काठमाडौं । नेपालमा आगामी साता कोरोना भाइरसको संक्रमण सबैभन्दा उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण सरकारले गरेको छ । ्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देखिएको कोरोनाभाइरसको नयाँ लहर आगामी साता उच्चबिन्दुमा पुग्ने आकलन छ । नेपालमा कोभिड महामारीको दोस्रो लहर वैशाख अन्तिम सातामा उच्चबिन्दुमा पुगेको थियो। वैशाख २९ गते सार्वजनिक गरिएको २४ घण्टाको विवरणमा ९,३०५ जनामा… Continue reading नेपालमा आगामी साता कोरोना उच्च विन्दुमा पुग्ने प्रक्षेपण
Category: फिचर
कोरोना परीक्षणको शुल्क घट्यो, अब निजीमा १५०० रुपैयाँ
काठमाडौं । सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले पत्रकार सम्मेलन मार्फत कोरोना परीक्षणको शुल्क घटेको जनाएको हो । मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको… Continue reading कोरोना परीक्षणको शुल्क घट्यो, अब निजीमा १५०० रुपैयाँ
नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना पुष्टी, ४ जनाको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ जनाको पीसीआर परीक्षण गर्दा ९५०२ जना र ५३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८५० गरी ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको… Continue reading नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना पुष्टी, ४ जनाको निधन
सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनी प्रवेशमा रोक
काठमाडौं । जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको छ । मंगलवार एक विज्ञिप्ती निकाल्दै नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको जनाएको हो । साथै चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा नदिने समेत जनाएको छ । जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह… Continue reading सिनोफार्म, भेरोसेल र जोन्सन खोप लगाएकालाई जर्मनी प्रवेशमा रोक
ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने
काठमाडौं । ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई नेपाल विद्युत् प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली,२०७८ कार्यन्वयनमा ल्याएसँगै यस्तो सुविधा उपलब्ध गराउने भएको हो । प्राधिकरण सञ्चालक समितिको गत पुस २० गतेको ८९२ औं बैठकबाट उक्त विनियमावली पारित भएको हो । सो विनियमावलीमा भएको व्यवस्था अनुसार प्राधिकरणले व्यवसायीहरुलाई चार्जिङ… Continue reading ठूला खालका चार्जिङ स्टेशन बनाउनेलाई प्राधिकरण आफैंले ट्रान्सफर्मर राखिदिने
नेपाली सेयर बजारमा लगातार दोहोरो अंकको करेक्शन
काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन करेक्शन आएको छ । यससाताको सुरुका दुई दिनमै ९० अंकले बढेको नेप्सेमा पछिल्ला दुई दिन लगातार दोहोरो अंकको करेक्शन आएको हो । पछिल्ला दुई दिनमा नेप्से ४९ अंकले घटेको छ । आज सूचकसँगै कारोबार रकममा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम साढे २… Continue reading नेपाली सेयर बजारमा लगातार दोहोरो अंकको करेक्शन
उपत्यकाबाहिर कुन–कुन जिल्ला कोरोनाको उच्च जोखिममा ?
काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । काठमाडौं उपत्यका लगायत, सीमावर्ती जिल्ला र मुख्य सहरमा दैनिक संक्रमितको संख्या उच्च छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गएको छ । मुलुकभर दैनिक पुष्टि हुने संक्रमितमध्ये उपत्यकामा झन्डै ५० प्रतिशत हुने गरेको स्वास्थ्य… Continue reading उपत्यकाबाहिर कुन–कुन जिल्ला कोरोनाको उच्च जोखिममा ?
दैनिक राहदानी वितरण संख्या आधा कटौती
काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच राहदानी विभागबाट वितरण हुने दैनिक राहदानी वितरणको संख्या कतौती गरिएको छ । यसअघि दैनिक १२ सय राहदानी जारी हुने गरेकोमा विभागले अब ६ सयलाई मात्र वितरण गर्ने भएको छ । विभागमा एकै पटक १५ जना कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रभावित बनेको हो । पासपोर्ट बनाउन ठूलो भिडभाड हुने र… Continue reading दैनिक राहदानी वितरण संख्या आधा कटौती
खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड हराएमा प्रतिलिपी लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट… Continue reading खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी
कोरोनाका कारण मनकामना दर्शन रोकिने
गोरखा । गोरखाको मनकामना मन्दिरमा शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए । समितिको मङ्गलबार… Continue reading कोरोनाका कारण मनकामना दर्शन रोकिने
ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?
काठमाडौं । टापु राष्ट्र टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको समाचार आएको छ । बीबीसीका अनुसार प्रशान्त महासागरको उक्त टापु राष्ट्रमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिस विमानस्थल सफा गर्न जुटेका छन् । विपद्मा अहिलेसम्म चार जनाको मृत्युको पुष्टी भइसकेको छ ।… Continue reading ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?
खोप लगाउन १५ माघपछि चार दिन स्कुल खुल्ने
काठमाडौं । सबै नागरिकलाई खोप लगाउने अभियान तिव बनाउन १५ माघपछि चार दिनका लागि विद्यालय खुल्ने भएका छन् । कोभिड–१९ भाइरसविरुद्धको खोप लगाउन १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताएका छन् । सरकारले महामारीको ‘चेनब्रेक’ गर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म… Continue reading खोप लगाउन १५ माघपछि चार दिन स्कुल खुल्ने
स्वास्थ्य मन्त्रालयले पुनः दोहोर्यायो : लकडाउन हुँदैन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तत्काल लकडाउन नहुने स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । यसअघि स्वास्थ्य मन्त्री विरोध खतिवडाले समेत लकडाउन हुन्छ की भन्ने त्रासमा नबस्ने आग्रह गरेका थिए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि… Continue reading स्वास्थ्य मन्त्रालयले पुनः दोहोर्यायो : लकडाउन हुँदैन
कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन
काठमाडौं । सर्वोच्च अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिएको छ । सर्वोच्चको पूर्ण बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सेवामा संकुच गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।… Continue reading कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन
७ माघबाट सार्वजनिक स्थलमा हिडडुल गर्न समेत खोप कार्ड बोक्नुपर्ने
काठमाडौं । नेपालमा खोप अभियान प्रभावकारी बनाउन सरकारले कार्ड बाध्यकारी बनाएको छ । सोही क्रममा सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । खोप लगाउन योग्य… Continue reading ७ माघबाट सार्वजनिक स्थलमा हिडडुल गर्न समेत खोप कार्ड बोक्नुपर्ने
उपत्यकामा एकैदिन ५५४९ जनामा कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौंपछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा थप ४ हजार ४ जना, भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना कोराना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार… Continue reading उपत्यकामा एकैदिन ५५४९ जनामा कोरोना संक्रमित थपिए
नेपालमा एकैदिन १० हजार २५८ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८७२ जनाको पीसीआर परीक्षण गर्दा ८७३० जना र ४९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५२८ गरी १०२५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।… Continue reading नेपालमा एकैदिन १० हजार २५८ जना कोरोना संक्रमित थपिए
कोरोना नियन्त्रणको लागि थप कडाइ, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले थप कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक अत्यावश्यक सूचना जारी गर्दै मंगलवार राति १२ बजेदेखि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिसहरु भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न रोक लगाएको छ । त्यस्तै, अब मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा समेत… Continue reading कोरोना नियन्त्रणको लागि थप कडाइ, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबारमा सुधार
काठमाडौं । केहीदिन देखि उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको १ करोड, ६० लाख ४ हजार ५३० कित्ता शेयर… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, कारोबारमा सुधार
सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति भएको छ । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको… Continue reading सत्तारुढ गठबन्धनका दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्ने सहमति
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज, के छ एजेन्डा ?
काठमाडौं । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक मङ्गलबार बस्ने भएको छ । आगामी १२ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनलाई लक्ष्यित गर्दै सत्तारुढ दलहरु बीच छलफल हुन लागेको बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्धन गरेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको लागि… Continue reading उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज, के छ एजेन्डा ?
अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु
काबुल । अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले… Continue reading अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु
रोबर्ट लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड
काठमाडौं । अर्जेन्टाइन स्टार लियोनल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई उछिन्दै बायर्न म्युनिखबाट व्यवसायिक फुटबल खेल्ने पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले फिफा बेस्ट अवार्ड २०२१ को उपाधि जितेका छन् । ३३ वर्षीय लेवान्डोस्कीले लगातार दोस्रो बेष्ट अवार्ड जितेका हुन् । सन् २०२० मा समेत उनले अवार्ड पाएका थिए । अवार्ड पाउँदा गर्वको महसुस भएको उनले बताए… Continue reading रोबर्ट लेवान्डोस्कीले जिते फिफा बेस्ट अवार्ड
आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
आवुधावी । संयुक्त अरव इमिरेट्सको आबुधाबीस्थित विमानस्थलमा ड्रोन हमला भएको छ । सो क्रममा सोमबार विमानस्थलमा विष्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आक्रमण यमनमा ईरानले समर्थन गरिरहेको हूती विद्रोहि समूहले गरेको बताइएको छ । यो समूहले यसअघि साउदीलाई लक्षित गरि आक्रमण गरिरहेको थियो । आज भएको आक्रमणमा तीन जना मारिएका छन् । जसमध्ये दुई… Continue reading आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु
गैरआवासीय नेपाली संघद्धारा सुदुरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुदुरपश्चिम प्रदेशलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रसका अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमकाबीच सोमवार हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज… Continue reading गैरआवासीय नेपाली संघद्धारा सुदुरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बैंक बस हस्तान्तरण
प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण
काठमाडौं । प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोट भएको छ । बीबीसीका अनुसार विष्फोटका कारण टोङ्गामा सुनामी आएको र यसले ठूलो क्षति पुगेको विवरण आएको छ। सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन। राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको हो । उक्त विस्फोटन सयौँ… Continue reading प्रशान्त महासागरमा विशाल ज्वालामुखी विस्फोट, टोंगामा ठूलो क्षतिको विवरण
काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए, ९ जिल्ला ‘रेड जोन’मा
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा सबैभन्दा धेरै २९४३, ललितपुरमा ७९५ र ललितपुरमा २०१ जना संक्रमित थपिएका छन्। यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या १९ हजार ३ सय ८७ पुगेको छ। देशभर हाल ३० हजार ८ सय ७७ जना सक्रिय कोरोना… Continue reading काठमाडौं उपत्यकामा ३९३९ जना संक्रमित थपिए, ९ जिल्ला ‘रेड जोन’मा
नेपालमा संक्रिय संक्रमितको ३० हजार नाघ्यो, एकैदिन ६७३४ जनामा कोरोना पुष्टी
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा ५७४७ जना र ३४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९८७ गरी ६७३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा… Continue reading नेपालमा संक्रिय संक्रमितको ३० हजार नाघ्यो, एकैदिन ६७३४ जनामा कोरोना पुष्टी
प्रदेश २ को स्थायी राजधानी जनकपुरधामको पक्षमा दुई तिहाई मत
काठमाडौं । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्तावमा मतदान भएको थियो । प्रदेश सभाका सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै… Continue reading प्रदेश २ को स्थायी राजधानी जनकपुरधामको पक्षमा दुई तिहाई मत
तनहुँको ‘मानहुँकोट’ बतास समूहलाई लिजमा दिने प्रक्रिया रोक्न सर्वोच्चकाे अन्तरिम आदेश
काठमाडौं । तनहुँको पर्यटकीय स्थल मानहुकोटलाई लिजमा दिने प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ऐतिहासिक पर्यटकीय स्थानलाई विशुद्ध व्यापारिक प्रयोजनको लागि बतास समूहको व्यास हिल्स प्रा.लि.लाई अत्यन्तै सस्तोमा लामो समयको लागि दिन थालिएको दाबीसहित रिट दायर भएको थियो । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार लिजमा दिने कार्य तत्कालका लागि रोक्न… Continue reading तनहुँको ‘मानहुँकोट’ बतास समूहलाई लिजमा दिने प्रक्रिया रोक्न सर्वोच्चकाे अन्तरिम आदेश