देशैभर चिसो बढ्यो, मंगलबार काठमाडौं पनि पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ । काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान… Continue reading देशैभर चिसो बढ्यो, मंगलबार काठमाडौं पनि पानी पर्ने सम्भावना

माओवादी केन्द्रिय समिति बैठक आज पनि बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । सोमबारदेखि धुम्बाराहीस्थित एक बैंक्वेटमा सुरु भएको बैठक आज बिहान ११ बजेपछि बस्न लागेको हो । बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले उद्घाटन गर्दै राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने प्रदेशबाट रिपोर्टिङ भएको थियो । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण… Continue reading माओवादी केन्द्रिय समिति बैठक आज पनि बस्ने

विभिन्न पार्टीसँग एकता गर्न माओवादीले संवाद समिति बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद समिति बनाउने भएको छ। आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने पनि बताए। ‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम हासिल हुन सकेन। त्यसैले… Continue reading विभिन्न पार्टीसँग एकता गर्न माओवादीले संवाद समिति बनाउने

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?

काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सरकारी वकिल जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत… Continue reading काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?

यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनको समिक्षा प्रतिवेदन पारित गरेको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले सो प्रतिवेदन पारित गरेको हो । शनिबार र आइतबार काठमाडौंको स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा भएको समितिको बैठक बसेको थियो । बैठकमा कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति र पार्टीका गतिविधिबारे जानकारी गाएका थिए। बैठकमा सभापति… Continue reading यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका निर्णय

अमेरिकी विदेशमन्त्री कोरिया, जापान र फ्रान्सको भ्रमणमा निस्कँदै

Photo Source : Mike Coppola/Getty Images

काठमाडौं । दक्षिण कोरियामा जारी राजनीतिक उथलपुथलका बिच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । विदेशमन्त्री ब्लिन्केनले सियोलमा रहँदा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो-प्यासिफिक’ प्रवर्द्धन गर्ने प्रयासलाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा छलफल गर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री ब्लिन्केनले जनवरी ४… Continue reading अमेरिकी विदेशमन्त्री कोरिया, जापान र फ्रान्सको भ्रमणमा निस्कँदै

अमेरिकामा ठुलो आँधीबेहरी र हिमवर्षाको चेतावनी

REUTERS\BBC

काठमाडौं । रासस–एएफपी। संयुक्त राज्य अमेरिकामा आइतबार आँधीबेहरीसहित देशका धेरै भागमा हिमवर्षा हुने बताइएको छ। मौसमविद्ले पूर्वका लाखौँ मानिसले हिमआँधीको सामना गर्नुपर्ने र केही क्षेत्रमा एक दशकयताकै सबैभन्दा भारी हिमपात हुनेछ। छ करोडभन्दा बढी मानिसल खतरनाक हिमआँधीको जोखिम सहनुपर्ने देखिएका हो। संयुक्त राज्य अमेरिकाको पूर्वी आधा भागलाई आर्कटिक हावाको चिसोले प्रभावित पार्नेछ भने हिमवर्षाका कारण… Continue reading अमेरिकामा ठुलो आँधीबेहरी र हिमवर्षाको चेतावनी

एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको दावि गरेका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ… Continue reading एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो

सर्वेन्द्र खनालद्धारा एमाले परित्यागको घोषणा

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका… Continue reading सर्वेन्द्र खनालद्धारा एमाले परित्यागको घोषणा

पाकिस्तानको बलुचिस्तानमा बसमा हमला, कम्तिमा चार मारिए

काठमाडौं । ईरानसँग सीमा जोडिएको पाकिस्तानी शहर बलूचिस्तानमा बसमा आत्मघाती हमला गरिएको छ । केछ ज़िल्लामा भएको यो घटनामा ४ जनाको ज्यान गएको छ भने २५ जना घाइते रहेको समाचारमा उल्लेख छ । बलूचिस्तान सरकारका प्रवक्ता शाहिद रंदले हमलाको पुष्टी गरेका छन् । उनका अनुसार हमलामा क्राइम विंगका एसएसपी ज़ोहैब मोहसिन समेत घाइते छन् ।… Continue reading पाकिस्तानको बलुचिस्तानमा बसमा हमला, कम्तिमा चार मारिए

विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान

काठमाडौं । गत असोज दोस्रो साता बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो। उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको… Continue reading विपि राजमार्ग पुनर्निर्माणमा २ वर्ष भन्दा धेरै समय लाग्ने अनुमान

कोरियाको हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत

काठमाडौं । दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली सङ्गठनहरूले नेपाल र दक्षिण कोरियाबिचको हवाई भाडादार घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् । जनसम्पर्क समिति दक्षिणकोरियाले एक विज्ञप्तिमार्फत विचौलीयाहरूका कारण अत्यन्तै चर्को भाडादरको मार भोग्नु परेको अवस्थमा त्यहाँ कार्यरत सङ्घसंस्थाले आवाज उठाउँदै आएको… Continue reading कोरियाको हवाई भाडा घट्यो, सरोकारवालाको स्वागत

पोर्टस्टारलाई चुप रहन पैसा दिएको ट्रम्पको मुद्दामा सपथग्रहण अगाडी नै फैसला आउँदै

काठमाडौं । अमेरिकामा एकजना न्यायाधीशले डोनाल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० जनवरीका दिन सजाय सुनाउनेभएको छ । राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाउन लागिएको बीबीसीले जनाएको छ । न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु निःसर्त छाड्नेू सङ्केत गरेको समाचारमा उल्लेख छ… Continue reading पोर्टस्टारलाई चुप रहन पैसा दिएको ट्रम्पको मुद्दामा सपथग्रहण अगाडी नै फैसला आउँदै

लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

काठमाडौं । सोलुखुम्बुको लुक्ला नजिकै सडक पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को शनिबार उद्घाटन गरेका छन् । उनले सो सडक कालोपत्रे छिट्टै हुने समेत बताए । खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को उद्घाटनका अवसरमा सुर्के पुगेका… Continue reading लुक्ला नजिकै सडक, प्रधानमन्त्रीले गरे उद्घाटन

होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो । त्यसपछि फरार रहेका ती युवक… Continue reading होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

गगनको प्रस्ताव : चुनावमा लोकप्रिय मत ल्याउनेलाई ५ वर्ष सरकार चलाउन दिँउ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको उनको आरोप छ । थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए… Continue reading गगनको प्रस्ताव : चुनावमा लोकप्रिय मत ल्याउनेलाई ५ वर्ष सरकार चलाउन दिँउ

रास्वपा केन्द्रिय समिति बैठक आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना,… Continue reading रास्वपा केन्द्रिय समिति बैठक आजबाट

अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क,… Continue reading अमेरिकी डलरको मूल्य निरन्तर वृद्धि

जलपन्छी गणना हुँदै, देशभरी एकै पटक सुरु

काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणना गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपंछीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य हुनलागेको नेपाल पंछीविद सङ्घका… Continue reading जलपन्छी गणना हुँदै, देशभरी एकै पटक सुरु

दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्ने प्रहरीको ६ घण्टा लामो प्रयास असफल

काठमाडौं । प्रहरीले महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल भएको छ । करिब छ घण्टा लामो संघर्षपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई पक्राउ गर्ने प्रहरीको कदम रोकिएको छ । युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो छेकेको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्ने प्रहरीको ६ घण्टा लामो प्रयास असफल

एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको रु. ९२ अर्ब बराबरको एमसिसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसिसी सञ्चालक समितिले जनाएको छ । “मिलेनियम च्यालेन्ज… Continue reading एमसीसीले नेपालमा ६ अर्ब ८० करोड अनुदान सहायता थप गर्ने

बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

काठमाडौं । साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको हो । सीआईबीका प्रवक्ता एवम् सूचना… Continue reading बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

१५ अर्बको सिमेन्ट परियोजना कार्यान्वयन गर्न बोर्ड र कम्पनीबीच सम्झौता

काठमाडौं । लगानी बोर्ड र सम्राट सिमेन्टबीच १५ अर्ब रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्ने सम्बन्धी समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भएको छ ।शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली र सम्राट सिमेन्टका अध्यक्ष अनिलकुमार रुंगटाबीच एमओयूमा हस्ताक्षर भएको बोर्डले जनाएको छ । बोर्डको ४४औं बैठकले सम्राट सिमेन्टमा १५ अर्ब रुपैयाँ लगानी गर्न स्वीकृति दिएको… Continue reading १५ अर्बको सिमेन्ट परियोजना कार्यान्वयन गर्न बोर्ड र कम्पनीबीच सम्झौता

मनसुनको क्षतिको बावजुत बढ्यो धान उत्पादन

काठमाडौं । नेपालमा मनसुनको क्षतिका वावजुत धानको उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो । चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार… Continue reading मनसुनको क्षतिको बावजुत बढ्यो धान उत्पादन

चुलो चौकोबाट निस्किएर महिलाले सरकार चलाउनु ठूलो परिवर्तन हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन आएको बताएका छन् । शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रममा प्रधानमन्त्री ओलीले शासन व्यवस्थामा मात्र नभई धेरै क्षेत्रमा परिवर्तन आइसकेको चर्चा गरे । ‘एउटा भाष्य बनाउन खोजिएको छ । परिवर्तन व्यवस्थामा मात्र भएको हो, अवस्थामा होइन भन्ने,’ सहभागी महिलाहरूलाई सम्बोधन… Continue reading चुलो चौकोबाट निस्किएर महिलाले सरकार चलाउनु ठूलो परिवर्तन हो : प्रधानमन्त्री

ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?

काठमाडौं÷बीबीसी । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला साइबरट्रक विस्फोटन भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। प्रहरीका अनुसार उक्त घटनामा सवारीचालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन।… Continue reading ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?

सशस्त्र प्रहरीमा एक साथ खुल्यो ११ सय बढी पदमा रोजगारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ। शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक… Continue reading सशस्त्र प्रहरीमा एक साथ खुल्यो ११ सय बढी पदमा रोजगारी

बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

काठमाडौं । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो । सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका… Continue reading बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट : एमाले

काठमाडौं । एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ । पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकालिएको छ । ‘हामीमाथि लगाएका गालीगलौज चर्चा गर्नुपर्ने विषय ठानेनौं । यो उहाँ (रावल)ं बाट… Continue reading भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट : एमाले

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो । पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्वराष्ट्रपति… Continue reading पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल, के भयो कुराकानी ?