काठमाडौँ, २१ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साविक विजेता जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ । जितका लागि पाएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरको पारी २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रनमा समेटियो । कर्णाली याक्सका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाए… Continue reading एनपिएलः कर्णालीद्वारा जनकपुर पराजित
Category: फिचर
अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ, २१ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य र दीपक चन्द्र अमात्यलगायत विरुद्ध मुद्दा दायर गरेको जनाएको छ । विमानस्थल… Continue reading अख्तियारद्वारा पोखरा विमानस्थलमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ५५ जनाविरुद्ध मुद्दा दायर
साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु
काभ्रेपलाञ्चोक, २१ मङ्सिरः अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ… Continue reading साँगा–धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु
श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक
कोलम्बो, २१ मङ्सिर (रासस–एएफपी) । विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न एक बृहत् क्षतिपूर्ति प्याकेज सार्वजनिक गरेको छ । चक्रवातपछि श्रीलङ्कामा भइरहेको बर्षाका कारण आइतबार पनि थप बाढी र पहिरो आउन सक्ने भन्दै नागरिकहरूलाई सावधानी अपनाउन लागि आग्रह पनि गरिएको छ। सरकारले पछिल्लो प्राकृतिक विपत्मा परी कम्तीमा ६११ जनाको मृत्यु भएको पुष्टि गरेको… Continue reading श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक
कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै
मुस्ताङ, २१ मङ्सिरः उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाअन्तर्गत हालसम्ममा १३ पुल निर्माण सम्पन्न भएका छन् । तीनवटा पुल निर्माणको अन्तिम चरणमा छन् । भारत र चीन जोड्ने व्यापारिक मार्गअन्तर्गत २०७३÷७४ सालदेखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत वर्षसम्म १३ पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भइसकेको जनाएको छ । आयोजनाअन्तर्गत ठेक्का सम्झौता भई… Continue reading कोरला सडकमा १३ पुल निर्माण, तीन पुल बन्दै
बर्दिबासको पर्यावरणबारे बढ्दै चासो
महोत्तरी, २१ मङ्सिरः महोत्तरीको पूर्वपश्चिम लम्बाइको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ । चुरे क्षेत्रमा ३० किलोमिटर बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको यहाँ अवलोकन गर्नेहरूले बताएका छन् । “मनोरम प्राकृतिक सम्पदाको बर्दिबास नगरक्षेत्र सम्पन्न रहेछ”, बर्दिबास–३ राइमण्डलस्थित गिद्ध… Continue reading बर्दिबासको पर्यावरणबारे बढ्दै चासो
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
२१ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा… Continue reading बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
दार्चुलामा भूकम्पको धक्का
दशरथचन्द (बैतडी), २१ मङ्सिरः दार्चुलामा भूकम्प गएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राससलाई जानकारी दिए । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
काठमाडौँ, २१ मङ्सिर । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले… Continue reading आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
पौने तीन लाख विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा
गण्डकी, २१ मङ्सिरः पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको… Continue reading पौने तीन लाख विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा
यस वर्ष कति आयात भयो रासायनिक मल ?
काठमाडौँ, २१ मङ्सिरः सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ । रासायनिक मल आयातका लागि चालु आर्थिक बर्षमा रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ… Continue reading यस वर्ष कति आयात भयो रासायनिक मल ?
मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर
लिस्बन (पोर्चुगल), २१ मङ्सिरः पोर्चुगलको लिस्बनस्थित रहेको नेपाली दूतावासले सामुद्रिक टापु ‘मदेइरा’मा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको दूतावासको टोलीले मदेइरा आइल्याण्डको फुन्चालमा घुम्ती शिविर सञ्चालन गरेर शनिबारदेखि राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन थालेको हो । घुम्ती सेवा… Continue reading मदेइरामा नेपाली दूतावासको घुम्ती शिविर
निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु
काठमाडौँ, २१ मङ्सिरः प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको… Continue reading निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु
एनपिएलः लिग चरणको अन्तिम खेल आज
काठमाडौँ, २१ मङ्सिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।… Continue reading एनपिएलः लिग चरणको अन्तिम खेल आज
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा
ओखलढुङ्गा, २१ मङ्सिरः ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुकाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् ।… Continue reading ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ सहारा
गगन भन्छन् : पार्टीको १५औँ महाधिवेशन र निर्वाचन तयारी सँगसँगै
मलङ्गवा (सर्लाही), २० मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताए ।… Continue reading गगन भन्छन् : पार्टीको १५औँ महाधिवेशन र निर्वाचन तयारी सँगसँगै
१४ वर्षदेखि अलपत्र कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु
सिरहा, २० मङ्सिरः १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयले चन्दा उठाउने अभियान सुरु गरेका छन् । आज कमला पुलमा उपस्थित भई अभियानका अगुवाहरूले अभियान औपचारिक रूपमा सुरुआत गरेका सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवले जानकारी दिए । “यहाँ १४ वर्षअघि काम सुरु भए पनि पटकपटक म्याद… Continue reading १४ वर्षदेखि अलपत्र कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु
एनपिएल : रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
काठमाडौँ, २० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा एक सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा दुई विकेट गमाउँदै पूरा ग¥यो । पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच… Continue reading एनपिएल : रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
धादिङको चालिसेमा ७ वटा गाडी ठोक्किए, ३५ जना घाइते
मलेखु (धादिङ), २० मङ्सिर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले… Continue reading धादिङको चालिसेमा ७ वटा गाडी ठोक्किए, ३५ जना घाइते
टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
काठमाडौँ, २० मङ्सिरः काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाधीन छ । काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभानमा २।५३ हेक्टरमा प्रशोधन केन्द्र निर्माण भइरहेको हो । एसियाली विकास बैंक ९एडिबी०को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको… Continue reading टुकुचा सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन
ललितपुर, २० मङ्सिरः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा आज यहाँ आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उनले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु, अर्थतन्त्रबाट अलग हुनुलगायत कारणले… Continue reading विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
जोहानेसबर्ग, २० मङ्सिर (रासस–एएफपी) । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण… Continue reading दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश
काठमाडौं, २० मंसिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ । जितका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र… Continue reading एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना
काठमाडौँ, २० मङ्सिर । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया… Continue reading गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा–हिमपातको सम्भावना
एनपिएल :आज दुई खेल हुँदै
काठमाडौँ, २० मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क… Continue reading एनपिएल :आज दुई खेल हुँदै
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
काठमाडौँ, २० मङ्सिरः नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ । मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने… Continue reading काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली
ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित
पाटन (ललितपुर), २० मङ्सिरः विश्व स्वयमसेवक दिवसको अवसरमा ललितपुर महानगरद्वारा ८५ स्वयमसेविका सम्मानित भएका छन् । ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ नारासहित ललितपुर महानगरपालिकाद्वारा शुक्रबार यहाँ आयोजित २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ का अवसरमा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरका २९ वटै वडाका २९ उत्कृष्ट महिला सामुदायिक… Continue reading ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित
‘निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ’
काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका द्धन् । निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको… Continue reading ‘निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ’
रुस भारतका लागि ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन
नयाँदिल्ली, १९ मङ्सिर (रासस–एएनआई) । भारतको द्रुत बृद्धि भइरहेको अर्थतन्त्रका लागि रूस एक स्थिर र निर्बाध आपूर्तिकर्ता रहने घोषणा भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त प्रेस सम्बोधनका क्रममा उनले भने, “रुसले ऊर्जाको क्षेत्रमा भारतसँग सफल साझेदारीको सम्भावना देखिरहेको छ । भारतको ऊर्जाको विकासका लागि आवश्यक… Continue reading रुस भारतका लागि ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन
युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी
नयाँदिल्ली, १९ मङ्सिर (रासस/एएनआई) :भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहो¥याएका छन् । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उनले बताए । रूसी राष्ट्रपति पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उनले भने, “भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । हामी… Continue reading युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी