चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण

भरतपुर । चितवनमा आजबाट स्मार्ट लाइसेन्स नवीकरण शुरु हुने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्ने भएका छन् । हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ हुने भएको हो । यातायात कार्यालयमा भीडभाड नहोस् भन्ने उद्देश्यले सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत… Continue reading चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको खुलासा

काठमाडौं । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाउन तयारी गरिरहेको खुलेको छ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र) का सांसद रामनारायण बिडारी स्वयमःले यस्तो तयारीबारे खुलासा गरेका हुन् । शुक्रबार एक अन्तरक्रियामा बोल्दै दुबै सांसदले यस्तो जानकारी गराएका हुन् । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद अधिकारीले महाअभियोग लगाएर पदच्युत गर्नु… Continue reading प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाउने तयारी भइरहेको खुलासा

कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार दुर्घटनामा गम्भीर घाइते रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार… Continue reading कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४६जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको… Continue reading नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ। नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको… Continue reading नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

‘हामीले निष्कासन गरेका राखे एमालेले फेरि पनि संसद् चल्‍न दिँदैन’- केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि पनि संसद चल्न नदिने भएको छ। दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि केन्द्रीय कार्यालय थापाथलीमा पदभार ग्रहणका क्रममा अध्यक्ष केपी शर्मा ओलीले यस्तो संकेत गरेका हुन्। एमालेले निष्कासन गरेका व्‍यक्तिहरूलाई संसदमा राखेर कुनै पनि हालतमा स्वीकार गर्न नसकिने पनि उनले बताए। उनले भने, ‘हामीले निष्कासन गरेका व्यक्तिहरू… Continue reading ‘हामीले निष्कासन गरेका राखे एमालेले फेरि पनि संसद् चल्‍न दिँदैन’- केपी ओली

कक्षा–१२ को परीक्षाफल सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गरेको हो। सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार २३९ छ । ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ ‘बी’, ७५ हजार… Continue reading कक्षा–१२ को परीक्षाफल सार्वजनिक, ७ हजार ३६ जनाले ल्याए ‘ए प्लस’

बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

AFP Photo/File/Representative use

ओडिशा । बंगालको खाडीबाट एक शक्तिशाली चक्रवाती तूफान जवाद उत्पन्न भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यो तुफान शनिबार आ्न्ध्र प्रदेशको समुन्द्री निकारामा आइपुग्ने छ । सोही अनुसार भारत सरकारले आन्ध्र प्रदेश, ओडिशा र बंगालमा हाई एलर्ट जारी गरेको छ र यहाँ आपतकालिन अवस्थाका लागि उद्धार टीम खटिएका छन् । नदी निकारबाट मानिसहरुलाई सुरक्षित स्थानमा… Continue reading बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

ए-डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रिले किन दिए सामुहिक राजीनामा ?

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका नौ जना फिफा रेफ्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राजिनामा बुझाएका हुन् । एन्फाले लिग चलिरहेको समयमा रेफ्रीको ‘फिटनेश लेभल टेस्ट’ माग गरेको थियो । यसको विरोध गरिरहेका रेफ्रीहरुले सामूहिक राजीनामा गरेका छन् । राजीनामा बुझाउनेमा फिफा रेफ्री नविन्द्र महर्जन,… Continue reading ए-डिभिजन लिग खेलाइरहेका ९ जना रेफ्रिले किन दिए सामुहिक राजीनामा ?

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी गरिएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि बिहान ९ बोर्डको बैठक बोलाइएको छ । नतिजा प्रकाशनको सबै तयारी पूरा भएको बोर्डले जनाएको छ । अब बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्नुपर्छ । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज… Continue reading कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी

ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

AP Photo

वासिंटन डिसी । ओमिक्रोन नामक कोरोना भाइरसको नयाँ मेरियन्टबाट बच्न अमेरिकाले यात्रामा कडा नियमहरू लगाएको छ । बीबीसीका अनुसार राष्ट्रपति जो बाइडनले यस्तो नियम सार्वजनिक गरेका छन् । यद्दपी उनले लकडाउन भने नगरिने बताएका छन् । खोपसम्बन्धी यसअघिको निर्णयमा समेत परिवर्तन नहुने भएको छ । न्यू योर्क राज्यमा पाँच जना र मिनेसोटा र कोलोराडोमा अहिलेसम्म… Continue reading ओमिक्रोनबाट बच्न अमेरिकाले यात्रामा लगायो कडा नियम

२८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

काठमाडौं । सरकारले आगामी मंसिर २८ गतेबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण बन्द गर्ने भएको छ । अब राहदानी विभागबाट अनिवार्य रुपमा ई-पासपोर्ट वितरण गरिने विभागले जनाएको छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरेको जनाएको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गरिने भएको हो । अनलाइन… Continue reading २८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा समेत ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएको भारतीय संचारमाँध्यमले जनाएका छन् । ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो।… Continue reading भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट

राष्ट्रपतिबाट २८ मंसिरमा संसद बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले २८ मङ्सिरमा संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संसद बैठक आह्वान भएको हो । यो दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बजेट अधिवेशन सँगै संसद बैठक अन्त्य भएको थियो… Continue reading राष्ट्रपतिबाट २८ मंसिरमा संसद बैठक आह्वान

रेखा थापा बनिन् राप्रपाको लिङ्देन समूहबाट महामन्त्रीको उमेदवार

काठमाडौं । कलाकार रेखा थापा राप्रपाको पूर्णकालिन राजनीतिमा होमिएकी छिन् । उनी राप्रपा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन समूहको प्यानलमा महामन्त्रीको उमेदवार बनेकी हुन् । बिहीबार साँझ लिङ्देन पक्षले उपाध्यक्ष र महामन्त्रीसहितको प्यानल घोषणा गरेको छ । लिङ्देन समूहबाट विक्रम पाण्डे उपाध्यक्षका उम्मेदवार बनेका छन् । चार उपाध्यक्षमा पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई… Continue reading रेखा थापा बनिन् राप्रपाको लिङ्देन समूहबाट महामन्त्रीको उमेदवार

एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

काठमाडौं । नेपालमा एक महिनाको अवधिमा अमेरिकाबाट ३ हजार ७८२ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । कोरोना महामारीको प्रभाव कम भएको र नेपालमा यात्रा प्रतिबन्ध खुकुलो बन्दै जाँदा नोभेम्बरमा सन् २०२१ यताकै सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । यसमध्ये अमेरिकाबाट मात्र ३ हजार ७८२ जना नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोडर्ढले जनाएको छ… Continue reading एक महिनामा अमेरिकाबाट भित्रिए ३ हजार ७८२ जना पर्यटक

हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

Photo source : technotrenz.com

काठमाडौं । हङकङसहित ९ मुलुकबाट आउने यात्रुलाई नेपाल सरकारले प्रतिवन्ध लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती… Continue reading हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक

नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १८९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ९४९ जना… Continue reading नेपालमा थप ३१५ जनामा कोरोना पुष्टी, ६ जना संक्रमितको निधन

राप्रपा अध्यक्षको उम्मेदवारी शुल्क १ लाख, अन्य पदमा कति ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षको उम्मेदवारी शुल्क एक लाख रुपैँया तोकिएको छ । राप्रपा केन्द्रीय निर्वाचन समितिले तय गरेको निर्वाचन कार्यतालिका अनुसार अध्यक्षको उम्मेदवार बन्न १ लाख शुल्क तोकेको हो । त्यस्तै केन्द्रीय उपाध्यक्ष पदको उमेदवार बन्न ७५ हजार तोकिएको छ । केन्द्रीय महामन्त्री पदको लागि ५० हजार, केन्द्रीय सदस्यको लागि १५ हजार… Continue reading राप्रपा अध्यक्षको उम्मेदवारी शुल्क १ लाख, अन्य पदमा कति ?

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ३ अर्ब ४१ करोडमा सिमित

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा पहिरो गएको छ । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३१ कम्पनीको ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँ बराबरको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच भएका छन् । आज… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार ३ अर्ब ४१ करोडमा सिमित

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले कोभिड-१९ सङ्क्रमण भई उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन्। प्रधानन्यायाधीश जबरालाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ। उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार चलिरहेको छ। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीश बिरामी… Continue reading प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

सांकेतिक तस्वीर

काठमाडौं । नेपालको विभिन्न स्थानमा आज मौसम बद्ली हुने भएको छ । जसले गर्दा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाको… Continue reading आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

Photo source : Skynews

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टी भएसँगै दक्षिण अफ्रिकामा कोरोनाभाइरसको सङ्क्रमणमा तीव्र वृद्धि भएको छ। सोमवारयतामात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको बीबीसीले लखेको छ । स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले सङ्क्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्। यद्यपि त्यसकै कारण कति बढेको छ भन्ने पुष्टी भइसकेको छैन । विगत २४ घन्टामा… Continue reading नयाँ भेरियन्टपछि दक्षिण अफ्रिकामा ह्वात्तै बढ्यो संक्रमण, अमेरिकामा पनि पुष्टी

राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आजबाट चुनावी प्रक्रिया थालिँदैछ । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देन उठेका छन् । एकता महाधिवेशन नाम दिइएको राप्रपाको महाधिवेशन बुधबारबाट भृकुटीमण्डपमा शुरु भएको हो । भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र बुधबार नै सुरु भइसकेको छ । डा. प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावतीलगायत नेताहरू लिङ्देनको पक्षमा छन् ।… Continue reading राप्रपामा निर्वाचन प्रक्रिया थालिँदै, कसले मार्ला बाजी ?

आजबाट कांग्रेसको प्रदेश अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन कार्यतालीका अन्तर्गत आजबाट प्रदेश अधिवेशन हुने भएको छ । बिहीबार प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुनेछ । प्रदेश २ मा भने सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसकेका कारण आज अधिवेशन शुरु हुने छैन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको… Continue reading आजबाट कांग्रेसको प्रदेश अधिवेशन

नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु

File Image Source : AP/ REPRESENTATIONAL

काठमाडौं । नाइजेरियामा डुंगा पल्टिएपछि भएको दुर्घटनामा २९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा डुङ्गा पल्टँदा बालबालिका सहित कम्तिमा २९ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । मृत्यु हुनेमा धेरैजसो ६ देखि १२ वर्षका बालबालिका छन् । उनीहरु एक इस्लामिक विद्यालयका बालबालिका हुन् । उनीहरू एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि… Continue reading नाइजेरियामा डुंगा पल्टियो, स्कुले बालबालिकासहित २९ को मृत्यु

भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

business-standard

काठमाडौं । भारतले डिसेम्बर १५ बाट खोल्ने भनेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि भारतले यस्तो निर्णय गरेको हो । जसले गर्दा नेपाल एयरलाइन्सले भारतीय शहरमा गर्ने भनेको उडान समेत प्रभावित बनेको छ । भारतीय नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै ओमिक्रोनबाट उत्पन्न… Continue reading भारतले १५ डिसेम्बरबाट खोल्ने भनेको हवाई उडान ओमिक्रोन भेरियन्टका कारण स्थगित

नेपालमा थप ३१६ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा २८५ जना र १८०८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ गरी ३१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना… Continue reading नेपालमा थप ३१६ जनामा कोरोना पुष्टी, ३ जना संक्रमितको निधन

एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्रामकक्षको समेत व्यवस्था गरेको छ । सटल बस र विश्रामकक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले आज शुभारम्भ गरे। टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा… Continue reading एयरपोर्ट गेटदेखि टर्मिनलसम्म निःशुल्क सवारी सेवा, विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष

ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान सबैलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो। हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको तर, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको मन्त्रालयले… Continue reading ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह