शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

काठमाडौं । नेपालमा मनसुन लम्बिएको छ । यसले देशभर निरन्तर वर्षा समेत गराइरहेको छ । पछिल्लो तीन दिनदेखि जारी वर्षा शुक्रबार समेत थामिने छैन । मौसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रवार देशका विभिन्न स्थानमा पानी पर्नेछ । यसले तराईमा जलस्तर बढाउने भएको छ । पहाडमा पहिरोको जोखिम उत्तिकै रहनेछ । भारतको मध्य प्रदेशको पुर्वी भूभागमा न्यून… Continue reading शुक्रबार पनि थामिने छैन वर्षा, कुन कुन क्षेत्रमा छ जोखिम ?

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

काठमाडौं । संसारभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने संक्रमितको संख्या १० लाख नजिक पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । यो अवधिमा नेपालमा मात्र १८ जनाको ज्यान गएको छ । जुन सर्वाधिक संख्या… Continue reading विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

स्याङ्जा । स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको बिहीबार सामुहिक दाहसंस्कार गरिएको छ । उनीहरुको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार भएको नेपाल दलित सङ्घ स्याङ्जाले जनाएको छ । रामनदी धाम स्याङ्जा र पाल्पाको संगमस्थल हो । यो कालीगण्डकी नदीमा पर्छ । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ ।… Continue reading स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको सामुहिक दाहसंस्कार

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

काठमाडौं । सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा उपलब्ध गराएको छ । यसअघि नेपाल एयरलाइन्सले मात्र नेपालमा ग्राउन्ड ह्यान्डलिङको सेवा गर्न पाउने गरी अनुमति पाएको थियो । सरकारले दिएको अनुमतिसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालयले आफ्ना जहाज र यात्रुको व्यवस्थापन कम्पनीले स्वयमःले गर्न पाउने छ । कम्पनीले आवश्यक पर्ने उपकरण र जनशक्ति समेत आफैं… Continue reading हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा

शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् । भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन ।… Continue reading शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

file

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्हिगमन भएको छ । सँगै नेपालमा विजुलीको आपूर्ति समेत अनियमित बनिरहेको छ । यसै त कुलमानको पुननियुक्ति माग गरिरहेक जनता सरकारप्रति रुष्ट छन् । त्यसमाथि पुनः विजुली जाने क्रम बढेसँगै उर्जा मन्त्रालयलाई भने तनाव थपिदिएको छ । सोहीकारण उर्जा मन्त्री वर्षमान पुनःले बिहीबार मन्त्रालयमा प्राधिकरणका अधिकारीहरुसँग आकष्मिक बैठक… Continue reading कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

स्याङ्जा । स्याङ्जामा पहिरोले घर भत्काउँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसमा ८ जना एकै परिवारका सदस्य रहेका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिएको थियो । आज दिनभरको उद्धारका क्रममा ९ जनाकै शव निकालिएको छ । प्रहरीका अनुसार एक जनाको जिवितै उद्धार भएको छ । बिहीबार बिहान… Continue reading स्याङ्जा पहिरो : एकै परिवारका ८ सहित ९ को मृत्यु

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

काठमाडौं । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको हो । मृतयु हुनेमा काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको रहेका छन् । यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९,… Continue reading नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या ४५३ पुग्यो

नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४५७… Continue reading नेपालमा थप १४९७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९, ३०१ पुग्यो

स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

file

स्याङ्जा । स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएको बताइएको छ । यहाँ एकजनाको शव भेटिसकेको छ । प्रहरीका अनुसार एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको छ । अहिले सशस्त्र र नेपाल प्रहरीले बेपत्ताको… Continue reading स्याङ्जामा पहिरोले घर पुर्यो, कम्तीमा ८ जना वेपत्ता

सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

काठमाडौं । चीनतर्फको एक मात्र सक्रिय रसुवागढी नाका निरन्तर बन्द भएको ८ महिना पुगिसकेको छ । यो बीचमा केही दिन नाका सूचारु भएपनि कोरोना भाइरसको महामारीको बाहनामा चीनले निरन्तर नाका बन्द गराइदिएको छ । बुधबारबाट भने नाका आशिंक रुपमा संचलनमा आएको छ । नेपाली कामदारलाई कोरोना संक्रमण देखिएको भन्दै चीनले यो नाका बन्द गराएको थियो… Continue reading सामान्य खुल्यो रसुवागढी नाका, दशैंका सामान आउलान ?

शनिबारदेखि मात्र मौसममा सुधार

काठमाडौं । बिहीबार र शुक्रबार नेपालमा अविरल वर्षा जारी रहने भएको छ । मौसममा शनिबारदेखि मात्र क्रमिक सुधारको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारबाट भने मौसममा क्रमिक सुधारको सम्भावना छ । देशका अधिकांश स्थानमा आगामी दुई दिन वर्षा जारी रहने भएको छ । अहिले… Continue reading शनिबारदेखि मात्र मौसममा सुधार

नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

प्रतिकात्मक तस्वीर

पाल्पा । नेपालमा पछिल्लो ४८ घण्टायता अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ । यसले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम समेत बढाएको छ । पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले ६ जना वेपत्ता पारेको र तीन वटा घर पुरिएको प्रहरीले जनाएको छ । यद्दपी संख्यामा थपघट हुन सक्ने बताइएको छ । भर्खरै… Continue reading नेपालमा अविरल वर्षा जारी, पाल्पामा पहिरोले ६ जना वेपत्ता

चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

काठमाडौं । हुम्लामा नेपाली भूमि मिचिएको समाचारको नेपाल सरकार स्वयमले समेत खण्डन गरेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि चिनियाँ दूतावासले समेत यो समाचारको खण्डन गरेको थियो । पछिल्लो समय चीनले नेपाली भूमिमा भवन बनाएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । बुधबार मन्त्रिपरिषद्… Continue reading चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने गरी अन्तरिम आदेश जारी गरेको छ । उनी हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका थिए । उनका सांसद पद भने यथास्थितिमै रहने छ । गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि… Continue reading बामदेव गौतम तत्काल मन्त्री बन्न नसक्ने

सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमित संख्या देशभर २५ हजार भन्दा माथि गएमा पुनः लकडाउन गर्न सिफारिस गरेको छ । आज बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम बैठकले यस्तो निर्णय गरेको हो । अब २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २५… Continue reading सक्रिय संक्रमित २५ हजारबाट माथि गए लकडाउन गर्न सिफारिस

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ वटा जिल्लाका १ महिला र ६ पुरुष गरी ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका ८६, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय किशोर रहेका छन् । यस्तै, ललितपुरका… Continue reading थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षणमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ जना डिस्चार्ज

बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

काठमाडौं । कोरोना महामारीपछि पहिलो विदेशी आरोहीका रुपमा बहराइनका राजकुमारसहित १८ जनाको टोली यतिबेला नेपालमा छ । उनीहरुले मंगलबार मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार १८ जनालाई हिमाल आरोहण अनुमति दिइएको छ । यो जारी सिजनको दोस्रो अनुमति हो । यसअघि एक नेपाली टोलीले आरोहणका लागि अनुमति लिइसकेको छ ।… Continue reading बहराइनका राजकुमारसहित १८ जनाको टोलीले लियो आरोहण अनुमति

नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

फाइल तस्वीर

काठमाडौं । नेपालमा काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा अहिले उच्च वर्षा भइरहेको छ । यसले नदी किनारका वस्तीमा क्षति पुग्ने र पहाडी भेगमा पहिरोका डर हुने भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ । अहिले देशभरको मौसम बदली भई पानी परिरहेको हो । मुलुकको धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केहि… Continue reading नेपालमा उच्च वर्षा, सतर्क रहन आह्वान

हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

काठमाडौं । चीनले नेपाली भूमिमा भवन नबनाएको स्पष्ट पारेको छ । नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा सीमा विवाद नरहेको समेत चीनको दाबी छ । यसअघि हुम्लामा नेपाली सीमा मिचेर चीनले भवन बनाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि नेपाली टोली हुम्ला पुगेपनि त्यसै फर्किएको छ । चीनले भने नेपाली भूमिमा बनाएको भनिएका भवनको सत्यतथ्य… Continue reading हुम्लामा नेपाली भूमिमा भवन नबनाएको चीनको स्पष्टिकरण

वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ । परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर… Continue reading वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न

काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

काठमाडौं । अनशनरत डा. गोविन्द केसीमाथि काठमाडौंमा प्रहरीले दुर्व्यवहार गरेको छ । उनी सोमबार जुम्लाबाट नेपालगञ्ज आएका थिए । नेपालगन्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको हो । डा.केसी त्रिभुवन शिक्षण अस्पतालमा अनसनका लागि जान चाहन्थे । तर, प्रहरीले उनलाई जबर्जस्ती ट्रमा सेन्टर लैजाने क्रममा दुर्व्यवहार गरेको छ । त्यसो त उनी ट्रमा… Continue reading काठमाडौंमा डा. केसीमाथि प्रहरीको दुर्व्यवहार

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयको काठमाडौंका ५० वर्षिय पुरुष र काभे्रपलाञ्चोकका ५० वर्षिय महिलाको मृत्यु भएको हो । योसँगै मृत्यु भएको संख्या ४२९ पुगेको छ।

नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ५४ जनाको पीसीआर परीक्षणमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घन्टामा… Continue reading नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि, ८२३ जना डिस्जार्च

यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्था विश्वमा शान्ती स्थापनार्थ महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी कम विकसित मुलुकको हितमा अझ बढी राष्ट्रसंघबाट अपेक्षा रहने उल्लेख गरे । उनले राष्ट्र संघ यतिबेला… Continue reading यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण

केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेल्वे आयोजनाको चीनको भूभागमा पर्ने क्षेत्रमा भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । अध्ययन टोलीले स्थलगत रुपमा गरेको अध्ययन पुरा भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । यो अध्ययनको निष्कर्ष के आयो भन्ने बारेमा भने खुलाइएको छैन । रेल मार्ग निर्माणको यो प्रारम्भिक अध्ययन मात्र हो । यसमा थप अध्ययन आवश्यक… Continue reading केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह अब हलो नै हुने भएको छ । छ महिनाअघि एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको हो । एकीकरण हुनुअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटाएको हो । यसअघि हलो साविक राप्रपा… Continue reading राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह

काठमाडौं । विदेशमा काम गर्न गएका नेपालीहरुको नेपाल फर्कने संख्यालाई मध्यनजर गर्दै विदेशमा उडान संख्या बढाउन विभिन्‍न मुलुकका राजदूतले सरकारलाई सुझाव दिएका छन् । कोरोना संक्रमणको जोखिमका कारण विभिन्‍न देशमा नेपालीहरु अलपत्र छन् । उनीहरुलाई घर फर्काउन उद्धार तथा नियमित उडानको संख्या बढाउनु पर्ने सुझाव राजदूतहरुले दिएका छन् । लकडाउनपछि नेपाल आउन नपाएका, रोजगारी गुमाएका… Continue reading विदेशमा उडान संख्या बढाउन राजदूतहरुको आग्रह

अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । अब विदेशमा रहेका श्रमिक र नेपालीले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स कम्पनीलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न सक्ने भएका छन् । राष्ट्र बैंकको निर्देशनपछि अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत… Continue reading अब विदेशबाट डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सकिने