न्यूयोर्क । अमेरिकामा लक्षण नदेखिएका कोरोनाभाइरस सङ्क्रमितले आइसोलेसनमा बस्नु पर्ने अवधि आधा घटाएको छ । यसअघि दश दिन रहेकोमा अब पाँच दिन मात्र बसेृ पुग्ने भएको हो । सेन्टर्स फर डिजिज कन्ट्रोलले त्यसपछिका पाँच दिन मास्क लगाउन सुझाव दिएको बीबीसीले जनाएको छ । अहिलेका नयाँ सुझावहरू बाध्यकारी छैनन्, तर त्यसलाई अमेरिकाका कैयौँ व्यापारिक समुदाय र… Continue reading अमेरिकामा आइसोलेसन बस्ने अवधि आधा घट्यो
Category: फिचर
आज सिरहामा निषेधाज्ञा, कारण के हो ?
सिरहा । स्थानीय प्रशासनले सिरहामा बिहानैबाट निषेधाज्ञा जारी गरेको छ । प्रहरीका अनुसार जनमत पार्टीले केही दिनदेखि यहाँ आमहडताल र चक्काजाम गरिररहेको छ । जनमत पार्टीले पूर्वपश्चिम राजमार्गलाई लक्षित गरेर चक्काजाम गरेको छ । स्थानीय प्रशासनले बुधबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म दुई दिन निषेधाज्ञा आदेश जारी… Continue reading आज सिरहामा निषेधाज्ञा, कारण के हो ?
माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी १५ सदस्यीय हुने भएको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुभएलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । विधानको मस्यौदाअनुसार माओवादी केन्द्रको केन्द्रीय समिति २९९ सदस्यीय हुने भएको… Continue reading माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने
नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप
काठमाडौं । नेपालमा खोप अभियानले तीब्रता पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ विरुद्धको खोप अभियानलाई तीव्र बनाएसँगै दैनिक खोप लगाउने मानिसको संख्यामा समेत वृद्धि भएको छ । मन्त्रालयको सोमबारको तथ्यांक अनुसार एकैदिन ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो… Continue reading नेपालमा एकै दिन साढे ५ लाखसम्मले लगाए कोरोना खोप
नेपालमा थप २७१ जनामा कोरोना पुष्टी, २२५ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७२९ जनाको एन्टिजेन परीक्षण गर्दा २० गरी २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार… Continue reading नेपालमा थप २७१ जनामा कोरोना पुष्टी, २२५ जना संक्रमण मुक्त
नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी
काठमाडौं । केही दिन लगातार बढेको शेयर बजार साताको कारोबारको दोस्रो दिन उच्च अंकले घटेको छ । सोमवार शेयर बजार मापक सूचक नेप्से ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३८ कम्पनीको ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १५ कम्पनी
विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेहरुका लागि उपत्यकाका चार वटा अस्पतालमा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जानेको लागि छाउनीको वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल र टेकुको शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निःशुल्क खोप लगाउन पाउने जनाएको हो ।… Continue reading विदेश जाँदै हुनुहुन्छ ? यी ठाउँमा लगाउनुहोस् कोरोना विरुद्धको खोप
माओवादी महाधिवेशन : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन पेश गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको हो । अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक… Continue reading माओवादी महाधिवेशन : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश
अमेरिकालाई तालिवानको चेतावनी: आन्तरिक मामलामा दख्खल नदेउ
काबुल । तालिबान सरकारले अफगानिस्तानको आन्तरिक मामलामा दख्खल नगर्न अमेरिकालाई चेतावनी दिएको छ । तालिवान सरकारका विदेशी राजनीतिक मामलाका उपमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजईले अमेरिकालाई यस्तो चेतावनी दिएका हुन् । अफगानिस्तान एक स्वतन्त्र मुलुक भएको भन्दै उाले मुलुकको आन्तरिक मामलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आइतबार एक सभामा उनले अमेरिकी… Continue reading अमेरिकालाई तालिवानको चेतावनी: आन्तरिक मामलामा दख्खल नदेउ
सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका ३ पन्चनस्थित ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार घटना आइतबार दिउँसो ३ बजेतिर भएको हो । फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको हो । घटनामा… Continue reading सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्कियो, दुई कामदारको मृत्यु
विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य
काठमाडौं । नेपालमा विद्यालय तह (कक्षा १ देखि १२ सम्म)का सबै कक्षामा अब ग्रेडिङ प्रणाली लागु हुने भएको छ । नयाँ प्रणाली अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेपछि मात्र विद्यार्थी उत्तिर्णं हुने छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ मा यस्तो व्यवस्था गरेको हो । पाठ्यक्रम विकास… Continue reading विद्यालय तहको सबै कक्षामा पास हुन न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य
ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू
नयाँ दिल्ली । भारतमा बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि पुनः कर्फ्यू आदेश जारी भएको छ । राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यू शूरु भएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भारतको उत्तर प्रदेश र हरियाणाले… Continue reading ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू
आजबाट माओवादी केन्द्रको बन्दसत्र
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुनेछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन जारी छ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका रहेको छ । आइतबार प्रज्ञा भवनमै माओवादीको महाधिवेशनको उदघाटन समारोह सम्पन्न भएको हा । आजको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस गर्ने कार्यक्रम छ… Continue reading आजबाट माओवादी केन्द्रको बन्दसत्र
माओवादी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुनुको कारणबारे आत्ममीक्षा हुने बताएका छन् । आइतबारबाट राजधानीमा शुरु ८ औं महआधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसमा अरुलाई आरोपित नगरेर आफैंलाई चिरफार गरिने बताएका हुन् । प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफूहरु कहाँ चुक्यौँ भन्ने कुराको आत्मसमीक्षा महाधिवेशनमा प्रस्तुत हुने… Continue reading माओवादी कमजोर हुनुको कारणबारे आत्मसमीक्षा हुन्छ : प्रचण्ड
तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नेकपा माओवादी केन्द्रको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा करीप ३ घण्टा बसे । आफुभन्दा अगाडीका सबै वक्ताको भाषण सुनेका उनले प्रचण्ड भन्दा अगाडी अन्तिम दोस्रो वक्ताका रुपमा भोषण गरे । सो क्रममा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको खुलेर प्रसंशा गरे । प्रचण्डको जोडबलमा नेपालमा संविधानसभा निर्वाचन भएको र… Continue reading तीन घण्टा माओवादीको महाधिवेशन उद्घाटनमा बसेका देउवाले यसरी गरे प्रचण्डको प्रशंसा
माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ
काठमाडौं । नेकपा माओवादी केन्द्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) हुबहु सम्झौता गर्न नहुने पक्षमा छ । सोही पार्टीको महाधिवेशन तथा राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भने एमसीसी नेपालको हितमा रहेको बताए । देउवाले एमसीसी राष्ट्रघाती भन्नेहरुले नपढी त्यसो भनेको समेत बताए । ‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि… Continue reading माओवादीको महाधिवेशनमा पुगेर प्रधानमन्त्रीले भने : एमसीसी नेपालको हितमा छ
नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ गरी २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार… Continue reading नेपालमा थप २१९ जनामा कोरोना पुष्टी, २८३ जना संक्रमण मुक्त
विद्युत् चुहावट नियन्त्रणमा कुलमानको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने
काठमाडौं । पछिल्लो एक वर्षमा विद्युत् चुहावट करिब तीन प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार २०७७ कात्तिकसम्म १२.०१ प्रतिशतको विद्युत् चुहावट रहेकोमा २०७८ कात्तिकसम्ममा ९.२४ प्रतिशतमा झरेको हो । १ प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै ७० करोड रुपैयाँ बराबरको मुनाफा हुन जान्छ । स्थानीय प्रशासनले पनि चुहावट नियन्त्रणमा सहयोग गरेको छ… Continue reading विद्युत् चुहावट नियन्त्रणमा कुलमानको कमाल, चुहावट रोक्दा डेढ अर्ब बढी नाफा हुने
बीमा कम्पनी चम्किँदा नेपाली सेयर बजारमा उछाल
काठमाडौं । सेयर बजारमा लगातार उछाल आएको छ । गत मंगलबारदेखि उकालो लागेको बजार निरन्तर उच्च अंकले बढेको हो । पछिल्ला ४ दिनमै नेप्से २३० अंकले बढेको छ । सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । गतसाता औसतमा ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर झन्डै सवा ५ अर्ब पुगेको छ । सेयर बजार… Continue reading बीमा कम्पनी चम्किँदा नेपाली सेयर बजारमा उछाल
गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम
काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा पाकेटमार गर्ने एक महिलासहित दुई जना पक्राउ परेका छन् । गेष्ट हाउसमा बसेर पशुपतिनाथ मन्दिर परिसरमा पकेटमार धन्दा धलाइरहेका उनीहरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । प्रहरीले सार्वजसिनक गरेको विवरण अनुसार २६ वर्षका गोपाल अग्रवाल र १८ वर्षकी मुस्कान गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू भारतीय नागरिक हुन्। पक्राउ परेकाहरूसँग… Continue reading गेष्ट हाउसमा बास-पशुपतिमा पाकेटमार काम
ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु
काठमाडौं । ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ जनाको मृत्यु भएको अन्र्तारष्ट्रिय संचारमाधयमले जनाएका छन् । सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेको हो । बीबीसीका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु समेत छन् । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो… Continue reading ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु
राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ वटा राजनीतिक दलहरुले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शनिबारसम्म दल दर्ताको समय दिइएको थियो । आयोगले पुस १२ बाट निर्वाचन प्रक्रिया थाल्दैछ । शुक्रबार आठ र शनिबार चार वटा दलले दल दर्ता गराएका हुन् । नेपाली काँग्रेस र राप्रपा लगायतका दलले ढिला गरि… Continue reading राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा दलले गरे दल दर्ता
माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन तथा ८ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलन कमलादीस्थित प्रज्ञा भवनमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । शुरुमा राष्ट्रिय सम्मेलन भनेको माओवादीले यसलाई ८औं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।… Continue reading माओवादी केन्द्रको ८ औं महाधिवेशन तथा राष्ट्रिय सम्मेलन आजबाट
नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । कोरोना… Continue reading नेपालमा १६७ जनामा कोरोना पुष्टि, २२६ संक्रमण मुक्त
कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?
काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आज बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र बुझेपछि पार्टी कार्यालय सानेपामा कार्यसमिति बैठक बसेको बसेको हो । बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगन थापाले जानकारी गराए । बैठकले पार्टी महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने… Continue reading कांग्रेसको नयाँ केन्द्रिय कार्यसमिति बैठकले के निर्णय गर्यो ?
ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा जारी अवरोध चुनावसम्मै कायम रहने बताएका छन् । एमालेले कारवाही गरेका सांसदलाई सभामुखले कारवाही नगरेको विरोधमा एमालले संसदमा अवरोध जारी राखेको छ । संसदमा एमालेको अवरोध चुनावसम्मै रहने ओलीले शनिबार विराटनगरमा पत्रकारसँगको कुराकानीमा बताए । आफूहरूले पार्टीबाट निकालेका मान्छेलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा आफूहरू नजाने… Continue reading ओलीले भने : चुनावसम्मै संसद अवरुद्ध गर्छौं
आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा शुरु हुने छ । सिद्धान्नतः महाधिवेशन भन्न मिल्ने यो सम्मेलनबाट माओवादी केन्द्रले आगामी कार्यदिशा तय गर्नेछ । तर, नेतृत्वमा भने ठूलो फेरबदलको सम्भावना छैन । राष्ट्रिय सम्मेलनको पूर्वसुन्ध्यामा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धदेखि खुला राजनीतिसम्म कहाँ त्रुटी भयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा हुने बताएका छन्… Continue reading आइतबारबाट माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन, कमजोरीको आत्मसमिक्षा गर्ने प्रचण्डको भनाई
आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा सबैको प्रतिनिधित्व हुने बताएका छन् । उृनले आफुलाई भोट नदिएको समेत भावनाको कदर गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा १४ औं महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रधानमन्त्री देउवाले ३३ प्रतिशत महिला, आदिवासी जनजातिलगायत सबै नेपालीलाई आत्मसात… Continue reading आफुलाई भोट नदिनेको समेत भावनाको कदर गर्ने कांग्रेस सभापति देउवाको प्रतिवद्धता
१४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १४ मा स्थानीय तहको निर्वाचन देशभर एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण… Continue reading १४ वैशाखमा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव
आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै
काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसर पारी आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखमा येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास क्रिश्चियन समुदायमा छ । मानिसलाई प्रेम गरेर… Continue reading आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै