चुलो चौकोबाट निस्किएर महिलाले सरकार चलाउनु ठूलो परिवर्तन हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन आएको बताएका छन् । शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रममा प्रधानमन्त्री ओलीले शासन व्यवस्थामा मात्र नभई धेरै क्षेत्रमा परिवर्तन आइसकेको चर्चा गरे । ‘एउटा भाष्य बनाउन खोजिएको छ । परिवर्तन व्यवस्थामा मात्र भएको हो, अवस्थामा होइन भन्ने,’ सहभागी महिलाहरूलाई सम्बोधन… Continue reading चुलो चौकोबाट निस्किएर महिलाले सरकार चलाउनु ठूलो परिवर्तन हो : प्रधानमन्त्री

ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?

काठमाडौं÷बीबीसी । संयुक्त राज्य अमेरिकाको नभाडा राज्यस्थित लास भेगसमा ट्रम्प होटलबाहिर इन्धन भरिएका क्यान र पटका राखिएको एउटा टेस्ला साइबरट्रक विस्फोटन भएपछि प्रहरीले उक्त घटनाबारे अनुसन्धान थालेको छ। प्रहरीका अनुसार उक्त घटनामा सवारीचालकको मृत्यु भएको थियो भने अरू सात जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशङ्का गरिएका कसैको पनि नाम सार्वजनिक गरेको छैन।… Continue reading ट्रम्प होटलबाहिर कसरी पुग्यो इन्धन र बारुद भएको टेस्ला साइबरट्रक, कसले गरायो विस्फोट ?

सशस्त्र प्रहरीमा एक साथ खुल्यो ११ सय बढी पदमा रोजगारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ। शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१ जना प्रहरी जवान, २० जना भान्छे, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना केशकर्तक… Continue reading सशस्त्र प्रहरीमा एक साथ खुल्यो ११ सय बढी पदमा रोजगारी

बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

काठमाडौं । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो । सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका… Continue reading बझाङमा दुई दुर्घटना, कम्तिमा ५ जनाको मृत्यु

भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट : एमाले

काठमाडौं । एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ । पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकालिएको छ । ‘हामीमाथि लगाएका गालीगलौज चर्चा गर्नुपर्ने विषय ठानेनौं । यो उहाँ (रावल)ं बाट… Continue reading भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट : एमाले

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच बुधबार भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो । पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्वराष्ट्रपति… Continue reading पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै दुई घण्टा छलफल, के भयो कुराकानी ?

यात्रुले फेरि खोले जहाजको ‘इमर्जेन्सी’ ढोका, अब १ लाख जरिवाना तिराइने

काठमाडौं । बुधबार पोखराबाट काठमाडौंका लागि उड्ने क्रममा बुद्ध एयरको जहाजमा यात्रारत एक यात्रुले आपतकालीन ९इमर्जेन्सी० ढोका खोलेका छन् ।उडान नम्बर ६१८ को उडान तयारी क्रममा ती यात्रुले जहाजको इमर्जेन्सी ढोका खोलेको कम्पनीले जनाएको छ । प्राविधिक टोलीको परीक्षणपछि करिब ३ घण्टा ढिलो साँझ ६ः४० मा काठमाडौंका लागि उक्त जहाज उडाइएको थियो । यसअघि १०… Continue reading यात्रुले फेरि खोले जहाजको ‘इमर्जेन्सी’ ढोका, अब १ लाख जरिवाना तिराइने

बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीले दिए श्रद्धान्जली

काठमाडौं । चर्चित बालगायक सचिन परियारको निधन भएको छ । उपचारको क्रममा बिहीबार बिहान १०स्४५ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ । १५ वर्षीय सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो । अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन… Continue reading बालगायक सचिन परियारको निधन, प्रधानमन्त्रीले दिए श्रद्धान्जली

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गयो, काठमाडौंसम्म धक्का

काठमाडौं । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास… Continue reading सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गयो, काठमाडौंसम्म धक्का

निर्माणकै सिजनमा आन्दोलनको तयारीमा ठेकेदार

काठमाडौं । विकास निर्माण सिजनमा निर्माण व्यवसायीले भने आन्दोलन तयारी थालेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी २७ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने र त्यसपछि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो । महासंघ महासचिव रोशन दाहालका अनुसार सरकारबाट निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी पाएका छैनन् । यसबाहेक सार्वजनिक खरिद नियमावलीको… Continue reading निर्माणकै सिजनमा आन्दोलनको तयारीमा ठेकेदार

कोरियामा दुर्घटना भएको जहाजको डाटा रेकर्डर थप विश्लेषणका लागि अमेरिका पठाइने

काठमाडौं । दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading कोरियामा दुर्घटना भएको जहाजको डाटा रेकर्डर थप विश्लेषणका लागि अमेरिका पठाइने

अन्नपूर्ण पदयात्रामा अहिलेसम्मकै धेरै पर्यटक

काठमाडौं । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी… Continue reading अन्नपूर्ण पदयात्रामा अहिलेसम्मकै धेरै पर्यटक

अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे

काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा गाडी घुसाएर गरिएको आक्रमणमा ज्यान जानेको संख्या १५ पुगेको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले… Continue reading अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे

नेपालमा होटेल\रेस्टुरेन्ट डेढ लाख, बढ्दै विदेशी लगानी

काठमाडौं । नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् । यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि… Continue reading नेपालमा होटेल\रेस्टुरेन्ट डेढ लाख, बढ्दै विदेशी लगानी

पूर्वाधारलाई पर्यटनमैत्री बनाउँ, आर्थिक समृद्धीमा योगदान गरौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले पूर्वाधारहरुलाई पर्यटनमैत्री बनाएर आर्थिक समृद्धीको आधारको रुपमा विकास गरिनुपर्ने बताएका छन् । बुधबार तनहुको बन्दिपुरमा बन्दिपुर भ्रमण वर्षको अवसरमा आयोजीत सभालाई संवोधन गर्दै उहाँले पूर्वाधारहरुको बहुउपयोगितालाई ध्यान दिनु पर्ने समेत बताए । ग्रामिण तथा आन्तरिक पर्यटनका गन्तव्यमा पूर्वाधारको विकास गरी बाह्य पर्यटकलाई समेत आकर्षित गराउन सकिने… Continue reading पूर्वाधारलाई पर्यटनमैत्री बनाउँ, आर्थिक समृद्धीमा योगदान गरौं : मन्त्री दाहाल

मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मंकीपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । उनले विमानस्थलमा रहेका अधिकारीहरुसँग छलफल गर्दै जोखिम फैलन नदिने गरी प्रभावकारी सेवा दिन आग्रह गरे ।मन्त्रालयले मंकीपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आइरहेको छ… Continue reading मंकीपक्स भित्रन नदिन विमानस्थलमै सचेतना अपनाइने, स्वास्थ्य मन्त्रीले गरे छलफल

भीम रावलको घोषणा : वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । उनलाई एमालले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको थियो । उनले बुधबार पत्रकार सम्मेलन गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने बताए । ‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको… Continue reading भीम रावलको घोषणा : वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं

नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा

काठमाडौं । नेपालमा एक वर्षको अवधिमा ११ लाख ४७ हजार ५६७ जना पर्यटक भित्रिएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ । नेपाल आउने पर्यटकको सूचीको पहिलो नम्बरमा भारतीय छन् । भारतबाट ३ लाख १७ हजार ७ सय ७२ जना पर्यटक नेपाल आएका छन्… Continue reading नेपालमा आउने पर्यटकमध्ये अमेरिकी दोस्रो स्थानमा

अमेरिकामा न्यूइयर मनाइरहेको भिडमा कार कुदाइयो, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । अमेरिकाको न्यू अर्लिन्स सहरमा एक बन्दुकधारीले धन्दाधुन्द कार चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा ३० जना घाइते भएका छन् । घाइते हुनेमा केही सञ्चारकर्मीसमेत छन् । नयाँ वर्षको पहिलो दिन घटना भएको हो । मानिसहरूलाई लक्षित गर्दै कार चलाएका ती व्यक्तिले लगत्तै गोलीसमेत चलाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी… Continue reading अमेरिकामा न्यूइयर मनाइरहेको भिडमा कार कुदाइयो, कम्तिमा १० जनाको मृत्यु

बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको ज्यान गएको छ । गतराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले थिच्दा गम्भीर घाइते तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो… Continue reading बसको ठक्करबाट सर्लाहीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

भीम रावलको पत्रकार सम्मेलन आज, एमालेको भण्डाफोर गर्ने

काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन्। काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको रावलले बताएका छन्। साथै उनले एमालेको भण्डाफोर गर्ने समेत बताएकाछन् । रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी… Continue reading भीम रावलको पत्रकार सम्मेलन आज, एमालेको भण्डाफोर गर्ने

चिनियाँ ह्याकरद्वारा अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक

काठमाडौं । अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्।उनीहरूका अनुसार उक्त ह्याकरले अर्थ मन्त्रालयका कर्मचारीहरू काम गर्ने प्रणाली र केही गोप्य कागजातहरूमा पहुँच पाउन सफल भएको बताएका हुन्।उक्त घटना डिसेम्बर महिनाको सुरुमा भएको थियो। अर्थ मन्त्रालयले सांसदहरूलाई घटनाबारे जानकारी दिन पत्र लेखेपछि त्यसबारे जानकारी सार्वजनिक भएको… Continue reading चिनियाँ ह्याकरद्वारा अमेरिकी अर्थ मन्त्रालयको प्रणाली ह्याक

अंग्रेजी नयाँ वर्ष सुरु, विश्वभर मनाईंदै

Fireworks light up the Sydney Harbour Bridge and Sydney Opera House during the early New Year’s Eve celebrations in Sydney on December 31, 2024. (Photo by DAVID GRAY / AFP)

काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले… Continue reading अंग्रेजी नयाँ वर्ष सुरु, विश्वभर मनाईंदै

नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

काठमाडौं । नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास सूर्यकिरणको १८औं संस्करण मंगलबारदेखि सुरु भएको छ । अभ्यासमा नेपाली सेनाको श्रीलंग बटालियनको टोलीसँगै भारतीय सेनाको ११औं गोर्खा राइफल्सको फौज सहभागी रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनका अनुसार, नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, विश्वास र साझा संस्कृतिक सम्बन्ध विस्तार गर्न यस्ता किमिसका… Continue reading नेपाल-भारत संयुक्त सैन्य अभ्यास सुरु

जनताका उकुसमुकुस कांग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने,… Continue reading जनताका उकुसमुकुस कांग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा

सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना

Photo Source : Nepali Times

काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख छ । अनुगमन शाखाका अनुसार यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना हुँदा ३४ जना महिला र १ सय १३… Continue reading सन् २०२४ मा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० घटना

द्रुतमार्गलाई आवश्यक बिजुली वैकल्पिक व्यवस्थाबाट आपूर्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ । विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको… Continue reading द्रुतमार्गलाई आवश्यक बिजुली वैकल्पिक व्यवस्थाबाट आपूर्ति

सहकारी ठगी प्रकरण : रविसहितका प्रतिवादीको पहिलो दिनको थुनछेक बहस सकियो

काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । उनका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ । पहिलो दिनको थुनछेक बहस सकिएको छ ।… Continue reading सहकारी ठगी प्रकरण : रविसहितका प्रतिवादीको पहिलो दिनको थुनछेक बहस सकियो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ… Continue reading पेट्रोल र डिजेलको मूल्य बढ्यो

बैतडीमा आज बिहानै भूकम्पको धक्का

काठमाडौं । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प हो। भूकम्पका कारण कुनै जनधनको क्षति भएको खबर अहिलेसम्म प्राप्त भएको छैन। सम्बन्धित क्षेत्रका… Continue reading बैतडीमा आज बिहानै भूकम्पको धक्का