काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीम विश्वकपमा छनोट हुने लक्ष्य बोकेर मंगलबार ओमान उड्दैछ । आईसीसी पुरुष टी–२० विश्व कपको अन्तिम छनोटका रुपमा ग्लोबल छनोट ‘ए’ प्रतियोगिता हुँदैछ । यहाँबाट छनोट हुने दुई टीमले विश्वकपमा भाग लिन सक्नेछन् । मंगलबार राती ८ बजे नेपाली टोली सो मुलुक प्रस्थान गर्नेछ । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित… Continue reading विश्वकपमा छनोट हुने लक्ष्य बोकेर नेपाली क्रिकेट टोली ओमान उड्दै
Category: फिचर
सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द
काठमाडौं । निर्वाचन आयोगले मंगलबारबाट मतदाता नामावली संकलन बन्द गरेको छ । यससँगै सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले मात्र भोट हाल्न पाउने छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा तोकेको छ । निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही अनुसार कार्य अगाडि बढाउने तयारीमा आयोग छ ।… Continue reading सोमबारसम्म मतदाता नामावलीमा नाम टिपाएका नागरिकले भोट हाल्न पाउने, आजबाट बन्द
बाइडनले दाहोर्याए रुसलाई ग्यास पाइपलाइन बन्द गराइदिने धम्की
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले मस्कोले युक्रेनमा हमला गरे जर्मनीसँग जोडिने एउटा मुख्य ग्यास पाइपलाइन बन्द गरिदिने धम्की पुनः दाहोरयाएका छन् । जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि वासिङ्टनमा बोल्दै उनले नर्ड स्ट्रीम टू पाइपलाईनबारे यस्तो बताएको बीबीसीले लेखेको छ । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध छल्न सकिने… Continue reading बाइडनले दाहोर्याए रुसलाई ग्यास पाइपलाइन बन्द गराइदिने धम्की
महामन्त्रीमा हारेका महतलाई कांग्रेस प्रवक्ताको जिम्मेवारी दिएपछि देउवाको आलोचना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. प्रकाशशरण महतलाई प्रवक्ता बनाएका छन् । उनको यो निर्णयको पार्टी भित्रै आलोचना भइरहेको छ । खासगरी सामाजिक संजालमा उनको आलोचना भएको हो । महाधिवेशनमा प्रतिनिधिहरुले महामन्त्रीमा अस्वीकृत गरेका व्यक्तिलाई पार्टीको प्रवक्ता बनाउनु महाधिवेशनको म्याण्डेटको अपमान भएको आलोचकको भनाई छ । गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महत… Continue reading महामन्त्रीमा हारेका महतलाई कांग्रेस प्रवक्ताको जिम्मेवारी दिएपछि देउवाको आलोचना
यूएई र साउदीबाट अलपत्र नेपाली श्रमिकको उद्धार
काठमाडौं । टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ । भिजिट भिसामा यूएई पुर्याइ उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र… Continue reading यूएई र साउदीबाट अलपत्र नेपाली श्रमिकको उद्धार
इयुसङ्ग पर्यटनमन्त्री आलेले भने : कालोसूचीबाट हटाउ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीमा रहेकाले नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन्… Continue reading इयुसङ्ग पर्यटनमन्त्री आलेले भने : कालोसूचीबाट हटाउ
नेपालमा कोरोनाबाट थप १३ को मृत्यु, १५७० मा पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १३ जनाको ज्यान गएको छ । यस अवधिमा १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र… Continue reading नेपालमा कोरोनाबाट थप १३ को मृत्यु, १५७० मा पुष्टि
अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने
काठमाडौं । इजाजत नलिई अनधिकृत रुपमा विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने भएको छ । गृह मन्त्रालयले यस्तो गरेको पाइए उजुरी दिन समेत सर्वसाधारणसँग आग्रह गरेको छ । विदेश जाँदा शैक्षिक संस्थाहरुले निर्णारण गरेको पक्रिया पूरा नहुने र अलपत्र पर्ने वा कतिपय अवस्थामा नेपालमै फिर्ता हुने गुनासो आएको भन्दै गृह मन्त्रालयले सोमबार विज्ञप्ति… Continue reading अनुमति नलिइ विदेश पठाउने शैक्षिक परामर्शदाता संस्थामाथि सरकारले कारवाही गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यो उडानमार्फत विमानस्थलको यान्त्रिक परीक्षण हुने छ । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय
बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए । निर्वाचन आयोगले जेठ ५ गतेदेखि स्थानीय तहका सबै जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै जेठ ४ गते एकै चरणमा चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको… Continue reading बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
कमल थापाको चेतावनी-‘ तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको विकल्प छैन्’
काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले आफ्ना माग पूरा नभए नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् । सोमरबार चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आफुपक्षको छुट्टै भेला आयोजना गर्दै नेता थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफूले अघि सारेका तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको चेतावनी दिएका हुन् । ‘स्थानीय चुनावको मिति सरकारले घोषणा… Continue reading कमल थापाको चेतावनी-‘ तीनवटा माग पूरा नभए नयाँ पार्टी दर्ताको विकल्प छैन्’
९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार ९अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८० ‘च’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि २ वर्षको रहेको छ । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक… Continue reading ९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल
नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँ बराबरको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक
ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा
ओटावा। क्यानडाको राजधानी सहरमा आपतकाल घोषणा भएको छ । ओटावाका मेयरले कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहेसँगै आपतकाल घोषणा गरेका हुन् । मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएको बीबीसीले लेखेको छ । फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको हो । क्यानडाको रेडिओ सीएफआएसँग… Continue reading ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा
सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी
काठमाडौं । अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि सेनेगलले जितेको छ । फाइनलमा ७ पटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगलले ६० वर्षपछि उपाधीमाथि कब्जा जमाएको हो । सेनेगल पहिलोपटक यो उपाधी जित्न सफल भयो । क्यामरुनमा आइतबार राति सम्पन्न फाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो… Continue reading सेनेगलले उचाल्यो अफ्रिकी कप नेसन्सको उपाधी
भिजिट भिसामा यूएइ पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री जाने
काठमाडौं । वैदेशिक रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री स्वयमः खटिने भएका छन् । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको प्रतिनिधित्व गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ यूएई जाने राससले लेखेको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी भिजिट तथा अन्य… Continue reading भिजिट भिसामा यूएइ पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापन गर्न श्रम मन्त्री जाने
बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु
बुटवल । रुपन्देही, बुटवल तामनगरमा सडकमा रोकेको ट्रकमा कार ठोक्किएको छ । त्यस क्रममा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार… Continue reading बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु
ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो
लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष पुरा भएको छ । यस उपलक्ष्यमा महारानीले केक काटेकी छिन् । आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बितेको बीबीसीले लेखेको छ । उनी महारानी भएको आइतवार ७० वर्ष पुरा भएको हो । उनी २५… Continue reading ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो
१ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने
काठमाडौं । नेपालमा फागुन १ बाट भौतिक उपस्थितिमै विद्यालयमा कक्षा सञ्चालन गर्न पाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसमा उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले आइतबार यस्तो निर्णय गरेका हुन् । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने भएको छ । १२… Continue reading १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने
काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमण ओरालो लागेसँगै काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली हटेको छ । यो नियम सोमबारदेखि लागु हुने छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो । कोरोनाको रोकथाम, नियन्त्रण, उपचार… Continue reading काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्यो
एमसीसीलाई प्रचण्ड र शेरबहादुर देउवाले पठाएको गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पठाएको एक गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । आइतबार केही संचारमाध्यमबाट सो पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भए लगत्तै प्रचण्डले देउवालाई टेलिफोन गरि असन्तुष्ट व्यक्त गरेका छन् । लगत्तै वालुवाटारमा एमाले अध्यक्ष… Continue reading एमसीसीलाई प्रचण्ड र शेरबहादुर देउवाले पठाएको गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग
नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधीमा ११ जनाको कोभिडका कारण मृत्यु भएको छ।सो अवधिमा ८,७०४ जना सङ्क्रमणमुक्त भएका छन्।तथ्यांक अनुसार देशभर निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५,२४८ छ । तीमध्ये अधिकांश उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौंमा… Continue reading नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । कोरोनासँगै निमोनिया भएर मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारत लता आइतवार बिहान निधन भएको हो । लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् । लता मंगेशकरलाई ८ जनवरीमा कोरोना संक्रमण भएपछि निमोनिया पनि भएको थियो । लताको उमेर देखेर चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरेका थिए… Continue reading भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन
काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकामा माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गरिने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउन सूचना जारी गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि… Continue reading काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै
आजबाट मौसममा सुधार, घाम लाग्ने
काठमाडौं । नेपालमा एक साता लामो वर्षा र हिमपात थामिएसँगै आइतबारबाट मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहने सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर वर्षा भएको थियो । सो मौसमी प्रभाव कम… Continue reading आजबाट मौसममा सुधार, घाम लाग्ने
आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै
काठमाडौं । आज हिन्दुधर्मावलम्बीहरु बसन्त पञ्चमी पर्व मनाउँदैछन् । यस दिन विद्याकी देवी सरस्वतीको पूज आरधना गर्ने गरिन्छ । आज सरस्वती मन्दिरहरुमा पूजा गरिन्छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्छ । आज हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम… Continue reading आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै
चर्चित गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक
मुम्बई । स्वर कोकिलाका नामबाट चर्चित भारतीय गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । ९२ वर्षिय उनलाई कोरोना र निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । उनको भेन्टिलेटरको सहायतामा उपचार जारी रहेको र स्वास्थ्य अवस्था निकै खराब बनेको चिकित्सकले बताएका छन् । उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ । भारतीय समाचार… Continue reading चर्चित गायिका लता मंगेश्वरको स्वास्थ्य अवस्था चिन्ताजनक
नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ हजार ५१३ नमुना परीक्षणमा सो संख्यामा संक्रमित देखिएको छ । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार… Continue reading नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु
स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु
स्याङ्जा । शनिबार स्याङ्जामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीलाई उदृत गर्दै राससले जनाए अनुसार शनिबार ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जिप दुर्घटनामा परेको हो । बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर… Continue reading स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु
पेरुमा पर्यटक चढेको जहाज दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं । पेरुमा पर्यटक चढेको जहाज दुर्घटनामा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । परुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पर्यटकहरूलाई नाज्का लाइन देखाउन यो जहाज उडेको थियो । नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जहाजबाट देखाउने गरिन्छ । सोअीकारण पर्यटकहरु यहाँ… Continue reading पेरुमा पर्यटक चढेको जहाज दुर्घटना, ७ जनाको मृत्यु