तो अवस्थामा दशैं कसरी मनाउने भन्ने अन्यौलसमेत रहेको छ । तर, सर्वसाधारणमा चासो भने छ, दशैंमा घर जाने बसका अग्रिम टिकट कहिले खुल्छन् ?… Continue reading कहिलेबाट खुल्छन् दशैंमा घर जाने अग्रिम टिकट ?

बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट… Continue reading बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

काठमाडौं । कृषि क्षेत्रमा इजरायली नमुना विश्व प्रसिद्ध छ । त्यहाको प्रविधिलाई नेपालमा भित्राउन सरकारी स्तरबाटै पहल थालिएको छ । यसै क्रममा नेपाल सरकारले इजरायलको अत्याधुनिक कृषि प्रविधिसहितको विशेष केन्द्र स्थापना गर्न अनुमति दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपालमा विशेष कृषि केन्द्र स्थापना… Continue reading नेपालमा विशेष कृषि केन्द्र स्थापना हुने, इजरायलको लगानी

नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

काठमाडौं । सरकारले एसिड आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध कडा कानूनी कारवाहीका प्रावधानसहित नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । एसिड आक्रमणका दोषिलाई कडा कारवाही गर्ने व्यवस्थासहित कानूनी व्यवस्था गर्न सरकारले आज अध्यादेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एसिड तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यावधि सम्बन्धी केही… Continue reading नेपालमा एसिड आक्रमणकारीविरुद्ध बन्यो कडा कानून, अध्यादेश जारी

एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणको त्रास बढेसँगै सरकारले लकडाउन र निषेधाज्ञा पछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो । चालु आर्थिक… Continue reading एक महिनामै बैंकिङ मार्फत १८ अर्ब ३९ करोडको कारोबार

नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ८० जनाको पीसीआर परीक्षणमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको छ पछिल्लो २४ घन्टामा थप ७४२ जना कोरोना संक्रमणमुक्त भएका… Continue reading नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि, ७४२ जना संक्रमणमुक्त

सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

Source : BBC

काठमाडौं । सीमानामा रहेको विवादका क्रममा अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध भएको छ । विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थल र हवाई दुबै माध्यमबाट झडप भएको थियो । घटनामा केही घाइते रहेको बताइएको छ । नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै गएको… Continue reading सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे

काठमाडौं । कोरोना भाइरसबाट भएको मानवीय क्षतिको आंकडा १० लाख नाघेको छ । संसारभर सोमबार बिहानसम्म १० लाख ३ सय ५० जनाको ज्यान गइसकेको तथ्यांक छ । अमेरिकामा मात्र कोरोनाबाट ज्यान गुमाउने मानिस २ लाख पुगेका छन् । पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढी मानिसले ज्यान गुमाएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेहरुको संख्या १० लाख पुगेको… Continue reading कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

न्यूयोर्क आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् । ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक… Continue reading अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

निजगढ । बारामा बसले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै बसले स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा प्रहरीका अनुसार बाराको निजगढ नगरपालिका–१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र… Continue reading बारामा बसले स्कुटरलाई ठक्कर दियो, एकै परिवारको तीनको मृत्यु

नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १ सय २३ जनाको पीसीआर परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७३ हजार नाघ्यो

विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन… Continue reading विदेशबाट ७८ हजार नेपालीको उद्धार, एकैसाता २१ जनाको कोरोनाबाट मृत्यु

त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

फाइलफोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना भाइरसको संक्रमणयता रोकिएका सबै परीक्षा छठपछि धमाधम सकिने भएको छ । त्रिभुवन विश्वविद्यालयले परीक्षाको तयारी थाल्न सरोकारवाला निकायलाई निर्देशन समेत गरिसकेको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले कोरोनाका कारण रोकिएका परीक्षा छठलगत्तै सञ्चालन गर्ने निर्णय गरेको छ… Continue reading त्रिविमा रोकिएका परीक्षा छठपछि धमाधम

तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

File

बुटवल । सिद्धार्थ राजमार्ग पछिल्लो तीन दिनयता बन्द छ । जसले गर्दा मध्य नेपालको पहाडी भेगमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । अविरल वर्षापछि विभिन्न स्थानमा झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । यसमा खासगरी सिद्धबाबाको पहिरोले ठूलो जोखिम निम्त्याउँछ । शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएको र यात्रु… Continue reading तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

दार्जुला । नेपाल भारत विवादित भूमि नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म अब बाह्रैमास बस्ने भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिएका छन् । त्यहा अहिले स्थायीरुपमा संरचना निर्माण भइसकेको छैन । सोहीकारण प्रहरी अहिलेलाई भाडाको घरमा बस्ने छ ।… Continue reading छाङरुमा अब बाह्रैमास बस्ने भयो सशस्त्र प्रहरी

कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने सैनिकको संख्या २ पुगेको छ । शुक्रबार एक जना सैन्य जवानको कोरोनाकै कारण ज्यान गएको हो । बझाङ घर भई काठमाडौं उपत्यकामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । उनी असोज ६ मा छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना भएको थिए । त्यसपछि उनमा… Continue reading कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु, दुई पुगे ज्यान गुमाउने

थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीमा ६३, काठमाडौंमा २० र ७४, भक्तपुरमा ८८, मकवानपुरमा ७४, ललितपुरमा ७६, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको… Continue reading थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार १९ जनाको पीसीआर परीक्षणमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा थप ११४७… Continue reading नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि, ११४७ जना संक्रमण मुक्त

रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

File

बुटवल । रुपन्देहीमा रोहिणी नदी, सुखौरा खोला र तिनाउ नदीमा बढेको पानीको बहावले घरहरु डुबानमा परेका छन् । रातभर अविरल वर्षा भएपछि त्यसले बाढी निम्त्याएको हो । बाढीमा बस्तीमा पसेपछि ७ वटा घर बगेका छन् । ५० वटा घर भने डुवानमा परेको स्थानीय प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका भित्रै विभिन्न स्थानमा ७ वटा घर… Continue reading रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

काठमाडौं । लकडाउनयता संसारका ३२ मुलुकबाट समस्यामा रहेका करीव ७७ हजार नेपाली घर फर्किएका छन् । विदेशमा काम गुमाएका, घुमघामका सिलसिलामा विदेश पुगेर अड्किएका, गैरकानूनी रुपमा बसिररहेका नेपाली घर फर्किएका छन् । नियमित उडान शुरु भएपछि भने स्वच्छाले घर फर्कने नेपालीसमेत यो सूचिमा थपिएका छन् । कोभिड–१९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका… Continue reading लकडाउनयता विदेशबाट फर्किए ७७ हजार नेपाली

डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो । अहिले १० लाख मानिसको ज्यान गइसकेको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक… Continue reading डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

फाईल फोटो

न्यूयोर्क मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने । विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् । ‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको… Continue reading मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन

साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा विदेशबाट नेपालीले आफ्नो मुलुक र परिवारका लागि उत्साहजनक रुपमा रेमिट्यान्स पठाएका छन् । नेपालीबाट एक महिनामा ९२ अर्ब ७१ करोड रुपैयाँ नेपाल आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा अघिल्लो महिनाको तुलनामा २३ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको छ ।… Continue reading साउनमा रेमिट्यान्स आप्रवाहमा उत्साहजनक वृद्धि, एक महिनामा आयो ९३ अर्ब

अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

प्रतिकात्मक तस्वीर

सन्धीखर्क । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा भीषण पहिरो गएको छ । पहिरोले १७ वटा घर बगाएको छ । दिउँसोको समयमा आएको पहिरोका कारण मानवीय क्षतिको भने कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने स्थानमा पहिरोेले १७ वटा घर बगाएको बताइएको छ । पछिल्लो तीन दिनयता निरन्तर वर्षा भएको… Continue reading अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार २ सय ६२ जनाको पीसीआर परीक्षणमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

काठमाडौं । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। पछिल्लो समय रहरले भन्दापनि बाध्यताले नेपालीहरुमा मोबाइलको मोह बढेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले मोबाइलको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा ९ लाख ९५ हजार मोबाइल सेट आयत भएको… Continue reading नेपालीको मोबाइल मोह: डिजेलभन्दा मोबाइलको आयात बढी

काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

काठमाडौं । काठमाडौं महानगरपालिका देकै सवैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह बनेको छ । अहिलेसम्म काठमाडौं महानगरपालिकाभित्र ७ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने ६३ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या काठमाडौं महानगरपालिकामा ह्वात्तै… Continue reading काठमाडौं महानगरपालिका कोरोनाको उच्च जोखिममा, कुन वडामा कति संक्रमित ?

ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमसँगै लागेको विदेशी नागरिक प्रवेशमाथिको प्रतिवन्ध ओमानले हटाएको छ । नयाँ प्रावधान भने १ अक्टोबरबाट लागु हुने भएको छ । अब ओमानले विदेशी आप्रवासी कामदारलाई प्रवेश अनुमति दिने घोषणा गरेको हो । यसले त्यहाँ कामको सिलसिलामा जाने नेपाली समेत लाभान्विन हुने भएका छन् । किनकी नेपाल सरकारले समेत अब वैदेशिक… Continue reading ओमानमा अक्टोवरबाट विदेशीको प्रवेश खुला, नेपाली पनि जान पाउने