कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

काठमाडौं । ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएसङ्गै सतर्कता बढाइएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बैंकले जनाएको छ । बिहीबार विहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको समेत स्थानीय संचारमाध्यमले लेखेका छन् । बैंकको सबै … Continue reading कुमारी बैंकको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

 पोखरा । मंगलबार साँझदेखि परेको हिमपातका कारण मनाङ र म्याग्दीमा एक/एक जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख रवीन्द्रप्रसाद आचार्यका अनुसार भारी हिमपातमा परी बेपत्ता हुनेमा मनाङको नासों गाउँपालिकाका ५२ वर्षीय आच्छ्यु गुरुङ छन् । बुधबार साँझ सोही वडाको तप्की लेकमा भेडीगोठ सार्नेबेला हिमपहिरोमा परेका हुन् । बेपत्ताको खोजी कार्य भइरहेको छ… Continue reading हिमपातका कारण मनाङ र म्याग्दीमा दुई जना बेपत्ता

नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २८ हजार… Continue reading नेपालमा थप २४१ जनामा कोरोना पुष्टी, दैनिक मृत्यु हुनेको संख्या शून्य

प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको १० बुँदे फरकमत (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेश गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरकमत प्रस्तुत गरेका हुन् । अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान… Continue reading प्रचण्डको प्रतिवेदनमाथि लेखनाथ न्यौपानेको १० बुँदे फरकमत (पूर्णपाठ)

पूर्वयुवराज पारसकी कान्छी छोरी कृतिकाले बनाइन् नागरिकता, हिमानीले गरिन् सनाखत

काठमाडौं । पूर्वयुवराज पारस शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन्। उनले बुधबार जिल्ला प्रशासन कार्यालय (काठमाडौं) पुगेर वंशजका आधारमा नागरिकता बनाएकी हुन्। छोरी कृतिकाको नागरिकतामा पूर्वयुवराज्ञी हिमानी शाहले सनाखत गरेकी हुन्। त्यसका लागि उनी छोरीसँगै काठमाडौं जिल्ला प्रशासनको कार्यालय पुगेकी थिइन्। यसअघि जेठी छोरी पूर्णिकाको नागरिकतामा पनि हिमानीले नै सनाखत गरेकी थिइन्।… Continue reading पूर्वयुवराज पारसकी कान्छी छोरी कृतिकाले बनाइन् नागरिकता, हिमानीले गरिन् सनाखत

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु

नेपालगन्ज ।  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अस्पतालको क्वाटरमा घटना भएको हो । प्रहरीका अनुसारअस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, उनको तीन महिनाको छोरा इप्सन भट्टराई, धर्मप्रसादकी आमा कोकिला भट्टराई… Continue reading भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु

आजबाट वर्षात रोकिने, चिसो अझै बढ्न सक्ने

काठमाडौ ।  लगातार दुई दिन परेको हिउँदे वर्षा आजबाट थामिएको छ । वर्षाका कारण धेरै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । जसले गर्दा देशभर चिसो बढेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि  क्रमिक रुपमा मौसममा सुधार आउने छ ।काठमाडौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आजदेखि  मौसममा सुधार आउने तर, चिसो भने अझै… Continue reading आजबाट वर्षात रोकिने, चिसो अझै बढ्न सक्ने

कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

जुरिच । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको भन्दै  विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा सङ्गठनका अध्यक्ष डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त गरेका हुन् । बिबिसीका अनुसार अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको… Continue reading कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

RSS

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने भएको छ ।  जारी बन्दसत्रमा बिहिवार समेत प्रतिनिधिले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने छन् ।  छलफलको निष्कर्ष सुनाउने क्रम आजै सकिने दुवै प्रतिवेदन अनुमोदन गराउने तयारी छ । त्यसपछि  नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ ।… Continue reading माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्न प्रक्रिया शुरु हुँदै

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज  गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामसाथ मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न १५ पुसका दिन तमु ल्होसार मनाउने गरिन्छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु… Continue reading आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ

काठमाडौं । बिदेश जाने तयारीमा ९ जना युवा सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई  काठमाडौको नयाँ बसपार्क, गोंगबुबाट पक्राउ गरेको हो । मङ्गलबार र बुधबार बिहान गरि ८ जना समातिएका थिए ।  एकजना फरार रहेकोमा उनी समेत बुधबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका… Continue reading बिदेश जाने तयारीमा रहेका ९ युवा सामुहिक बलात्कारको अभियोगमा पक्राउ

बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ । बुधबार मन्त्रीपरिषद बैठक नबस्दै बिदाको फेक सूचना भाइरल गराइएको… Continue reading बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

महिला भलिबल टिमका सदस्यले जनही ५ लाख पुरस्कार पाउने

काठमाडौं । सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई नगद पुरस्कारबाट सम्मानित गर्ने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको हो । उपाधि विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही… Continue reading महिला भलिबल टिमका सदस्यले जनही ५ लाख पुरस्कार पाउने

पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम

काठमाडौं । सर्वोच्च अदालतले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीलाई निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश दिएको हो । अदालतले माघ ३ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको छ। दुबै पक्षको छलफलबाट एकल इजलासबाट जारी भएको आदेशले निरन्तरता… Continue reading पर्यटन बोर्डका सीइओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम

विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने

काठमाडौं । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ ।गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ ।… Continue reading विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने

‘नेपालका राजाहरू विदेशीसामु झुकेनन्’ – राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् । राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन नेपाल प्राज्ञिक परिषद्ले आयोजना गरेको ‘स्व. श्री ५ वीरेन्द्रः एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रनिर्माण,… Continue reading ‘नेपालका राजाहरू विदेशीसामु झुकेनन्’ – राजेन्द्र लिङ्देन

माओवादी महाधिवेशन : जनयुद्धकालमा लगाइएका सबै मुद्दाहरू तत्काल खारेज गर्नुपर्ने माग

RSS

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो… Continue reading माओवादी महाधिवेशन : जनयुद्धकालमा लगाइएका सबै मुद्दाहरू तत्काल खारेज गर्नुपर्ने माग

झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा झिनो अंकको बढेको छ । साताको कारोबारको चौथोदिन शेयर बजार मापक सूचक नेप्से ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँ बराबरको ५६ लाख ३८ हजार २९७ कित्ता शेयर किनबेच भएका छन् । आज… Continue reading झिनो अंकले बढ्यो नेप्से, ३ अर्ब ६२ करोडको कारोबार

वर्षाका कारण देशभर चिसो, उच्च भेगमा हिमपात

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा हिउँदे वर्षाका कारण देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको हो । यसले चिसो बढ्नुका साथै उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिनभर नै देशभरको मौसम… Continue reading वर्षाका कारण देशभर चिसो, उच्च भेगमा हिमपात

यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

Photo source : Reuters

पेरिस । यूरोपमा अहिलेसम्मकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड(१९ सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्। क्रिसमसका… Continue reading यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

एकसाथ १३ हजार सरकारी शिक्षकका लागि आवेदन खुला

काठमाडौं । देशभरबाट एक साथ १३ हजार शिक्षक भर्ना गर्न आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको हो । आयोगले बुधबार प्रावि तहका १३०९३ पदमा विज्ञापन खुलाएको छ । आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म… Continue reading एकसाथ १३ हजार सरकारी शिक्षकका लागि आवेदन खुला

चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

काठमाडौं । नेपालको मूख्य पर्यटकीय गन्तब्यमध्ये एक चन्द्रागिरि डाँडा र यस पासपासका चुचुरोमा हिमपात भएको छ । मंगलबार रातीबाट शुरु भएको वर्षाले काठमाडौंमा हिमपात गराएको हो । चन्द्रागिरमा हिमपातले सेताम्य भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिर क्षेत्र सेताम्य… Continue reading चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन

file

काठमाडौं । सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे छानविन गर्न समिति गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको हो । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मंगलबार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक छानबिन समिति गठन गरेकोहो । गत आइतबार अपराह्न जडान गरिएको पेनस्टक पाइप परीक्षणका क्रममा भएको… Continue reading सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इन्जिनीयरको मृत्युबारे छानविन समिति गठन

रौतहटमा जन्ती बोकेको स्करपियो दुर्घटना, ६ जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको स्करपियो गाडी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटनामा परेको छ । विवाह सकेर घर फर्किने क्रममा गरुडा नगरपालिका १ स्थित जयनगरमा स्करपियो दुर्घटनामा परेको हो । तीव्र गतिको स्करपियो अनियन्त्रित भएर सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाई छ ।… Continue reading रौतहटमा जन्ती बोकेको स्करपियो दुर्घटना, ६ जनाको मृत्यु

जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?

काठमाडौं । मौसममा आएको परिवर्तनसँगै केही दिन यता राजधानी लगायत देशभर चिसो बढेको छ । चिसो बढेपछि देखिने विभिन्न खालको स्वास्थ्य समस्याका कारण र बालबालिकामा चोसोले पुर्‍याउने असरका कारण धेरैले त्यसबाट बच्नका लागि उपायहरु खोज्ने गर्छन् । त्यस्तै उपाय नै मानव जीवनको लागि कहाली लाग्दो घटना बनिरहेको छ । जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा… Continue reading जाडोमा आगो, हिटर, गिजर चलाउँदा कस्तो सावधानी अपनाउने ?

नेकपा जनवादी एकीकृत समाजवादीमा विलय

काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादी पार्टीबीच एकता भएको छ । एमाले विभाजन गरेर माधव नेपालले बनाएको नेकपा एस र माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महताले बनाएको नेकपा जनवादीबीच मंगलबार राष्ट्रिय सभागृहमा एकताको घोषणा भएको हो । माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट हुँदै पार्टी विभाजन गरेर नयाँ पार्टी दर्ता गराएका थिए ।… Continue reading नेकपा जनवादी एकीकृत समाजवादीमा विलय

नेपाली शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार ३ अर्ब १२ करोडमा खुम्चियो

काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँ बराबरको ५८ लाख २८हजार ७८३ कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा झिनो अंकको गिरावट, कारोबार ३ अर्ब १२ करोडमा खुम्चियो

सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपाललाई

काठमाडौं । उज्ज्वेकिस्तान हराउँदै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप अन्र्तगत महिलातर्फको उपाधि नेपालले जितेको छ। बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको हो। नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो । बंगलादेशको सहिद सरवर्दी रंगशालामा भएको खेलमा… Continue reading सेन्ट्रल जोन भलिबलमा महिलातर्फको उपाधि नेपाललाई

‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

काठमाडौ । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु भएको छ । कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा ९बाग्लुङ बलेवा तर्फ० स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको बताइएको छ । प्रतिव्यक्ति ३ हजार… Continue reading ‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

आजबाट मौसम अदलबदल शुरु, वर्षा र हिमपात हुने

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा आजबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शुरु भएको छ । यसले वर्षा तथा हिमपात हुने भएको छ । पश्चिमी क्षेत्रमा पानी पर्न शुरु भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको हो । विभिन्न स्थानमा मौसम बद्ली भएको छ । घाम लागेको छैन ।… Continue reading आजबाट मौसम अदलबदल शुरु, वर्षा र हिमपात हुने